थारु भाषामा पठनपाठन गर्न सांसद कठरियाको माग

थारु भाषामा पठनपाठन गर्न सांसद कठरियाको माग

२० दिन अगाडि

|

३ वैशाख २०८३

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

२० दिन अगाडि

|

३ वैशाख २०८३

नेपाली काँग्रेसकी संघीय सांसद प्रमिला कुमारी गछदारले  प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष वैशाख २ गतेको  भेटघाटको क्रममा २६ बुँदे माग राखेकी छिन् । मागको विषय थारु समुदायका हक, समसामयिक समस्या तथा क्षेत्रीय विकासका मुद्दाहरु सम्बन्धमा ध्यानाकर्षण भनिएको छ ।  विशेषतः थारु समुदायसँग सम्बन्धित अधिकार, प्रतिनिधित्व, पहिचान तथा विकासका सवालहरु अझै पनि प्रभावकारी रुपमा सम्बोधन हुन नसकेको अवस्था विद्यमान रहेकाले सोही सन्दर्भमा बुँदागत ध्यानाकर्षण गराउन चाहेको बताएकी छिन्। २६ बुँदामा के के माग छन् ?  १. नेपालको संविधानको धारा ४२ अनुसार राज्यका विभिन्न निकायमा थारु समुदायलाई समानुपातिक समावेशीताको आधारमा आरक्षण सुनिश्चित गर्नुपर्ने व्यवस्था भए तापनि व्यवहारमा यसको कार्यान्वयन भएको छैन। सम्मानित सर्वोच्च अदालतबाट २०७४/०७/१५ तथा २०७९/१०/२४ मा जारी परमादेशहरुसमेत कार्यान्वयन हुन सकेका छैनन्। सम्बन्धित ऐन, नियम तथा नीतिगत व्यवस्थामा आवश्यक संशोधन गरी तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछु। २. २०७२ सालको टीकापुर घटनालाई राजनीतिक दृष्टिकोणबाट पुनरावलोकन गरी लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस्। ३. थारु भाषा, साहित्य, संस्कृति तथा पहिचान संरक्षणका लागि अनुसन्धान केन्द्र तथा संग्रहालय स्थापना गरिनुका साथै विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजा प्रसाद कोइराला रंगशालाको निर्माण कार्य शीघ्र सम्पन्न गरियोस्। ४. विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, मुआब्जा सुनिश्चितता तथा उडान विस्तारको कार्य अगाडि बढाइयोस्, जसले कोशी प्रदेशको पर्यटन र आर्थिक विकासमा टेवा पुर्‍याउनेछ। ५. तीन दशकदेखि अधुरो रहेको विराटनगर चक्रपथ निर्माण कार्य सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गरियोस्। विराटनगर-१९ स्थित बैजनाथपुरको गिरिजा प्रसाद कोइराला  रङ्गशालाको निर्माण कार्य सम्पन्न गरियोस। ६. पालिका स्तरीय अस्पतालहरुको स्वास्थ्य बिमा बक्यौता रकम (जस्तै: दुहबी नगरपालिकालाई करिब ५ करोड) तत्काल भुक्तानी गरियोस्। ७. स्थानीय तहको स्वायत्तता सुदृढ गर्न सशर्त अनुदानको सट्टा समानीकरण अनुदानमा वृद्धि गरियोस्। ८. रानी–विराटनगर–किमाथांका कोशी राजमार्ग अन्तर्गत दुहबी खण्डको बाँकी निर्माण कार्यका लागि बजेट सुनिश्चित गरियोस्। ९. पूर्वी करिडोर (ADB) परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय  पहल गरी शीघ्र कार्यान्वयन गरियोस्। १०. थारु, राजवंशी, धिमाल लगायतका समुदायका ग्रामथान (परम्परागत धार्मिक तथा सांस्कृतिक स्थल) को संरक्षण तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरियोस्। ११. गछिया खोला र बुढीखोला, केसलिया लगायतका खोलामा तटबन्धन निर्माण गरी डुवान समस्याबाट प्रभावित क्षेत्र (बुढीगंगा, विराटनगर लगायत) लाई सुरक्षित बनाइयोस्। सुन्दरहरैंचा ६ स्कुल डाडा र ७खानेपानी ट्यान्किटोल  जोड्ने गछिया खोलामा पुल निर्माण। १२. विराटनगर–४ मा सानो इक्रही हुँदै जोलाटोल - हुदै सगरमाथा सडक स्तरोन्नति, नाला निर्माण तथा पानी निकासको उचित व्यवस्थापन गरियोस्। १३. मोरङ जिल्लामा थारु संग्रहालय स्थापना तथा भाषा, साहित्य र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्र स्थापना गरियोस्। १४. बिराटनगर १२,जनक मिलन मार्ग, सतिआही टोल लगायत) को स्तरोन्नति गरियोस्। १५. सुनसरीको बर्जु ताल संरक्षण, प्रवर्द्धन तथा समग्र विकासका लागि विशेष योजना ल्याइयोस्। १६. कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ, मल आपूर्ति र विद्युत पूर्वाधारको समयमै व्यवस्थापन गरियोस्। १७. अलैची, चिया, अदुवा, कफी, अल्लो, चिरैतो जस्ता उच्च मूल्यका उत्पादनको ब्रान्डिङ, प्रशोधन तथा निर्यात प्रवर्द्धनका लागि उद्योग स्थापना गरियोस्। १८. केसलिया करिडोर निर्माण तथा व्यवस्थापन कार्य अघि बढाइयोस्। १९. जल, जमिन र जंगलमा आदिवासी तथा थारु समुदायको पहुँच सुनिश्चित गर्दै कोशी बेसिनलाई सिँचाइ तथा उत्पादनमुखी प्रयोगमा ल्याइयोस्। २०. कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीमा सूचना प्रविधि पार्क स्थापना गरियोस्। २१. पर्यटन प्रवर्द्धनका लागि “शिव सर्किट” (उदयपुर, खोटाङ लगायत) विकास गरियोस्। २२. जलवायुमैत्री उत्पादन प्रणालीमा जोड दिँदै प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गरियोस्। २३. वन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी तथा आयआर्जनसँग आबद्ध गरियोस्। २४. मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै जैविक मार्ग व्यवस्थापन (मोरङ, सुनसरी, झापा क्षेत्रमा हात्ती तथा पहाडी क्षेत्रमा बाँदर समस्या) गरियोस्। २५. बुढीगङ्गा ७, मोरङ चतरा मुल नहर उत्तर बेलडाँगी गाउँ आउने जाने पुल निर्माण गरियोस । २६. सबै जातजातिको संस्कृति झल्किने रास्ट्रिय सङ्ह्रालयको स्थापना । सांसद प्रमिला कुमारी गछदारले आगामी बजेट, नीति तथा कार्यक्रम राख्न आवश्यक पहल तथा प्रभावकारी कार्यान्वयन हुने आशा व्यक्त गरेकी छिन् ।

थारू पुस्तकमा पहिलो भूमिका अनुवादः  दंगीशरण बडकिमार गुरुबाबाकि जन्मौति (२०१६) 

थारू पुस्तकमा पहिलो भूमिका अनुवादः दंगीशरण बडकिमार गुरुबाबाकि जन्मौति (२०१६) 

१७६ दिन अगाडि

|

२६ कात्तिक २०८२

२०१६ सालमा दाङबाट प्रकाशित भएको ‘दंगीशरण बडकिमार गुरुबाबाकि जन्मौति’ पुस्तक २०८२ सालमा पुनः प्रकाशन भएको छ । हालसम्म प्राप्त थारु भाषाको यो पहिलो पुस्तक हो । यसको भूमिका थारु तथा नेपाली भाषामा रहेको छ । उल्था हुबहु नमिले पनि थारू जातिको उत्थान कसरी होला ? शीर्षकमा थारू पुस्तकमा पहिलो भूमिका अनुवाद यही नै भएको लावा डग्गरको ठहर छः थारू जातिको उत्थान कसरी होला ? दुःख सकिये पछि सुख आउँछ । रात सकिये पछि दिन आउँछ । तर हाम्रा पछौटे जातिहरूको उत्थान कैले होला ? र कसरी होला ? भन्ने कुरा अझै राम्रो सँग खुल्न सकेको छैन । यसमा थारूश्र जाति प्रधान छ । थारू जातिको उत्थान कसरी होला ? भन्ने प्रश्नमा हाम्रो त उत्तर यो छ कि थारू जति मात्र होइन समस्त जातिको र राष्ट्रको उत्थान, जब सम्म आफ्नु यथार्थ मौलिक इतिहास प्रकाशमा आउँदैन, तब सम्म कसैको उत्थान हुन सक्दैन ।  तसर्थ प्रत्येकको आफनु–आफनु सत्य इतिहास खोजेर प्रकाशित गरि प्रचार गर्नु पर्छ । अनिमात्र उन्नतिको बाटो पैल्याउन सकियेला । यो काम सबैको साझो हो । यौटाले मरि मेटिये पनि होइ सक्दैन । यसो हुनाले सबैले मिलेर तन मन धनले आफनु जातीय काम गर्नु पर्छ । नत्र पछौटेका पछौटे नै रहुन पर्ला । इतिहास भनेको त्रिकालदर्शी दिव्यदृष्टि हो । शिलावंशावली, खण्डहर, किला, काँडा, क्रिया, कर्मकाण्ड, कथा, किंवदन्ती, लोकप्रसिद्धि, भजन, बडकिमार, छोटकिमार, अम्मारपाटी, गुरुवावाकी जन्मौति, सुरखेल, रामजनम्, रतनपारखूकथा, दङगीशरण कथा चाल, चलन, व्यवहार, वेष, भूषा, भाषा इत्यादि इतिहासका सामग्री हुन् । इनको सङग्रह सबै ठाउँ बाट गरेर सर्वाङगीण इतिहास लेखेर प्रचार गर्नु पर्छ । इतिहासका जगमाथि सबै तिरबाट सुधार गर्दै लग्नु पर्छ । अनिमात्र थारू जातिको र अरु कुनै जातिको उत्थान हुन सक्ला । राउटया आदि कतिपय जातिको इतिहास –इतिहास प्रकाशमा प्रकाशित भै सक्यो । परन्तु थारू जातिको इतिहास प्रकाशित भयेको छैन । अरुले लेखेको इतिहास साँचो हुन सक्तैन । तसर्थ समस्त थारूजति सँग अनुरोध छ कि आफनु कल्याण गर्नु छ भने माथिका कुरामा ध्यान दिउन् ।  अज भनौँ भने कतिपय हाम्रा थारू जाति भाइहरूमा आफना दँगाली थारू राजा दङगीशरण को कथा (इतिहास) सम्म पनि थाहा हुँदैन । जब सम्म आफनो जातिको इतिहासको सिंहावलोकन गरिदैन  तब सम्म उन्नतिको मार्ग लिन सक्दैन । थारू जाति अधिवासी हुन् । प्राचीन थारू राजा थिए भन्ने कुरा राष्टका इतिहासले प्रमाण साथ बताइ रहेको छ । यस युगमा पनि हाम्रा जाति भाइमा इतिहास तर्फ विचार भएन भने कति सम्म पछौटे जाति हुनु पर्ने हो भन्न सकिदैन ।  अनुरोधक                            प्रा.मं नियमनाथ महानुभाव बदरीनाथ                        दाङ १२/१२/१२    अनुवादः थारू जातिके उत्थान कैसिक होइ ? दुःख ओराइ तब सुख हुइत् । रात गैल से तय दिन आईट् । परन्तु हमार पाछे पीछरलक् जाति हमार के उद्धार कैह्या होई ? कैसिन होई ? कहलक बाट चुम्मर से खुलल नै हो । इहुर थारू जाति बडा वा । थारू जातिके उद्धार कैसी करके बनि ? कहलक बाटमा हमार कहना इह बाकी थारूके तैसन् बतक्वोई (इतिहास–कथा) नहि देख परि तब सम्म सक्कुके कैसिक जान परि । वह अलग अलग  आफन फुरफुर पुरान लिखलक सुनलक देखलक बाट खोजके सकुनक लाग देखाय परी, बुझाय परी, समझाय परी । तब ठुन्यार डगर मिली, चुम्मर–चुम्मर कमाही मिली । इ सज्या धन्दा सकुनक हो । एकल मनइ मुगइलसे फेन नइ हो सकी । ऐसिन आफन जातउद्धार धन्दा विचार कै के आफन तन मन धन से आफन जातीय धन्दा कर परी । नहि तो पाछक पाछ रह परि । इतिहास कहलक त्रिकालदर्शी दिव्य दृृष्टि कहल बा । शिलापत्र तामापत्र मुनापात्र चाँदिपत्र मुद्रा  लालमोहोर स्याहामोहोर वंशावली खण्ढहर किला काँडा क्रिया कर्मकाण्ड कथा किंवदन्ती लोकप्रसिद्धि भजन बडकिमार छोटकिमार अम्मार माटी गुरुवावाकि जन्मौति सुरखेल रामजलम् रतनपारखू कथा दंगीशरणकथा चाल चलन व्यवहार वेष भूषा भाषा सक्कु इतिहास सामान हुइत् । यकार सक्कु जमा कैके सक्कु आपन पुरान इतिहास लेखके सक्कु बाँट परि तबमात्र थारू जाति अउर फे उद्धार होई  । राउट्या जाति अउर के इतिहास–इतिहास प्रकाशमा प्रकाशित भइल । थारू जाति के इतिहास प्रकाश नइ भइल बा । अउर मनै के लेखल इतिहास सच्चा नै हुइत् । सकु थारू जाति सङ आग्रह हमार बा आपन जात उद्धार (कल्याण) करना मन बा तो उपर लिखल बाट माहा विचार करि । दाङ के थारू राजा दङगीशरण के बतखोइ (कथा) तुलसीकृत रामायन जैसीन हमार सङ मीलल बा, उसके प्रकाशन न करके नइ हुइना बा ।  योगप्रचारिणीतः                         प्रकाशक प्रचारको संवत् २०१२                             म.भा. बदरीनाथ योगी शिवरात्रि                            प्रा.मं. नियमनाथ योगी   नोटः पुस्तकको भूमिका थारूबाट नेपालीमा अनुवाद कार्य भएको थियो । भूमिकामा उल्लेख भए अनुसार पुस्तक छाप्न २०१२ सालमै तयारी थियो । अनुवाद हुवहु भने मिल्दैन । यसको भाषा डंगौरा भन्दा अवधी मिश्रित छ । त्यसैले यो अनुवाद कुनै थारू स्रष्टाबाट नगराई योगीद्वय स्वयमले गरेको बुझिन्छ । 

रानाथारू भासाके व्याकरण ओ शब्दकोशके घुर्घट खोलाइ

रानाथारू भासाके व्याकरण ओ शब्दकोशके घुर्घट खोलाइ

२९० दिन अगाडि

|

५ साउन २०८२

रानाथारू भासाके व्याकरण ओ शब्दकोशके घुर्घट खोलाइ एक कार्यक्रमके बिच साउन ३ गते कञ्चनपुरके लालझाडी गाउँपालिकाके सभाहलमे हुइल बा । व्याकरण ओ शब्दकोशके लेखकमध्ये एक त्रिवि मानविकी संकायके डिन भाषाशास्त्री डा दुबिनन्द ढकालके बर्का पहुनाइमे हुइल कार्यक्रममे मोहनप्रसाद चौधरी डुनु पोस्टाके बारेमे समालोचना कर्ले रहिट ।  कार्यक्रममे लालझाडी गाउँपालिकाके अध्यक्ष निर्मल राना, नेपाल प्रज्ञा प्रतिष्ठानके प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली, राना थारु भासाके पहिला उपन्यासकार पदम रानालगायट बोलुइयन सुभकामना डेले रहिट ।  लेखकत्रय डा दुबिनन्द ढकाल, राजकुमार राना, कमलसिंह राना रानाथारू भासाके व्याकरण ओ शब्दकोश लिख्लक हुइट । नेपाल रानाथारू महिला संघके आयोजनामे हुइल कार्यक्रमके घरगोस्याइ संघके कञ्चनपुरके अध्यक्ष प्रेमवती राना कर्ले रहि ।  

लवका वरिस, जुरशीतल आ बरका मेला

लवका वरिस, जुरशीतल आ बरका मेला

३८७ दिन अगाडि

|

१ वैशाख २०८२

मुना चौधरी लवका वरिसमे चैतके निन्हलाहा वैशाख १ गतेअर्थात् लवका वरिसके दिन खाइछै । चैतके अन्तिम दिन बरी, कचरी, पकौरी, बैगनी, चप, पियाजी बनाइछै । या फोफी फुलाइछै । सजुवाइन, अलहु, परोरके तरूवा तरैछै तेलपौर रोटी, दाइल बला रोटी, खिर, पुरी,  ठकुवा या जिलेबि बनाइछै । साझतकमे मर मेजवानसब झरैले लागैछै ।  लवका वरिसमे आफन्त सब एक दोसरके घर मेजवानी जाइछै  । मर मेजवानसब आबैछै तेकरवाद मर मरमेजवान या घरवैसा मिलके खाना खाइछै या पुरनका सालके बिदाह करैछै। बिहानके के परोसिया या आफन्तसब  येक दोसरसे  लवका वरिसके शुभकामना आदानप्रदान करैछै । तेकरबाद जलखैमे चैतके निन्हलाहा तरूवा बगहरूवा या तेलपौर रोटी खाइछै । येकरे कहैछै चैतके निन्हलाहा वैशाखमे खेनाइ । बिहाने घरघरमे छगरा, खसी काटैछै । भातमे बास्मती चौरके भात, खसीके मौस, रहाइरके दाइल, अलहुके सनुवा या तरू वावगहरूवा, बरी कचरी खाइछै  । मर मेजवान या घरवैसासब मिलके मासु भात ख्याके सिरहा जिल्लाके लहान भोटियाटोलके सलहेश फुलवाइर मेला देखैले जाइछै । आइ मेलाके फुलवारी मेला सोहो कहैछै। सलहेश फुलवाइरके गहवर अगारीके गाछमे चैत मैहनाके अन्तिम दिन फुलके कोपिला टुसाइछै या वैशाख १ गते फुल फुलैछै । यहया जादुमय फुल या मेला  देखैले नेपालभितरके या भारतीय दर्शनार्थीसब आबैछै । यी मेला दुई दिन लागैछै । चैत मैहनाके अन्तिम दिन लागैवला मेलाके कनकि मेला कहैछै । वैशाख १ गते लागैवला मेलाके बरका मेला कहै छै । यहै दिन मणिक दह, पताइर पोखैर, सिरहा बजार, कमल दहमे या गाम गाममे मेला लागै छै । मेला देखके आबैछै तेकरबाद । गाममे राइतभोइर नाच हैछै । गामके सबकोइ राइतभोइर जाग्राम रैहके नाच देखके लवका वरिस मनाइछै । बिहानके घरके बुज्रुक सब आपन शाखा सन्तानके मुरीमे जुर पाइन द्याके सैब दिन शान्त या शीलत रहे कैहके आशिर्वाद दैछै । बुज्रुकसबके टाङमे जुर पाइन द्याके गोर लागैत शाखा सन्तान सब बुज्रुकसबसे आशिर्वाद थापै छै । येकरे कहै छै जुरशीतल । वैशाख २ गते  लहान न. पा.  मे  पकडियागढ मेला लागैछै । लवका वरिसके दोसर दिन सक कोइ पकडियागढ मेला देखैले जाइछै  । तेकरवाद वैशाख मैहनाभोइर सप्तरी जिल्लामे शम्भुनाथ मेला लागै छै । मैहना भोइर मेला देखके  या आफन्त सबके भेटके तराईबासीसब लवका वरिस मनाइछै । यहाँ सब लवका वरिस कनङ्खे मनाइचियै ? प्रतिक्रियामे कहु ।

मदहा गाउँ

मदहा गाउँ

३९३ दिन अगाडि

|

२६ चैत २०८१

                                                                                                                                                                                स्केचः देव कोइमी चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुुडेको गाडीले कोहलपुुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुुग्यो। बाँसगढी बजारस्थित रेडियो गुुर्वावा एफएममा छिरेँ। ‘प्रसारण अफ’ समय भएर हो कि कार्यालय सुुनसान थियो। केही बेरमा प्राविधिक लक्ष्मणदास पछलडंग्या र स्टेसन म्यानेजर पुुष्पा चौधरी आइपुुगे। आफू थारू लोककथाको खोजीमा आएको बताएपछि पुुष्पाले भनिन्, ‘यहाँबाट दुुई किमी पूर्व दक्षिण हाउपुुर गाउँमा लौवा थारूले रेडियोमा लोककथा सुुनाउँछुु भनेर खबर पठाएका थिए तर बेफुुर्सदीले हामी जान सकेका छैनौं। तपाईं ठीक समयमा आउनुुभएको छ। पहिला त्यतै जाने कि ? ’ पुुष्पाको जानकारीले के खोज्छस् कानो आँखोझैं भयो। रेडियो गुुर्वावाका कार्यालय सहायक रामकृष्ण चौधरीले साइकलको व्यवस्था गरिदिए र गाउँ घुुमाउन आफ्नो भाइलाई पनि साथ लगाइदिए। गर्मीले त्यसै पनि हप्हपी थियो। त्यसमाथि साइकलमा डबल सवारी, मलाई एक मन साइकल हाँक्ने भाइमाथि दया लाग्यो। हौवा थारूले यो बस्ती बसालेकाले उनकै नामबाट गाउँको नाम हाउपुुर भएको रहेछ। विद्युुत् प्राधिकरणमा काम गर्ने परशुु चौधरीको छिमेकी रहेका कथावाचक लौवाको घर खोज्न हामीले पहिले परशुुको घर सोध्यौं। बर्का टोलमा पसेका हामी उनको घर दैलेखी टोलमा रहेको थाहा पाएपछि फेरि आएकै बाटो फर्कियौं। परशुुको घर पत्ता लाग्यो। त्यही घर छेउमा एक बूढा व्यक्ति लामो डोरी तन्काएर, डोरी चिल्लो, नरम बनाउन घाममा उभिएर बुुढ्यौली पाखुुरा अँठ्याउँदै थिए। मैले थारू भाषामै सोधेँ, ‘लौवा थारूक् घर इहे हो ? ’ उनले जवाफ दिए, ‘को लौवा ? ’ परशुुले हामीलाई कथा सुुन्न पठाएको भनेपछि तिनी खिसिक्क हाँसे अनि कथा वाचन गर्ने पात्र आफू नै भएको जनाउँदै उनले भने, ‘मने मोर नाउँ टो लौवा नाही, जौवा हो।’ हामीले उनको नाम गलत भनेकोमा तुुरुन्त माफी माग्यो। तिनले आफ्नो नाम जौवा भन्दा न्वारनमा मेरो सहोदर दाइ ऋषिराज चौधरीको नाम पनि जौवा रहेको स्मरण भयो। पाँच दशकपहिले दाइ जन्मिँदा हाम्रो घरमा भोकमरी थियो। खानलाई एक गेडा चामल थिएन। थारू समुुदायमा नवजात शिशुुलाई चामलमाथि सुुताउँछन् तर चामल नहुुँदा दाइलाई जौमाथि सुुताइयो र न्वारनको नाउँ भयो, जौवा। स्कुुल पढ्न थाल्दा उहाँको नाम फेरियो। तर, यी बूढा जौवाको नाउँको कहानी के रहेछ, मैले त्यो भने कोट्याइनँ। जौवाले धाराप्रवाह ढंगले कथा वाचन थाले। कथा सुुन्न गाउँका केटाकेटी, छिमेकी ओइरिए। बूढाले कथा सुुनाउन थालेको थाहा पाएपछि जौवाकी श्रीमती पनि कान थाप्न आइपुुगिन्। जौवाको कथा भन्ने शैली चाखलाग्दो थियो। सुुरुमा उनले ‘धर्मी राजा’ नामक कथा सुुनाए। ‘पशुुसँग हुुर्कने राजकुुमार’ अनि अन्तमा बोक्सीसँग सम्बन्धित अर्को कथा। उनले अरू कथा पनि सुुनाउँदा हुुन्। तर, उनकी श्रीमतीले काममा बियाँलो देखेर छेकिन्, ‘अब पुुग्यो होला। अरूसँग पनि लिनुुहुुन्छ होला नि।’ जौवाले पनि मेरो काम छ भन्दै कथा भन्न आनकानी गरे। त्यसपछि मैले पनि अन्य कुुरा गर्नमै कल्याण ठानेँ। पूर्वमा बाँकेको खैरी खोला तथा पश्चिम कर्णाली चिसापानी पुुलसम्म मात्र जौवाको ६७ वर्षे घुुमाइ रहेछ अझसम्म। उनी देशौरी लवज बोल्दा रहेछन् जसलाई बाँके, बर्दियाको पुुरानो थारू बासिन्दा मानिन्छ। दाङबाट गएका डंगौरा थारूलाई त्यहाँ पछिबाट आएको मानिन्छ। तर, अचम्म उनले आफूहरू दाङबाटै बसाइँ सरेर आएको जानकारी दिए। छिमेकीहरू देशौरी हुुँदा डंगौरा भाषा सट्टा देशौरीमै रमाउन थालेको उनले जनाए। त्यसो त बोलीमा मात्रै होइन, डंगौरा र देशौरी थारूहरूको पहिरनसमेत फरक छ। जौवालाई धन्यवाद दिँदै मैले कुुनै दिन मिझ्नीको व्यवस्थासहित रात बस्न तपाईंको घरमा आऊँला र भएभरको कथा सुुनौंला भनेँ। उनले मीठो हाँसोमा साथ दिए, ‘ओहो मिझ्नी (बिजुुली पानी)को कुुरा गरेर, मेरो मनकै कुुरा छिन्नुु भो। ल ल हजुुरलाई जुुन दिन पनि मेरो घरमा स्वागत छ।’ महेन्द्र राजमार्गको उत्तरतिर साइकल सोझ्याए सहकर्मी भाइले। लक्ष्मणपुुर गाउँ छिचोल्दै हामी मदहा गाउँ आइपुुगेका थियौं। मदहा गाउँमा अवस्थित पञ्चायत रजत जयन्ती प्राविको साइनबोर्डले ध्यानाकर्षण गर्‍यो। पञ्चायती व्यवस्थाको पतनपछि धेरै कुुरा फेरिए तर यो विद्यालयको नाम किन नफेरिएको होला ? यस्तै सोच्दै विद्यालयको नामले एक मन हाँसो पनि उठ्यो। गाउँको चोकमा एक हूल युुवा थिए। हामीले तिनीहरूसँग बरघर (गाउँको अगुुवा)को घर सोध्यौं तर बरघरको घर बताउनुुसट्टा तिनीहरूले हाम्रो घर र आउनुु उद्देश्य पो केरकार शैलीमा सोध्न थाले। धेरै मद (रक्सी) पिउनेलाई थारू भाषामा मदहा भनिन्छ। मदहा गाउँका ती युुवकहरूको व्यवहार साँच्चिकै मदहाझैं थियो। त्यही बेला आकाशबाट अचानक पानी यति जोडले दर्कियो कि छेउको घुुम्ती पसलमा हामी ओत लाग्न बाध्य भयौं। पानी दर्किएर युुवा पनि तितरबितर भए, मन भित्रीबाहिरी दुुवै तहले शीतल भयौं। हामी ओत लाग्न पुुगेको पसले अधबैंसे थिए। मैले मदहा गाउँको कहानी सोध्दा पसले विपतराम चौधरीले रोचक प्रसंग निकाले। निकै समयपहिले गाउँमा एक चोर पसेको थियो। गाउँलेले थाहा पाएपछि लखेट्न थाले। चोर पक्राउ पनि पर्‍यो र पक्राउ परेको ठाउँमा नै उसलाई के गर्ने भनेर बैठक बस्यो। गाउँभरिका गरढुुरिया (घरमूली) बैठकमा अनिवार्य जानुुपर्ने भयो। गाउँकी एक महिलाको श्रीमान बाहिर गएकाले बैठकमा जानुुपर्ने भएछ। तिनी मद (रक्सी) बनाउने तरखरमा थिइन्। समयमा रक्सी नपारे कच्चा सामग्री बिग्रिने अवस्थामा थियो। त्यसैले उनले जुुक्ति लगाइन्, बैठकस्थलमै मद (रक्सी) बनाउने र बैठकमा भाग पनि लिने। त्यसै बेलादेखि यो गाउँको नाम मदहा पर्न गयो रे। दायाँ गालामा निकैै ठूलो डल्लो बोकेका एक बूढा व्यक्ति थिए पसलमा, जो आफ्नो गालाको डल्लो गम्छाले लुुकाउने घरिघरि असफल प्रयास गर्थे। तिनले पसलेसँग कैलालीको भजनीमा भगवान् निस्केकोबारे कुुरा गर्न थालेछन्। पसले आफू पनि ती कथित थारू युुवा जो ६÷७ महिनादेखि भगवान्को रूपमा पुुजिँदै छन्, को दर्शन गरेर आएका रहेछन्। सुुर्ती किन्न आउने एक युुवकले भोलि आफूहरूको टोली बस रिजर्व गरेर भगवान् हेर्न जाने बतायो। पसलेले भने, ‘मैले त देखिनँ तर धेरैले भनेको सुुनेँ, त्यो भगवान्को घर वरिपरि भएको रूखको प्रत्येक पातमा शिव पार्वती देखिन्छन् रे।’ मलाई ती कथित भगवान्को कथा सुुन्नुुभन्दा पनि लोककथा सुुन्नुु थियो। पसलेले जानकारी दिए, ‘तपाईंहरू आएकै बाटो फर्किनुुस्, पहिलो मोडमा नयाँ कुुटी बनेको छ, त्यहाँ एक साधुु बस्छन्। तिनले हजुुरहरूको इच्छा पूरा गर्नेछन्।’ पानी परेर दाइँ गरेको गहुुँ ठाँटबाँट लगाएर आएका साधुु भिजेको मुुसाझंै डल्लो परेर बसेका थिए। निकै बेरको आग्रहपछि तिनले कथा सुुनाउन थाले। तर, तिनले सुुदामा र कृष्ण मीत भएको कथा तथा अर्को अकबर र वीरबलको खिचडीको कथा सुुनाए, जो धेरै पत्रपत्रिकामा मैले पहिल्यै पढिसकेको, सुुनिसकेको कथा थियो। थारू लोककथा सुुन्न आतुुर मलाई ती कथाप्रति चासो थिएन, तैपनि धैर्य गरेर सुुनेँ। सहकर्मी भाइले गाउँका एक अन्धा युुवकसँग पनि कथाको भण्डार भएको जानकारी दिएपछि साइकलको हेन्डिल त्यतै मोडियो। २३ वर्षे यी युुवा कक्षा २ मा पढ्दापढ्दै आँखा पाकेर बिग्रिएपछि दृष्टिविहीन भएका रहेछन्। त्यसपछि दुुःखैदुुःखको भुुमरीमा परेका यी युुवाको नाम भने सुुखराम चौधरी रहेछ। यिनले रेडियो गुुर्वावामा प्रत्येक बुुधबार साँझ थारू भाषामा फुुलरिया कार्यक्रम अर्को सहकर्मीका साथ चलाउँदा रहेछन्, जसमा लोककथा नियमित वाचन गरिँदो रहेछ। उनले भने, ‘अझैसम्म सानोमा बाबाले सुुनाएका कथा सम्झिएर पस्किरहेको छुु। अब त बा कथा सुुनाउनुुस् भन्दा पनि लाज लाग्छ।’ हामीले कथा सुुनाउन भन्दा उनी त साँच्चिकै तरुनीझैं धेरै बेरसम्म लजाए। ‘सर त्यति टाढा काठमाडौंबाट आउनुुभएको छ, भन्दे न त एउटा कथा’, सुुखरामका बाबा रतानुुले भने। पछि उनले बाल मनोविज्ञानसम्बन्धी एउटा लामै कथा सुुनाए। उनको कथा सुुन्दासुुन्दै झमक्कै साँझ पर्‍यो। र, हामी बास बस्ने गन्तव्यमा लाग्यौं। कुुनै कथावाचकको घर रात बस्ने साइत जुुराउन सकिएन, होइन भने धेरै लोककथा बटुुलिँदो हो। त्यसपछि बर्दियाका धेरै गाउँमा साता दिन चक्कर लगाउँदा पनि जौवा थारू, सुुखराम चौधरीजस्तो कथा वाचक फेला परेनन्। कथाको खोजीले अझ गहिराइ पाउने थियो होला तर द्वन्द्वपीडित समितिको अनिश्चितकालीन बर्दिया बन्दको घोषणाले यात्रा थाती राख्नुुपर्‍यो। २०६५ सालमा गरिएको यो यात्राबाट फर्किंदा म घोरिएँ। लोककथा संकलन गर्ने क्रममा सुुुुनेभोगेका प्रसंग दस्तावेजीकरण गरिए यी पनि कुुनै दिन लोककथाझैं महत्व बोक्ने हुुन सक्छन् कि ? साभारः अन्नपूर्ण, फुर्सद, जेठ १९, २०७५ । शीर्षक परिवर्तन गरिएको ।

लम्कीचुहा पालिकाभर “चिरैं” पर्व एकसाथ सँगै मनाइने 

लम्कीचुहा पालिकाभर “चिरैं” पर्व एकसाथ सँगै मनाइने 

४०२ दिन अगाडि

|

१७ चैत २०८१

कैलालीको लम्कीचुहा नगरपालिकामा “चिरैं” पर्व एकसाथ सँगसँगै मनाइने भएको छ । चैत्र शुक्ल पक्षमा मनाइने “चिरैं” पर्व पालिकाका सबै थारु गाउँमा चैत्र १९ गते मनाउने भनी बरघर भलमन्सा समितिले निर्णय गरिएको बरघर भलमन्सा समितिका अध्यक्ष दशराम थारुले जनाएका छन् ।  “चिरैं” पर्व एकै दिन सँगै मनाउनुको औचित्यबारे प्रष्ट पार्दै संयोजक अध्यक्ष दशराम थारु भन्छन्, ‘ अहिले किसानहरु काममा व्यस्त छन् । शुक्ल पक्षभरी पर्व मनाउँदा काममा लागेकाहरुलाई डिस्टर्ब हुन्छ । त्यसैगरी अलग अलग दिन पर्व मनाउँदा विद्यार्थीहरुको पढाईमा पनि असर पर्छ । समुदायको एकता एकरुपतामा पनि प्रश्न उठ्छ । त्यसैले एकै दिन सँगै मनाउने निर्णय गरेको हौं ।’ स्मरण रहोस्, लम्कीचुहा नगरपालिकामा गएको बर्ष पनि सबै गाउँले यो पर्व सँगै मनाएको थियो ।  “चिरैं” पर्वलार्ई थारु समुदायमा ‘कन्या स्वतन्त्रताको पर्व’ को रुपमा लिइन्छ । तर पर्वमा सहभागी हुन महिलाहरुलाई कुनै बन्देज छैन । “चिरैं” कन्या स्वतन्त्रताको पर्व भएको हुँदा यस दिन चेलीबेटी, छोरीहरुलाई खुशी राख्नुपर्ने थारु समुदायका हरेक अभिभावक आफ्नो कर्तब्य ठान्दछन् । भोकै नरहून् भनी आमा, बज्यैहरु दिउँसोको नास्ता बोकी चेलीबेटीहरुलाई दिन पनि जान्छन् ।  “चिरैं” पर्वमा केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । खाना खाई गाउँ भन्दा बाहिर बगिया (फलफूलको बगैंचा), बरपिपल वा कुनै रुखबरीख भएको ठाउँमा भेला हुन्छन् । गुरुवाले पुजा गरिसकेपछि केटीहरु आफूलाई मन परेको खेल (तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि) खेल्दछन् । उनीहरु चरा झैं स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वेच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री, सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने आम मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत आउँछ (बढोत्तरी हुन्छ) भन्ने मान्यता छ ।  यो पर्वमा ७ देवी (दुर्गा, काली, मरी, घोटैली, मैया, डहरचण्डी, बनसप्ती) को पूजा हुन्छ । देवीलाई श्रृङ्गार भाकल गरिएको हुन्छ । त्यसैले चेलीबेटीहरु सजिएर खेल्दा देवी खुशी हुन्छन् र समुदायमा सुख शान्ति बनिरहन्छ भन्ने आम विश्वास छ ।  “चिरैं” पर्व पालिका सबै गाउँ टोलका भलमन्साहरु हर्ष उल्लासका साथ एकै दिन मनाउनका लागि अध्यक्ष थारुले एक जानकारी पत्र लेख्दै सबै भलमन्साहरुलाई यसरी अनुरोध पनि गरेका छन्ः