छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका पूर्णबहादुर

छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका पूर्णबहादुर

१२४४ दिन अगाडि

|

२३ मंसिर २०७९

पहिचानकोे मुद्दा  सम्बोधन नभएसम्म बिश्राम नलिने रञ्जिताको प्रतिवद्धता

पहिचानकोे मुद्दा  सम्बोधन नभएसम्म बिश्राम नलिने रञ्जिताको प्रतिवद्धता

१२५९ दिन अगाडि

|

८ मंसिर २०७९

आफू कैलाली–१ बाट प्रतिनिधि सभामा विजयी भएपछि नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मतदातालाई धन्यवाद दिदै पहिचानकोे मुद्दा सम्बोधन नभएसम्म बिश्राम नलिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनको धन्यवाद मन्तव्य जस्ताको तस्तैः आदरणीय/प्रिय मतदाता नमस्कार  मलाई र हाम्रो पार्टीलाई बिश्वास गर्दै अत्याधिक मत दिई बिजयी गराउनु भएकोमा म र मेरो पार्टीको तर्फबाट हृदय  देखि नै हार्दिक धन्यवाद एवं कृतज्ञता ब्यक्त गर्न चाहन्छु।  यो जितलाई टिकापुर घटनाका कारण बिना कसुर जेल जिवन बिताई रहनुभएका मेरा आदरणीय श्रीमान् तथा नागरिक उन्मुक्ति पार्टिका संरक्षक श्री रेशम चौधरी तथा सम्पुर्ण राजबन्दिहरुमा समर्पण गर्दछु। यो जित पहिचान प्राप्त गर्न दिनरात खट्ने थारु लगाएत सम्पुर्ण जनसमुदायहरुको जितको रुपमा मैले बुझेकी छु।  यस घडिमा, पहिचानकोे मुद्दा  संबोधन नभएसम्म बिश्राम नलिने प्रतिवद्धता पनि ब्यक्त गर्न चाहन्छु। साथै सम्पुर्ण रुपमा सद्भाव कायम गर्दै समृद्ध, समुन्नत र सुन्दर टिकापुरको पहिचान स्थापित गर्न लागि पर्नेछु। यस क्षेत्रका जनताले भोगिरहेका बिभिन्न समस्याहरु हल गर्न जनताको सेवकका रुपमा हरपल यहाँहरुकै आँगनमा रहि रहनुका साथै संसदमा टिकापुरवासी जनताको बलियो आवाज बन्नेछु। यहाँहरुको साथ सहयोग र खबरदारीको सदा अपेक्षा रहिरहने विश्वास लिएको छु। जसले मलाई अझ परिस्कृत  र सक्षम बन्न प्रेरणा दिइरहने छ।  नागरिक उन्मुक्ति पार्टिको प्रतिनिधिको रुपमा जित हासिल गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। यस दौरान म र हाम्रो पार्टीलाई जिताउन विभिन्न माध्यमबाट सहयोग गर्नुहुने आम सञ्चार माध्यमका साथिहरु बुद्धिजीवि तथा नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दछु। यसका साथै दिन,रात भोक, प्यास  नभनी अहोरात्र चुनावी अभियानमा खट्नु हुने पार्टीका सम्पुर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुप्रति विशेष  धन्यवाद दिन चाहन्छु।  कसैलाई काखा र कसैलाई पाखा नगरी मलाई जिताउन  भोट दिनुहुने र कुनै कारणवस भोट दिन असमर्थ सम्पुर्ण टिकापुरवासी जनसमुदायको साझा प्रतिनिधिको रुपमा निरन्तर लागि रहनेछु। चुनावको दौरान प्रतिस्प्रर्धीै भएपनि अन्य पार्टिका अग्रज साथिहरुसँग  आगामि दिनमा  टिकापुरको विकासका लागि सहकार्य गर्ने कुरामा प्रतिवद्ध भएको जानकारी गराउँदछु।  अन्तमा, नागरिक उन्मुक्ति पार्टीको जिम्मेवार अध्यक्ष हुनुको नाताले जनताले अपेक्षा गरे अनुरुपको नयाँ दर्शन, बिचार र बिकल्प सहितको बैकल्पिक शक्ति बनाउने संकल्प पनि ब्यक्त गर्दछु। जय नागरिक।                             रन्जीता श्रेष्ठ चौधरी                                      अध्यक्ष                           नागरिक उन्मुक्ति पार्टी

राजीव गान्धी हत्या : ३२ वर्षपछि जेलबाट बाहिर आएपछि नलिनीले के भनिन्  ?

राजीव गान्धी हत्या : ३२ वर्षपछि जेलबाट बाहिर आएपछि नलिनीले के भनिन् ?

१२६७ दिन अगाडि

|

३० कात्तिक २०७९

भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहर भएकी नलिनी ३२ वर्षपछि जेलबाट रिहा भएकी छिन् । गत साता सर्वोच्च अदालतले यस मुद्दामा आजीवन कारावासको सजाय भोगिरहेका नलिनी र आरपी रविचन्द्रनलगायत सबै दोषीलाई रिहा गर्न आदेश दिएको थियो । यो आदेश आएको एक घण्टा नबित्दै नलिनीसहित बाँकी दोषी पनि जेलबाट बाहिर आएका थिए । यी छ जना दोषीमध्ये चार – सन्थान, मुरुगन, जयकुमार र रोबर्ट पायस श्रीलंकाका थिए जसलाई विशेष शिविरमा लगिएको थियो । बीबीसीसँगको विशेष कुराकानीमा उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नलिनीले अब आफ्नो परिवारलाई एकताबद्ध बनाउने र पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेतर्फ ध्यान दिने बताइन् । नलिनी आत्मघाती टोलीको सदस्य भएको आरोपमा दोषी पाइयो र अन्य तीन दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तर सोनिया गान्धीको अपीलपछि उनको सजायलाई आजीवन कारावासमा परिणत गरियो । त्यसपछि उनी रिहाइका लागि कानुनी लडाइँ लड्दै आएकी थिइन् ।  जेल जानुअघि यी सबै कुरा बारेमा आफूलाई केही थाहा नभएको नलिनी बताउँछिन्, ‘रिमाण्डमा लिएर छुट्टै कक्षमा राख्दा म निकै डराएको थिएँ ।’ म धेरै रोएँ । कोलाहल मच्चियो । म बाहिर दौडिएँ । अधिराइ र मेरी आमा नजिकैको सेलमा थुनिएका थिए, उनीहरू पनि निकै डराएका थिए । मेरो अवस्था देखेर उनीहरु पनि रुन थाले । तर उसले मलाई भित्र पस्न फकाए । मैले राइफल बोकेका सीआरपीएफ जवानहरूलाई उनीहरूले ‘हामीलाई गोली हानेको भए राम्रो हुन्थ्यो’ भनेँ ।’ जेल अनुभव उनी भन्छिन्, ‘म यति धेरै चिच्याएँ कि मेरो घाँटीबाट रगत निस्कन थाल्यो । यो धेरै कठिन समय थियो । जब म पक्राउ परेँ, मलाई पछिल्लो पाँच दिनदेखि ज्वरोले थलिएकी थिएँ, म ओछ्यानबाट उठ्न पनि सकेको थिइनँ ।’ मलाई दुई दिन सुत्न दिएनन् । मसँग यी परिस्थितिहरूको सामना गर्ने साहस थिएन । म दाँत नमाझी र कपाल नकोरिकनै बस्थेँ । जब अवस्था सुधार हुँदै थियो, मेरो छाती दुख्न थाल्यो । धेरैले म अभिनय गर्दैछु भन्ने सोचेका थिए तर डाक्टरले जाँच गर्दा मेरो समस्या साँचो हो भन्ने प्रमाणित भयो । ’ ‘केही समयपछि स्थितिमा केही सुधार आयो । त्यही क्रममा कोडियाक्कराई षणमुगमको मृत्यु भयो । जेल प्रशासनले हामीलाई हथकडी लगाउन थाल्यो । चुरा लगाउने कार्यक्रम भएछ कि भनेर जिस्क्याउँदै सोधेँ ।’  जब टाडा अदालतले २८ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो, जसमा उनको नाम पहिलो थियो, उनी छक्क परिन् । उनी भन्छिन्, ‘मैले अपराध गरेको हो भनेर शपथ पत्र दिएको थिइनँ तर अदालतमा मैले यो कहिल्यै प्रमाणित गर्न सकिनँ ।’ फैसलापछि मलाई अर्को कक्षमा सारियो । मृत्युदण्डका कैदीहरूलाई राखेझैँ उनीहरूले हामीलाई थुनेर राख्थे । त्यसको केही समयपछि मैले छोरीलाई जन्म दिइन् । स्थिति अलि राम्रो भयो ।’ नलिनी पक्राउ पर्दा उनी करिब दुई महिनाकी गर्भवती थिइन् । पक्राउ परे लगत्तै उनका श्रीमान्, आमा र भाइ पनि पक्राउ परेका थिए । नलिनीले आफ्नो परिवार आर्थिक रुपमा बलियो नभएको र यस्तो अवस्थामा अवस्था बिग्रिएको बताइन् । राजीव गान्धीको हत्याका क्रममा अन्य १६ जनाले पनि ज्यान गुमाएका थिए । उनीहरूका आफन्तहरूले दोषीलाई रिहा गर्न कडा विरोध गरिरहेका छन् । अफसोस नलिनी भन्छिन्, ‘मलाई उनीहरूको परिवारप्रति दुःख लाग्छ । मलाई थाहा छैन उनीहरुले आफ्नो परिवारका सदस्यहरू गुमाउँदा कुनै आर्थिक सहयोग पाए, पाएनन् । यो वास्तवमै उनीहरूका लागि ठूलो घाटा हो ।’ मलाई लाग्छ घरको मुखिया गुमाउनु साँच्चै ठूलो क्षति हो । मलाई लाग्छ कि उनीहरूले हाम्रो स्थिति बुझ्नुपर्छ।’ उनी भन्छिन्, ‘मलाई निकै नराम्रो लाग्छ । १७ जना मार्नुको पछाडि मेरो नियत के हुन सक्छ ? यसको आवश्यकता के हो ? के म शिक्षित छैन ? उनीहरुलाई मारेर जीविकोपार्जन गर्नुपर्छ ?’ उनी आफैँ यसको जवाफ दिन्छिन्, ‘त्यस्तो केही होइन । मलाई उनको नाम पनि थाहा छैन । तर उनलाई मारेको अपराधमा मलाई दोष लगाइएको छ । यो अरु केही होइन हाम्रो दुर्भाग्य हो । हामीले उनीहरु लाई कहिल्यै देखेका पनि छैनौँ । उनीहरुलाई हानि पु¥याउने सोच पनि थिएन । मलाई लाग्छ कि उनीहरूले यो बुझ्नुपर्छ ।’ जहत्यामा संलग्न व्यक्तिको परिचयबारे नलिनी भन्छिन्, ‘उनीहरू त्यस्तो खालको देखिँदैनथे । सायद त्यतिबेला म त्यति समझदार थिइनँ भन्न सकिन्छ । म धेरै व्यस्त थिएँ । म पढ्दै थिएँ, काम गर्दै थिए, पढाइका लागि कक्षामा जान्थे । कक्षा सकिएपछि रातको ११ बजे मात्रै सुत्न पाउँथे । यो दिनचर्यामा मैले त्यस्तो कहिल्यै सोचिन । ’ नलिनीका अनुसार जब उनको मृत्युदण्ड खारेज भयो, बाँकी मानिसहरूको आशा बढ्यो । तर, यसअघि उनलाई फाँसी दिनेबारे सातवटा घोषणा भइसकेको थियो । त्यसमा पनि चार पटक मिति तय भएको थियो । एक जना धर्मगुरु पनि उनलाई भेटेर अन्तिम इच्छा जान्न आए । सबै तयारी पूरा गरियो । फाँसीको डोरी पनि तयार भयो, कैदीलाई फाँसी दिने सेल पनि तयार भयो । उनीहरुको तौल पनि लिइएको थियो र सोही तौलको बालुवाको झोला झुण्डाएर रिहर्सल पनि गरिएको थियो । नलिनी भन्छिन्, ‘यो सब मेरो आँखा अगाडि भयो । तर मैले आशा कहिल्यै छोडिनँ । मैले सोचेँ, मैले केही गल्ती गरेको छैन, त्यसैले मलाई केही नराम्रो हुनेछैन ।’ अब बाहिरिएपछि फेरि नयाँ जीवन सुरु गर्ने अवसर आएपछि नलिनीले आशावादी हुँदै भनिन्, ‘म मेरो श्रीमान् र छोरीसँग बस्न चाहन्छु । म परिवारलाई एकताबद्ध गर्न चाहन्छु, यो मेरो इच्छा हो ।’बीबीसी

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

१२८० दिन अगाडि

|

१७ कात्तिक २०७९

नागरिक उन्मुक्ति पार्टीले आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को घोषणापत्रबुधबारसार्वजनिक गरेको छ । घोषणापत्रको पूर्णपाठ जस्ताको त्यस्तैः जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो– नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहिचानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ । आफ्ना पाँच दर्जन सहकर्मीमाथि लागेको झुठा मुद्दा र करिब एक दर्जन साथीहरूलाई सरकारी झ्यालखानाबाट छुटाउने दायित्व पनि यही पार्टीको काँधमा छ । साँच्चै भन्नुपर्छ ‘टीकापुर थारू विद्रोह’का कारण नागरिक उन्मुक्ति पार्टीको जन्म भयो ।  टीकापुर थारू विद्रोहका कारण हामीले राज्य चिन्यौं । मानवअधिकार चिन्यौं । सरकार चिन्यौं । भन्नुपर्दा सबैलाई एकएक गरेर चिन्यौं । टीकापुर घटना कुनै एक कोठरीमा वा कुनै पहाडी गुफामा घटेको घटना होइन । त्यो घटनालाई हजारौंका आँखाले देख्यो । प्रत्यक्ष देख्यो । सत्य असत्य सबै देख्यो । तर सुनेनन् कसैले । कोट्याएर पनि यथार्थ बोलेनन् कसैले । अन्तर्राष्ट्रिय निकायको आँखामा धुलो झोँक्न राज्यले आयोग गठन ग¥यो । गल्ती आफूतिर सोझिएपछि राज्यले आयोगको फाइल सरकारी दराजमा थन्काएर राख्यो । त्यही फाइल सार्वजनिक गर्न ‘टीकापुर थारू विद्रोह’ राजनीतिकरण गर्न, झुठा मुद्दा लागेका आफ्ना सहकर्मी छुटाउन र समग्र देशको विकासमा हातेमालो गर्न सन् २०२२ फेब्रुअरी १५ तारिख अर्थात् विसं २०७८ फागुन ३ गते सोही घटनाका कारण डिल्लीबजार कारागागरमा रहेका माननीय रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।  टीकापुर थारू विद्रोहका कारण सात सुरक्षाकर्मी र एक बालकले सहादत प्राप्त गरे । हाम्रो नागरिक उन्मुक्ति पार्टी ती वीर सहीदप्रति सम्मानसहित श्रदाञ्जली अर्पण गर्दछ । ती वीर सहिदका सन्तानले पनि न्याय पाउनुपर्छ । तीमाथि व्यभिचार गर्ने तत्वको पहिचान गरिनुपर्छ साथै उक्त घटनापश्चात् टीकापुर वरिपरि थारू गाउँमा गरिएको बर्बर दमन र चरम यातनाको हिसाब किताब पनि राज्यले गरिदिनुपर्छ । के टीकापुर थारू विद्रोह कुनै लडाकु बन्द क्याम्पभित्र गरिएको हो ? के कसैको एकल आदेशमा त्यो बर्बरतापूर्ण घटना घट्यो ? होइन । त्यो घटना देख्ने नजरहरू हजारौं थिए । भिडन्त भइरहँदा रोक्ने, छुटाउने पनि हजारौं थिए र घाइतेहरूलाई बोकेर अस्पताल पु¥याउने पनि उतिकै थिए । ती सब राज्यलाई थाहा छ । राज्यले गठन गरेको लाल आयोगको प्रतिवेदनमा ती सबै कुरा उल्लेख छ । तैपनि राज्य मौन छ । आखिर त्यो फाइल नखोल्नुमा के रहस्य छ ? हजारौं नजरले देखेको त्यो दूर्भाग्यपूर्ण घटना कसले पो गरेन र त्यो घटनाको आलोचना घटना घटेकै हो, आँखाहरूले देखेकै हो  र पनि किन हुँदैन, त्यो घटनाको यथार्थ विवेचना ।  आखिर टीकापुर थारू विद्रोहलाई राज्यले राजनीतिक आन्दोलन किन मान्दैन ? विनाकारण निर्दोषलाई किन थुनिरहन्छ राज्यले ? त्यो घटनाका कारण थारूहरूले आन्दोलन तुहाए । विनाकारण चरम यातना र बर्बर दमन सहे । त्यति अन्याय गरेर पनि चित्त बुझाएन राज्यले । थारूहरूको पहिचानसहित संघीयताको मागलाई लत्यायो राज्यले ।  उद्देश्यसहितको आन्दोलन, बनाइयो विना उद्देश्यको  विशेषण अपुरो हुन्छ ब्याकरणमा, विना विशेष्यको  न तराजुसम्म भो, न त मागको झोली भरियो   भिजेनन् पैताला पनि, हरे कस्तो खोली तरियो ? दृश्य एउटा थियो बनाइयो दृश्य अर्कै  कथा एउटा थियो, पटकथा लेखियो अर्कै  खुल्ने हो कहिले प्रतिवेदन त्यो लालको  नखुलेरै जेलमा बेहाल भो रेशम लालको  भौगोलिक सांस्कृतिक पहिचानसहतिको संघीयता माग्दा अहिले धेरै लोकतन्त्रवादी नेताको टाउको दुख्छ । भूगोल, धार्मिक पहिचानका विषयमा फुस्रो अडान लिएर मभन्दा ठूलो कोही राष्ट्रवादी छैनन् भनेर देखाउने यिनको प्रवृत्ति छ । हामीले पहिचानको विषय उठान गर्नेवितिकै यी हामीलाई देशद्रोही देख्न थाल्छन् । तर जागजाहेरै छ, विगतदेखि वर्तमानसम्मको सबै आन्दोलनमा हामी यिनैको साथमा छौं ।  अहिले परिस्थिति फेरिएको छ । आगत विगत सबै जननिर्वाचन हामी जित्दैछौं र पनि राज्यले हाम्रो अभिमतलाई मत मान्दैन । उसको नजरले सहयात्री दोषी भए पनि निर्दोष हुन्छन् । चुनौती दिनसक्ने क्षमतावान नेताहरू निर्दोष भए पनि कालकोठरीमा थुनिन्छन् ।  एक चुनाव जित्यौं, दुई चुनाव जित्यौं  सबै चुनाव हामीले नै जित्यौं जनताले न्याय दिएको देख्दैनरैछ राज्यले  दोषी आफैंमा सामेल गराई निर्दोषी थुन्दोरैछ राज्यले  मर्ने मार्ने दुबैलाई चिन्याछ राज्यले  घटना देख्न्या दुई चार मान्छे किन्याछ राज्यले  सरकार चलाउने साँचो आफूसँग नभएपछि  एकदिन देश कसैलाई सुम्पिदिन्याछ राज्यले  जसले जनता मारिरहन्छन् उनै चुनावमा खडा छन् अरू सबलाई सानै ठान्छन् उनै जहिल्यै बडा छन्  कयौंको त्याग प्रष्ट छ सयौंले फटाए भोटो पनि  जहिल्यै टिकट उनैको भागमा दिइरहन्छ पार्टीले मोटो भनि पूजनीय मतदाता वर्ग,    राज्यले जारी गरेको ‘नेपालको संविधान २०७२’ अपूर्ण छ । देशको संविधान सर्वमान्य, सर्वपक्षीय हुनसकेन भने राज्यको संरचना परिवर्तन हुन रत्तिबेर लाग्दैन । हाम्रो नागरिक उन्मुक्ति पार्टी चाहन्छ, संविधान सर्वहिताय हुनुपर्छ । कानुन, नीति निर्माण गर्नेहरू पनि एक पक्षीय एक समूह बनाइनु हुँदैन । विभेदित संविधानले विग्रह उत्पन्न गर्छ । जातीय एकल नश्लवादको सबैभन्दा विरोधीहरूले नै संविधानतः यो देशमा एकल राज्य संरचना लागू गर्न खोजेका छन् । यो कुराको जोडदार आवाजको साथै सर्वपक्षीय, सर्वहिताय, सर्वमान्य संविधान निर्माणमा हाम्रो नागरिक उन्मुक्ति पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।  नागरिक उन्मुक्ति पार्टीलाई किन दिने भोट ? १.  स्वदेशको सम्पदालाई स्वदेशीले नै सदुपयोग गर्न पाउने आवश्यक कानुन बनाउन ।  जस्तै स्वदेशीले सजिलै लगानी गर्नसक्ने जल, ऊर्जा, कृषि क्षेत्रमा नागरिक लगानीको ग्यारेन्टी गर्न ।  २.  राज्यको कानुनले जातीय वर्गीकरण गर्न पाइँदैन । संसदमा सबै वर्ग र जातको अनिवार्य उपस्थिति बनाइनुपर्छ । त्यसैले निर्वाचन क्षेत्र पनि महिला, दलित, जनजाति, सीमान्तकृतका लागि आरक्षित गरिनुपर्छ । जस्तैः कर्णाली प्रदेशको कुनै एक क्षेत्र राउटेका लागि, मधेसको कुनै एक क्षेत्र मुसहरको लागि, जनसंख्या र क्षे त्रको आधारमा थारू, मधेसी, मुस्लिम, महिला, जनजातिको स्पष्ट आरक्षित क्षेत्र हुनुपर्छ । संसदमा सोही कानुन निर्माणका लागि पनि नागरिक उन्मुक्ति पार्टीलाई भोट दिनु आवश्यक छ ।  वास्तविकता जब–जब चुनाव आउँछ, नेताकी श्रीमतीले ढकुटीको साँचो पुछ्न थाल्छिन् । नेताजीलाई नातागोता याद आउन थाल्छ । बाको गम्छा, आमाको पछ्यौरी, भुराभुरीलाई नाना सम्झिन थाल्छन् उनी । चुनावको बेलामात्रै उसको नजरले गाउँको बाटो विग्रिएको देख्छ । पुल पुलेसा भत्किएको देख्छ । स्कुले टिनको छानो खिइएको देख्छ । ऊ प्रत्येक चुनावमा भतेर गर्छ । भोजमा सबैलाई आमन्त्रण गर्छ । मदिरा पिलाएर झुमिएको बेला प्रत्येक चुनवमा एउटै सपना बाँड्छ– गाउँ समृद्ध बनाउने, सहर स्मार्ट बनाउने र देशलाई अमेरिका, युरोप बनाउने । ऊ कहिल्यै छाती ठोकेर भन्दैन, म नेपाल बनाउँछु । मेरो गाउँ, बनपाखा, पखेरा जस्तो थियो, उस्तै बनाउँछु । अहँ, ऊ भन्दै भन्दैन, मेरो गाउँ पौराणिक बनाउँछु । बरू माइकको हरण फुट्ने गरी चिच्याई चिच्याई भन्छ, ‘म देशलाई स्वीट्जरल्यान्ड बनाउँछु ।’ ऊ सधैं सोझा गाउँलेहरूलाई सपनामात्रै बाँडछ । प्रत्येक चुनावमा जनता ढाँट्छ । गाउँ छेउँको बग्ने खेला देखाएर भन्छ– यो खोलाबाट विजुली निकालेर गाउँ, सहर झिलिमिली पार्छु । उद्योग, कल कारखाना चलाउँछु । बचेको विजुली विदेशमा बेच्छु । वास्तविक देखिने डाँडा देखाएर नेताजीले सपना बाँडछन्, ‘अब यही डाँडामा केवलकार चलाउने हो ।’ हाँसो त तब छुट्छ, जब कम्मरमुनि पान्ी बग्ने खोला देखाउँदै नेताजीले भाषण गर्छन्– ‘यी नदीहरूमा पानी जहाज चलाउँछु ।’ अब त हामीलाई पनि जनता ढाँट्ने नेता मन पराउने बानी भइसक्यो । जुन नेताले बढी ढाँट्छ, उही हाम्रो सर्वोच्च नेता । जसले प्रत्येक चुनावमा ढाँट्छ, उही सबैभन्दा पुरानो पार्टी । ढाँट्दा ढाँट्दा सताब्दी पु¥याउनै लागेका तिनै राजनीतिक पार्टीचाहिँ हाम्रो नजरमा ऐतिहासिक दल बनेको छ ।  आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू, हाम्रा राजनीतकि दलहरूले नीति, विधि, पद्धतिको कुरा गर्छन् । विधानमा लेख्छन् । कार्यकता प्रशिक्षणमा विदेशीबाद पढाउँछन् । सिद्धान्तका पंक्ति घोकाउँछन् । तर के, हाम्रो देश बनाउन आजसम ती नीति, बाद, सिद्धान्त लागू भएको छ ? हामीले कुन विदेशी नेताको बाद खोज्ने हो ? कुन देशको नीति, सिद्धान्त लागू गनूपर्ने हो ? हामीले हाम्रै देश बनाउने नीति, सिद्धान्त, बाद लागू गर्ने पार्टी र नेता किन खोज्दैनौं ? समाजमा सबैभन्दा बढी शोषक नेतालाई हामीले समाजवादी नेता भन्छौं । साम्यवादी नेताको दैलो नै सबैभन्दा बढी सुनचाँदीले सिंगारिएको छ यहाँ ।  त्यसैले दाजुभाइ तथा दिदी बहिनीहरू, नेपाली नीति, नेपाली परिवेशको समाजवाद, सामाजिक विकास संरचनाको  सिद्धान्तलाई अवलम्बन गर्ने नीति हाम्रो उदाउँदो नागरिक उन्मुक्ति पार्टीले लिएको छ । यो हाम्रो २०७९ प्रतिनिधिसभा एवं प्रदेशसभाको घोषणा पत्र हो । तर हामी दर्जनौं पाना जनतालाई बेवकुफ बनाउने शब्द खर्चिदैनौं । हामीले गर्नसक्ने सम्भव कुरामा मात्रै जोड दिन्छौं । गरेर देखाउन सकिनेजति मात्रै बोल्छौं । हाम्रो नागरिक उन्मुक्ति पार्टी अहिले साइवेरियाबाट उडेको पन्छीको झुण्डजस्तै छ । भर्खरै साइवेरिया ताल छोडेको पन्छीले दक्षिण एसियाको सुन्दर देश नेपालको रारा, फेवा, घोडाघोडी पुग्न अझै केही महिना जरूर खर्चिनुपर्ला । तर गन्तव्य निश्चित छ, साइवेरियाको पन्छीजस्तै ।  नागरिक उन्मुक्ति पार्टीको चुनावी घोषणा पत्रमा साइवेरियाली पन्छीको कुरा कहाँबाट आयो भनेर तपाइँहरू अचम्म मान्नुहोला । प्रत्येक वर्ष साइवेरिया लेकबाट लाखौं पन्छीको झुण्ड संसार विचरण गर्न निस्कन्छन् । त्यसरी उडेका पन्छी कोही उड्दाउड्दै समुन्द्रमा खस्छन् । कोही विरामी भएर बाटोमै मर्छन् । कोही बाटो भुलेर भड्किरहेका हुन्छन् । मर्ने पन्छीहरूको कथै समाप्त भो तर बाटो भुलेर भड्किरहेका हजारौं पन्छीहरूलाई साइवेरियाली पन्छीले पुनः घर लगेर जान्छन् । हाम्रो पार्टी पनि त्यही लक्ष्यमा छ । यहाँ गन्तब्यविहीन, लक्ष्यविहीन, अर्थविहीन राजनीतिक दलहरूको दबदबा भयो । यिनलाई भड्किएको, भुलेको बोटोबाट सही दिशा निर्देश गर्न नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।  शुभारम्भ विसं २०७९ फागुन ३ अर्थात् २०२२ फेब्रुअरी १५ तारिख नेपाल सरकार, निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीलाई आधिकारिक प्रमाणपत्र प्रदान ग¥यो । फागुन ३ गते जन्मिएको पार्टीले २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजयी प्राप्त ग¥यो । पार्टी जन्म भएको ८७ दिनमै ९९ जनप्रतिनिधि र एक जिल्ला समन्वय समिति सदस्यलाई जिताउन सफल नागरिक उन्मुक्ति पार्टीले नौं महिनामै प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको सामना गर्दैछ ।  जन श्रमदानबाटै मुलुकको विकास गर्न सकिन्छ  ‘भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता’ स्थापना गर्ने पार्टीको मुख्य उद्देश्य हो । पूर्ण अधिकारसहितको स्थानीय तथा प्रदेश सरकार हुनुपर्दछ र बनाइनुपर्दछ । भूगोल, संस्कृति र पहिचान स्थापित गर्ने सपना बोकेको विश्वको एकमात्रै राजनीतिक दल नागरिक उन्मुक्ति पार्टीले अब अक्सफोर्ड, हावार्ड, क्याम्ब्रिज होइन, हाम्रो आफ्नै पहिचान पढाउने विश्वविद्यालय हुनुपर्दछ भन्ने उद्देश्य राख्दछ ।  १.  हामी विश्वका ठूला र विकसित राष्ट्रको उदाहरण दिएर होइन, आफैं विश्वमा नमुना बन्न सकौं, अरू राष्ट्रले हाम्रो सिको गरून् । विश्वमा उदाहरणीय देशअन्तर्गत कसरी स्थापित गर्न सकिन्छ भन्ने सोच राखेर नीति निर्माण गर्नसके मात्रै हाम्रो देश समृद्ध हुनसक्छ भन्ने चेतना अवलम्बन गरौं ।  २. सत्य तथ्य कुराको मात्रै आँकलन गरौं । हावाबाट विजुली, नदीहरूमा पानीजहाज, एक वर्षभित्रै रेल गुडाउने मनगढन्ते दाबी गरेर सपना बाँड्ने राजनीतिक युगको अन्त्य गरौं । बरू जनताको साइकल, रिक्सा, कार, सार्वजनिक यातायात चल्ने राजमार्गको मर्मत सम्भार गरौं । मेचीदेखि महाकालीसम्मको चौविसै घन्टा जनता आवतजावत गर्ने पूर्व–पश्चिम रेलमार्ग बनाइ रेल गुडाउने सपनाको शब्द कुनै राजनीतिक दलले आफ्नो चुनावी घोषणपत्रमा उल्लेख गर्दैछ भने बुझौं, त्यो राजनीतिक पार्टीले फेरि पनि जनता ढाँट्ने कोसिस गर्दैछ ।  ३. केही समय पहिलेमात्रै हाम्रो देश नेपालमा समूहमा जन श्रमदान गरी सामाजिक कार्य गर्ने अतिराम्रो संस्कार थियो । आजभोलि त्यो संस्कार व्यक्ति स्वार्थका कारण विलीनजस्तै भएको छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीले हरेक जनसरोकार, सामाजिक विकास, सामूहिक क्रियाकलाप, सार्वजनिक निर्माणका हरेक कार्यलाई जनश्रमदानबाट सम्पन्न गर्ने उद्देश्य लिएको छ । यसले राज्यबाट जन रोजगार प्रदान गरेको देखिन्छ र अन्य अतिरिक्त कार्य गरी जनताको आय आर्जनमा वृद्धि हुनेछ । सबैले स्मरण गर्नुपर्छ, सामूहिक श्रमदानबाट आज ठूल्ठूला देशहरू अतिविकसित राष्ट्रको सूचीमा दर्जित भएका छन् । ४. हरेक विकास निर्माण कार्यमा जन श्रमदान नै हाम्रो पार्टीको अभियान हुनेछ । पारिश्रमिकसहतिको श्रमदानले मुलुकमा भ्रष्टाचारको न्युनीकरण गर्दछ । यस्तो श्रमदानबाट निर्मित हरेक विकास कार्य पारदर्शी हुन्छ । ‘परिश्रमिकसहितको जनश्रमदान ?’ आश्चर्य नमान्नुस्, सही प्रक्रियाको अवलम्बन गरेर नै हाम्रा छिमेकी राष्ट्रहरु आज विश्वको अति विकसित राष्ट्र बनेको हुन् ।  युवा स्वरोजगार कार्यक्रम अहिले हाम्रो देशको सबैभन्दा विकराल समस्या भनेकै यूवाशक्तिको श्रम बाह्य मुलुकमा खर्च भैरहेको अवस्था हो । विश्वकप खेल्ने आकर्षक खेल मैदान देखि संसारकै गगनचुम्बि महल बुर्जखलिफा निर्माणमा हाम्रै नेपाली युवा श्रमको मुख्य हात छ । भन्दा आश्चर्य लाग्ला, तर विदेशमा हाम्रै युवाहरूले उत्पादित अधिकांश खाद्य सामाग्री हामी यतै उपभोग गरिरहेका हुन्छौं । भौगोलिक स्वर्गको उपहार पाएको नेपाल विश्वमा साँच्चै अल्छि र सूताहाको उपमा पाइरहेको छ । के हुँदैन यहाँ ? के सम्भव छैन यहाँ ? सब सम्भव भएर पनि असम्भाव्यताको उपमा हामीले नै बोकिरहेका छौं । हामी कहाँ बगिरहेका खोला नालाले हाम्रै भूमि भिजाउन हामी किन सकिरहेका छैनौं ? आफ्नो जमीन आफै खनजोत नगरेर विदेशको भूमि जोत्न किन बाध्य भईरहेका छौं । यो सबै चेतनाको अभावले झेल्न बाध्य छौं हामी । १.  युवाहरूलाई विदेशिनबाट रोक्न हाम्रो नागरिक उन्मुक्ति पार्टीले युवा स्वरोजगार कार्यक्रमलाई विशेष ध्यान दिएको छ । हिमाल, पहाड, तराइका कुनै जमीनहरू खालि हुन नदिने हामीले विशेष प्याकेज नै तयार गरिरहेका छौं । विदेशबाट आयात  हुने फलफूल, तेल, दुग्धजन्य पदार्थ, माछामासु, आदिलाई पूर्ण रूपमा विस्थापित गराई केही वर्षभित्रै निर्यात गर्ने अवस्थामा पु¥याउने छौं । २. हामी कहाँ भूगोलविद् कृषि विज्ञलाई सम्मान गर्ने र तिनीहरूबाट उचित सुझाव ग्रहण गरी शिरोपर गर्ने अवस्था सृजना भैसकेको छैन । सामान्य र सहज रूपमै खोलानालाको पानीले धर्ति कसरी भिजाउने ? हिमाल, पहाड, तराइमा के कस्ता खेती गरेर प्रचुर मात्रामा लाभ लिन सकिन्छ, सो को अध्ययन गरि यूवा स्वरोजगार कार्यक्रमको विशेष र बृहत योजनाको तर्जुमा गर्नेछौं । ३. फलफुल तथा लहराजन्य खेतीमा ध्यान दिई हरितकण संकलन गरेर विश्वका विकसित राष्ट्रले दिने क्षतिपूर्ति सिधैं संकलकले पाउने व्यवस्था गर्नेछौं । ४. सरकारले भर्खरै अनुमति दिएका मासु उपभोग हुने प्रकारका वन्य जीवजन्तु तथा पशुपक्षीलाई पालन गरि विक्री वितरणका लागि विदेश निर्यात गर्ने व्यवस्था मिलाउने छौं । ५. ‘टेक्यो कि हरित, देख्यो कि हरित’ हाम्रो नागरिक उन्मुक्ति पार्टीले युवाहरूलाई ल्याएको विशेष योजना हो ।  ६.  हाम्रो नागरिक उन्मुक्ति पार्टीको जनप्रतिनिधि भएको स्थानमा निशुल्क फलफूलको विरूवा प्रदान गीि उत्पादन हुने अवस्था सम्मको विशेष योजना ल्याउने छौं । ‘हाम्रा जनप्रतिनिधिले यी कार्य गर्ने छैनन्’ ( क) कृषि जमीनको खण्डीकरण ( ख) सार्वजनिक सम्पत्तिको दोहन ( ग) ठेक्कापट्टाबाट लाभ (घ ) धार्मिक क्षेत्रमा लगानी ( ङ) राजनीतिक विभेद् नीति लेखिएका नीतिभन्दा देखिएको नीतिले आज मुलुक बर्बादीकरणको बाटोमा छ । समाज र राष्ट्रको भन्दा निजी स्वार्थका कारण देश डुब्दैछ । नीति बनाउने पनि उही, लागू गर्ने, गराउने पनि उहीका कारण समाज अग्रपथमा लम्किन सकेको छैन । के छैन यहाँ ? के हुँदैन यहाँ ? के सम्भव छैन यहाँ ? यति हुँदाहुँदै पनि हामी असफल मार्गको रिले दौड किन दौडिरहेका छौं ।  देश दलका नेता कार्यकर्ताको दलालीका कारण डुब्दैछ । गलत नीति निर्माणका कारण आज विदेशी मुद्रा सञ्चिति हुन सकेको छैन । वार्षिकी अर्बौं रूपैयाँ विभिन्न बहानामा विदेशिन्छ । आफ्नै देशमा युवाहरूलाई शिक्षित बनाउनसक्ने न शिक्षा नीति छ, न शिक्षालय नै । भएका विश्वविद्यालयहरू शून्य हुन थालिसके । खेत बाँझा छन् । भएको उत्पादन बिक्दैन । वन रित्तिन थालिसके । कंक्रिटको महलमा बस्नेले वस्त्रदेखि खानपानसम्म विदेशी प्रयोग गर्न थालेका छन् । अनि कसरी बन्छ मुलुक ? नेपाली किसानको धान तीन हजार रूपैयाँ क्विन्टल बिक्री हुँदैन, विदेशी चामललाई दस हजार रूपैयाँ क्विन्टल तिरेर खानुपर्छ । अनि कसरी बन्छ मुलुक ? नेपाली किसानको तरकारी ५ रूपैयाँ किलोमा बिक्दैन, विदेशी तरकारी ५० रूपैयाँ किलोमा उपभोक्ताले किनेर खान बाध्य छन् । अनि कसरी बन्छ मुलुक ? विचौलियाको निर्मलीकरण नभएसम्म देश विकास सम्भव छैन । देश बनाउन ठोस नीति निर्माण र त्यसको सही कार्यान्वयन एकमात्र विकल्प हो । जस्तै : १.  नीति बनाएरै तरकारी, फलफूलको आयात बन्द गरिदिनुपर्छ । विदेशी तरकारी र फलफूल खाएरमात्रै हाम्रो जीवनयापन स्वस्थ र समृद्ध हुन्छ भन्ठान्नु गलत सोचको घर हो । तरकारी, फलफूल उत्पादनमा यहीँको युवा शक्तिलाई परिचालित गर्नुपर्छ । यहाँ प्रशस्त खाली जमिन छन्, युवा बेरोजगार छन् । खाली रहेका जमिन उपयोगिता र बेरोजगारी अन्त्यका लागि भएका उत्पादन खपत गराउने अनि बचेका निर्यात गरी विदेशी मुद्रा सञ्चिति गर्ने ठोस नीति बनाउने प्रण हाम्रो नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।  २.  विदेशी मदिरा, सुर्तिजन्य पदार्थ, नेपालीको आयभन्दा अधिक महँगा पोसाकजस्ताको आयातित चिजहरू नीति बनाएरै बन्द गरिनुपर्छ ।  ३.  देशमा एउटै शिक्षा अध्यापन गराउनुपर्ने नीति ल्याउनुपर्दछ । शिक्षालाई सस्तो र महँगो बनाउने वातावरण बन्द गरिनुपर्दछ । कर्णालीको नागरिक, कमैया, गरिबले पढ्ने शिक्षा र धनीले पढ्ने शिक्षा फरक हुनु हुँदैन । क, ख, ग, घ र एबीसीडी अक्षर सबैका लागि समान बनाइनु पर्दछ । नागरिक उन्मुक्ति पार्टीले यो नीति ल्याउन ठोस पहल गर्ने छ ।  ४.  शिक्षा कतिसम्म निशुल्क ? नागरिकलाई शिक्षित बनाउनु राज्यको दायित्व हो । जबसम्म शैक्षिक शुल्क र शिक्षालयको मापदण्ड तोकिदैन, तबसम्म शैक्षिक क्षेत्रमा विकृति मौलाइरहन्छ । कम्तिमा स्नातकसम्मको शिक्षा राज्यले नागरिकलाई निशुल्क प्रदान गर्नुपर्दछ अनि मात्रै देशका नागरिक पूर्णरूपमा शिक्षित हुने अवस्थाको सिर्जना हुन्छ ।  देश सबल, सक्षम र समुन्नत बनाउनका लागि जनता शिक्षित हुनैपर्छ, त्यसैले उत्कृष्ट शिक्षा नीति ल्याउनका लागि नागरिक उन्मुक्ति पार्टीले पहलमात्रै गर्नेछैन, ल्याएरै छोड्नेछौं भन्नेमा हामी दृढ छौं ।  स्वरोजगारमूलक शिक्षा सुन्दा आश्चर्य लाग्छ । तर यथार्थ यही हो । अब विश्वले नै धेरै छिटो अपनाउने शैक्षिक प्रणाली यही हुनेछ । हाम्रो नागरिक उन्मुक्ति पार्टी विजयी क्षेत्रमा लागू हुने यो शैक्षिक प्रणाली विश्वमै लागू हुने पहिलो शिक्षा प्रणाली हुनेछ । इन्टरनेटका कारण आज विश्व सांगुरिएको छ । संसारका आश्चर्य, अद्भूत र कहिल्यै कल्पना नगरिएका कुराहरू हामी आफ्नै हत्केलामा राखेर मोबाइल यन्त्रमार्फत् देख्न सक्छौं । त्यसका बारेमा जानकारी पाउन सक्छौं र सिक्न सक्छौं । आज युरोप, अमेरिकालगायत संसारका विकसित, अति विकसित मुलुकहरूमा विद्यार्थीहरूलाई फेल गराउन पाइँदैन । त्यहाँ अहिले पुस्तकीय ज्ञानभन्दा बढी व्यवहारिक शिक्षा प्रदान गर्न थालिएको छ । ‘अबको शिक्षा व्यवहारिक र स्वरोजगारमूलक हुनु पर्दछ’ यो विश्वका विद्वानहरूको कथन हो । मुलुकमा चेतनशिल विद्वान नेताहरूको कमिका कारण आज सभ्य शिक्षित र चेतनशिल युवाहरू विदेशिन बाध्य छन् । किन ? यो देशमा रोजगार सम्भव छैन ? हिजो विश्वका अन्य राष्ट्रमा कृषि उत्पादन निर्यात गर्ने हाम्रो देश आज आयात मात्रै गर्ने अवस्थामा कसरी पुग्यो ? के यहाँको प्राकृतिक भौगोलिक अवस्था  त्यति जर्जर छ ? आँखा चिम्लेर मनन गरौं । बालुवै वालुवा मरूभूमि क्षेत्र खाडी मुलुक नेपाली युवाहरूको मेहनतले आज विश्वकप खेल्ने मैदान भइसक्यो । माटो नपाइने मुलुकले धान चामलमा आत्मनिर्भर भई निर्यात गर्न थालिसके । विदेश जाने सबै युवाहरू वैज्ञानिक, इन्जिनियर, डाक्टर बन्न पक्कै गएका होइनन् । श्रम बेचेर घर गुजारा चलाउने उद्देश्यले विदेशिएका हाम्रा युवाहरू जे पायो त्यही काम गर्न बाध्य छन् । किन ? कारण एउटै हो, हाम्रो सरकारले व्यवहारिक रोजगारमूलक शिक्षा दिएकै छैन । हाम्रो देशमा गलत व्यक्ति र तिनको प्रकृति हावी हुँदै गएको छ । त्यही कारण पनि युवाहरू वाक्क भई प्रवासिन बाध्य छन् । स् वरोजगारमूलक शिक्षा भनेको के हो  ? ( क) आत्मनिर्भर कसरी हुने  ? ( ख) आज सिकिएको शिक्षा भोलि कसरी लागू गर्ने  ? (ग) डाक्टर, इन्जिनियर, पाइलटमात्रै देशका दक्ष जनशक्ति होइनन् । कृषक, शिक्षक, सानो व्यपारलगायत माछा, पशुपन्छी पालक, आदि पनि देशका शिक्षित र सभ्य नागरिक हुन् भन्ने स्वीकारयुक्त शिक्षाको सुरूवात गर्ने । आज विश्वको परिचय फरक फरक तरिकाले हुँदै गएको छ । कुनै देश धानमा निर्भर छ भने कुनै देश माछामा । कुनै देश तोरीमा निर्भर छ भने कुनै देश माछामासु वा दुधमा । हाम्रो देश सम्भावनै सम्भावनाको देश हो । यहाँ जे गरे पनि हुन्छ । राज्यले सही दिशा निर्देश गरे विश्वकै गन्तीमा आउने फलफूल निर्यात गर्ने देश भनेर चिनिन सक्छ । आफ्नो उत्पादनले हामी मजाले जीवन धान्न सक्छौं । तर चेतनाको कमि र नेताहरूको विचौलिया पाल्ने धन्धाले आज हामी दिनप्रतिदिन गरिबीको रेखामुनी झर्दै गइरहेका छौं । हामीले नागरिक उन्मुक्ति पार्टी त्यसै खोलेका होइनौं । हामीसँग देश बनाउने खाका छ ।  महिला उद्यमीको विकास नेपालमा करिब ८७ प्रतिशत महिला गृहिणीको नाममा घरमै जीवन विताउन बाध्य छन् । समाज र राष्ट्रका लागि ‘नरनारी एक रथको दुई पांग्रा’ कथनमात्रै हुन गएको छ । संविधानले ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भनेता पनि यो अझै पूर्ण लागू भइसकेको छैन । यहाँ कलकारखाना उद्योग सञ्चालक पर्यटन व्यवसायी, व्यापारी, सामाजिक कार्यको अगुवा, निर्माण व्यवसायी तथा राज्यले संविधानमा निर्धारण गरेभन्दा बाहेक महिला सहभागीता लगभग शून्य छ । तपाईँले कहिल्यै सुन्नुभएको छ, यो पाँचतारे होटल सञ्चालक महिला हुन् ? फलाना सिमेन्ट उद्योगको सञ्चालक महिला हुन् ? अब हुनेवाला प्रधानमन्त्री महिला हुन् ? धेरै बोल्नु वा घोषणा पत्रमा उल्लेख गरिरहनु जरूरत छैन । के हामी आफ्न श्रीमती, बहिनी, आमा वा घरका अन्य महिलालाई कुनै व्यवसाय प्रमुख वा मुख्य जिम्मेवारी दिन सहमत छौं ? जे जस्तो होस् घर, समाज, राष्ट्र उत्थानका लागि महिलालाई सँगै लिएर गए दौड सहजै जित्न सकिन्छ । अहिले राज्यको सबैजसो टप्कामा प्रतिस्पर्धा गर्न सक्षम महिलाहरूलाई जरैबाट मलजल गर्नु आवश्यक छ । यसको पहलकदमि नागरिक उन्मुक्ति पार्टीले गर्न चाहन्छ । ग्रामीण गृहिणीको उत्थान, समाज र राष्ट्रको उत्थान हो । अब महिलाले चुलोचौको मात्रै होइन, साना उद्यमी घरमै बसेर बन्न सक्छन् । घरकै आँगन, बारी, करेसा डुल्दै आय आर्जन गर्न सक्छन् । घरखर्च, छोराछोरी पढाउने खर्च आफ्नै पटुकीमा साँचेको पैसाले पु¥याउन सक्छन् । झुपडीमा बसेर महल किन्ने आँट छ भन्ने दम्भको सिर्जना हरेक ग्रामीण महिलालाई गराउनु जरूरी छ । त्यसका लागि नौलो नभए पनि व्यवस्थित र परिपार्जित योजना महिलाहरूको लागि हामीले अगाडि सारेका छौं । स्थानीय महिलालाई सीपमूलक तालिम प्रदान गरी रोजगार प्रदान गर्नु हाम्रो पार्टी नाउपाको प्रमुख दायित्व हो । ( क) सामूहिक फलफूल तथा तरकारी खेती ( ख) सामूहिक पशुपालन (माछा, भैंसी, बंगुर, कुखुरा, बाख्रा, माहुरी, आदि) ( ग) सामूहिक साना उद्योग (कपडा, दुना टपरी, अगरवत्ति, इत्यादि) (क) सामूहिक फलफूल तथा तरकारी खेतीः– बाँझो तथा सुलभ मूल्यमा जग्गा भाडामा लिई सामूहिक फलफूल तथा तरकारी खेती गर्न लगाउने । आवश्यक उपकरण, मलको जोहोमा ध्यान दिने । उत्पादन विक्रि वितरणका लागि बजारिकरणमा सहयोग पु¥याउने । यसरी यो प्रणालीमा सहभागी हुने महिला समुहलाई निःशुल्क विउ विजन उपलब्ध गराउने । (ख) सामूहिक पशुपालनः– व्यवस्थित पशु आश्रय स्थल (खोर, गोठ, घार, आदि) बनाउन टेवा पु¥याउने । वीउ पशु सहुलियत दरमा उपलब्ध गराउने । बजारिकरणमा सहयोग गर्ने । (ग) सामूहिक साना उद्योगः– स्थानीय महिलाले सीपको सदुपयोग नै साना उद्योग मार्फत गर्ने हो । महिला समुहले दुना टपरी, कपडा, झोला, पौराणिक सामाग्री उत्पादन (ढकिया, डेलवा, छिटवा, आदि) अगरवत्ति, मैनवत्ति तथा अन्य प्रकारको साना उद्योग सञ्चालनका लागि प्रोत्साहनमूलक कार्यक्रम नागगरिक उन्मुक्ति पार्टीले ल्याउने छ । उत्पादनसँग नागरिकलाई जोडने विचौलियाको अन्त्य विना मुलुक, समाज कसैको भविष्य सम्भव छैन । हाम्रो देशले फड्को मार्न नसक्नुको एउटै कारण विचौलियाको विगविगी हो । आज हाम्रो देशको नेता देखि विकास, व्यापार निर्माण, उत्पादन, यहाँ सम्मकि शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रमा समेत विचौलियाको वर्चस्व छ । यदि समयमै विचौलिया निरूत्साहित गर्ने योजना नल्याउने हो भने देशैं विचौलियाको हातमा नपुग्ला भन्न सकिन्न । यसका लागि नागरिक उन्मुक्ति पार्टीले ‘उत्पादनसँग नागरिकलाई जोड्ने’ विशेष योजना ल्याएको छ ।    

डंगौरा थारू सखिया नृत्यमा के के हो २२ ख्वाँट ?

डंगौरा थारू सखिया नृत्यमा के के हो २२ ख्वाँट ?

१३०८ दिन अगाडि

|

२० असोज २०७९

                    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी गाउँको सखिया नृत्य  । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस सखिया थारूहरूको दसैँ तथा दीपावलीमा नाचिने नृत्य हो । दसैँ आउनु दुई साता अघिदेखि रातीको खानापछि सखिया गीत सिकाउने मोह्रिन्या (गुरुमा) को घरमा सखिया नाच्ने टोलीका सदस्यहरू गीत सिक्छन् ।  दसैँ सुरु भएपछि दिन डुबेसँगै अर्थात् गोधुली साँझपछि गाउँको अगुवा बरघरको आँगनमा खास गरी एकैजसो पोशाकमा ठाँटिएर गाउँका थारू युवतीहरू जम्मा हुन्छन् । गाउँको घरसंख्या अनुसार नर्तकीहरूको संख्या पनि बढी, थोरै हुने गर्छ ।  मादलेको आगमन भएपछि मादलको तालमा गीत गाउँदै हातको मुजुरा एक आपसमा ठोक्काउँदै नाच्छन् । यो आलेख सखियामा नाचिने मादलको ताल तथा पैँया (चरण)मा केन्द्रित रहेको छ ।  सखिया नृत्यको पृष्ठभूमि सखियामा मादलेहरू आफ्नो मादलमा झप्कनले सजाएर टोपी, गम्छा, कमिज, कछार लगाएका हुन्छन् । नर्तकीहरू सेतो रिवन, रातो झोवन्हा, रातै ब्लाउज तथा सेतो ठेठवा (लुँगी जस्तो पहिरन) एकै किसिमको पहिरन लगाएका हुन्छन् । ठेठवा अड्याउन कम्मरमा बाँधिने पेटी तथा खुट्टाको चप्पल भने फरक फरक हुन्छ ।   पैँया मूलतः गीतहीन सामूहिक नृत्य हो । तर केही गीति पैँया पनि पाइन्छ । त्यस्तो पैँयालाई गिडाहा पैँया भनिन्छ । कुनै कुनै पैँया गीत त श्रृङ्खलित आख्यानमा उनिएको हुँदा त्यस्ता पैँया गीतलाई लोकगाथाको कोटिमा पनि राखिएको छ । पैँया गीत अनेक बिषयबस्तुमा रचिएको पाइन्छ । यसमा रामायण, महाभारत तथा लौकिक जीवनका आख्यान पनि भेटिन्छन् । रावणसँग सम्बन्धित रौंनक पैँया पनि रहेको छ (दिवस र प्रधान (सं), २०६५ः २४४) । यसरी पैँया लाग्दा सखिया गीतकै प्रसङ्ग आउनु पर्छ भन्ने छैन ।                        कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी गाउँको सखिया नृत्य  । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस    अशोक थारूका अनुसार (२०६३ः ६०) सखिया शब्दको प्रार्दुभाव बज्र भाषाको ‘सखी आ !’ शब्दबाट भएको हो । स्मरणीय छ, कान्हाले द्रौपदीलाई समेत सखी भन्थे भने राधा त कान्हाकी सबैभन्दा प्रिया सखी थिइन् । त्यसैले, थारू कान्हाहरू थारू लोक राधाहरूलाई बोलाउँछन्, ‘ओ सखीहरू ! आउ न आजको यस खुसीको अवसरमा नाचौं, गाऔ र एक अर्कामा लीन होऔ ।’ यसरी ‘सखी आ’ भन्दा भन्दै यस लोकनृत्य अर्थात् उत्सवको नाम नै संक्षिप्तमा सखिया हुन आएको हो । जगदीश नारायण सिंह निर्भिकका अनुसार (१९९२ ई.ः १३९) सखिया नृत्यको परम्पराको उद्भवमा मध्यकालीन वल्लभीय प्रभाव हुन सक्छ । जनश्रुतिअनुसार घमण्डी देवले कान्हाका सखी ललिताका गाउँका केटाहरूलाई अभिनय गर्न सिकाएका थिए । अकवरी दरवारका नृत्यकार बल्लभ बृन्दावन पुगेर तिनलाई नृत्यको शिक्षा दिएका थिए । सखियाको पृष्ठभूमिमा यस किसिमको अन्तर्कथा सम्भव छ । सखियाको पृष्ठभूमि रास नृत्य हो । सखिया नृत्यमा ख्वाँट र पैँया सखिया नाचमा मादलको ताल २२ ख्वाँट (चरण) हुने गरेकोमा सोही अनुसार पैँया पनि नाचिन्छ । ‘मोह्रिन्या’ मात्रै होइन, मादल बजाउन सिपालु मादलेहरू पनि हराउँदै गएकाले पैँयासँगै ख्वाँट पनि हराउँदै गएको छ । बर्दिया, मयुरबस्तीका गीतकार एवं सङ्गीतकार सुशील चौधरीले गरेको सखियाको बाइस ख्वाँट (ताल) र पैँया सङ्कलन गरेका छन् । उनी आफ्नो गाउँमा विगत तीन दशकदेखि मादलेको अनुभव सँगालेकाले यो ख्वाँट (ताल) सङ्कलन सम्भव भएको हो । यद्यपि यी २२ ख्वाँट (ताल) उनी एक्लैले बजाउँछन् । यसको चर्चा हुन सकेको छैन ।                                                                                                                                           तस्विरः चुर्णसिंह थारू  थारू समुदायले नाच्ने सखिया, बर्कानाच, लट्ठहवा र मुंग्रहवा नाचको मादलको तालमा धेरैजसो समानता पाइन्छ । यी सबै नाचको सुरुवातमा झ्वाङ ताल बनाइन्छ, जसलाई तान्त्रिक ताल मानिएको छ (चौधरी, २०७२ः ३२) । सखिया, लट्ठहवा र मुंग्रहवा नाचको मादलको तालको मूल शास्त्रीय श्रोत बर्का नाच हो । बर्का नाचमा बर्किमार (महाभारत) गाइन्छ । महाभारतको रचनाकार वेदव्यास मानिए झैं बर्किमारका रचनाकार घनपत गुरुवा रहेको किम्वदन्ती छ । यहाँ सुशील चौधरी (२०७३) बाट सङ्कलित मुख्य ख्वाँट (ताल) र पैँयाको सामान्य चर्चा गरिन्छ । १ झ्वाङ पैँया यो नाच सुरु हुँदा र सकिदा बजाइने ताल हो । यसमा डौघिन डौघिन, फट्टौ नक टौघिन को तालमा मादल बजाइन्छ । झ्वाङ ताल खास गरी पचरा गीत गाउँदा वा गुर्वा बन्दा पनि बजाइन्छ । हरेरी पूजा गर्दा पनि यो ताल बजाइन्छ । यो ताललाई भुतहा ताल पनि भनिन्छ । जहाँ तहीं जतिखेर पायो। त्यतिखेर यो ताल बजाउन नहुने मान्यता रहेको छ । यो ताल शास्त्रीय तालको अति सम्वेदनशील ताल हो । यो तालको मादल बजेपछि धेरैजसो वयस्क पुरुषहरू काम्न र उफ्रिन थाल्दछन् ।  २. घुमैरा एकसरा पैँया घुमैरा एकसरा तालमा डौं डौं डौं घिन, डौं डौं डौं घिनको आवाजमा मादल ठोकिन्छ । यो ताल पैयाको सुरुवाती ताल वा साधारण ताल हो । मादलेहरूले खुट्टा अगाडि पछाडि सार्दै मादलको तालमा नर्तकीहरूलाई उत्साहित गर्दछन् । नर्तकीहरू पनि मादलेको तालमा अगाडि पछाडि निहुरिंदै, उठ्दै मञ्जिरा बजाउँदै, जसरी मादलेहरू अगाडि सर्दै जान्छन्, त्यसरी नै तालमा ताल मिलाएर नाच्दछन् । ३. घुमैरा दुईसरा पैँया डौ नक डौ नक डौं घिनको बोलमा बजाइने घुमैरा दुईसरा ताल पनि सुरुवाती पैँया हो । तर यो तालमा दोहोरो ताल हुन्छ । नर्तकीहरूले दुई पटक निहुरिएर मञ्जिरा बजाउने र एक कदम पछाडि सरेर कम्मर हल्लाउने गर्छन् । ४. नक्टी बुडी पैँया नक्टी बुडी पैँयामा नक टौं घिडौं, नक टौं घिडौं, घन घिडौ घिन घिनको आवाजमा मादल बजाइन्छ । यो पैँयामा मादलेहरू मादलको तालमा नक टौं घिडौं गर्दै दुई तालमा दुई कदम अगाडि बढ्ने र घन घिडौ घिन घिन तालमा अडिएर कम्मर हल्लाउने हुन्छ । नर्तकीहरू पनि मादलेको तालमा ताल मिलाउँदै निहुरिएर मञ्जिरा बजाउँदै दुई कदम अगाडि बढेर मञ्जिरा बजाउने कम्मर मर्काउने हुन्छ । नक टौं घिडौं आवाज नक्टी बुडी (ठट्यौली हजुरआमा) को स्वरमा पनि सुनिने भएकोले यसलाई नक्टी बुडी ख्वाँट भनिएको  हो ।                                                                                                                                            तस्विरः चुर्णसिंह थारू ५. चोल बुडी मड पिए पैँया डौं घिडौ नक घिन, डौं घिडौ नक घिन, डौ घिन, डौ घिनको बोलमा यो ताल बजाइन्छ । यो पैँया लाइनमा र लाइन छिर्ने दुवै तरिकबाट नाच्न सकिन्छ । दुई लाइनमा रहेका नर्तकीहरूलाई आमने सामने उभ्याएर मादलेहरू दुई कदम अगाडि, एक कदम पछाडि गर्दै छिर्ने गर्दछन् । डौं घिडौ नक घिन मादलको स्वर चोल बुडी मड पिएको स्वरमा पनि सुनिने भएकोले यसलाई चोल बुडी मड पिए ख्वाँट भनिएको हो । मड (रक्सी) लागेको व्यक्ति दुई कदम अगाडि, एक कदम पछाडि गर्दै हिँड्ने भएकाले पनि चोल बुडी मड पिए (हिँड बजै रक्सी पिउन) ख्वाँटको नाम भएको हो ।  ६.रेउ लर्को भेर घुमाउ पैँया डौक्क चक्डौ, डौक्क चक्डौ, घुइक्क चक्डौ, घुइक्क चक्डौ, घुइक्क घिन घिनको तालमा यो पैँया बिस्तारै शरीर मौलाएर निहुरिएर उभिएर नाचिन्छ । हरेक नयाँ चरणमा एक कदम अगाडि बढिन्छ । यो घुमैरा पैँया हो । मेर्री (घेरा) मा सी आकारमा शरीर मौलाउँदै नाचिने भएकोले अति सुन्दर देखिन्छ । मादलको ताल फेरेपछि फरक्क फर्केर विपरीत दिशामा उभिएर निहुरिएर नाचिन्छ ।  ७. मुर्गी लरैना पैँया मुर्गी लरैना पैँयामा घिन्टौं टौं नक, घिन्टौं टौं नक, टौं नक घिनको बोलमा मादल बजाइन्छ । यो पैँया अति चर्चित पैँया हो । यो पैँयामा इहरि अङ्गनवा नचटि मैयाँ लाग रे हो ना  बोलमा निहुरिएर झ्याम झ्याम मुजुरा बजाउँदै एक तालमा गीत पनि गाइन्छ । टौं नक घिन तालमा फरक्क फर्किएर मुजुरा बजाइन्छ । दुई लहरमा रहेका नर्तकीहरूले टाउको ठोक्काएर नाच्ने भएकाले मुर्गी लरैना (भाले जुधाउने) पैँया भनिएको हो । ८. महोट्या पैँया महोट्याको अर्थ माहुते हो । टौंँ टौं टौं नक घिन, घिन्टौं घिन्टौं टौं नक घिन यो पैँयामा मादल बज्दा नर्तकीहरूको नृत्य मुद्रा हात्तीको जस्तै हुन्छ । मादलेहरू नर्तकीहरूलाई आफूतर्फ आकर्षित गरी आफ्नो प्रेममा भुलाउन अनेक प्रयत्न गर्दा पनि थारू नर्तकीहरू गजमुद्रामा लीन भई नाचिरहन्छन् । महोटियाँ पैँया ननाचिकन नर्तकीहरूको धित मर्दैन भनिन्छ । यो तालमा ठौ मन चक ढौँ घीन, ठौ मन चक ढौँ घीन तालमा पनि मादल बजाइन्छ (थारू, २०६३ः ६७) । महोट्याको अर्थ माहुते हो । टौंँ टौं टौं नक घिन, घिन्टौं घिन्टौं टौं नक घिन यो पैँयामा मादल बज्दा नर्तकीहरूको नृत्य मुद्रा हात्तीको जस्तै हुन्छ । मादलेहरू नर्तकीहरूलाई आफूतर्फ आकर्षित गरी आफ्नो प्रेममा  भुलाउन अनेक प्रयत्न गर्दा पनि थारू नर्तकीहरू गजमुद्रामा लीन भई नाचिरहन्छन् । ९.एक खुट्टे फोङ्छिरवा पैँया खाली ठाउँको चेपबाट एक खुट्टाले उफ्रदै छिर्नुलाई एकखुट्टे फोङ्छिरवा भनिन्छ ।  फोङछि¥वामा घिन डौ डौ डौ नक, घिन डौ डौ डौ नक, डौ नक डौ नक, डौघिन नघिन घिन तालको मादल बजाइन्छ । मादलेहरू मादल ठोक्दै एक पंक्तिमा कहिले पछाडि, कहिले अगाडि बढिरहेका हुन्छन् । जब मादलेहरू नर्तकीहरूको नजिक पुग्छन्, तब नर्तकीहरूको बिच बिचमा पस्दै कुमले एकले अर्कालाई हल्का ठेल्दै मधुर मुस्कानका साथ कटाक्ष मार्दै अगाडि बढ्छन् ।  १०. टिन टिन ठो पैँया तीन तीन जनाको मादले र नर्तकीहरूको समूहमा नाचिने भएकोले यो पैँया टिन टिन ठो (तीन तीन जना) भनिएको हो । यसमा टौं टौं घिन, टौं नक टौं नक टाँउ टौं घिन सामान्य तालमा उभिएर मञ्जिरा बजाउँदै घुमिन्छ । अर्को तालमा टाउको जोर्दै निहुरिएर मञ्जिरा बजाइन्छ । ११. रगेट्वा पैँया  रगेट्वाको अर्थ हुन्छ लखेट्नु । घिन टौं नक टांै, घिन घिन कन्गिन टौं नक तथा डौ घना घिन डाँै डौँ घना घिन डौँ को धुनमा मादल बजाउँदै मादलेहरू नर्तकीहरूलाई नचाउँदै परसम्म लखेट्छन् । अचानक फटक टौँ घडक नौ फटक टौँ घडक नाँै को धुनमा मादल बजाउँदै फरक्क फर्केर नर्तकीहरूलाई पुनः लखेट्न थाल्छन् । नर्तकीहरू पनि निहुरेर मञ्जिरा बजाउँदै हल्का चालले पछाडि पछाडि सर्दै जान्छन् ।  १२. कन्जोख्वा पैँया कन्जोख्वा पैँयामा नक फटक डौनक, हाँ, डौ घिन घिन डौ नकको बोलमा मादल बजाइन्छ । यो पैँयामा मादलेहरूले बसेर मादल घुँडामा राखेर ताल मिलाउँदै कानतर्फ ईसारा गर्दै ताल बजाउँछन् । नर्तकीहरू पनि मञ्जिरा बजाएर मादललेले जुन कानतर्पm संकेत गरेको छ, त्यहीतर्फ नै बजेको मञ्जिरा कान नजिक लगेर सुनेजस्तो गर्दछन् । त्यसैले, यसलाई कन्जोख्वा ख्वाँट भनिएको हो । १३. गोरपासु पैँया गोरपासु पैँयामा डौनक डौ डौनक डौं घिन नकिन् घिनडौ नक्डौ घिन नकिन्को मादलको बोलमा दुई लाइनमा नाचिन्छ । दुई कदम अगाडि जाने र फनक्क फर्किएर फेरी दुई कदम अगाडि सरेर यो पैँया नाचिन्छ । खुट्टा र कम्मरको तालमा मिलाएर नाचिने ताल भएकोले यसलाई गोरपासु (गोडाको चाल मिलान) पैँया भनिएको हो । यो पैँया नाच्दा सैनिकले परेड खेलेजस्तो देखिन्छ । १४. कुल्वा फट्कना पैँया फट्कना पैँयामा फटौं घिन फटौं घिन, फटौ डौ फटौ घिन तालमा मादल  बजाइन्छ । यो पैँया एकपटक दायाँ अर्कोपटक बायाँ उफ्रेर अगाडि आउने गरिन्छ । यो पैँया रगेट्वा पैँयाको अर्को रूप हो । उफ्रिएर कुलो पार गरेजस्तो नाचिने पैँया भएकाले यसलाई कुल्वा फट्कना पँैया भनिएको हो । १५. धान बैठैना पैँया यो पैँया घिन डौ घिन डौ घिन चक्डौ मादलको तालमा मुजुरा बजाउँदै नाचिन्छ । छुपुछुपु  रोपाइ गरे जस्तै तालमा नाचिने भएकोले यसलाई धान  बैठैना (रोपाइ गरेको) पैँया भनिएको हो । थारू आफू कृषक समुदाय भएकोले होला, आफ्नो कामलाई नृत्यमा प्रतिविम्वित गरेका छन् । १६.मघौटा पैँया ठौं मिन्नक, ठौ चक्डल घिन नक मादलको बोलमा यो पैँया माघी पर्वमा नाच्दा बजाइने तालमा नाचिने भएकोले मघौटा पैँया भनिएको हो । उभिएर दुई लाईनमा खुट्टा मिलाउँदै मुजुरा बजाउँदै मघौटा झ्याउरे गीत पनि  गाइन्छ । मादलको ताल फेरेपछि गीतको ताल पनि फेरिन्छ । काटी खाने पान सुपारी हाँ, फोडी खाने होइन, यति राम्रो भाटुलाई छोडी जाने होइन जस्तो भाकामा आजकाल प्रायः नेपाली शब्दमा थारू लय मिसाएर गीत गाइन्छ । १७. बन्ढुक्या पैँया यो पैँया मादलको तालमा नर्तकीहरूले मुजुरा बजाउँदै बन्दुक ताकेजस्तै गरेर अगाडि बढ्ने भएकाले बन्ढुक्या पैया भनिएको हो । यसमा घिडौ घिडौ नकडौ घिडौ, नक घिन घिन नक, घिन डौनक स्वरमा मादल बजाइन्छ ।  १८.उरन्टा पैँया यो पैँया नाच्दा डोरी खेल्दा उफ्रे जसरी उफ्रेर, अनि निहुरिएर झ्याम झ्याम मुजुरा बजाइन्छ । नाचको ताल उडिरहेको जस्तो देखिने भएकाले उरन्टा (उडेको) पैँया भनिएको हो । डौ डौ नक्टौ डौ डौं नक्टौं, घिन घिन नक्टौ घिन घिन आवाजमा बजाइने मादलको ताल फेर्दा दिशा परिवर्तन गरिन्छ ।                                                                                                                                            तस्विरः चुर्णसिंह थारू १९.भाटु राम राम पैँया  घि डौ डौ डौ डौ, घि डौ डौ डौ डौ, घि डौ घिन डौ घिन घिनको बोलमा बजाइने यो पैँयाको मादलको ताल भाटु राम राम, साली जैबो कि नाई सुनिन्छ । अर्थात् ‘भिनाजु सन्चै छ ? साली जाने कि नाई ?’ भन्ने अर्थ लाग्ने हुन्छ । नर्तकीहरू निहुरिएर मुजुरा छिन् छिन् छिन् छिन् बजाउँदै मुजुरा र पाउ जुधाउने गर्दछन् । मादलको ताल फेरिदा दिशा परिवर्तन गरिन्छ । २०. फोङछि¥वा पैँया दुई लाइनमा नाचिने यो पैँयामा लाइनमा छिर्ने गरिन्छ । निहुरिएर कम्मर हल्लाइ मञ्जिरा बजाउँदै अर्को लाइनमा पुगेर फरक्क फर्केर मञ्जिरा कम्मरमा राखेर बजाउँछन् । अति चुनौतीपूर्ण र अर्को लाइनमा छिर्नुपर्ने भएकोले यो पैँया अति सुन्दर देखिन्छ । यसमा घिन डौ डौ डौ नक, डौ नक डौ नक्, डौघिन नघिन घिनको तालमा मादल बजाइन्छ ।  २१.गाउँ जुहना पैँया फटौ डौ घिन नक, डौ घिन डौ घिनको बोलमा दसैँमा एक गाउँबाट अर्को गाउँ तथा एक घरबाट अर्को घरमा नाच्न जाँदा बाटोमा लाइनमा रहेर नाच्दा यो पैँया बजाइन्छ, त्यसैले यसलाई गाउँ जुहना (गाउँ छिचोल्ने) पैँया भनिएको हो । यसमा मुजुरा बजाउँदै अगाडि जाने संकेत गर्ने र कम्मरमा ल्याएर मुजुरा राख्ने गरिन्छ । जुन घरमा जाने हो, त्यो घरको आँगन पुग्दा ताल फेर्दा फरक्क फर्केर नाचिन्छ  २२. परिउना घुर्कना डौनक घिन घिन, डौनक फट फट, डौनक घिन घिनको बोलमा यो पैँया जसरी परेवा जोडी समागमको बेलामा पोथी परेवालाई आकर्षित गर्न उपक्रम गर्छन्, त्यसरी नै मादलेहरू पनि मादलको तालमा दाँया बाँया जिउ मर्काउँदै मादल बजाउँछन् । नर्तकीहरू पनि त्यही रूपमा पोथी परेवाजस्तै गरी टाउको र कम्मर मर्काउँदै मादलेको पिछा गर्दछन् । त्यसैले, यसलाई परिउना घुर्कना (परेवा बोल्ने) पैँया भनिएको हो ।     र, अन्तमा गाउँ ठाउँ अनुसार सखियाको मादलको ख्वाँट र पैँयामा फरक पर्छ । हालसम्म मादलको २२ ख्वाँट र पैँया चर्चामा रहे पनि त्यो भन्दा बढी हुन सक्ने देखिएको छ । अमेरीकी अनुसन्धानकर्ता भिक्टोरिया मेरी डाल्जेल (२०१५ ई., १८४) ले पनि २२ वटा पैँयाको चर्चा गरेकी छिन्, जुन माथि उल्लेखित पैँयासँग हुबहु मिल्दैन ।  मेरीले आगी छुना, मुर्गिह्वा, ढेकी कुट्ना, गिर्नी, हाँठक् सान मर्ना, टाटुल भाट, मेर्री, चिङ्नी फट्याक उलर्ना, ठ्याकन पकर्ना, झेल झरैना गरी माथि चर्चा गरिएको बाहेक १० नयाँ पैँया नामकरण दिएकी छिन् । त्यसो त सखिया गीतको बाचनमा फरक परेझैँ मादलको तालमा पनि फरक पर्नु स्वाभाविकै हो । मादलको तालको थोरै भिन्नताले पैँयाको नामकरणमा पनि भिन्नता देखिन्छ । यसले मादलको ख्वाँट र पैँयाको सङ्ख्या २२ भन्दा बढी देखिएको हो । माथि सखिया नाचको विभिन्न पैँयाको चर्चा गरिए पनि यी परम्परागत पैँयाअनुसार नाच देखिने अवस्था हाल निकै कम छ । नाच आकर्षक देखाउन मादलको ख्वाँटलाई भिन्न ढङ्गमा ढाल्दै पैँयालाई पनि सखिया नाचका कोरियोग्राफरहरूले आधुनिकतामा बदल्दै गएका छन् ।  सन्दर्भ सूची चौधरी, सुशील (२०७२), थारू लोकजीवन र कलाः एक विमर्श, चली गोचाली, भाद्र, १)५, पृ.३०‐४० । डाल्जेल, भिक्टोरिया मेरी (२०१५ ई.), फ्रिडम, मार्जिन्स, एण्ड म्यूजिकः म्यूजिकल डिस्कोर्र्सेज अफ थारू इथ्निसिटी इन नेपाल, विद्यावारिधि शोध प्रवन्ध, युनिभर्सिटी अफ क्यालिफोर्निया । थारू, अशोक (२०६३), थारू लोक नृत्य ः सखिया र पैंया, लोक संस्कृति, १)१, साउन–पुष, पृ. ६०–६९ ।  दिवस, तुलसी र प्रमोद प्रधान (सम्पा.) (२०६५), थारू लोक वार्ता तथा लोक जीवन, काठमाण्डौः नेपाली लोकवार्ता तथा संस्कृति समाज ।  सिंह निर्भिक, जगदीश नारायण (१९९२ ई.), थारू (जनजातीय) लोक नाट्यः नाच, मानव, २०)२, अप्रिल, जुन, पृ.१३३–१४८ ।  

नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसैँ

नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसैँ

१३१० दिन अगाडि

|

१८ असोज २०७९

हिन्दूहरूको महान पर्व दसैँ नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मावलम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्छन् ।   आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा  गरिन्छ ।  प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ ।   नवरात्रीभर सप्तशती  पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् ।   छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दसैँ मनाइन्छ । भारतमा विशेष गरी नवदुर्गाको पूजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ । पश्चिम बंगालमा दसैं नव दुर्गा पूजाको आराधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।   आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैँ मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने  दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ । गुजरातमा दसैँको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुईवटा साना–साना रंगाएका  लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन्। त्यस्तै, महाराष्ट्रमा पनि देवीको पूजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्री मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ ।   भारतबाहेक बंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दसैं मनाइन्छ । मनाउने शैली केही फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन् ।   करिब १ लाख नेपाल भाषी रहेको बर्मामा पनि दसैँ मनाइन्छ ।  नेपाल भाषीको बाहुल्यता रहेको पूर्व राजधानी सहर यांगुन, मन्डला  पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ  ।   वर्मापछि बंगलादेशमा पनि दसैँ मनाइन्छ । १६ करोड जनसंख्या भएको बंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मावलम्बी छन् । त्यहाँ भएका हिन्दु धर्मावलम्बीले नवदुर्गाको पूजा आराधना गर्छन् । बंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टीका लगाउँदैनन् ।   त्यस्तै बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दूहरूले दसैँ मनाउँछन् । न्युज कारखानाबाट

केपी ओलीको क्षेत्रबाट उम्मेदवारी दिदै गरेका युग पाठकको घोषणा पत्रमा के छ ?

केपी ओलीको क्षेत्रबाट उम्मेदवारी दिदै गरेका युग पाठकको घोषणा पत्रमा के छ ?

१३२० दिन अगाडि

|

८ असोज २०७९

आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको पनि लहर चलेको छ । यसै क्रममा चर्चित लेखक युग पाठक पनि देखिएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका लेखक युग पाठकले ‘उत्स्रवण आन्दोलन’ घोषणा गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनाव लड्ने बताउँदै आएका उनले नयाँ वैचारिक आन्दोलन सहित निर्वाचनमा होमिएको बताएका छन् । प्रस्तुत छः उनको घोषणा पत्र जस्ताको तस्तै  ।  उत्स्रवण आन्दोलन र उम्मेदवारी (झापा–५) घोषणा  वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन ।। खडेरी परेको जमिनले बिरुवा उमार्दैन । विचारको खडेरी परेको समाजले सपना जगाउँदैन । त्यसैले हामी बत्ती बालेर एउटा यात्रामा निस्कँदै छौं । विश्वविद्यालय होस् कि राजनीतिक पार्टीका मञ्च, चोक चौतारो होस् कि संसद् भवन, हामीले हाम्रो समाजमा ज्वलन्त समस्यामाथि सार्थक ज्ञानको बहस नगरेको धेरै भयो । निराशा छ, आक्रोश छ, प्रश्नहरू पनि छन् । तर लिखुरे प्रश्नलाई निराशा र आक्रोशले छोपेको छ । निराशा र आक्रोश किन यस्तो हाबी भयो त रु किनभने हाम्रा प्रश्न पनि ठीक ठाउँमा परिरहेका छैनन् । प्रश्नले समाजको चित्त पक्रिएन भने जवाफ नै नाजवाफ हुन्छ । चित्त फाटेपछि फगत निराशा र आक्रोश मात्रै बाँकी रहन्छ । चित्तमा सपना भर्ने विचारको अँजुलीले हो । हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम हो स् उत्स्रवण आन्दोलन। ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो । दार्शनिक संकट उत्स्रवण आन्दोलनको पहिलो निस्कर्ष के हो भने मानव संसार आज दार्शनिक संकटमा छ । आजसम्म विकास र प्रयोग भएका दार्शनिक प्रणालीहरू आजका ज्वलन्त समस्याहरू समाधान गर्न सक्षम छैनन् । संसारभर मानव समाज फगत आक्रोश र निराशामा फँसेको छ । खतरनाक वातावरणीय र मानवीय संकटको तुलनामा आर्थिक, राजनीतिक वा अरू सतहमा देखिएका संकटहरू त केवल रोगका लक्षणजस्ता मात्रै हुन् ।  राजनीति त्यही दार्शनिक संकटमा गाँठो परेकोे छ, समाज व्यवस्था अल्झेको छ । उत्साह हराएको छ, सपना मुर्झाएको छ । भएका दर्शन वा विचारले यो संकट बुझ्न र समाधान दिन सकिरहेका छैनन् । जनताले आत्मबोध त गरेका छन् तर यसको गुह्य कारण बेपत्ता छ । त्यो बेपत्ता संकटको जरा हामीले पत्ता लगाएका छौं । संसारलाई जालभित्र पार्ने त्यो दार्शनिक वैचारिक चक्रव्यूहको नाम हो ः युरो–उपनिवेशी व्यूह । ५ सय वर्ष अगाडि रचना भएको यो राजनीतिक व्यूहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविष्कार त ग¥यो तर साथसाथै मानव समाजलाई अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्यूहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खलबल्याइदियो । संसारलाई उपनिवेश बनाउँदै युरोपले यो व्यूह रचना गरेको थियो । यो व्यूहले हाम्रो मन, मस्तिष्क, र जीवन मात्र होइन, देश नै उपनिवेश बनाइसकेको छ । हाम्रा सपना, जपना, सुख, दुःख, खुसी, निराशा सबै यही व्यूहले उत्पादन गरिरहेको छ । हाम्रो आफ्नो स्वत्व नै छायाँमा परेको छ, विषादमा डुबेको छ । आफ्नो भूमिमा सपना नै देख्न नसक्ने अनुभूतिले ग्रस्त युवाले विदेशकै सपना सजाउन थालेको धेरै भैसक्यो । यो देशमा केही हुँदैन भन्ने त थेगो नै भैसक्यो । देशलाई आफैं बनाउने कुनै सपना नभएको देशमा भ्रष्टाचारको बिगबिगी हुनु अस्वाभाविक होइन । सिमानाले होइन, सपनाले देशको अस्तित्व बनाउँछ । जब जमिनमा टेकेको, जनताको जीवनमा जरा गाडेको र प्रकृतिसँग मितेरी गाँसेको सपना हुँदैन, तब मानचित्रमा हुँदाहुँदै पनि मान्छेले देश हुनुको अनुभूति गर्दो रहेनछ । त्यसैले सत्ता, शक्तिमा पहुँच हुनासाथ राज्यकोष दोहन गर्ने र भ्रष्टाचार गर्ने रोगले मान्छे ग्रस्त हुँदो रहेछ । मानौं, ऊ हतार–हतार भेटे जति चीज पोको पारेर कतै भाग्ने तयारी गरिरहेको छ । कृषि समाप्त हुने क्रममा छ । विदेशबाट ल्याएको रेमिटेन्सको पैसाले विदेशबाटै खानेकुरा आयात गरेर खानुपर्ने त्रासद् देश बनाइसकेका छौं हामीले । विचारको हिसाबले त नेपालमा लामो समयदेखि कृषि उन्मूलन कार्यक्रम नै चलिरहे जस्तो लाग्छ । हाम्रो उत्पादन नगण्य छ, आयातको अंक भयावह छ । के यस्तो देशले नयाँ पुस्ताको निम्ति सपना फुलाउन सक्छ रु सक्दैन र सकिरहेको पनि छैन । कल्पना गरेर ल्याउँदा यो देशको भविष्य खतरनाक मोडमा उभिएको छ । मानौं, युद्ध वा प्राकृतिक विपद्ले रेमिटेन्सको स्रोतमा धावा बोल्यो । हाम्रो अवस्था के होला रु आधा करोडभन्दा बढी मान्छे विदेशमा छन् । उनीहरू फर्कनु परेको घडी के होला रु उनीहरू निष्क्रिय र बूढो शरीर मात्र होइन, आक्रोशित र निराश मन पनि सँगै लिएर फर्कनेछन् । पैसाको स्रोत त सुक्छ नै, बाँझो र विषादीले जर्जर बनाएको जमिनबाट अचानक सबैलाई पुग्ने अन्न त उब्जँदैन । जहाँबाट हामी अन्न आयात गरिरहेका छौं, त्यहीँ खडेरी वा कुनै कारणले कम उत्पादन भैदियो भने रु आजको विश्व–व्यवस्था ९युरो–उपनिवेशी व्यूह०ले यस्ता संकट संसारभरि उब्जाइरहेको छ । यसको सबैभन्दा पहिलो शिकार नेपालजस्तै पराश्रित, परामुखी र परनिर्भर देश नै हुने हुन् । युरो–उपनिवेशी व्यूह ले संसारकै मानव–जगत्लाई भीरको डीलमा पु¥याएर छाडिदिएको छ । वातावरणीय संकट चरम छ । केही महिनाको खडेरी, तापमान वृद्धि र डढेलोले नै आज युरोप, अमेरिकालाई आच्छु–आच्छु पारिदिएका छन् । बेलायतको थेम्स नदी, जर्मनीको रायन नदी, अमेरिकाको कोलोराडो नदीहरू सुकेर भयानक संहारको संकेत गरिरहेका छन् । युक्रेन युद्ध होस् वा वातावरण्ीाय संकट, संसारकै अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । प्रकृति र मान्छेको जीवनमा आइरहेको संकट त झनै कहालीलाग्दो छ । प्रकृति बनाम मान्छे, संस्कृति बनाम संस्कृति, धर्म बनाम धर्म, देश बनाम देशको अपरिमित द्वन्द्वको सिद्धान्त युरो–उपनिवेशी दर्शनकै उपज हो । यो घर्षणको सिद्धान्तले मानव–जगत् मात्र होइन, प्रकृति नै भयानक ठूलो शोषण, दोहन र उपनिवेशको सिकार भयो । यसबाट बाहिर निस्कन हामीले आन्तरिक रूपमा प्रकट भएका विविध उपनिवेशी ज्ञान र राजनीतिबाट आफूलाई लाभाजस्तै बाहिर निकाल्नु पर्नेछ, अर्थात् उत्स्रवण गर्नुपर्ने छ । हामीले लामो समयदेखि निर्माण र अभ्यास गरेको राज्य–सत्ता युरो–उपनिवेशी व्यूहकै हिस्सा भएको हुनाले यसले पनि अनेक आन्तरिक उपनिवेशको रचना ग¥यो । प्रकृति, विविध समुदाय र महिलामाथि उपनिवेशी शासन चलाएर यसले परिवार, समाज र देशभित्रै अनेकन परस्पर विरोधी भिन्नताहरू सिर्जना ग¥यो । हामीले आन्तरिक उपनिवेशबाट मुक्त गरेर सबै हातहरू र सबै साथहरू नजोड्ने हो भने युरो–उपनिवेशी व्यूहबाट बाहिर निस्कने शक्ति पुग्दैन । त्यसैले यो दार्शनिक संकटबाट बाहिर निस्कनका निम्ति यो व्यूह चिन्ने नयाँ ज्ञान, नयाँ वैज्ञानिक दर्शन÷विचारको आवश्यकता छ र त्यही ज्ञान÷विचारको उज्यालोमा नयाँ राजनीति र नयाँ समाज स्थापना गर्नुको विकल्प छैन । अब त यो शासकीय अहंकार वा शक्तिको मात्रै कुरा रहेन, प्रत्येक व्यक्ति र प्रकृतिको अस्तित्वको सवाल हुन आयो । आफ्नो वर्तमान, आफ्नो स्वत्व नक्कली राजनीतिबाट जोगिन सक्कली राजनीति चाहिन्छ । नक्कली विकासबाट जोगिन सक्कली विकास चाहिन्छ । भूत र भविष्य चिन्न, वर्तमानको बोध चाहिन्छ । नक्कली राजनीति र विकासको बोझले नेपाल थिलथिलो भएको छ । नेपाली जनता निराश छन् । यी बोझ, यी निराशाबाट बाहिर निस्कन नेपाली जनताले नयाँ विचार र नयाँ चेतनाको ज्योति खोजेका छन् । आफ्नो स्वत्वको अनुभव हुनका लागि आफ्नो माटोको सुगन्ध चाहिन्छ । हामी उत्स्रवण आन्दोलनमार्फत् त्यही ज्योति संसारभर बाल्न खोजिरहेका छौं । युरोपबाट आयातित राजनीतिक विचारले धेरै परिवर्तनका निम्ति सकारात्मक योगदान ग¥यो । तर यसले निरन्तर संसारलाई उपनिवेश बनाइराख्ने प्रपञ्च पनि सँगसँगै ग¥यो । त्यसैले संसारै संकटमा पर्दा हामीले सोच्नुपर्ने भयो, हाम्रो स्वत्व के हो रु विकासे साँढे देखाएर हामीलाई अविकसित साबित गर्ने । पुँजीवादको भूत देखाएर हामीलाई भूतकालको नागरिक तुल्याउने । हामीलाई भूतकालमा ठेगान लगाएर युरोप अमेरिकामा भविष्य देखाउने । यो दार्शनिक प्रपञ्चबाट बाहिर निस्केर हामीले आफ्नो वर्तमानमा ठेगाना खोज्नुपर्ने भएको छ । हाम्रो स्वत्व र पहिचानमा खडा भएर आफ्नो भविष्यको रेखाङ्कन आफैं गर्ने नयाँ विचार खोज्नुपर्ने भएको छ । भविष्य भनेको बनाउने कुरा हो । आजको युरोप अमेरिका न त हाम्रो भविष्यको चित्र हो, न त उनीहरूकै भविष्य हो । वर्तमान चिन्ने र भविष्य बनाउने कुरा त सधंै एउटा रचनात्मक र सिर्जनात्मक प्रक्रिया हुन्छ । तर भूतकालको नागरिकले न वर्तमान चिन्छ, न त भविष्यकै खाका कोर्न सक्छ । ऊ युरोपको ऐनामा आफ्नो अनुहार खोज्दाखोज्दै मानसिक रोगी पो हुन्छ । हाम्रो सारा विकासको नारा, वैदेशिक लगानी, ऋण र अनुदानको खेल त आफूलाई हराएर अरुको फोटोमा आफ्नो अनुहार खोज्ने भ्रमको दन्तेकथा पो रहेछ । त्यसैले अब सबैको शीर उठाऔँ । प्रकृतिको शीर उठाऔँ, जग्गा–जमिनको शीर उठाऔँ, नदी–नालाको शीर उठाऔँ, वनजंगलको शीर उठाऔँ, जडीबुटीको शीर उठाऔँ, स्थानीय ज्ञानको शीर उठाऔँ, किसानको शीर उठाऔँ, आदिवासी र जनजातिको शीर उठाऔँ, दलित र महिलाको शीर उठाऔँ, थारु र मधेसीको शीर उठाऔँ, सबै–सबै उत्पीडित, अल्पसंख्यक, सीमान्तकृत, पिछडा वर्ग र समुदायको शीर उठाऔँ । सबै धार्मिक समुदायको शीर उठाऔँ, गरिब किसान–मजदुरको शीर उठाऔँ, अर्थात् सारा देशको शीर उठाऔँ । सबै समुदाय र सबै हातहरु जोड्न, सबैको श्रम र पसिना जोड्न, सबै जमिन र मन जोड्न, अब पनि हामीले पहल नगर्ने हो भने युरो–उपनिवेशी चक्रव्यूहबाट यो देश उत्स्रवण गर्न सक्दैन । ठूलो उपनिवेशी व्यूहबाट निस्कन हामीभित्रैका आन्तरिक उपनिवेशी जञ्जाल तोड्नैपर्छ । देशको वर्तमानमा जरा फैलाएर उभिने हो भने सबैको शीर उठाउनैपर्छ । नयाँ विश्वदृष्टि निर्माण अभियान पुरानो विश्वदृष्टि बदल्ने तागत नयाँ विश्वदृष्टिसँग मात्रै हुन्छ । सपना देख्ने तागत सिर्जनशील मस्तिष्कमा मात्रै हुन्छ । अरूजस्तै बन्ने सपना, सपना नै होइन । आफूजस्तै बनेर केही नयाँ सिर्जना गर्ने सपना नै वास्तविक सपना हो । सिर्जनशीलता र स्वप्नशीलतामा नै वास्तविक सुख र आनन्द हुन्छ । हामीले सिर्जनशील भएर नसोचेको कति भयो रु अरूजस्तै बन्ने होडमा आफ्नो वर्तमान गुमाएको कति भयो रु पुरानो विश्वदृष्टिको चक्रव्यूहमा परेर समाजको प्रयोगशील र स्वप्नशील चरित्र गुमाएको कति भयो रु हामी अझै पनि स्वीटजरल्यान्ड वा सिंगापुर हेरेर दुःखी छौं । अझै पनि लि क्वान यु वा अरू कुनै हिरो सम्झेर आफैंलाई नतमस्तक तुल्याइरहेका छौं । हामी आफैंले आफैंलाई चिन्न नसकेको कति भयो रु यस्तो लाग्छ, मानौं हाम्रा हरेक बच्चा गर्भदेखि नै हातमा डिभी भिसाको निवेदन बोकेर यो धर्तीमा च्याहाँ गर्न आइरहेका छन् । जवानहरू मानौं यस्तो छाति हुर्काइरहेछन् जो फगत विदेशी सेनामा भर्ती हुनकै लागि कुनै फिता खोजिरहेछ । देश भनेको जनता हो । जनताको सपना नै जब विदेश हुन्छ, देश कहाँ हुन्छ रु यी सबै युरो–उपनिवेशी व्यूहले उत्पादन गरेको जिनिस हो । सपना जब कुनै चिनियाँ कम्पनीको उत्पादन हुन्छ, त्यो सपना जुनसुकै बेला कुनै न कुनै सिमानामा अल्झिएरै समाप्त हुन्छ । त्यसैले वर्तमानमा खडा हुने हिम्मत गरौं । राजनीति केही हो भने जनताको सामूहिक र संगठित आवाज हो ।  राजनीतिलाई जनताकै राजनीति बनाउन अब पहल गर्नैपर्छ । राजनीति कसैले ठेक्का हालेर पाउने कुनै अवसर होइन । राजनीति कसैको पैत्रिक सम्पत्ति पनि होइन, जो वंशजका आधारमा पाउने कुरा हो । राजनीति त वर्तमानको कर्मको कसी हो । जनताले राजनीति छाम्न, परख गर्न पाउनु पर्छ । पाएनन् भने त्यो राजनीति नै हैन । आम जनतालाई हामी आह्वान गर्न चाहन्छौं, तपाईंको भागको राजनीति तपाईं स्वयम् गर्नुहोस् । राज्यलाई आफ्नो राजनीति अनुकूल हिँडाउन सधंै पहल गर्नुहोस् । शीर उठेको समाजले मात्र आफ्नो राजनीति आफैं गर्न सक्छ । एक जना मात्र मान्छे तपाईंको घर, समाज वा देशमा शीर झुकेको अवस्थामा छ भने तपाईंको घर, समाज वा देश कहिल्यै स्वस्थ र सबल हुँदैन । प्रकृति, मान्छे र ब्रम्हाण्ड सबै एक अर्कामा अन्योन्याश्रित रूपमा जोडिएका छन् । प्रत्येक चीज प्रत्येक चीजसँग जोडिएर मात्रै अस्तित्वको रचना हुन्छ । एकको विरुद्ध अर्को होइन, सबै सबै एक अर्कासँग जोडिएर नै ब्रम्हाण्डको रचना भएको हो । त्यसैले सबैको शीर उठेको समाज बनाउन जरुरी छ । अब हामी यस्तो महान् राजनीति बनाऔँ कि सबैको शीर उठेको समाज निर्माण गर्ने हाम्रो उद्देश्य होस् । अनि मात्र हामी एउटा सुखी, समृद्ध र रचनात्मक समाज बनाउन सक्छौं । एकको विरुद्ध अर्को भिडाउने युरो–उपनिवेशी विश्वदृष्टिबाट अब हामी लाभाजस्तै उम्लेर बाहिर निस्कौं र त्यसपछि लाभाजस्तै जमेर एउटा सुन्दर संसारको निर्माण गरौं । उम्मेदवारीको रहस्य दार्शनिक जवाफ नै वास्तविक प्रश्नको जवाफ हो । त्यसैले केही दार्शनिक सवालमा मन्थन गर्नु जरुरी भयो । यस सन्दर्भमा विस्तृत घोषणापत्र छिटै पुस्तकका रूपमा तपाईंको हातमा हुनेछ । त्यसले पनि पुग्दैन, नयाँ–नयाँ ठेली लेख्न र नयाँ विश्वदृष्टि निर्माणमा योगदान गर्न धेरै सिर्जनशील मस्तिष्कहरू सक्रिय हुनेछन् भन्ने विश्वास गर्नुपर्छ । यहाँनेर सवाल उठ्छ स् पुरानो वैचारिक पृष्ठभूमिमा बनेको संसद्मा उम्मेदवारी किन रु उसै पनि दलीय व्यवस्थामा एक जना स्वतन्त्र सांसदको भूमिका कति प्रभावकारी होला रु प्रश्न यो पनि छ । हामी के स्पष्ट गर्न चाहन्छौं भने उत्स्रवण आन्दोलनअन्तर्गत एक स्वतन्त्र उम्मेदवारी वा एक आवाजको भूमिका अहम् छ । वैचारिक अन्धकारमा छटपटाइरहेको दुनियाँमा यो एक बत्ती बाल्नु सरह महत्त्वपूर्ण छ । हामीले परिकल्पना गरेको दार्शनिक दृष्टि अनुरूप यो देश र संसारलाई नै हिँडाउन केही समय पक्कै लाग्छ । तर बत्ती कहीँ न कहीँबाट बाल्नैपर्छ । त्यसैकारण हामी पूर्व झापाबाट बत्ती बाल्न सुरु गर्दैछौं । यो बत्ती तुरुन्तै देशभरि र संसारभर बाल्न हामी प्रयत्न गर्नेछौं । जसलाई जहाँबाट बत्ती बाल्ने जुनून पैदा हुन्छ, त्यहीँबाट बत्ती बाल्न कुनै छेकथुन हुनेछैन । आलोचनात्मक र रचनात्मक हुने नैसर्गिक अधिकारसमेत प्रयोग गर्ने स्वतन्त्रता पनि सबैमा हुनेछ । यसैलाई जनताहरूको राजनैतिक स्वतन्त्रता भनिन्छ । हामी हुर्कनेछौं, बढ्नेछौं  र एउटा महान् सपनाको सन्देश संसारलाई दिन सफल हुनेछौं । तीन अभियान १ स्थानीय ज्ञानको शीर उठाऔँ मोबाइलको स्क्रिनमा हजारौं घण्टा घोप्टिएर हामीले अमेरिकी कम्पनीहरूलाई धनी बनाइसक्यौं । अब जनताको ज्ञानलाई तिनै सामाजिक सञ्जालमार्फत् भाइरल बनाऔं । फेसबुक पोस्ट, ट्विट, टिकटक जे बनाए पनि हुन्छ, तर हाम्रो परिवारभित्र भएका रैथाने ज्ञानलाई भाइरल बनाऔं । हाम्रा पनि ज्ञान छन् । कुनै ज्ञान ठूलो र कुनै सानो हुँदैन । संसारभर बनेका ज्ञान साझा हुन् । युरो–उपनिवेशी व्यूहले हाम्रो ज्ञानलाई पिछडा भन्यो । अब हामी भनौं, हामीसँग पनि पाइला–पाइलामा ज्ञान छ, हामी पिछडा होइनौं । यो नै हाम्रो वर्तमानमा उभिने औजार हो । हाम्रो वर्तमानको खोजी हो । यसैमा जोडेर ‘हामी पनि सोच्न सक्छौं’ अभियान चलाऔं । आफ्नै ठाउँमा गर्न सकिने अनेक कुरा हुन्छन् । समाजलाई स्वस्थ र सुन्दर बनाउने नयाँ–नयाँ उपाय हामी नै खोज्न सक्छौं । शिक्षक तथा विद्यार्थी साथीहरू प्रत्येक विद्यालय तथा कलेजलाई वास्तविक रैथाने चिन्तनगृह ९त्जष्लप९त्बलप० बनाउनुहोस् । स्थानीय जनप्रतिनिधि साथीहरू, तपाईंका प्रत्येक कार्यालयलाई सिर्जनशील काम गर्ने विश्वविद्यालय बनाउनुहोस् । प्रत्येक पार्टीका कमिटी, गाउँटोल सबैले आफ्नो समाज आफैं बनाउने उपाय सोच्नुहोस् । हामी सबैले बल नगर्ने हो भने केही वर्षमै यो देश ठूलो संकटमा फस्नेछ, त्यतिखेर हामी सबै भूकम्पले भुइँमा ल्याइपु¥याएका निरीह मानिसजस्ता हुनेछौं । हाम्रा रचनात्मक उपायहरू सकिने जति आफैं लागू नगरौं, राज्यलाई पनि गर्न बाध्य पार्ने आन्दोलन सिर्जना गरौं । एउटा नयाँ आन्दोलन, सपनाको आन्दोलन । आन्दोलन, आन्दोलन र आन्दोलनको आँधीबेहरी उठाऔं । २ जन–जनको शीर उठाऔँ युरो–उपनिवेशी ज्ञान–सत्ताको चक्रव्यूहमा परेका संसारका सबै सत्ताहरूले तह–तहका उपनिवेश निर्माण गरेका छन् । भूमि मात्र होइन, समुदाय तथा प्रत्येक व्यक्तिको चित्त, व्यक्तित्व र शरीरलाई समेत उपनिवेश बनाएर शोषणको सत्ता चलाएका छन् । यस्ता सत्ताहरूले शीर झुकाएका समुदायहरू, महिला, गरीब, किसान सबैको शीर उठाउन प्रत्येक समाजले आफैं जागरुक हुनुपर्छ । शीर झुकेका मानिसहरू हुनु भनेको समाज बिरामी हुनु हो । बिरामी समाजको आफ्नो स्वत्व हुँदैन । आफूभित्रको उपनिवेश खारेज नगरेसम्म अन्तराष्ट्रिय उपनिवेशकारी सत्तासँग लड्न सकिन्न । त्यसैले जन–जनको शीर उठाउने अभियानमा प्रत्येक ठाउँ र प्रत्येक मान्छे आफैं लागौँ । ३ प्रकृतिको शीर उठाऔँ युरो–उपनिवेशी व्यूहले भन्ने गरेको पुँजीवाद वास्तवमा सीधासाधा पुँजीको विकास गर्ने विचार होइन । यो पुँजीवादको नाभीमा नै युरोपले संसारभर लुट मच्चाएर रचेको उपनिवेशकारी विचार छ । त्यसैले यो पुँजीवाद संसारभर जहाँ–जहाँ पुग्यो, त्यहाँ–त्यहाँको स्थानीयता समाप्त पा¥यो । ९हाम्रा अमूल्य सभ्यता नष्ट ग¥यो र संसारभरको स्रोत–साधन दोहन गरेर भीमकाय पुँजीवादी सत्ता खडा ग¥यो । यसले विकासको नाममा प्रकृतिको यति विनास ग¥यो कि आज मानव स्वयम् अस्तित्वको संकटमा खडा छ । त्यसैले प्रकृतिको शीर उठाउने, प्रकृतिमैत्री कृषि प्रणाली ९हाम्रा परम्परागत ज्ञानमा आधारित खेती प्रणाली० मार्फत् रैथाने ९अर्गानिक० खाना र स्वस्थ जीवनको आधार निर्माण गर्ने अभियान हामीले नेपालबाटै सुरु गर्नु पर्नेछ । तत्कालीन राजनीति वैचारिक प्रणालीहरू जेजस्ता भए पनि माथि उल्लेख गरिएका धेरै कामहरू सुरु भैसकेका पनि छन् । विचार ठीक ठाउँमा पार्ने बित्तिकै यी कामले गति पाउँछन् र परिणाम निकाल्छन् । त्यसैले तत्कालीन राजनीति पनि जनताको ज्ञान, सीप, शील्प, श्रम र शक्तिको शीर उठाउने विचारकै बत्ती बालेर सुरु गर्नुपर्छ । हामी जुन ठाउँमा छौं, त्यहीँबाट थाल्नु नै वास्तविक थालनी हो । तर दुई दिन, दुई महिना वा दुई वर्षमै ठूलो परिवर्तन आउने छैन । त्यसैले हामी जहाँ जसरी बाँचिरहेका छौं, त्यहीँबाट उत्स्रवण अर्थात् लाभाजस्तै उम्लेर उठ्दै जाने हो । जहिलेसम्म हाम्रो विचार जमेर ठोस भैरहन्छ, यो सम्भव छैन । नयाँ विचारको शक्तिमार्फत् व्यावहारिक हस्तक्षेपसँगै उम्लिने, पग्लिने र यो चक्रव्यूहबाट राँको बाल्दै बाहिर निस्कने हो । त्यसैले हामीसँग भएको संसद्मा विचारको हस्तक्षेप गर्नु जरुरी भयो । जनताको राजनीतिलाई जनताकै घरदैलोमा पु¥याउने, जनताकै रैथाने सत्ताहरू स्थापना गर्ने र भुइँको शक्तिबाट संसारमा हस्तक्षेप गर्ने कामका निम्ति हामी झापा क्षेत्र नं। ५ मा चुनाव लड्ने छौं । निदाइरहेको र बेकम्मा भैरहेको संसद्लाई जगाएर असफल राजनीतिलाई जनताको सेवामा सक्रिय हुने राजनीतिमा बदल्ने छौं र जनतालाई राजनीतिक स्वतन्त्रता दिलाउन भगीरथ प्रयत्नमा जुटेका छौं । तत्कालीन एजेन्डाहरू १। कृषिलाई पहिलो प्राथमिकतामा राखिनु पर्छ । कृषिको आधुनिकीकरण नामको नक्कली कार्यक्रममार्फत् हालसम्म कृषिलाई ध्वस्त पारिएको छ । खानेकुरामा परनिर्भर समाज निर्माण गरिएको छ । आधुनिकताको नाममा किसानलाई निरन्तर अपमान गरिएको छ । खाने कुरामै परनिर्भर देश, कहिल्यै स्वाधीन हुन सक्दैन । त्यसैले किसानको शीर उठाउने र कृषिलाई प्रथम महत्त्व दिने विचारअन्तर्गत समाज र राज्यको चरित्र बदल्नु पर्छ । मोन्सान्टो जस्ता कर्पोरेटहरू संसारबाट उन्मूलन गरिनु पर्छ । कृषिलाई जनताको अधिकारको रूपमा स्थापित गर्नुपर्छ । कृषि भनेको विकसित हुनुभन्दा पहिलेको अविकसित समाजको विशेषता होइन । मानव समाजको अस्तित्वको पहिलो आधार हो । नेपालबाट पनि कृषिको कम्पनीकरण बन्द गरिनुपर्छ । कागजी झमेला हटाएर कृषि र किसानलाई राज्यले सीधै लगानी गर्नुपर्छ । कृषिमा सामुदायिक लगानी र पहल जुटाउने किसानलाई राज्यले सीधै सघाउनु पर्छ । कृषिमा सोचदेखि व्यवहारसम्म आमूल परिवर्तन हाम्रो प्राथमिक एजेन्डा हुनेछ । यसका निम्ति हामी सुरुदेखि नै लड्नेछौं । सबै पार्टी र राज्यका निकायले यो माग स्विकार गर्नैपर्ने स्थिति हामी ल्याउनेछौं । २। आफ्नो धर्तीमा अवसर नदिएपछि धेरै जनता वैदेशिक रोजगारीमा जान बाध्य भए । यो स्थिति उल्ट्याउन हामीले आत्मनिर्भर अर्थतन्त्र र आफ्नै खुट्टामा उभिने देश बनाउनै पर्छ । तर तत्कालै पनि रेमिटेन्सको जो राजनीति चलिरहेको छ, त्यसलाई बदल्न जरुरी छ । रेमिटेन्सको पैसाले देश चलाउने, भन्सार उठाउने, आयात गरेका सामानमा थप कर लगाउने, बैंकले त्यही पैसामा छेलोखेलो गर्ने, जीडीपीमा हिसाब निकाल्ने तर त्यही रेमिटेन्स कमाउन जानका लागि ऋण, मिटर ब्याज, दुःख, आँसु चैं श्रमिक जनताले एक्लै बेहोर्नुपर्ने रु यो उल्टो व्यवस्था हो । रेमिटेन्स कमाउने सबै जनतालाई आधारभूत ऋण राज्य र यसका निकायले आफैं दिनुपर्छ । अनि हालसम्म बेहोर्नुपरेको सबै मिटर ब्याज तत्काल मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्छ । उनीहरूले पठाएको रेमिटेन्सलाई बैंकहरूले पैसाकै छेलोखेलो मात्रै गर्ने धन्दामा लगाउन सक्ने, तर राज्यले त्यसलाई उत्पादनशील काममा लगाउन पहल किन नगर्ने रु हामी यो उल्टो व्यवस्थालाई सुल्टो पार्ने राजनीति र नीति बनाउन जोडदार धमाका उत्पन्न गर्नेछौं । ३। देश छ भने कोही किन सुकुम्बासी हुने रु देश भनेको साझा कर्मथलो हो । कोही भूमिपति र कोही भूमिहिन हुने देश हुँदैन । कि सबै जमिन देशको कि जनताको । त्यसैले ऐतिहासिक र प्राकृतिक विपत्तिका मारले भूमिहिन सुकुम्बासी बनाइएका सबै जनतालाई सुकुम्बासी हुनुको दुःखबाट एकैपटक मुक्त गरिनुपर्छ । तिनै जनताको शक्तिले आत्मनिर्भर अर्थतन्त्र र स्वाधीन देश बनाउनुपर्छ । यो राजनीतिक निर्णयका निम्ति हामी निरन्तर दबाब बनाउनेछौं । ४। विदेशीका सामु हात पसार्ने होइन, जनताको सामु अँगालो फैलाउने देशको मात्रै प्रगति हुन्छ । विकासका नाममा ठूला प्रोजेक्टको मात्रै नक्सा कोर्ने र ऋणमाथि ऋणको बोझ जनताको थाप्लोमा हाल्ने राजनीति अब फेर्नुपर्छ । जनता र राज्यको बीचमा आदानप्रदानको राजनीति बनाएपछि जनताकै पहल र राज्यको अभिभावकत्वमा हाम्रो प्रगति हामी आफैं गर्ने हो । यसले मात्र जनतालाई वास्तवमै सार्वभौम नागरिक बनाउँछ । ५। स्थानीय स्रोत, स्थानीय ज्ञान, स्थानीय उत्पादनमा जोड दिनुपर्छ । संसारबाट सिक्ने र चाहिने ज्ञान तथा साधन ल्याउने छँदैछ । तर एउटा शीर उठेको समाज र देशले मात्र संसारबाट सिक्न र आफ्नो भविष्यको खाका आफैं कोर्न सक्छ । शीर निहुरिएको समाज सिर्जनशील हुँदैन । हामी स्थानीय ज्ञान, स्रोतसाधन र स्थानीय उत्पादनको शीर उठाउने अभियान चलाउनेछौं । ६। शिक्षा र स्वास्थ्यको अधिकार मौलिक अधिकार हो । राज्य र समाज मिलेर सबैलाई शिक्षा र स्वास्थ्यको अधिकार ग्यारेन्टी गर्न रचनात्मक आन्दोलन चलाउनेछौं । ७। स्कूल कलेजबाट उदाउँदो पुस्ताको शीर उठाउँ । शिक्षालाई दबाब र अपहेलनाको होइन, सिर्जनाको आधार बनाऔं । शीर उठेको नयाँ पुस्ता वैज्ञानिक हुन्छ, दार्शनिक हुन्छ, विचारक हुन्छ, कर्मशील उद्यमी हुन्छ र देश काँधमा बोकेर उभिन्छ । घरघरबाट शरिर, मन र उत्पादकत्वको उपनिवेशबाट मुक्त गरेर महिलाको शीर उठाउँ । शीर उठेका महिलाले घर, परिवार, समाज र देशलाई जुरुक्कै उचाल्ने तागत राख्छन् । छरछिमेक, संघसंस्था र राज्यबाट उपनिवेशकारी विचार र व्यवस्था हटाउँदै सबै उत्पीडित समुदायको शीर उठाउँ । उँचनीच, भेदभाव र उत्पीडन हटाएपछि पुरै समाजको शीर उठ्छ । हातमा हात, साथमा साथ जोडिन्छ । प्रकृति, जलजमिन, वन, कृषिलाई उपनिवेशकारी दमनबाट मुक्त गरौं । प्रकृतिको पनि भाषा हुन्छ, आदानप्रदान हुन्छ । मान्छेको निरन्तर दमनविरुद्ध प्रकृति जाग्न थालिसक्यो । तीन हप्ताको खडेरीले नै युरोप, अमेरिकालाई थला बसालिदियो । त्यसैले ढिलो नगरी अब प्रकृतिको शीर उठाउँ । स्थानिय ज्ञान, सीप, शील्पको शीर उठाउँ । किसान र श्रमिकको शीर उठाउँ । स्थानीय कला, संस्कृतिको शीर उठाउँ । त्यसभित्र भएका उपनिवेशकारी, विभेदकारी विचार र व्यवहार हटाएर स्वस्थ जग बनाउँ । त्यही जगमा उभिएर संसारको ज्ञान अपनाउँ । राज्य, समाज र प्रत्येक परिवारले कृषि र किसानको महानतामा गर्व गरौं, लगानी गरौं । शीर उठेको किसान र मान्छेसँग नाता जोडेको कृषिले मात्रै मानव समाजको भविष्य जोगाउन सक्छ । आदरणीय झापा ५ का जनसमुदाय, नयाँ विचारसहित हामी सबै आत्मविश्वासी हुने, समाज र देशको उन्नतिको वास्तविक खाका कोर्ने र विश्वलाई नयाँ सन्देश दिने अभियानमा छौं । यो केवल चुनावमा उठ्ने वा जित्ने कुरा मात्र होइन, विश्वलाई नयाँ सन्देश दिने अवसर पनि हो । पुरानो राजनीतिले दिक्क र निराश भएका देशभरिका जनतालाई उत्साह दिने मौका पनि हो । आशा छ, हामीलाई जिताएर झापा ५ ले विश्व मानव जगत्लाई एउटा उत्साहको सन्देश दिनेछ १ अनि आफ्नो भविश्यको खाका आफैं कोर्ने नमूना राजनीतिको उदाहरण पेस गर्नेछ । नाराहरू जनताको राजनीति, जनताकै घरदैलोमा समुदायहरू जोडौं, साथहरु जोडौं, हातहरू जोडौं जनता र प्रकृतिको शीर उठाऔँ, देशको शीर स्वतः उठ्छ नेपालबाट संसारलाई नयाँ सन्देश दिऔँ  धन्यवाद । जय जनता,  जय पृथ्वी  ।