थारु भाषामा पठनपाठन गर्न सांसद कठरियाको माग

थारु भाषामा पठनपाठन गर्न सांसद कठरियाको माग

२० दिन अगाडि

|

३ वैशाख २०८३

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

२० दिन अगाडि

|

३ वैशाख २०८३

नेपाली काँग्रेसकी संघीय सांसद प्रमिला कुमारी गछदारले  प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष वैशाख २ गतेको  भेटघाटको क्रममा २६ बुँदे माग राखेकी छिन् । मागको विषय थारु समुदायका हक, समसामयिक समस्या तथा क्षेत्रीय विकासका मुद्दाहरु सम्बन्धमा ध्यानाकर्षण भनिएको छ ।  विशेषतः थारु समुदायसँग सम्बन्धित अधिकार, प्रतिनिधित्व, पहिचान तथा विकासका सवालहरु अझै पनि प्रभावकारी रुपमा सम्बोधन हुन नसकेको अवस्था विद्यमान रहेकाले सोही सन्दर्भमा बुँदागत ध्यानाकर्षण गराउन चाहेको बताएकी छिन्। २६ बुँदामा के के माग छन् ?  १. नेपालको संविधानको धारा ४२ अनुसार राज्यका विभिन्न निकायमा थारु समुदायलाई समानुपातिक समावेशीताको आधारमा आरक्षण सुनिश्चित गर्नुपर्ने व्यवस्था भए तापनि व्यवहारमा यसको कार्यान्वयन भएको छैन। सम्मानित सर्वोच्च अदालतबाट २०७४/०७/१५ तथा २०७९/१०/२४ मा जारी परमादेशहरुसमेत कार्यान्वयन हुन सकेका छैनन्। सम्बन्धित ऐन, नियम तथा नीतिगत व्यवस्थामा आवश्यक संशोधन गरी तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछु। २. २०७२ सालको टीकापुर घटनालाई राजनीतिक दृष्टिकोणबाट पुनरावलोकन गरी लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस्। ३. थारु भाषा, साहित्य, संस्कृति तथा पहिचान संरक्षणका लागि अनुसन्धान केन्द्र तथा संग्रहालय स्थापना गरिनुका साथै विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजा प्रसाद कोइराला रंगशालाको निर्माण कार्य शीघ्र सम्पन्न गरियोस्। ४. विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, मुआब्जा सुनिश्चितता तथा उडान विस्तारको कार्य अगाडि बढाइयोस्, जसले कोशी प्रदेशको पर्यटन र आर्थिक विकासमा टेवा पुर्‍याउनेछ। ५. तीन दशकदेखि अधुरो रहेको विराटनगर चक्रपथ निर्माण कार्य सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गरियोस्। विराटनगर-१९ स्थित बैजनाथपुरको गिरिजा प्रसाद कोइराला  रङ्गशालाको निर्माण कार्य सम्पन्न गरियोस। ६. पालिका स्तरीय अस्पतालहरुको स्वास्थ्य बिमा बक्यौता रकम (जस्तै: दुहबी नगरपालिकालाई करिब ५ करोड) तत्काल भुक्तानी गरियोस्। ७. स्थानीय तहको स्वायत्तता सुदृढ गर्न सशर्त अनुदानको सट्टा समानीकरण अनुदानमा वृद्धि गरियोस्। ८. रानी–विराटनगर–किमाथांका कोशी राजमार्ग अन्तर्गत दुहबी खण्डको बाँकी निर्माण कार्यका लागि बजेट सुनिश्चित गरियोस्। ९. पूर्वी करिडोर (ADB) परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय  पहल गरी शीघ्र कार्यान्वयन गरियोस्। १०. थारु, राजवंशी, धिमाल लगायतका समुदायका ग्रामथान (परम्परागत धार्मिक तथा सांस्कृतिक स्थल) को संरक्षण तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरियोस्। ११. गछिया खोला र बुढीखोला, केसलिया लगायतका खोलामा तटबन्धन निर्माण गरी डुवान समस्याबाट प्रभावित क्षेत्र (बुढीगंगा, विराटनगर लगायत) लाई सुरक्षित बनाइयोस्। सुन्दरहरैंचा ६ स्कुल डाडा र ७खानेपानी ट्यान्किटोल  जोड्ने गछिया खोलामा पुल निर्माण। १२. विराटनगर–४ मा सानो इक्रही हुँदै जोलाटोल - हुदै सगरमाथा सडक स्तरोन्नति, नाला निर्माण तथा पानी निकासको उचित व्यवस्थापन गरियोस्। १३. मोरङ जिल्लामा थारु संग्रहालय स्थापना तथा भाषा, साहित्य र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्र स्थापना गरियोस्। १४. बिराटनगर १२,जनक मिलन मार्ग, सतिआही टोल लगायत) को स्तरोन्नति गरियोस्। १५. सुनसरीको बर्जु ताल संरक्षण, प्रवर्द्धन तथा समग्र विकासका लागि विशेष योजना ल्याइयोस्। १६. कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ, मल आपूर्ति र विद्युत पूर्वाधारको समयमै व्यवस्थापन गरियोस्। १७. अलैची, चिया, अदुवा, कफी, अल्लो, चिरैतो जस्ता उच्च मूल्यका उत्पादनको ब्रान्डिङ, प्रशोधन तथा निर्यात प्रवर्द्धनका लागि उद्योग स्थापना गरियोस्। १८. केसलिया करिडोर निर्माण तथा व्यवस्थापन कार्य अघि बढाइयोस्। १९. जल, जमिन र जंगलमा आदिवासी तथा थारु समुदायको पहुँच सुनिश्चित गर्दै कोशी बेसिनलाई सिँचाइ तथा उत्पादनमुखी प्रयोगमा ल्याइयोस्। २०. कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीमा सूचना प्रविधि पार्क स्थापना गरियोस्। २१. पर्यटन प्रवर्द्धनका लागि “शिव सर्किट” (उदयपुर, खोटाङ लगायत) विकास गरियोस्। २२. जलवायुमैत्री उत्पादन प्रणालीमा जोड दिँदै प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गरियोस्। २३. वन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी तथा आयआर्जनसँग आबद्ध गरियोस्। २४. मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै जैविक मार्ग व्यवस्थापन (मोरङ, सुनसरी, झापा क्षेत्रमा हात्ती तथा पहाडी क्षेत्रमा बाँदर समस्या) गरियोस्। २५. बुढीगङ्गा ७, मोरङ चतरा मुल नहर उत्तर बेलडाँगी गाउँ आउने जाने पुल निर्माण गरियोस । २६. सबै जातजातिको संस्कृति झल्किने रास्ट्रिय सङ्ह्रालयको स्थापना । सांसद प्रमिला कुमारी गछदारले आगामी बजेट, नीति तथा कार्यक्रम राख्न आवश्यक पहल तथा प्रभावकारी कार्यान्वयन हुने आशा व्यक्त गरेकी छिन् ।

‘म्वार मनक फुलरिया’ कविता संग्रहके घुर्घुट खोलाइ 

‘म्वार मनक फुलरिया’ कविता संग्रहके घुर्घुट खोलाइ 

२१ दिन अगाडि

|

२ वैशाख २०८३

बर्दियाके स्रस्टा जग्गु प्रसाद चौधरीके ‘म्वार मनक फुलरिया’ थारु भासाके कविता संग्रहके घुर्घुट खोलाइ हुइल बा ।  लावा बरस २०८३ सालके पैल्हा डिन बैशाख १ गते बारबर्दिया–१०, सेमरहवास्थित कुम्भरअड्डा बेपत्ता योद्वा स्मृति पार्कमे कैगैल थारू भाषा उत्थान मञ्च नेपाल (गोचाली परिवार) के ५५ वा दिवसके अवसरमे पोस्टाके घुर्घुट खोलाइ हुइलक हो । गोचाली परिवारके अध्यक्ष दशरथ अगलपथ थारु (सुदिन) के घरगोस्याइमे हुइल कार्यक्रममे गोचालीके संस्थापक सदस्य भगवती प्रसाद चौधरी, थारू आयोगके पैल्हक अध्यक्ष विष्णु प्रसाद चौधरी लगायत बोलुइयन स्रस्टाहे बधाइ ओ गोचाली परिवारहे शुभकामना डेले रहिंट ।  कार्यक्रममे जग्गु प्रसाद चौधरी, देवराज शर्मा, निशा  थारू, मोतीकुमार चौधरी, देविका थारू, बिनाराम थारू, महेश राम थारू (तोहर प्यारा) लगायत स्रस्टालोग रचना वाचन कर्ले रहिंट । ओस्हक संजिविनी चौधरीले नृत्य प्रस्तुत कर्ले रहि । गोचाली परिवारके सचिव  कालीराम थारूसे सहजिकरन कैगिल कार्यक्रममे पहुनन्उपाध्यक्ष रिता थारू स्वागत कर्ले रहि । 

कन्या स्वतन्त्रताको पर्ब चिरैं, चैत १४ गते 

कन्या स्वतन्त्रताको पर्ब चिरैं, चैत १४ गते 

४७ दिन अगाडि

|

६ चैत २०८२

                                                                                                                                      फायल तस्विर कैलालीको लम्कीचुहा नगरपालिकामा कन्या स्वतन्त्रताको पर्ब चिरैं, यही चैत १४ गते (चैत्र शुक्ल पक्षको दशमी तिथिमा) मनाइने भएको छ । बरघर भल्मन्सा समिति लम्कीचुहा नगर समिति कैलालीले चैत ४ गते बरघर भल्मन्साहरुको भेला बोलाई उक्त निर्णय गरेको जनाएको छ । शिवचरण चौधरीको सभापतित्वमा सम्पन्न भेलाले नगरपालिकाभरी चिरैं पर्ब एकसाथ मनाउँदा राम्रो हुने, राम्रो सन्देश जाने भएकोले सँगै मनाउने निर्णय गरिएको कुरा समितिका अध्यक्ष दशराम थारुले जनाएका छन् ।  चिरैं पर्ब चैत शुक्ल पक्षमा मनाइने र कन्याहरुको श्रृङ्गार, सुसार देवीलाई मनौता गरिएको हुँदा यस दिन विशेषगरी कन्याहरु गाउँबाहिर एक ठाउँमा भेला भई हाँस्ने खेल्ने रमाइलो गर्ने गर्दछन् । घरका अभिभावकहरु उनीहरुको ख्याल गर्ने गर्दछन् ।   यो थारुहरुको सामुहिक पूजा पनि भएको र गुरुवाहरु गाउँ गाउँमा पूजा गर्न गराउन जानुपर्ने भएकोले धेरै गाउँ सम्हालेका भुइँहारलाई गार्हो पनि पर्दछ । यसका लागि अध्यक्ष थारुले भुइँहार गुरुवाहरुलाई आफू पुग्न नसके केशौकामार्फत पनि पूजाको चाँजोपाँजो मिलाउन अनुरोध गरिएको बताएका छन्।

ठुम्रार साहित्यिक बखेरीके ११२औं श्रृंखला निम्जल

ठुम्रार साहित्यिक बखेरीके ११२औं श्रृंखला निम्जल

८७ दिन अगाडि

|

२६ माघ २०८२

ठुम्रार साहित्यिक बखेरीके ११२औं श्रृंखला माघ २४ गते सनिच्चरके रोज निम्जल बा । काठमाडौं, कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेन्टमे हुइल बखेरीमे कवि शान्ति चौधरी, भूमिका थारु, सन्तोषी चौधरी सञ्जय सुमन, कृष्ण समर्पण, इन्द्र चौधरी, कृष्णराज सर्वहारी, जगत बाशिष्ठलगायत स्रस्टालोग चुनाव बिसेस रचना सुनैले रहिट । सन्तोषी चौधरी धानक् झुट्टी प्रदर्शन कैटि उहे सिर्सकमे वाचन करल कविता आकर्सक रहे ।  कार्यक्रमके घरगोस्या कृष्णराज सर्वहारी कीर्तिपुर क्षेत्रमे बहुट थारु युवा रटि रटि मजा सहभागिटा नै हुइ सेकल कारन ठुम्रार श्रृंखला भौतिक रुपले बन्ड कैना सोच आइल बटैलाँ । उहाँ समयहे मध्यनजर कैटि आब जुममार्फट कार्यक्रम कैना कि ? कना बाट ढर्ला । मने कार्यक्रमके सहभागिलोग ठन्चे सहभागिटा रलो पर ठुम्रार साहित्यिक बखेरीके आपन इटिहास रहलओर्से बन्ड नैकैना अर्जि कर्ला ।  ओस्टक कार्यक्रममे माघ १५ से १७ गटेसम पर्सामे हुइल १०वा थारु साहित्य राष्ट्रिय सम्मेलनके समिक्षा फेन कै गइल । कार्यक्रममे पर्साके सम्मेलनमे सहभागिलोग उद्घाटन सत्र कुछ लम्मा हुइलबाहेक सब पक्ष मजा रहल बटैलाँ । कार्यक्रममे श्याम गोइजियार, सियाराम चौधरी, राकेश चौधरी, सञ्जय सुमन लगायत सहभाागिलोग २०८३ सालमे चितवनमे हुइना ११वा थारु साहित्य राष्ट्रिय सम्मेलन आउर भव्य कइसिक बनाइ सेक्जाइठ, समयमे टयारि करे पर्ना बटौलाँ ।  कृष्ण समर्पण ११वा थारु साहित्य राष्ट्रिय सम्मेलनमे अपन पोस्टाके घुर्घुट खोल्वइना जनैलाँ । उहाँ थारु साहित्य राष्ट्रिय सम्मेलनके ५ वर्षे, १० वर्षे रणनीति बनाके इहि आर्थिक रुपले बल्गर बनाइ पर्नामे जोर डेलाँ । कवि शान्ति चौधरी ठाउँ ठाउँमे थारु साहित्य राष्ट्रिय सम्मेलन कैना सवल पक्ष रहल कहटि, सम्मेलन करल ठाउँमे का प्रभाव परल, यकर अनुगमन जरुरी रहल ढारना रख्लि । राकेश चौधरी थारु साहित्य सम्मेलनमे गैरथारु स्रस्टनके फेन उपस्ठिटिमे जोर डेलाँ । लेखनाथ चौधरी थारु कल्याणकारिणी सभा थारु भासा साहित्यके लग बहुट कुछ करि कि कना अस्रा लेलकमे नै सेकल कहटि थारु लेखक संघ नेपालके डायरा फराक बनाइ पर्ना बटैलाँ । लेखक संघके आजीजन सदस्य बह्राइ पर्ना, सम्मेलनमे प्रवेश शुल्क टोके पर्ना उहाँक् सल्लाह रहिन ।  थारु लेखक संघ नेपालके अध्यक्ष कृष्णराज सर्वहारी ठाउँ ठाउँमे थारु साहित्य राष्ट्रिय सम्मेलन करल सहआयोजकलोग जिल्ला, क्षेत्रिय स्टरमे नियमिट कार्यक्रम कैनामे लग्ना चाहि कनामे जोर डेलाँ । उहाँ इहे बरसके चैतके अन्टिम अठवार कैलालीमे हुइटि रहल थारु लेखक संघ नेपालके अधिवेशनमे आइक आजीजन सदस्यलोगन नेउटा डेलाँ ।  

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणः  थारू साहित्य विशेष हुने

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणः  थारू साहित्य विशेष हुने

८८ दिन अगाडि

|

२५ माघ २०८२

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करणको रुपमा हुने भएको छ ।  टीकापुर साहित्य समाजले माघ २४ गते पत्रकार सम्मेलन गर्दै २०८२ चैत १३ देखि १५ गतेसम्म तीनदिने  ‘टीकापुर साहित्य महोत्सव तेस्रो संस्करण, थारू साहित्य तथा सांस्कृतिक उत्सव’ को आयोजना गर्ने घोषणा गरेको हो । ‘थारू भाषा तथा संस्कृति नेपालीको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले यो महोत्सवको आयोजन गर्न लागेको’ टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए ।  विशेष उत्सवका सातवटा सत्रहरूमा थारू समाज, थारू लोकसाहित्य तथा लोकसंस्कृतिका विविध आयामहरूमाथि बौद्धिक विमर्श तथा बहस हुनेछ । जसमा सुदूरपश्चिमको कन्चनपुरदेखि पूर्वको झापा सम्मका थारू लेखक, विज्ञ तथा अभियन्ताहरूको प्रतिनिधित्व हुनेछ ।  थारू साहित्य तथा सांस्कृतिक विशेष संस्करणमा थारू लोकसाहित्य तथा लोक संस्कृतिमाथि विहंगम चर्चा, परिचर्चा तथा बहस हुनुका साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयहरूमाथि पनि संवन्धित विषय तथा क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल, अन्तक्र्रिया र बहस हुनेछ ।   थारू संस्कृतिको प्रवद्र्धन हेतु ‘थारू सांस्कृतिक साँझ’ को अलावा थारू खाद्य परिकारहरूको प्रदर्शनी पनि हुनेछ । महोत्सवको अन्तिम दिन साँझ थारू रामलीला नाच (गीति नाटक) प्रदर्शन गरिनेछ । महोत्सव अवधिभर पुस्तक प्रदर्शनी हुने छ । ‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन् ।’ संयोजक शाहले भने ।  ‘साहित्यमार्फत सामाजिक सद्भाव’ को उद्धेश्यले आफ्नो स्थापनाकालदेखि नै टीकापुरमा साहित्य महोत्सवको आयोजना गरिरहेको यस महोत्सवमा प्रत्येक जम्मा २१ बहस सत्रहरू रहनेछन् । प्राडा माधवप्रसाद पोखरेलले ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचन दिनेछन् ।  महोत्सवको पूर्व सन्ध्यामा टीकापुर नगरपालिका, जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाका बिभिन्न स्थान तथा विद्यालयहरुमा सामाजिक सन्देशमूलक सडक नाटक प्रदर्शन अशेष मल्लको लेखन, निर्देशनमा गरिने कार्यक्रम छ । साथै विद्यार्थीहरुका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको पनि आयोजन गरिने छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता प्रतियोगिताको पनि आयोजन गरिने छ । जसमा प्रथम हुने कवितालाई रू १५ हजार, द्वितीयलाई रू १० हजार र तृतीयलाई रू ५ हजार पुरस्कार दिइनेछ । टीकापुर साहित्य समाजले महोत्सवको तेस्रो संस्करणको आयोजनमा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानसंग सहकार्य गरेको छ । टीकापुर साहित्य महोत्सव२०८२, तेस्रो संस्करणको मुख्य प्रवद्र्धक सुदूरपश्चिमप्रदेश सरकार रहेको छ भने टीकापुर नगरपालिका  र जानकी गाउँपालिका यस महोत्सवका प्रवद्र्धक रहेका छन् । यस संस्करणमा नेपाल पर्यटन बोर्ड यस महोत्सवको सहप्रवद्र्धक रहेकोमा महोत्सवलाई कृषि विकास बैंक, लक्ष्मीसनराइज बैंक,  एभरेष्ट बैंकले प्रायोजन गरेका छन् । 

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन 

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन 

९३ दिन अगाडि

|

२० माघ २०८२

७ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन माघ १७ गते शनिवार सम्पन्न भएको छ । थारू लेखक संघ नेपाल तथा थारू अतिथि सेवा सदन समितिको आयोजनामा पटेर्वा सुगौली गाउँपलिका–२, बेलवा, पर्सामा सम्मेलन भएको थियो ।  त्यस अघि कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सबै भाषा, साहित्यको संरक्षण, सम्वद्र्धन गर्ने राज्यको दायित्व रहेको बताए । सोही क्रममा प्रज्ञाले धेरै भाषाको पत्रिका प्रकाशन थालेको उनले जनाए ।  थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले थरुहटका पालिकामा थारू जनप्रतिनिधि भएर पनि थारू भाषाको पठन पाठन हुन नसकेको जिकिर गरे । उनले थारू बालबालिकाको लागि पठनीय सामग्री नभएकाले पालिकाहरुले पाठ्यक्रम बनाइ सामग्री उत्पादन गर्न तथा लेखकहरुले बढी भन्दा बढी बालसाहित्य सिर्जना गर्नु पर्नेमा जोड दिए ।  कार्यक्रममा थारू लेखक संघबाट स्थापित ६० हजार राशीको थारू साहित्य पुरस्कार बाराका महाकवि हृदयनारायण चौधरी तथा ३० हजार राशीको थारू महिला प्रतिभा पुरस्कार कैलालीकी गायिका समीक्षा चौधरीलाई दिइएको थियो । त्यस्तै, १०औं थारू साहित्य राष्ट्रिय सम्मेलनको अवसरमा गरिएको कविता प्रतियोगितामा पहिलो हुने सत्यनारायण दहित (कैलाली), दोस्रो भिमेश चौधरी (दाङदेउखुरी) तथा तेस्रो प्रकृति पूजा (कञ्चनपुर) लाई उपकुलपति निभाले पुरस्कार प्रदान गर्नु भएको थियो । साथै, दिल्ली विश्वविद्यालयबाट यसै वर्ष पीएचडी सकाएका बाराका निरज चौधरीलाई सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा मधुसुदन चौधरीको तितुली (थारू–नेपाली बालकविता संग्रह),चन्द्रमणि महतोको घुघें मामा घुघें (थारू बालगीत संग्रह), हृदय नारायण चौधरीको इतिहाँसो मिथेयास भेइसई मोहन प्रसाद थारू, सिक्छा सतक (कविता संग्रह) तथा लोर्हल सिरोहल खिस्सा परतोख (कथासंग्रह), रीता चौधरी थारूको मत बैठा चुप (कविता संग्रह), मनिस, रोहन, प्रितम चौधरी थारूको तराईमा पाइने १०१ जडिबुटीहरु कृति प्रमुख अतिथिलगायत अन्य अतिथिबाट संयुक्त विमोचन भएको थियो ।  पटेर्वा सुगौली पटेर्वा सुगौली गाउँपलिकाका अध्यक्ष दिनेशकुमार चौधरी,  थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभाका बारा सभापति रामप्रसाद चौधरी, पर्सा सभापति भागवत चौधरी, रौतहट सभापति जगन्नाथ चौधरी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रम थारू अतिथि सेवा सदन समितिका अध्यक्ष रामचन्द्र दहितको सभापतित्वमा भएको थियो ।  कार्यक्रममा विभिन्न विषयमा ६ शीर्षकको प्यानल छलफल भएको थियो । यस क्रममा बारा, पर्सा, रौतहटमा थारू भाषा साहित्यको अवस्थाबारे हृदयनारायण चौधरी, मोहनदास थारू, दिनेश चौधरी, भोलाराम चौधरी बक्ता थिए भने उदयराज भट्टराईले सहजीकरण गरेका थिए । थारू साहित्य र पुरस्कारको महत्व शीर्षकमा रामसागर चौधरी, शेखर दहित, बुद्धसेन चौधरी, शत्रुघन चौधरी बक्ता थिए भने सहजकर्ता भिमेश चौधरी थिए । त्यस्तै, थारू साहित्यमा बालसाहित्यको अवस्थाबारे शान्ति चौधरी, सीएम अपिल चितौने, छविलाल कोपिला बक्ता तथा सहजीकरण डा. कृष्णराज सर्वहारीबाट भएको थियो । शिक्षण पेशा र सिर्जनात्मक लेखनबारे सञ्जय सुमन, अनिलप्रसाद राउत थारू, रीता चौधरी, जित ट्रासनले धारणा राखेकोमा सहजकीकरण मनोज अज्ञातले गरेका थिए । जेएनजी पुस्ता र थारू समाज विषयमा अर्णव चौधरी, भूमिका थारू, सुरेशप्रसाद दास, कविता काव्यले विचार राखेकोमा सहजकर्ता कृष्ण समर्पण थिए ।  २०१९ सालमा बाराका रामप्रसाद रायले ‘थरुहटके बौवा और बहुरिया’ उपन्यास थरुहटिया बोलीमा लेखेर छापेको भूमिकामा लेखेका छन् । तर यसलाई भोजपुरी भाषाबाट नेपालीमा अनुवाद भनी नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ । यसै क्रममा थारू र भोजपुरी भाषाको अन्तर्यबारे शान्ति चौधरी, हृदयनारायण चौधरी, मधुसुदन चौधरीले धारणा राखेका थिए । यस वर्ष ‘थरुहटके बौवा और बहुरिया’ उपन्यासको पुनःसंस्करण सम्पादन गरेका राकेश चौधरीले सहजीकरण गरेको बहसमा नेपाल प्रज्ञा प्रतिष्ठानले थारू भाषाको कृतिलाई भोजपुरी भनी गरेको गल्ती सच्याउनु पर्नेमा जोड दिइयो ।  कार्यक्रममा कविता वाचन तथा थारू गीतमा नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । आगामी २०८३ फागुनमा ११औं थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनमा गरिने संघका जानकारी अध्यक्ष डा सर्वहारीले दिए । थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि बजेट विनियोजन गर्न स्थानीय पालिका, प्रदेश तथा संघीय सरकारलाई दवाव दिने लगायत ७ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिएको उनले बताए । कार्यक्रमको आकर्षण थारु भाषाको पुस्तक प्रदर्शनी तथा बिक्री वितरण रहेको थियो । रासस