डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३३८ दिन अगाडि

|

२१ भदौ २०७९

बर्किमार लोकमहाकाव्य, अट्वारी र भेँवाको अन्तरसम्बन्ध

बर्किमार लोकमहाकाव्य, अट्वारी र भेँवाको अन्तरसम्बन्ध

१३४७ दिन अगाडि

|

१२ भदौ २०७९

सुशील चौधरी थारू लोकमहाभारत अर्थात् बर्किमार लोककाव्यको कथा महाभारत कथासंग मेल खाने लोकगाथा हो । तर थारू लोक महाभारत (बर्किमार) मा पात्रहरुको प्रस्तुति जसरी भागवत गीतामा कृष्ण भगवानलाई पाण्डव सेनाको सारथीका रुपमा महत्वका साथ प्रस्तुत गरिन्छ, बर्किमारमा अर्जुन संगै अति महत्व पाउने पात्र भेँवा (भीम) हुन् । अटवारीमा उनको विशेष पूजा पनि गरिन्छ ।  बर्किमार लोकनाटकमा बाह्र वटा पर्वहरुमा सूचीकृत गरिएको छ । जसमा सम्ह्रौटी गीतबाट कथावाचन र प्रस्तुति सुरु गरिन्छ ।  सम्ह्रौटी गीतः बेबुरि बिनायक झमकि उरावै, बिना बुद्धिक टुम्हारो पाउ ।  ढनपटि ढन रे कुबेर टोर, हिरडा बइस मोटि डेहो र सिखाइ ।। भगमोटि सरन लिहबु टोर नाउँ, डेखि ढरम डेवि बन्ढन बा ।  पुरुब मै समिरौ सुरुज भरार, पछिउ मै समिरौ डेवि अउटार ।। उटर मै समिरौं हरिबविलास, डखिन मै समिरौ श्री जगन्नाठ ।  भगमोटि सरन लिहबु टोर नाउँ, डेखि ढरम डेवि बन्ढन बा ।।  पहिलो पैढार (पर्व) मा लखागीर रहेको छ । यस पैढारमा गुरु डौनागीर अर्थात् गुरु द्रोर्णाचार्यले गुरुकुलमा दर्शन, कला, साहित्य, संस्कार संस्कृति, युद्धकला आदि समग्र शिक्षित गर्ने क्रममा पाण्डव र कौरव पक्षका बीच जहिले पनि प्रतिस्पर्धा भएको वर्णन छ ।  पाण्डुका छोरा जुढिष्ठिल अर्थात् युधिष्ठिर हस्तिनापुरको राजा बन्ने कुरा थाहा पाएपछि जिरिजोढन (दुर्याेधन) लाई उकुसमुकुस हुन्छ । अनेक जालझेल, तिकडम गरेर भएपनि आफू राजा हुनुपर्ने सोचको भूत उनमा सवार हुन्छ । त्यसै क्रममा मामा शकुनीसंग पाँच पाण्डुको सर्वनाशको कुनै न कुनै उपाय निकाल मामा, भन्छन् । त्यसै क्रममा लाख (लाहाको घर) मा लगी झुक्याएर मार्ने षड्यन्त्र रचिन्छ । तर पाँच भाई पाण्डव बाँच्न सफल हुन्छन् । यसको गीति वर्णन लखागीर पैढारमा छ ।  श्लोक संवादः राजा जिरिजोढन कह जब लाग, सकुनी मामा जोरो र उपाय ।  सौ कुछु मामा जोरो र उपाय, कोन विढि मारुँ पञ्चो भाइ ।। राजा जुढिष्ठिल ढरम सेचलो, पाँचो पण्डौ राज अउटार ।  सकुनी मन्त्री मन्त्रा एक जोर, राजा जिरिजोढन सरस लै बोल ।। पण्डो मारी ठोर उपाय, पाण्डौ मारी लखागीर घर डार ।  राजा जेढिष्ठिल ढरम सेचलो, पाँचो पण्डौ राज अउटार ।। बर्किमारमा दोस्रो पर्व जटियक पैढार छ । यस पैढारमा लखागीर घरबाट बल्लतल्ल बँचेर आएका भोक, पियास र थकानले ब्याकुल पाण्डवहरुले खानपीनको व्यवस्था गर्न खोज्दा तलाउमा पानी लिन जाँदा डानु भन्ने डुँरुवा डैटुरवा (राक्षस) ले खान खोज्छ । पाँच भाईमा कसलाई आहार हुन दिने त भन्दा भीम (भेँवा) को कर्म डोरिन्छ । तर आफ्नो बल र बुद्धिले त्यस राक्षसलाई मारेर फर्कन्छन् वीर भीम । आमा कोटारिन माई (कुन्ती) ले समेत आफ्नो माइलो छोरालाई परीक्षा लिएर चिन्न सक्छिन् ।  श्लोक संवादः कैस नगरिया लगाउँ किर्टनीया, घर घर पण्डौ डुवारी ठाह्र ।  डिहट दाता भिछिया नह ले, डिहट दाता भिछिया नहि ले ।। राजा जेढिष्ठिल धर्ममा चल, पाँचै पाण्डव राज अवतार ।  सै किरा खयनुँ डरनु पचाइ, यिह किरा खयनुँ पेट रे पिराइ ।। डेढ उन्जरिया पानी पिइ, किरा एक डारुँ र पचा ।  राजा जेढिष्ठिल ढरमसे चलो, पाँचो पण्डौ राज अउटार ।। लोकमहाभारत बर्किमारको तेस्रो पर्वमा राउवेढ पैढार छ । यस पैढारमा बनवास त्यसमा पनि गुप्तवासमा रहेका पाण्डवले पाञ्चाल देशको डुर्पट राजाका छोरी डुर्पटी (द्रौपदी) को स्वयंवरमा अर्जुनले राउ माछाको शीर धनुषले छेदन गरेर द्रौपदीलाई प्राप्त गरेको प्रसंग बडो लोभलाग्दो ढंगले व्याख्या गरिएको छ । धनुर्धार्य अर्जुनको सर्वश्रेष्ठ धुन चलाउने कलाको व्याख्या मोहित गराउने शब्द र शैलीमा उतारिएको छ ।  श्लोक संवादः राजा डुर्पटक बेटी भए सम्ह्रौटि, सिकह्रि टुटल जैस मैजल हाँठि ।  डुढि रि बघिन छेंक कोपिला गाइ, डुढि रि बाघिन छेंक कोपिला गाइ ।।  राउबेढ डुरपटि लैआन, जेकर नाउँ ढनरजि हो ।  बेढल बेढल डुर्पटी र सुन, पेल पैठ ओहि रठ माझ ।।  बहिँया पकरि भिया रह घसिया, आब डुर्पटी र हुइलो हमार ।।  राउबेढ डुरपटी लैआन, जेकर नाउँ ढनरजि हो ।।।‘  बर्किमारको चौथो पर्व पसावर पैढारमा पाण्डव र कौरवको पासा खेल, शकुनीको कुचाल, राज्य र द्रौपदीलाई पासाको खालमा युधिष्ठिरले हार्नु र किंकर्तव्यविमुढ बन्नु, अप्ठ्यारो अवस्थामा पुग्नु जस्ता परिवेश यस पैढारमा बेलिविस्तार लगाइएको छ ।  श्लोक संवादः पहिला पासा जिरिजोढन डार, टो डार जुढिष्ठिल राजा ।  परल डाउ जिरिजोढन कहि, हारिगैल जुजिष्ठिल राज ।। राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पाण्डो राजा अउटार ।।। पाँचौ पर्वका रुपमा बनवासक पैढार छ । यस पैढारमा पाण्डवहरुले बनवासको जीवन कसरी व्यतित गरे, के कस्तो दुःख पाए, के कस्ता करामत गरे र कसरी आफूलाई सकुशल राख्न सफल भए भन्ने कथावस्तु समेटिएको छ ।  श्लोक संवादः पाँचो पण्डाओ घर आकुर लेओ, वन मुह चलल पञ्चो भाइ ।  पाँचो पण्डाओ घर आकुर लेओ, वन मुह चलल पञ्चो भाइ ।। राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पण्डौ राज अउटार ।।। घरवासक पैढार छैठौ पर्व हो, बर्किमारको । यस पैढारमा पाँच पाण्डव परिवारहरु बैराठ राजा (विराट राजा) को दरवारमा काम रोजगारीका लागि आफ्नो हातहतियार लुकाएर जान्छन् । जुढिष्ठिल (युधिष्ठिर) ले लेख्न पढ्न सिकाउने काम लिन्छन् । भीमले भान्साको जिम्मा लिन्छन् । अर्जुनले आफूलाई तेस्रोलिंगी भएको र नाम बृन्नहला रहेको गीत संगीत सिकाउन सक्ने बताउँछन् । साहिडेउ (सहदेव) ले आफू घोडाको तवेला हेर्ने घोडा चराउने र दौडाउन जान्ने बताउँदै काम सम्हाल्छन् । त्यसै गरी नकुरा (नकुल)ले आफू गोठालो काम गर्न तयार रहेको बताउँछन् । डुरपटि (द्रौपदी) ले केशविन्याशमा पारंगत भएकोले रानीको सुसारे हुन सक्ने योग्यता पेश गर्छिन् । सबैले कुशलताका साथ काम गरेर बैराठ राजालाई खुशी पार्छन् ।  श्लोक संवादः एह डेखो भइया राज फूलवारी, उहाँ डेखो भैया राजा घनवारी ।  एह डेखो भैया राजा नखनौर, कौन कोनम बोल पनिहार ।। राजा जुढिष्ठिल ढरमसे चलो, पाँचौ पण्डो राज अउटार ।।।। त्यसपछि, सातौं पर्वमा हँठियक पैढार छ । यस पैढारमा विराट राजाको मैमत्त हात्तीको चर्तिकला र त्यस डरलाग्दो हात्तीले गरेको बालीनालीको नोक्सान र त्यसलाई भीमले सहजै नियन्त्रणमा लिन सफल भएको कुरा बडा विचित्र शैलीमा प्रस्तुत गरिन्छ ।  बर्किमार पैढारको हँठियक पैढार धेरैले गाउने पैढार हो । थारू समुदायमा विशेष प्रभाव भीमको चरित्र रहेको छ । त्यसैले अट्वारी पर्व भेँवा (भीम)को शक्तिप्रति समर्पित भएर मनाउने चलन छ । भेँवाको सहयोग दंगीशरण राजाले पनि लिएको एक मिथकमा पाइन्छ ।  बर्किमार पैढारको हँठियक पैढार धेरैले गाउने पैढार हो । थारू समुदायमा विशेष प्रभाव भीमको चरित्र रहेको छ । त्यसैले अट्वारी पर्व भेँवा (भीम)को शक्तिप्रति समर्पित भएर मनाउने चलन छ । भेवाको सहयोग दंगीशरण राजाले पनि लिएको एक मिथकमा पाइन्छ ।  श्लोक संवादः राजक छेगरि भल खेट खावे, मोर बुटा छेगरि हाँकि रे नहि जा ।  एक ढेला मारु छेगरिया मरि जा, बाल चह्रि चह्रि खेट खा ।।  राजा जुढिष्ठिल ढरमसे चलो, पाँचौ पण्डो राज अउटार ।।। किचकक् पैढार बर्किमारको आठौ पैढार हो । यो पैढार पनि अति लोकप्रिय पैढारमध्ये एक हो । विराट राजाको दरवारमा विभिन्न भेषमा काम गरिरहेका पाण्डव परिवारमध्ये सैनन्द्री नामले रानीको सुसार गर्ने द्रौपदीलाई विराट राजाको साला किचकले आँखा लाउन थाल्छ । अनेक हरकत गर्छ, भीम किचकाका ती दुव्र्यवहार देखेर रिसले चुर हुन्छ ।  तर दाजु युधिष्ठिरको आज्ञाअनुसार गुप्तवासमा रहेकोले असली रुप नदेखाउन र बलले भन्दा बुद्धिले काम लिन पर्ने भएपछि त्यहीअनुरुप जालमा फँसाएर भीमले किचकको बध गरेको कुरा श्लोकहरुमा भनिएको छ । बर्किमार नाच नाटक मञ्चन हुँदा अर्जुनको प्रतीकको रुपमा रहेका गायन कलाकारहरुले रोचक शैली र भावभंगीमा बर्किमार गाउँछन् ।  श्लोक संवादः कात्तिक मास जमजुटिया र लाग, पिटा परोज निउटि बलाउँ ।  निउटी बलाउँ अरबेलि कुवाँरु, आडर भाउ भैन रे कहि होइ ।।  किचका मरन डिन पुगल बा, सौ कि सौ विढि मेटि नहि जा ।।। बर्किमारको नवौं पर्वमा सुसर्मक पैढार छ । यस पैढारमा त्रिगर्त देशमा सुसर्मा नाउँका राजाको राज्य हुन्छ । किचका विराट राज्यको सेनापति पनि भएकोले बेलाबेलामा सुसर्माको राज्यसंग युद्ध हुने गरेकोले किचका मरेपछि सुसर्मा खुशी हुन्छ । विराट राजा कमजोर भएको पनि महसुस गर्छ ।  फेरि अर्को मनले सोच्दछ कि किचकालाई मार्न सक्ने को होला ? पक्कै पनि भीमले हुन सक्छ । सैनन्द्रीके भेषमा रहेकी सुन्दरी द्रौपदी हुनुपर्छ भन्ने अनुमान लगाउँछ । अनुमान सही निस्कन्छ । आफ्नो साथी जिरिजोढन (दुर्योधन)लाई विराट राज्यलाई आक्रमण गर्ने योजना सुनाउँछ । यसबाट पुरानो बदला पनि लिन सकिने र पाण्डवको गुप्तवासको गोपनीयता भंग गरेमा पुनः उनीहरुलाई बनवास पठाउन सकिने जुक्ति पनि सुझाउँछ ।  विराट राजाका गाईको बथान कब्जा गर्ने रणनीति ल्याइएकोमा पाण्डवले कुशलतापूर्वक विफल तुल्याइदिन्छन् । सत्यवादी युधिष्ठिरको सत्यवादिता डगाउन सुसर्मा र दुर्योधन असफल हुन्छन् ।  श्लोक संवादः राजा सुसर्मा कह जब लाग, सकुनी मामा जोरो र उपाइ ।  सौ कुछु मामा जोरो र उपाइ, कौन कौनके बेहरबि गाई ।। भलि र भिवाँ अरजुन ढनुर्ढर कौरो मारि बेहरल गाई ।।।  बर्किमारको मुख्य र महत्वपूर्ण पैढार बर्किमार पैढार हो, जुन दसौ पर्वमा रहेको छ । बनवास सकेर पाण्डव परिवार घर फर्केपछि पनि दुर्योधनले पाँच गाउँ त के सियो बराबर पनि जमीन नदिने अड्डी लिएपछि न्याय र समानताका लागि सगोत्री लडाई गर्नुपर्ने परिस्थिति आइलाग्छ । लोकमहाभारतको अठार दिनको भीषण लडाईको व्याख्या यस पैढारमा कथिएको छ ।  श्लोक संवादः सपरि सपरिक बजना बजाओ, कुल हसनापुर हाँक पराओ ।  सपरहो रे भैया, नन्डा डुलार, उटरा कुवाँर कही बेहरबी गाई।।  भलि र भिवा अरजुन ढनुर्ढर, कौरो मारि बेहरबि गाई ।।।  कुरु क्षेत्रको लडाइँमा लाखौ लाख सेना मारिए, यस्तो परिवार बाँकी रहेनन्, जसको परिवारबाट कोही नमारिएका होऊन् । युद्धमा भएको क्षति, दुःख, वेदना, चित्कार समानुभूतिका लागि आत्मसमीक्षा गर्ने मन बुझाउनका लागि आत्मचित्त शुद्ध गर्न तथा ग्लानी र पश्चातापका लागि मनसाँढक पैढार कथिएको छ । यस पर्वमा कारुणिक दृश्यको व्याख्या गरिएको छ । यो पैढारमा एक किसिमको आत्मलाप र स्वमूल्याङ्कन पनि अनुभूत गर्न सकिन्छ ।  श्लोक संवादः कौरक दल सब भए सौलान, ओहि कुरुखेट रकटा रुहान ।  गिढ, चिल कौवा सब मेरराय, कुकुर सियार ब्वाँसा फोहवाय ।। राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पाण्डौ राज अउटार ।।। थारू लोक महाभारत बर्किमारको अन्तिम तथा बाह्रौ पर्व स्वर्गारोहण पैढार हो । कुरु क्षेत्रको लडाई जितेका पाण्डवले हस्तिनापुर र राज्यका सबै सेवाभोग गरेर पनि उनीहरुलाई शान्ति महसुस भएन । के गर्ने कसो गर्ने भन्दै गुरुजनसंग सल्लाह मस्यौदा गरेर हिमालतर्फको हरिकविलास प्रस्थान गर्न सुझाव पाउँछन् । स्वर्गको बाटो हिँडेका उनीहरुमध्ये युधिष्ठिरमात्र सिधै स्वर्ग पुग्दछन् । यस कुराबाट ससानो कमजोरीको पनि फल भोग्नुपर्छ भन्ने कुरा सम्झाउन खोजिएको छ ।  यसरी थारू समुदायको अटवारी पर्वमा भेँवा अर्थात् भीमसेनको पूजा गरिने त भनिन्छ । तर भेँवाको पराक्रम समेटिएको बर्किमारको विशेषताबारे धेरैलाई थाहा छैन । 

किन धरमरिदै छ संघीयता  ?

किन धरमरिदै छ संघीयता  ?

१३५३ दिन अगाडि

|

६ भदौ २०७९

राम मादेन  अहिले संघीयताबारे थरिथरिका प्रश्न आउँदैछन् । काँग्रेस महामन्त्री गगन थापाले प्रदेश सभा असफल सविात हुँदै गएको तथा आगामी ५ वर्ष प्रदेश रहने नरहने जिकिर गरेका छन् । यस सानो लेखमा संघीयतामा देखिदै गएको कलो बादलबारे बुँदागत रुपमा चर्चा गरिएको छ । १. संघीयताबारे ठूला दलमध्ये काँग्रेस र एमालेकाे अहिलेसम्मकै दस्तावेजमा  संघीयताकाे खाका सम्बन्धमा शून्य प्रतिवद्दता रहेछ ।  फलस्वरुप: एमाले र कांग्रेसकाे आम अवधारणा पार्टीकाे दृष्टिकाेणबाट संघीयताकाे विपक्षमा बाेल्नु, लेख्नु नै धर्म हाे ।  २. नेपालकाे अन्तरिम संविधान २०६३ जारी हुँदा संघीयता उल्लेख नगरि जारी भएपश्चात् तत्कालिन मधेसी जनअधिकार फाेरमले मधेसमा ठुलाे विद्राेह गरेपछि संविधानकाे दाेस्राे संशाेधनपछि संघीयता राखियाे । यस अर्थमा मधेस आन्दाेलन नै संघीयताकाे  निर्णायक जननी हाे ।  ३. नेकपा माओवादी र जनता समाजवादी पार्टी संघीयताबारे पार्टीकाे दस्तावेजमा उल्लेख गरेर निरन्तर स्पष्ट छन् । राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि संघियताकाे मुद्दा उठाएकाे देखिन्छ ।  ४. राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि नै संघीयतालाई पार्टीकाे विधानमा उल्लेख गर्दै आएकाे छ । त्यस्तै, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, खम्बुवान राष्ट्रिय माेर्चा लगायतका पार्टीहरूले संघीयताकाे मुद्दालाई प्रमुख प्राथिकताकासाथ पार्टीकाे विधानमा उल्लेख गरेका छन् । ५.  संघीयतामा देश लैजानु नहुने भन्दै विराेध गर्ने दलहरूमा लाेकतन्त्रका लागि लडेकाे पार्टीमध्येबाट राष्ट्रिय जनमाेर्चा हाे ।  ६.  २५० वर्षदेखि जरा गाडेर सत्ता स्वाद चाखेकाे समूह राजावादी र हिन्दुवादी पार्टी रा. प्र. पा. ले संघीयताकाे खुलेर विराेध गरेका छन् ।  ७. युवा र सच्चा देशलाई माया गर्ने पार्टी भनेर खाेलिएकाे साझा विवेकशील पार्टीकाे पनि दस्तावेजमा संघीयताकाे  खाका छैन । विवेकशीलका एक नेता रविन्द्र मिश्र राजावादि भईसकेका छन् ।  ८. भर्खरै खाेलिएकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे संघीयताबारे खाकामा विचार स्पष्ट छैन ।  निष्कर्ष उपराेक्त तथ्याङ्कबाट के स्पष्ट हुन्छ भने परम्परागत मान्यता, विचार अवधारणा बाेक्ने पार्टी वा, परिवर्तन नचाहने वा काठमाडाैमै शक्ति केन्द्रित भईरहेमा आफू आफ्नाे पार्टी सुरक्षित हुन्छ भन्ने पार्टीहरू संघीयताकाे विराेध गरिरहेका छन् । सताले लामाे समयदेखि उत्पिडनमा पारेका, परेकाे जनता र  ठाउँ जस्तै मधेस, लिम्बुवान, खम्बुवान, थरुहटहरूले संघीयता जाेडदार रुपमा चाहेकाे देखिन्छ ।  जनताकाे तहबाट हेर्दा संघीयता नचाहनेहरू हिजाेदेखि कुनै न कुनै रूपमा सत्तासंग नजिक रहेकाहरूकाे जमात देखिन्छ । सत्ताबाट बाहिर रहेकाहरू संघीयता चाहिरहेका छन् ।  वर्तमान अवस्थामा संघीयताकाे विरुद्द उभिने पार्टीहरू संसद र सडकमा दर्विलाे देखिएका छन् । त्यसैले संघीयता धरमराउदै गरेकाे जस्ताे देखिएकाे छ ।  तर उनीहरूकाे विचार परिवर्तनकाे विपक्षमा छ ।  प्रतिगमनकारी शक्तिकाे अन्तत: हार भएकाे ईतिहास छ ।

थारू भाषाको पत्रकारिताको अवस्था र चुनौती 

थारू भाषाको पत्रकारिताको अवस्था र चुनौती 

१३५८ दिन अगाडि

|

१ भदौ २०७९

१.परिचय मार्टिन चौतारीद्वारा प्रकाशित मिडिया अध्ययन–२ (२०६४) जर्नलका लागि ‘थारू पत्रपत्रिकाको विगत र वर्तमान’ शीर्षकमा यो पंक्तिकारबाट लेख तयार पार्दा छापा माध्यममा कार्यरत थारू पत्रकारहरूको सूची बनाउने क्रममा मुश्किलले २२ जनाको नामावली तयार भएको थियो । सो नामावली प्रायः मातृभाषाको थारू पत्रिकामा आबद्ध पत्रकारहरूको थियो । त्यो सूची तयार भएको करिब डेढ दशकपछि थारू पत्रकारहरूको उपस्थिति करिब २ सय बढी पुगेको देखिन्छ । थारू सञ्चारकर्मीहरूको संख्यात्मक बढोत्तरी भएको देखिए पनि थारू मातृभाषाको पत्रकारिता भने सुकेनासले ग्रस्त छ ।  यसको पहिलो खण्डमा थारू पत्रकारिताको प्रारम्भिक चरण, दोश्रो खण्डमा थारू पत्रकारिताको व्यावसायिकताको बाटो, तेश्रो खण्डमा जनशक्ति र वितरण प्रणालीबारे चर्चा छ । चौथो खण्डमा थारू पत्रकारितामा समेटिएका बिषयबस्तु रहेको छ । यसअन्तर्गत चाडपर्व, संस्कृति, राजनीतिक समाचार, विचार, साहित्यिक स्तम्भ छुट्टै उपशीर्षक दिई चर्चा गरिएको छ । पाँचौ खण्डमा सामाजिक विषयबस्तु, छैठौं खण्डमा भाषा तथा लेखनशैलीको प्रसंग छ । सातौं खण्डमा थारू पत्रिकामा मात्रै सीमित थारू पत्रकार र, अन्त्यमा छोटो उपसंहार दिइएको छ । व्यावसायिक ढंगले प्रकाशित पत्रपत्रिकाको सूची तालिका १ र २ मा दिइएको छ । यो आलेख रेडियो, टेलिभिजनको थारू कार्यक्रम तथा अनलाइन पत्रकारिताबारे नभई छापामा थारू भाषाको व्यावसायिक पत्रकारिताको चुनौतीबारे केन्द्रीत छ ।  २.थारू पत्रकारिताको प्रारम्भिक चरण  २०२८ सालमा दाङबाट प्रकाशित गोचाली थारू भाषाको पहिलो पत्रिका हो । पञ्चायती व्यवस्थाको विरोधमा मिशन पत्रकारिता गरेको गोचाली पहिलो अंकमै प्रशासनको बक्रदृष्टिमा प¥यो । थारू साहित्य सुधार समिति, पश्चिमाञ्चल नेपालले प्रकाशन गरेको गोचालीका सम्पादकमा महेश चौधरी थिए । यसरी मातृभाषा थारूमा पत्रकारिता गर्ने महेश र उनको टिम पहिलो समूह हो भन्नेमा दुइ मत छैन । गोचालीको इतिहासलाई केलाउँदा यसको सम्पादनमा संलग्न महेश चौधरी, सगुनलाल चौधरी र भगवतीप्रसाद चौधरीलाई थारू पत्रकारिताको जग हाल्ने त्रिमूर्तिका रूपमा लिन सकिन्छ । २०४६ सालपछि पनि जेनतेन प्रकाशित भैरहेको गोचालीका सम्पादकमध्ये एक सगुनलाल चौधरीलाई २०५८ साल पुस १२ गते सेनाले बेपत्ता पारेपछि यसको प्रकाशनमा निरन्तरता छैन (चौधरीः २०६२) । बर्दिया, धधवार–६, सेमरहवाको आफ्नै घरबाट सेनाले माओवादीको आरोपमा गिरफ्तार गरेका सगुनको हालसम्म पनि अत्तोपत्तो छैन । सगुनलाल चौधरीका छोराहरू कृष्णकुमार चौधरी, निरन्जन चौधरी, गोचाली परिवारका अध्यक्ष जग्गुप्रसाद चौधरीले गोचालीलाई निरन्तता दिन जेनतेन पहल गरेका छन् तर नियमित छैन ।  पहिलो पत्रिका प्रकाशित भएको पाँच बर्षपछि २०३३ सालमा रामानन्द प्रसाद सिंहको सम्पादनमा थारू संस्कृति पत्रिका प्रकाशन भयो । थारू कल्याणकारिणी सभा (थाकस) को मुखपत्रको रूपमा थारू संस्कृति प्रकाशन भएको थियो । पञ्चायतकालमा करिव आधा दर्जन अङ्क मात्रै निस्किएको यो पत्रिकालाई तात्कालीन महामन्त्री राजकुमार लेखी (२०६३–२०६७) को सम्पादनमा मासिक रूपमा प्रकाशित गरिएको थियो । तर हाल यसको प्रकाशन स्थगित भएको छ ।  सङ्ख्यागत रूपमा हेर्दा छयालिसको आन्दोलन अघि गोचाली (दाङ), थारू संस्कृति र बिहान, (काठमाडौ), औँकश (नवलपरासी), हौली (मोरङ), थारू सँस्कार (सुनसरी), टेंस (बाँके), टेम्ह्री (कैलाली) हमार संस्कृति तथा फुन्गी (चितवन) गरी जम्मा १० ओटा पत्रिका प्रकाशित देखिन्छ (सर्वहारी, २०६४ः ४) । गोचाली साहित्यिक पत्रिका हुँदाहुँदै यसका रचना राजनीतिक बिश्लेषणले भरिएका थिए । कथा, निबन्धमा पनि माया प्रेमभन्दा प्रगतिशीलताको छनक पछिल्लो १५औं अंक (२०६४) सम्म भेटिन्छ । थारू संस्कृति पत्रिकाले गोचालीले तय गरेको बाटो समात्न सकेन, बरू छयालिस अघिको अंकमा यसले राजाका महावाणीलाई स्थान दियो, जुन कि यसको बाध्यता थियो । गोचालीको धरपकडबाट डराएको थारू संस्कृति समूहले त्यो खतरा मोल्न चाहेन, यसले सांस्कृतिक पत्रिकाको रूपमा आफ्नो पहिचान दिन उचित ठान्यो ।  ३. थारू पत्रकारिताको व्यावसायिकताको बाटो  छयालिसपछि संख्यागत रूपले थारू पत्रिका प्रकाशनमा बृद्धि भयो । प्रगतिशील थारू युवा संगठन, काठमाडौंले २०४७ फागुनबाट चीरखा मासिक पत्रिकाको सुरुवात ग¥यो । प्रायः प्रत्येक अंकमा थारू सांसदहरूको अन्तरवार्ता समेट्ने चीरखा पत्रिका मूल रूपमा भने सांँस्कृतिक पत्रिका थियो । २०६१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा गुर्वावा प्रकाशन प्रालि दर्ता गरी नेपालगञ्जबाट अग्रासन मासिक पत्रिका प्रकाशन गरिएकोमा २०६२ माघसम्म अग्रासन जम्मा ७ अंक प्रकाशित हुन सक्यो । पछि दाङबाट यसको प्रकाशन हुन थाल्यो ।  थारू पत्रकारितालाई ब्यवसायिक ढंगले अघि बढाउने अगुवा हुन जोखन राम चौधरी । कैलाली, रानामुडाका यी युवा जोखन रत्गैंयाका नामले परिचित थिए । २०४९ सालमा गोचाली परिवार कैलालीको मुखपत्रको रूपमा “मुक्तिक डगर” (मुक्तिको बाटो) बार्षिक पत्रिका जोखन रत्गैयाको सम्पादनमा निस्कियो । गोचाली परिवार कैलालीले नै आफ्नो सहप्रकाशनको रूपमा जोखन रत्गैयाको सम्पादनमा २०५३ साल चैतमा ‘थारू मुक्ति साप्तहिक’ पत्रिका प्रकाशन ग¥यो । यही पत्रिकालाई थारू भाषाको पहिलो व्यावसायिक पत्रिका हुने श्रेय जान्छ । मुक्तिक डगरको पहिलो अंकमा प्रकाशनको उद्देश्यमा थारू भाषा र सँस्कृतिको रक्षा,  समाजमा निहित कुरिती, अन्धविश्वास, रुढीबाढी जस्ता पुरानो चालचलन हटाउन जोड दिने, थारू जातिको सभ्यताको खोजबीन गर्ने, छरिएर रहेका थारूहरूलाई संगठित गराउँदै सामाजिक चेतनाको बिकास गराउने लगायत उल्लेख छ । ‘मुक्तिक डगर’ बार्षिक पत्रिकाकै उद्देश्य अनुरूप ‘थारू मुक्ति साप्ताहिक’ को पनि प्रकाशन भएको हो ।थारू मुक्ति साप्ताहिक ४७ अंकसम्म प्रकाशित भएको देखिन्छ (सर्वहारी, २०६४ः १०) । गोचाली परिवार कैलालीसँग आबद्ध अधिकांश सदस्य तथा थारू मुक्ति साप्ताहिकका सम्पादक जोखन रत्गैंया नेकपा माओबादीको पार्टी अभियानमा संलग्न भएपछि यसको प्रकाशन स्थगित भयो । सुरक्षा कारबाहीमा जोखन रत्गैया मारिएपछि यसको पुनः प्रकाशन हुन सकेन । जोखन रत्गैयाका भाइ जगत रत्गैयाले ‘मुक्तिक डगर’ बार्षिक पत्रिकालाई निरन्तरता दिएका थिए । उनी पनि पछि  सुरक्षा कारबाहीमा मारिए । गोचाली परिवार कैलालीलाई कारबाही गरिएपछि पश्चिम नेपालको थारू पत्रकारिता मात्र होइन थारू भाषा साहित्य उत्थानमा पनि ठूलो धक्का लाग्यो ।  थारू भाषाको दोस्रो साप्ताहिक पत्रिका ‘मैगर हमार सन्देश’ (मायालु हाम्रो सन्देश) हो । थाकस जिल्ला कार्यसमिति बर्दिया प्रकाशक रहेको यस साप्ताहिकका प्रधान सम्पादक गोपाल दहित हुन् । आफू सभाको जिल्ला अध्यक्ष रहेको समयमा दहितले यसको प्रंकाशन थालेका थिए । ब्यवस्थापन मिलाउन नसक्दा १७ अंकसम्म प्रकाशित भई बन्द भयो । मैगर हमार सन्देशमा बिचारमूलक लेख, हाँस्यब्यंग्य, अतिथि कलमको रूपमा नेपाली भाषामा पनि लेख छापिएको पाइन्छ । बाँके,बर्दियामा यो पत्रिका निकै लोकप्रिय थियो । “जिल्ला जनप्रतिनिधिका भ्रष्टाचार, काला कर्तुत राष्ट्रिय स्तरका पत्रपत्रिकामा नछापिदा जनता दिक्क थिए । यो पूर्ति गर्न हामीले आफ्नै भाषाको पत्रकारिता गर्न उचित थान्यो । जति अंक प्रंकाशन गर्न सक्यौ, हामी आफ्नो उद्देश्यमा सफल  रह्यौं ।” मैगर हमार सन्देश साप्ताहिकका सम्पादक सन्तराम धरकटुवा थारू भन्छन् ।   धनगढी कैलालीबाट संगम चौधरीको सम्पादनमा २०५९ सालमा प्रकाशित ‘निसराउ’ साप्ताहिक थारू भाषाको तेस्रो साप्ताहिक हो । तर जम्मा १३ अंक सम्म प्रकाशित भई यसको प्रकाशन पनि हरायो । नियमित रूपमा प्रकाशित भइरहेको एक मात्र थारू भाषाको पत्रिका पहुरा दैनिक हो । पहिले साप्ताहिक रूपमा प्रकाशित भएको यो पत्रिका क्रमगत रूपले हेर्दा यो थारू भाषाको चौथो साप्ताहिक हो । २०५९ साल चैत्र २९ गते यसको पहिलो अंक प्रकाशन भएको थियो । यसको संस्थापक प्रकाशक दिलबहादुर चौधरी, सम्पादक राजकुमार चौधरी हुन् । पछि व्यवस्थापन परिबर्तन भई लोक बहादुर चौधरी ‘लक्की’ सम्पादक÷प्रकाशक भै पहुरा साप्ताहिकलाई निरन्तरता दिए तर पुरानो ब्यवस्थापनले पत्रिका आफ्नै स्वामित्वमा हुनुपर्ने माग राखेकाले पहुरा साप्ताहिकका  प्रकाशक÷सम्पादक  चौधरीले सो पत्रिका स्थगित गरी ‘हमार पहुरा अद्र्ध साप्ताहिक’ नाम राखेर अर्काे पत्रिका जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे । अद्र्ध साप्ताहिकको रूपमा २०६३ बैसाख ३ गते पहिलो अंक प्रकाशित यो नै थारू भाषाको पहिलो अद्र्ध साप्ताहिक हो । २०६४ साउन १ बाट हमार पहुरा दैनिक रुपमा आयो । अध्ययनको सिलसिलामा लक्की चौधरी काठमाडौं उक्लिएपछि हमार पहुरा दैनिक स्थगित भयो । २०६७ वैशाखबाट स्माइल चौधरीको प्रकाशन तथा प्रेम दहितको सम्पादनमा हमार पहुरा दैनिकलाई पहुरा दैनिकमा रुपान्तरण गरी प्रकाशन थालिएको छ । साप्ताहिक, अद्र्धसाप्ताहिक, दैनिक विभिन्न संस्करण हुँदै पहुरा, हमार पहुरा, फेरि पहुराको नाममा पहुरा दैनिक १९ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको छ । थारू भाषाको एक मात्र दैनिक यसले थारू भाषामै पहुराडटकम पनि सञ्चालन गरिरहेको छ । थारू भाषाको पाँचौ साप्ताहिक पत्रिका ‘फुलवार साप्ताहिक’ हो । यसका सम्पादक÷प्रकाशक राधेश्याम थारू र प्रधान सम्पादक कमल प्रसाद थारू छन् । डंगौरा र डेसौरी थारू भाषाको विवादबीच डेसौरी भाषाको प्रतिनिधित्व गर्दै प्रकाशित यस पत्रिकाले आफ्नो लोगोमा “शुद्ध थारू भाषाको एक मात्र पत्रिका” उल्लेख ग¥यो । आ–आफ्नो स्थानमा सबै क्षेत्रका थारू भाषा शुद्ध छन् भन्ने बहसपछि यसले शुद्ध शब्द हटाई थारू भाषाको एक मात्र पत्रिका भन्ने लोगो राख्यो । २०६१ साल असोज १७ गते आइतबार पहिलो अंक प्रकाशित फुलवार साप्ताहिकको पहिलो सम्पादकीय शीर्षक ‘फूलवारको लक्ष्य थारू सँस्कृतिको जगेर्ना गर्ने’  रहेको छ ।  यसरी ब्यावसायिक ढंगले हकर समेत राखी उचित बजार ब्यवस्थापनका साथ आए पनि यसको प्रकाशनको मूल उद्देश्य पनि सँस्कृति जगेर्ना नै देखिन्छ । थारू जातिलाई विश्व सञ्चारसम्म पु¥याउने उद्देश्य समेत बोकेको फुलवार साप्ताहिक तीन महिनामै आफैं सञ्चारविहिन भयो । १२ अंक प्रकाशन भएर यसको प्रकाशन स्थगित भयो । व्यावसायिक रूपले नै प्रकाशन थालिएका मासिक चीरखा, अग्रासन मासिक, उकुवार भेट पनि स्थगित नै छन् । हाल ब्यावसायिक रूपमा नियमित प्रकाशित भई रहेको थारू भाषाको एक मात्र पत्रिका कैलालीको पहुरा दैनिक, दाङको लौवा अग्रासन साप्ताहिक हो । त्यस्तै साहित्यिक पत्रिकामा दाङको त्रैमासिक लावा डग्गर तथा कैलालीको त्रैमासिक हरचाली रहेको छ । यी दुबै साहित्यिक पत्रिका हुन् । २०६८ सालको जनगणना अनुसार १७,३७,४७० जनसंख्या रहेको थारू समुदायका लागि जम्मा ४ वटा पत्रिका मात्र नियमित हुनु अन्यन्त न्यून हो । ४. जनशक्ति र वितरण प्रणाली पत्रिका व्यावसायिक ढंगले जनेतेन निकालेर गाउँघरमा त पठाइन्छ तर रकम उठ्दैन । बजारमा थारू पत्रिका स्टेशनरी पसलमा झुण्ड्याएर बिक्दैन, कारण बजारसम्म गएर पत्रिका पढ्ने पाठक छैनन् । थारू समुदायबाट दक्ष पत्रकारहरू भएकाको तर तिनलाई उचित पारिश्रमिक दिएर राख्न सक्ने क्षमता थारू भाषाका पत्रिकाका सम्पादक÷प्रकाशकहरूको छैन । बर्दियाको गुलरियाबाट आफूले ब्यावसायिक रूपमा थारू भाषाको मैगर हमार सन्देश साप्ताहिकको सम्पादनमा संलग्न हुँदाका क्षण गोपाल दहित  यसरी सम्झिन्छन्– “हाम्रो पत्रिकाको माग ५ हजार थान पुगिसकेको थियो तर १५ सय भन्दा बढी छाप्न सकेनौँ । वितरण प्रणाली मिलाउन र खर्च धान्न नसक्दा पत्रिकाको परिणाम बढाउन पनि सकिएन । यसैका लागि सम्पादन, वितरण, पूर्णकालीन कर्मचारी राख्न नसक्दा पत्रिका १७ अङ्कमै स्थगित भयो ।”  प्रायः थारू पत्रिकाको नियति मैगर हमार सन्देश साप्ताहिकको झैं छ । पत्रिका व्यावसायिक ढंगले निकाल्ने जमर्काे गरिन्छ, टीम पनि बनाइन्छ तर यसको भबिष्यबारे पर्याप्त गृहकार्य गरिदैंन । मैगर हमार सन्देश साप्ताहिककै सम्पादन समूहमा रहेका सुशील चौधरी एउटै ब्यक्तिले समय दिने र गोजीबाट रकम पनि हाल्ने रोगले थारू पत्रिकाको आयु लम्बिन नसकेको जनाउँछन् । त्यसबेला ४ जनाले सम्पादनको जिम्मा लिएकोमा महिनामा एक पटक पालो आउँथ्यो । उनका अनुसार सम्पादन गर्नेले नै सो अंकको खर्च पनि बेहोर्नु पथ्र्यो । भन्छन्, “पछि समय पनि दिन सकिएन, न त गोजीबाट रकम झिक्न सकियो । यसरी बार्षिक मात्रै होइन, साप्ताहिक पत्रिका समेत विना जनशक्ति, तयारी विना सुरु गरेको देखिन्छ । सुनसरीको दुहबीबाट थारू भाषाको साप्ताहिक टिहकारी २०७६ साउन ७ बाट सुरु भएको थियो । २०७७ चैत १८ सम्म यसको ३६ अंकसम्म प्रकाशित भएर हाल स्थगित छ । यसको प्रधानसम्पादक भोलाराम चौधरी २०७७ चैतबाट थारू आयोगको सदस्यको जिम्मेवारीमा आएपछि पत्रिका स्थगित भएको हो । वान म्यान आर्मीजस्तै थारू पत्रिकामा एकजनाको मात्रै जिम्मेवारीमा रहँदा, उ अर्कै काममा अल्झिएपछि पत्रिका स्थगित हुन बाध्य हुनु टिहकारी जस्तो पत्रिकाको नियति हो ।  अहिले काठमाडौंबाट लक्की चौधरीको सम्पादनमा हमार पहुरा अनलाइन, मदन चौधरीको सम्पादनमा थारूवान अनलाइन, नेपालगन्जबाट विश्वराज पछलडंग्याको सम्पादनमा गोचालीखबर अनलाइन, धनगढीबाट उन्नती चौधरीको सम्पादनमा केरनी अनलाइन, राम दहितको सम्पादनमा कैलारी अनलाइन लगायतमा फाट्टफुट्ट थारू भाषाको समाचार आउने गरेको छ । थारू समुदाय केन्द्रीत समाचार भए पनि यी अनलाइनको थारू भाषामै समाचार पस्किने प्राथमिकतामा पर्दैन । पहुरा दैनिकको अनलाइन पहुराडटकम मात्रै थारू भाषामा रहेको छ । हरचाली साहित्यिक अनलाइन, एक परगा लगायतले साहित्यिक खुराक पस्किरहेका छन्, तर नियमित अपडेट छैन । यी पनि ‘वान म्यान आर्मी’जस्तै मात्रै छन्, यिनले थप जनशक्ति राख्ने क्षमता राख्तैनन् ।  लावा डग्गर त्रैमासिकक सम्पादक प्रकाशक छविलाल कोपिला आफ्नो पत्रिका आफैं कम्प्युटर टाइप गरेर सेटिङ गर्छन, प्रेसमा धाउँछन्, ग्राहकप्रति आफैं पु¥याउन दगुर्छन् । यसरी थारू भाषाको पत्रकारिता एक प्रकारको समाजसेवा झैं लाग्छ उनलाई । पत्रिकाकै आम्दानीबाट सम्पादक, ब्यवस्थापक पालिने अवस्था नहुँदासम्म थारू मात्र होइन, अन्य भाषाभाषीको पत्रिकाको पनि भविष्य सुखद देख्दैनन् उनी ।  ५. समेटिएका बिषयबस्तु साहित्यिक पत्रिकामा साहित्य हुने नै भयो तर व्यावसायिक रूपमा प्रकाशन भैरहेको पत्रिकामा पनि साहित्यको खुराक बढी भेटिन्छ । यी दुई खाले पत्रिकामा के कस्तो बिषयबस्तु समेटिएका छन् । समग्र रूपले बँुदागत रूपमा चर्चा गरिन्छ ।  ५.१ चाडपर्व/संस्कृति सबैजसो पत्रपत्रिकामा चाडपर्ब सँस्कृतिको परिचयले प्रर्याप्त स्थान पाएको छ । थारू जातिको प्रचलित गुरहि (नागपञ्चमी), अष्टिम्कि (कृष्ण जन्माष्टमी) अट्वारि, डस्या (दशैं), डेवारि (तिहार), ढुरहेरि (होली), चाडबाहेक खेतीपाती सकिएपछि खाइने पेंड्या, सवनिया, पानी पार्नलाई गोरु बेंह्रना चलनबारे उल्लेख गरिएको भेटिन्छ । ती चाडपर्वमा हुने फजुल खर्चबारे टिप्पणी, मौलिक चाडको ऐतिहासिकताबारे ब्याख्या भने भेटिदैन । थारूहरूको बारेमा थुपै्र विदेशी तथा स्वदेशी लेखकहरूले खोज अनुसन्धान गरेर पुस्तक प्रकाशन गरेका छन् तर तिनीहरूले हाम्रो बारेमा के लेख्छन् ? हाम्रो चाडपर्व, संस्कृतिबारे उनीहरूको टिप्पणी के छ ? यस सम्बन्धी लेख थारू पत्रपत्रिकामा अववादको रूपमा मात्रै भेटिन्छ । थारूहरूको चालचलन संस्कृतिबारे जसले जे लेखे पनि जस्तो ब्याख्या गरे पनि त्यसको समर्थन, खण्डन संशोधनबारे चर्चा नहुनु दुर्भाग्यपूर्ण अवस्था छ ।  चाडपर्ब यसरी मनाइन्छ, उसरी मनाइन्छ भन्ने सतही लेखबाहेक अरु विशद चर्चा परिचर्चा उल्लेख छैनन् थारू पत्रपत्रिकामा । चाडबाडमा फजुल खर्च गर्ने बानीले थारू सामुदायको आर्थिक अवस्था कमजोर रहेको एउटा अहम् तथ्य जगजाहेर छ । तर यस सम्बन्धमा चिरफार गरिएको लेख पत्रपत्रिकामा समेटिन सकेको छैन (सर्वहारी, २०६४ः २४) ।  ५.२ राजनीतिक समाचार, विचार  समाचारमूलक पत्रिकामा पनि राजनीतिक समाचार अत्यन्त न्यून हुनु अचम्मको अवस्था छ थारू पत्रपत्रिकामा । विचार पृष्ठमा पनि सामाजिक बिषयबस्तुलाई प्रायः स्थान दिइएको छ । त्यसमा राजनीतिक लेख अपवादकै रूपमा समेटिएका छन् । सांस्कृतिक लेखले भरिएका छन् विचार पृष्ठ पनि । थारू राजनीतिक कार्यकर्ताका विचार, अन्तरवार्ता समाचारमूलक पत्रपत्रिकामा समेटिन नसकिनु दुर्भाग्यपूर्ण अवस्था छ । जवकि सामयिक संकलनमा रूपमा प्रकाशित चिरखा मासिक, बिहान, नेउता बार्षिक पत्रिकाले थारू सांसदका अन्तर्वार्ता समेटेका छन् । अग्रसान मासिकका संस्थापक सम्पादक श्रीराम चौधरीका विचारमा पत्रिका प्रकाशनसंग सम्बद्ध ब्यक्तिहरू खास गरी साहित्यमा झुकाव राख्नेहरू नै बढी हुँदा राजनीतिक लेखले पत्रपत्रिकामा स्थान पाउन नसकेको हो । उनको भनाईमा केही हदसम्म सत्यता छ । तर लेखको पारिश्रमिक दिन नसक्ने अनि कुराकानीमा आधारित लेख तयार गर्ने जनशक्ति नहुँदा राजनीतिक लेखको खडेरी देखिएको हो । हाम्रा खास पाठक थारू भाषी हुन् । यो पक्ष जगजाहेर हुँदाहुँदै पनि थारू समुदाय, जनजाति समुदाय सम्बन्धि लेखरचनालाई प्राथमिकता नदिई पहुरा थारू दैनिकले प्रायः गोरखापत्र दैनिकको विचार पृष्ठको अनुवादित लेखरचनाले पत्रिकाको पाना भर्ने गरेको छ । यसले थारू समुदायका मुद्दाका वास्तविक बहस ओझेलमा पर्ने गरेको छ । हालै लोकसेवा आयोगमा थारूहरूका लागि छुट्टै कोटा नदिने सर्वोच्चको फैसला आयो । यसबारे जानकारीमूलक समाचार त आए तर यसले पार्ने दुरगामी असरबारे खोजमूलक समाचार, विचार आएन । सुर्खेतको साझा बिसौनी दैनिकमा २०७८ चैत ९ बाट मासिक रूपमा थारू भाषामा एक पृष्ठ फुलवार स्तम्भ सुरु गरेका साहित्यकार मान बहादुर चौधरी ‘पन्ना’ थारू भाषाका पत्रिकाका सम्पादकहरूमा बिषयबस्तुको ज्ञानको अभावको कारण सतही लेख रचनाले पत्रिका भरिएको जनाउँछन् । उनी भन्छन्– केही पत्रकारिता तालिममा मैले सहभागिता जनाएपछि आफ्नै समुदायका थुप्रै  लुकिरहेको मुद्दा कसरी केलाउने भन्ने थाहा पाएँ । थारू पत्रिकालाई राम्रो बनाउन थारू सम्पादकहरूको भेला हुनु अपरिहार्य रहेको उनी देख्छन् । ५.३ साहित्यिक स्तम्भ कथा, कविता, साधारण लेख रचनाका अतिरिक्त अब थारू पत्रिकामा नौलो विधाले पनि स्तम्भको रूपमा स्थान पाएका छन् । यसले थारू भाषा साहित्यलाई अझ फराकिलो बनाउने देखिन्छ । मैगर हमार सन्देश साप्ताहिकमा ‘पोक्टा आँरा’ (बिग्रिएको अन्डा नामक ब्यंग्य स्तम्भ नियमित थियो । त्यस्तै समसामयिक जल्दोबल्दो घटना विश्लेषण स्तम्भ ‘सिल्गल आगी’ (सल्किएको आगो) लोकप्रिय थियो ।  त्यस्तै उँकुवार भेट मासिकमा स्वास्थ्य स्तम्भका अतिरिक्त अप्ठ्यारो शब्दको अर्थ ‘पुछो लड्को मनके बाट जोन्हु मामासे’ सोध केटाकेटी मनका कुरा चन्द्रमा मामासंग आदि स्तम्भ राखिएका थिए । पुछो लड्को ... स्तम्भले बाल बालिबालिकालाई कविता लेख्न सिकाउन मद्दत गरेको थियो । लावा डग्गर त्रैमासिकले कविता, कथा, लोककथा, समालोचना, निवन्ध, नाटक, यात्रासंस्मरण, भाषा बहस, पुस्तक समिक्षादेखि धाराबाहिक उपन्याससम्म स्तम्भ राखेको देखिन्छ । पहुरा थारू दैनिकले पनि शनिबारको अंकमा साहित्यिक सामग्री दिने गरेको छ । दाङको नयाँ युगबोध, गणतन्त्र, गोरक्ष यी तीन दैनिकले सातामा एकपटक थारू भाषा पृष्ठ दिने गरेकोमा यसमा पनि प्रायः साहित्यिक लेखकै मात्रा बढी देखिन्छ ।  ५.४ सामाजिक बिषयबस्तु थारू जाति पछि प¥यो, छोरीलाई पनि छोरा सरह पढाऔं, कमैया कमलरीहरूको ब्यथा, जाँडरक्सी कम गरौं गुरुवा धामी भन्दा अस्पताललाई प्राथमिकता आदि बिषयबस्तु प्राय पत्रिकामा समेटिएका छन् । तर यस सम्बन्धमा समेटिएका लेख पनि सतही छन् । फिचर, रिपोर्टका रूपमा आउनु भन्दा सामान्य लेख रचनाका रूपमा ती बिषयबस्तुलाई स्थान दिइएको छ ।  थारू जाति पछि पर्नाका कारण के के हुन् ? कुन पक्षमा सुधार गरे यो समुदायको उन्नति हुन्छ । छोरीले उन्नति गरेर बाबुआमा पालेको उदाहरण कहाँ छ ? मुक्ति अघि कुन कमैया कमलरीलाई कुन जमिन्दारले किन र कसरी दुःख दिए ? मुक्त भएको थोरै समयमा कुन मुक्त कमैया परिवारले उन्नति ग¥यो ? जाँडरक्सीको सेवनले साँच्चिकै थारू समुदाय पछि परेको हो त ? गुरुवाले गलत सल्लाह दिदा कहाँका बिरामीलाई असर पा¥यो । बरघर ऐनको असर लगायत बारेको फिचर, खोजमूलक समाचारको अभाव छ । ६ भाषा, लेखनशैली कुनै पनि भाषिक समुदायले पत्रिका प्रकाशन गर्नुको मूल उद्देश्य भाषा सँस्कृतिको जगेर्ना हो । थारू समुदायले प्रकाशन गरेका पत्रिकाको मूल उद्देश्य पनि यही हो । साठीको दशकमै रेडियो ख्यालमा प्रंसारण भएका सामग्रीको बुलेटिन “ख्याल” मा दन्त्य त थ द ध को कुनै प्रयोग नगरी पुरै तालब्य ट ठ ड ढ को प्रयोग भई समाचार प्रकाशित भएको देखिन्छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २०७३ साउन १ देखि ३ सम्म दाङको घोराहीमा थाकस दाङको सहकार्यमा डंगौरा थारू भाषाको वर्ण निर्धारण गोष्ठी गरेको थियो । सोही गोष्ठीबाट प्राप्त निचोड अनुसार लावा डग्गर त्रैमासिकले २०७३ साउनपछिको अंकबाट  त, थ, द, ध, क्ष, त्र, ज्ञ, ण लगायत वर्ण हटाई तालब्य ट, ठ, ड, ढ को मात्रै प्रयोग, स्थान, नामबाहेक सबै शब्द ह्रस्वमा लेख्ने शैली अपनाएको छ ।  टिहकारी साप्ताहिकले सिल इन्टरनेशनलको सहकार्यमा तयार पारेको मध्य पूर्बैया थारू लेखनशैलीलाई आधार लिएको थियो । यसरी लावा डग्गर त्रैमासिक र टिहकारी साप्ताहिक बाहेक अन्य पत्रिकाले आफ्नो लेखनशैली बनाएका छैनन् । प्रकाशनको दुइ दशक पुग्नै लागेको पहुरा थारू दैनिकको पनि कुनै लेखन शैली छैन । गत वर्ष लेखिका इन्दु थारूको पहुरा थारू दैनिकमा आफ्नो नेपाली भाषाको लेख थारू भाषामा अनुवाद भएर छापिएको थियो । ‘नेपाली व्याकरणको लेखनशैलीमा अनुवाद गरिएको लेखमा कुनै मिठास थिएन । धेरै ठाउँमा अर्थको अनर्थ लाग्ने गरी उल्था थियो,’ उनी भन्छिन्,‘मेरो लेख मात्रै होइन, दैनिक छापिने समाचारमा पनि नेपालीबाट थारू भाषामा उल्था गरेर राख्दा अर्थ नलाग्ने, थारू मौलिक शब्द छँदाछँदै नेपाली शब्दको भरमार प्रयोगले पढ्दै झर्को लाग्ने शैली छ । यसले थारू भाषाको उन्नतिमा टेवा पु¥याउँदैन ।’ ७. थारू पत्रिकामा मात्रै सीमित थारू पत्रकार  थारू पत्रिका सम्बद्ध सम्पादक/प्रकाशकहरूको सूची अन्तर्गत तालिका १ र २ लाई हेर्दा २९ ओटा थारू पत्रिकाको सम्पादक÷प्रकाशक मध्ये मूलधारको नेपाली छापा मिडियामा एक मात्र थारू पत्रकार लोक बहादुर चौधरी ‘लक्की’ गोरखापत्र दैनिकमा कार्यरत छन् । लामो समय कामना प्रकाशन, अन्नपूर्ण पोष्ट दैनिक लगायत छापा पत्रकारितामा रहेका कृष्णराज सर्वहारी हाल मूलधारको अनलाइन रातोपाटी डटकममा आवद्ध छन् । यी दुबै सम्बद्ध थारू पत्रिका पनि स्थगित भइसकेको छ । थारू पत्रिकामा मात्रै सीमित अन्य अनुहार शौखको लागि मात्रै सीमित समयका लागि थारू पत्रकारितासँग सम्बद्ध भएको देखिन्छ । यसले पनि थारू पत्रिकाको आयु लामो देखिन्न । पत्रिकामा मात्रै होइन, रेडियोमा समेत ठूलो जनशक्ति थारू समाचारमा मात्र केन्द्रीत छ । सन्तोषजनक पारिश्रमिक र आवश्यक सेवासुविधा तथा तालिमको अभावमा थारू मात्रै होइन, अन्य भाषाभाषीका कार्यक्रम पनि कामचलाउ रूपमा मात्रै तयार हुने देखिन्छ (सर्वहारीः २०६५ः २३३) । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गणेश राईले आफ्नो मातृभाषा वाम्बुले राईमा विगत दुई दशकदेखि लिब्जुभुजु पत्रिका नियमित प्रकाशन गरिरहेका छन् । त्यसैगरी मूलधारमा रहेका थारू पत्रकारहरूले पनि मातृभाषाको पत्रकारितामा होस्टेमा हैंसे गर्नुपर्ने देखिन्छ । मधेश आन्दोलनले मधेशी पत्रकारहरूको दायरा फराकिलो पारे पनि थरूहट आन्दोलनले थारू पत्रकारहरूको आयतनमा कुनै तात्विक परिवर्तन ल्याएन (सर्वहारी, २०६८) ।  ८. उपसंहार  पत्रिका प्रकाशनको पाँच दशक पार गरिसक्दा पनि थारू छापा पत्रकारिता व्यावसायिक रूपमा बामे सर्न सकेको छैन । छापा भन्दा बरु रेडियो, अनलाइन पत्रकारितामा थारू सञ्चारकर्मीहरू अग्रसर हुन थालेका छन् । रेडियोमा संलग्न सक्रिय थारू सञ्चारकर्मी रेडियोमा मात्र सीमित भई कलम नचलाउँदा पनि समुदायको धेरै बिषयबस्तु छापामा समेटिन सकेका छैनन् । प्राविधिक रूपले पत्रपत्रिकाको गुणस्तरमा सुधार आए पनि, संख्यात्मक रूपले पत्रिकाको बढोत्तरी भए पनि बिषयबस्तुको सवालमा छापा पत्रकारिताको गति पाँच दशक पहिलेको गोचाली पत्रिको स्तरभन्दा माथि उठ्न सकिरहेको छैन । ब्यावसायिकतासँगै थारूहरूको हक, अधिकारबारे मिशन पत्रकारिता गर्नु पनि उत्तिकै जरुरी छ, थारू पत्रकारहरूको काँधमा । संख्यात्मक रूपले पत्रिका धेरै भएकोमा नियमित छैन । नियमित हुनेको गुणस्तर उकासिन सकेको छैन । अनुवाद पत्रकारिता बढी छ । एकल अनलाइन खोल्ने अभियानमा थारू पत्रकार पनि छन् । तिनले थारू समुदायका मुद्दा उठाए पनि नेपाली भाषाको माध्यमलाई प्राथमिकता दिएका छन् । यसले थारू भाषाको लेखनशैलीको विकास हुन सकेको छैन । गोरखापत्र जस्तो सरकारी मिडियामा थारू भाषाको पृष्ठ विगत डेढ दशकदेखि आउनु स्वागतयोग्य छ । तर, लेखनशैलीकै कारण थारू भाषाको पृष्ठ संयोजक नै फेरिनु दुर्भाग्यपूर्ण छ ।  नेपाली मिडियामा पनि थारू पत्रकारहरूको उपस्थिति देखिदैछ तर गुणात्मक रूपमा सन्तोष गर्ने ठाउँ छैन । थारू पत्रकारिताको न्वारन गोचाली (२०२८) ले गर्यो । तर प्रकाशनको पाँच दशकपछि पनि यसका प्रधानसम्पादक महेश चौधरी गोचालीकालीन भाषाशैली थारू पत्रकारिताले उपर्युक्त छ भन्ने अभिव्यक्ति दिन्छन् । महेश चौधरीको जस्तो पारम्परिक सोच अनि दुइ दशकदेखि पहुरा थारू दैनिक मार्फत् थारू पत्रकारिता गर्ने समूहको पनि कुनै लेखनशैली नबनाई जे लेखे पनि थारू पाठकले पचाउँछन् भन्ने शैलीले थारू पत्रकारिताको लेखनशैली जहाँको तहीं रहने देखिन्छ । अब थारू भाषाको पत्रिकाका सम्पादक, प्रकाशकहरूले आफै स्वमूल्याङ्कन गर्ने बेला आएको छ । थारू भाषाको पत्रकारितालाई सवल बनाउन पत्रकारितामा एकल अभियान भन्दा पनि सामूहिक अभियानको खाँचो देखिन्छ । २०६७ सालमा स्थापित थारू पत्रकार संघले यस अभियानमा सक्रिय भूमिका खेल्न जरूरी देखिन्छ । सन्दर्भ सामग्री चौधरी, कृष्णराज । २०६२ । वेपत्ता छन् सगुनलाल । मूल्याङ्कन  मासिकः २४(१३८), फागुन, पृ.३० ।                                  सर्वहारी, कृष्णराज । २०६८ । मिडियामा थारू पत्रकारको अवस्था । थारू पत्रकार संघ नेपालद्वारा २०६८ साउन ९ गते काठमाडौंमा आयोजित अवधारणापत्र । सर्वहारी, कृष्णराज । २०६५ । थारू भाषामा रेडियो कार्यक्रमः संख्यामै जोड । स्वतन्त्र रेडियोको एक दशकः विकास, बहस र सामाजिक सरोकार । देवराज हुमागाई, प्रत्यूष  वन्त र कोमल भट्ट, सं., पृ. २११–२४१ । काठमाण्डौँः मार्टिन चौतारी । सर्वहारी, कृष्णराज । २०६४ । थारू पत्रपत्रिकाको विगत र वर्तमान। मिडिया अध्ययन–२ । प्रत्यूष वन्त, हर्षमान महर्जन, देवराज हुमागाई र शेखर पराजुली, सं., पृ. १–३३ । काठमाडौंः मार्टिन चौतारी । प्रस्तुत आलेख प्रेस काउन्सील नेपालको आयोजनामा मिति २०७८ चैत २१ गते दाङको घोराहीमा प्रस्तुत ‘थारू भाषाको पत्रकारिता र आचारसंहिता’ विषयक् गोष्ठीमा प्रस्तुत अवधारणापत्रको संशोधित रूप हो । अवधारणापत्रका मुख्य टिप्पणीकर्ता केवी चौधरी लगायत सुझाव दिने सबैप्रति आभारी छु ।