सहिद टिमाइ माझी थारूलाई सम्झिदा

सहिद टिमाइ माझी थारूलाई सम्झिदा

४०५ दिन अगाडि

|

१४ चैत २०८१

आत्महत्या गर्नेहरूको पीडा कहिले बुझ्ने सरकार

आत्महत्या गर्नेहरूको पीडा कहिले बुझ्ने सरकार

४०९ दिन अगाडि

|

१० चैत २०८१

अनत चौधरी आत्महत्या गरी ज्याउन गुमाउने परिवारको पीडा बुझ्ने प्रयास गर सरकार । मानव प्राणीको जन्मपछि मृत्यू ध्रुसत्य कुरा हो । तर, अकालगतिमा भएको मृत्यूको प्रभाव ती परिवारका लागि कति पीडादायी छ, मापन गर्न गाह्रो छ । सायद यही भएर होला वर्तमान नेपालको संविधानले संविधान प्रदत्त मौलिक हकको रुपमा बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । साथै जानी जानी आफैले आफैलाई मार्ने वा मर्न प्रयास गर्ने वा मर्न दुरुत्साहन गर्ने कुरालाई अपराध घोषित गरेको छ । यद्यपि, हकको सुनिश्चितता र अपराधको रुपमा व्यवस्था गरेर मात्रै पुग्दैन सरकार । मैले यहाँनिर के विषय प्रसङ्गसंग जोड्न चाहन्छु भने बर्षेनी आत्महत्या गरेर अमूल्य जीवन विताएका ती व्यक्तिका परिवारहरुको पीडादायी घटनामा ।  म प्रसङ्गलाई आफ्नै वुवा गुमाउँदाको पीडाबाट शुरु गर्न चाहन्छु । घटना २०६७ साल कार्तिक महिनाको अन्तिम तिरको हो । अकस्मात, घरबाट एकाविहानै दाइको फोन आउँछ, फोन उठाउने वित्तिकै हतारिदै जसरी पनि घर आउनु, तँ घर नआई हुँदैन । मैले जवाफ फर्काउन नपाउँदै फोन राख्नु भयो ।  मनभरि अनेक कुरा खेलाउँदै ३ घण्टाको साईकल यात्रापछि घर नपुग्दै घर नजिक वरिपरि मान्छेको भीड, रुवाबासी आदि । सत्य कुरा त बाबाले आत्महत्या गर्नु भएछ । एकछिन म शुन्य भएँ । यो घट्ना सत्य हो कि होइन, मन दिग्भ्रमित भयो । तर जे नहुनु पर्ने थियो, त्यो भइसकेको थियो । त्यसपछि प्रहरी आए, मुचुल्का उठाए । पोष्टमार्टमका लागि धनगढी पठाए । जिल्ला प्रहरी कार्यालयमा घटना दर्ता गराए । प्रहरीबाट गन्यमान्यको बयान लिए । परिवारको सदस्यको बयान लिए । फाइल खडा गरियो । अन्तमा, मेरो समुदायको धार्मिक परम्पराअनुसार सद्गत गरियो । सरकारी काम सकियो । यसरी बर्षेनी हजारौँको संख्यामा फाइल खडा भईरहेका छन् ।  त्यसपछिका दिनमा म मेरो परिवारमा कहिल्यै खुशीयाली आएको देखिन, महसुस गरिन । अझ मेरी आमाको आँखामा कहिल्यै खुशी देखिन, उल्टै विभिन्न रोगल हुनु परे थला हुनु परेको छ । मैले कहिल्यै कुनै सरकारका प्रतिनिधि आएर मेरो आमाको घाउमा मल्हम पट्टी लगाउन आएको देखिन । म जस्तै हजारौँ संख्यामा अभिभावक गुमाएका छोराछोरीहरु यस्तो पीडाबाट गुज्रिरहेका होलान् । मन भित्र पीडा गुम्साएर राखिरहेका होलान् । तर ती पीडित व्यक्तिका पीडामा मल्हम पट्टी लगाउने खालको नीति, कार्यक्रम कहिले आउँछ सरकार ? मेरो देशमा बर्षेनी हजारौँको संख्यामा आत्महत्याबाट व्यक्तिहरुले ज्यान गुमाई रहेका छन । ती व्यक्तिहरुले आत्महत्या गरेर ज्यान गुमाउँदै गर्दा ती परिवारका सदस्यहरुमा परेको असर बारेमा कहिले सोच्ने सरकार ? मेरो प्रश्न छ ।  विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसन्धानले आत्महत्या गर्ने परिवारको सदस्यहरुमा आत्महत्या गर्ने अरु व्यक्तिको तुलनामा जोखिम बढी हुन्छ अरे । तर खै त सरकार ती परिवारको सदस्यहरुको मनको घाउ मेटाउने खालको नीति, कार्यक्रम ? सरकार, मैले सुनेको छु, तपाईसंग राष्ट्रिय मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना २०७७ छ । विभिन्न प्रदेशमा प्रदेशस्तरीय मानसिक स्वास्थ्य रणनीति तयार भएका छन् र हुँदैछन अरे ।  तीनै तहको सरकारसंग अनुरोध छ, आत्महत्या गरेका व्यक्तिको संख्यालाई मात्रै नहेरौँ । ती आश्रित परिवारका सदस्यहरुको पीडा कम गर्ने खालको कार्ययोजना र कार्यक्रम बनोस् । आत्महत्या गर्ने कुरालाई अपराधको दायराभित्र मात्रै राखेर मात्रै नहेरियोस् । पीडितको कुरा सम्बोधन गर्न शुरुवात गरियोस् ।  अनि मात्र वर्तमान संविधानले व्यवस्था गरेको बाँच्न पाउने हक उपभोग भएको महसुस हुनेछ । पीडितको पीडा कम गर्ने प्रयास गरिए, ती परिवारमा खुशी आउनेछ । यसले आत्महत्याको जोखिम कम गर्न भूमिका खेल्नेछ । साथै ती परिवारको सदस्यहरुको गुणस्तरीय जीवनशैलीले गर्दा उत्पादकत्व बढ्ने छ । जसले समग्रमा राष्ट्रलाई नै फाईदा पुग्नेछ । 

आफ्नै घरमा कहिलेसम्म माग्ने बास ?

आफ्नै घरमा कहिलेसम्म माग्ने बास ?

४०९ दिन अगाडि

|

१० चैत २०८१

आफ्नै घरमा बास माग्ने काम अब नहोस् । काठमाण्डौमा महिनौं विताएका दाड.का मोही किसानहरुको कथा कहिसक्नु छैन् । उनीहरुको पूर्खा स्वर्गद्वारी गुठी स्थापना हुनु अगाडिका हुन । खोरिया फाँडेर खेतीयोग्य भूमि तयार गर्ने ती थारु आज कसरी मोहीयानी हक माग्नुपर्ने भयो ? आफ्नै भूमिमा मोही निसाप्रमाण बोकेर हिड्नु पर्दा कुन स्तरको अपमान(हुमिलिएसन) महसुस हुँदो हो । पूर्वका थारु लगायत अन्यले शिरुवा पावैनमा शिराथान पूज्दै शिर उठाउने जो संकल्प गरीआएका छन् अब दाड.का थारु गुर्बाबासंग निरन्तर अपमानको विरुद्ध संघर्ष गर्न अठोट गर्ने बेला भएको बुझ्न सकिन्छ । अर्थात् आफ्नै घरमा बास माग्ने काम अब बन्द गर्नुपर्छ । सप्तरीमै पनि मोहियानी हकको लामो रस्साकसी चल्यो । विगतलाई हेर्दा मोही निसाप्रमाण बनाउने किसानहरु अजनबी (नचिनिएका) जमीनदारको नाममा रहेका मौजा र कामतका जमीन उपर मोही बनाउने गरे । मेरो हजुर बुवा (छविलाल लेखी थारु) त्यो काम गर्नु भएन । उहाँले जमीनदारको जमीन खरिद गरेको देखियो । हाम्रो गाउँ नेपाल एकिकरण हुनु अगाडि वस्ती बसेको इतिहास छ तर त्यहाँ बसेका थारुहरु बस्नेत थरका मौजावालको जमीन जोते । उनीहरु त्यही बस्नेत जमीनदारका जमीन मोही बनाए भने कतिपयले किने पनि । यसरी मोहीको नीति राज्यले जमीनदारी प्रथा हटाउन प्रयोग गरे कि मौजावाललाई थप सुविधा उपलब्ध गराउन अनुसन्धान गर्न सकिन्छ । जमीनमा द्वैध सम्बन्ध स्थपाना गर्न मोही निसाप्रमाण वितरण गर्नु नै राज्यको औपनिवेशिक चरित्र ठहर्छ । त्यसले जमीनदारी प्रथा अन्त्य नगरेर अझ ती जमीनदारलाई मजबुत बनाउने काम गरे । राज्यमा उनीहरुको सम्भ्रान्तीय सुविधा बढोत्तरी गर्न मद्दत गरेका थिए । राजनीतिक रुपमा मोही निसा प्रमाण बोक्ने किसानहरु त्यही जमीनदारको पिछलग्गु बनाइराखे । किसानहरु डर त्रासको भरमा बाँच्नुपर्ने अवस्था कसरी आइपर्यो ? काँग्रेसले व्यवस्था बदलिए पछि लोककल्याणकारी राज्यले सबैको भलो गर्ने बताए । माक्र्सवादी कम्युनिष्ट शक्तिले सत्ता बन्दुकको नालबाट आउने बताए अनि दश वर्ष जनयुद्धको वलमा आर्थिक रुपले कमजोर राज्यसम्भ्रान्तको आर्थिकवृद्धि भई प्रतिस्पर्धात्मक राजनीतिमा साम, दाम, दण्ड र भेद गर्न सघाए । यसरी उदारवादी पूजिवादी शक्ति तथा माक्र्सवादी कम्युनिष्ट शक्ति अबको बदलिएको राजनीतिक पाराडाइममा परिवर्तनकारी शक्ति हुनेछैन् । तसर्थ, पहिचानको आधारमा स्वायत्तता र स्वशासनलाई प्रवद्र्धन गर्ने राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता छ । राष्ट्रिय मुक्ति क्रान्तिको बलमा सामुदायिक सशक्तिकरण तथा आर्थिक सवलीकरण गर्न अधिकतम प्रयत्न गर्ने हो । साथै स्वशासन विधान जारी गरेर आफ्नो भूमि (आधार क्षेत्र)मा स्वशासन लागु गर्न तयारी गर्ने हो । सार्वभौम हामी पहिचानजन्य राष्ट्र आत्मनिर्णका हकदार हौं ।  

किन गरिदैछ सवाल कसको हो टीकापुर ?

किन गरिदैछ सवाल कसको हो टीकापुर ?

४२२ दिन अगाडि

|

२६ फागुन २०८१

टीकापुर साहित्य महोत्सवमा हरि शर्माको विद्वत प्रवचन कसको हो टीकापुर ? भन्ने प्रश्नको सेरोफेरोसंगै घुमे । हो, मेरो मानसपटलमा पनि यो प्रश्न त छ नि ? उत्तर कुन कोणबाट खोज्ने ? पहिचान  के आधारमा दिने ? यावत प्रश्नहरु एक हिसावले स्पष्टताको लागि उठाइएको पक्कै होइन । यहाँ को पहिला आए अथवा को पछि आइपुगे ? भन्ने वहस त साँचिक्कै नहुनुपर्ने हो । लोकतन्त्रको सिद्धान्त अझ लोकतन्त्रका हिमायति थारुलाई नपढाए हुने हो । पश्चिमा ज्ञान मिमांशाले परिभाषित गर्ने लोकतन्त्रबारे सिलसिलेवार मिलाएर थारुले भन्न नसक्लान तर लोकतन्त्रको मुल्य र मान्यता अनुसार सहनशिलता सशक्त औजार रहेको बताउन कुनै आइतवार पर्खिनु पर्दैन थारुलाई । यी सबका बाबजुद जब कसको हो टीकापुर ? भन्ने सवाल तेर्साउने काम गरिन्छ अनि टीकापुर थारु विद्रोहको वैधता प्रति प्रश्न उठाएको मलाई भान हुन्छ । जे होस् यसमा म सोह्रै आना गलत हुन पाउँ । रैथाने थारुको लागि टीकापुर धर्तिमाता हो तर त्यहीं बाहिरियाको लागि टीकापुर वस्तु भएको छ । रैथाने थारु टीकापुरलाई पूजा गर्दा हुन तर बाहिरिया प्लटींग गरेर बेच्दा हुन । कर्णाली किनारका जमीन उपर गिद्धेदृष्टि लगाउनेको कमी छैन । रातारात धनि बन्ने चिन्तन बोकेका मानिसहरु टीकपुर चिन्न सके, जसरी मौजुदा राज्यसत्ताले चिनाउन चाहेका थिए । मालपोत र नापी कार्यालयको मिलोमतोमा नगर विकास समितिका पदाधिकारीको फेहरिस्त लामै होला तर यसलाई पनि ढाकछोप गर्न सेटिंगमा काम हुन थाले । त्यसैले, टीकापुरलाई मृत बनाउन लोकतन्त्रको खोल ओढेरै काम कारवाही अगाडि बढाएका हुन । अझ लामो समयसम्म राज्यधारी सम्भ्रान्त समुहकै नेतृत्वमा टीकापुर हेर्दा हेर्दै उजाड बने कारण २०६९ सालपछि मात्र थारुले पूज्ने धर्ति माता टीकापुर वेसहारा बनेको उनीहरुलाई विश्वास भयो । न्याय, स्वाभिमान, पहिचान लुटिएको महसुस भयो । अनि अस्तित्वको लागि लड्नुपर्छ भन्ने बोध भयो । यी सब हरि शर्माले भर्खर टीकापुर साहित्य महोत्सवमा मात्र महसुस गर्न पाउनु भएको हो जस्तो लाग्यो र विशिष्टताको जगलाई नजरअन्दाज गर्दै आफ्नै प्रश्नको उत्तर दिन अलमलिनु भयो । पश्चिमा ज्ञानको उपभोक्ता बने पश्चात लिनियर वे मा तर्क गरिन्छ तर जिरो सम गेम परिणाम हात लाग्ने विषय बिर्सिन भने हुँदैन ।

एक चिम्टी सहयोग, एक मुठी खुसी 

एक चिम्टी सहयोग, एक मुठी खुसी 

५८५ दिन अगाडि

|

१२ असोज २०८१

महेशविक्रम शाह कसैले हामीसंग मद्धत माग्यो भने प्राय: हाम्रो जवाफ हुन्छ- 'काम पर्यो भने मात्र सम्झन्छन् । अघिपछि त वास्तै गर्दैनन् ।' हामीलाई त्यसबेला यो सारा संसार स्वार्थी लाग्छ । उसले भनेको काम गरूँ कि नगरूँ ? मन दोधार हुन्छ । काम गरिदिएको भोलिपल्ट फेरि कहिले एक कल फोन पनि गर्ने होइन । कहिलेकाहीं मन नलागेर पनि बिभिन्न कारणले अरूको काम गरिदिनुपर्ने हुन्छ । तपाईंले पनि अनुभव गर्नु भएको होला । कतिपयले कामकै निहुँले वर्षौंपछि सम्झिन्छन् । सम्झेकोमा खुसी लाग्छ । तर कुरा गर्दागर्दै उ भन्न थाल्छ-'हेर्नु न... मलाई समस्या पर्यो । फलानोलाई भनिदिनु पर्यो । तपाईंले भनिदिएपछि काम भइहाल्छ कि !!' तेतिबेला झनक्क रीस उठ्न सक्छ । कहाँ उसले सम्झ्यो भनेर मन गदगद भएको !! काम परेर पो सम्झेछ है !! मेरो विचारमा उसलाई काम परेर तपाईंलाई सम्झिनु नै ठूलो कुरा हो । भलै तपाईंलाई रीस उठोस् । स्वार्थी भनेर गाली पनि गर्नु होला तर उसले तपाईंलाई सम्झेको त हो नि ! यो स्वार्थी संसारमा काम परेर सम्झिनु पनि त महत्वपूर्ण हो । अझ विशेषगरी समस्यामा पर्दा तपाईंलाई कसैले सम्झिनु झन् विशिष्ट कुरा हो । आफू समस्या तथा सङ्कटमा पर्दा उसले तपाईंलाई समस्याको समाधानकर्ता तथा सङ्कटमोचकका रुपमा सम्झ्यो भने उसले तपाईंलाई अँध्यारोमा बाटो देखाउने टर्च लाइट सम्झ्यो । दृष्टिविहीनलाई मार्ग देखाउने सहारा सम्झ्यो । यो त झन् गजबको कुरा हो । होइन र ?                                                                                                                                                                                महेशविक्रम शाह संसारमा हरेक कुराका विकल्पहरु छन् । तपाईं कहिले यो सोच्ने धृष्टता नगर्नुस् कि उसलाई साथदिने तपाईं मात्र हो । उसका अन्य विकल्पहरु नभएको होइन । खोज्दै गयो भने थुप्रै विकल्पहरु सामुन्ने प्रकट हुन्छन् । बुद्धले भने झैं- दु:ख निर्वाणका मार्गहरु छन् । तर ती वैकल्पिक मार्गहरु हुँदाहुँदै पनि आफ्नो दु:खमा उसले तपाईंलाई सम्झ्यो । मनमा केही स्वार्थ, केही आशा, केही अपेक्षा राखेर भए पनि उसले अरूलाई नसम्झेर तपाईंलाई सम्झ्यो । तपाईंलाई यस अर्थमा सम्झ्योकि उसको मनमा तपाईंप्रति विश्वास जाग्यो । यो मान्छेले पक्कै पनि मेरो समस्या सुनेर केही न केही गरिदेला नै । तपाईंको स्मरण मात्रले पनि समस्याको गाढा अँध्यारोले टाक्सिएका उसका आँखाहरुमा उज्यालोको न्यानो किरण प्रवाहित हुन सक्छ । एक क्षणलाई भए पनि तपाईंको सम्झनाले उसको मन खुसीले दङ्गपर्न सक्छ । कुनै व्यक्तिको हृदयमा तपाईंप्रति यस खालको हार्दिक भावना जागृत हुनु तपाईंका लागि उमङ्ग र उत्साहको कुरा होइन र ? 'उसका लागि यो संसारमा तपाईं बाहेक अरू कोही छैनन् ।' यस्तो सोच्नु मुर्खता हो । कसैको समस्या समाधानमा तपाईंले चासो देखाउनु भएन भने पनि उसको समस्या ज्युँका त्युँ जहाँको त्यहीँ रहँदैन । यो लोकमा परिवर्तन बाहेक अरू सबै परिवर्तनशील छन् । अनित्यता संसारको नियम हो । मान्छेको सुख मात्र होइन, मान्छेको दु:ख पनि क्षणिक हो । सफलता क्षणिक हो भने असफलता पनि क्षणिक हो । तपाईंले कसैको दु:खमा साथ दिनु भएन भने पनि उसले निश्चय नै समाधानको अर्को मार्ग पहिल्याउँछ । र उसको जीवन अघि बढ्छ । अघि बढ्नु नै जीवनको प्राकृतिक स्वभाव हो । चिनेको मान्छेको त कुरै छोडौं तपाईंले नचिनेको मान्छेलाई सहयोग गर्दा पनि तपाईंले के नै गुमाउने हो र ? हिंडेर थाकेको पथिकलाई आफ्नो बाइक वा गाडीमा लिफ्ट दिएर अलि परसम्म पुर्याएर हेर्नुस् त ! यो सानो सहयोग गर्दा पनि तपाईंको मन कति खुसी हुन्छ ? चिनेको मान्छेको त कुरै छोडौं तपाईंले नचिनेको मान्छेलाई सहयोग गर्दा पनि तपाईंले के नै गुमाउने हो र ? हिंडेर थाकेको पथिकलाई आफ्नो बाइक वा गाडीमा लिफ्ट दिएर अलि परसम्म पुर्याएर हेर्नुस् त ! यो सानो सहयोग गर्दा पनि तपाईंको मन कति खुसी हुन्छ ? झन् उसको मन कति गदगद हुन्छ होला ? कहिले यस कुराको अनुमान गर्नुभएको छ ? कतिपयले भनेको सुनिन्छ- 'फटाहा मान्छेलाई जति सहयोग गरे पनि जस दिने होइन ।' जसका लागि गरिने सहयोगबाट खुसी प्राप्त हुँदैन । निरासा र कुण्ठा दिन्छ । सहयोग माग्नेले जेजस्तो सोचे पनि तपाईं भने निस्वार्थ भावले सहयोग गर्नुहोस् । यही भावनाले नै तपाईंलाई सन्तोष दिन्छ । खुसी दिन्छ । सकारात्मक उर्जा दिन्छ । मैले जीवनका विभिन्न मोडमा त्यस्ता धेरै व्यक्तिहरु भेटेको छु, जसलाई आपतमा पर्दा मैले सहयोग गरेको थिएँ, तर मलाई सम्झना थिएन । उनीहरु नै मप्रति कृतज्ञ हुँदै मलाई सम्झना दिलाउँथे कि मैले कहाँ, कहिले उनीहरुलाई सहयोग गरें । त्यो सानो सहयोगका लागि पनि जीवनभर अनुगृहीत ती व्यक्तिका कुरा सम्झेर मन अहिले पनि रोमाञ्चित हुन्छ । सोच्नुहोस् तपाईंले कसैलाई भनिदिंदा मात्र पनि उसको काम बन्छ, समस्या समाधान हुन्छ र उसको उद्धार हुन्छ भने किन सहयोग नगर्ने ? हेक्का राखौं- अरूलाई सहयोग गर्न सक्ने अवसर र हैसियत सधैं रहँदैन । हाम्रा पुर्खाहरू भन्ने गर्थे- आफूले अरूलाई गरेको सहयोग बिर्सिदिनु, अरूले आफूलाई गरेको सहयोग भने सदा सम्झिनु ।एक चिम्टी सहयोग गरेर एक मुठी खुसी मिल्छ भने यो फाइदाकै कुरा होइन र ? कसो ?

तीजले पुरुषको मात्रै आयु बढ्ने, महिलाको घट्ने भन्ने हुन्छ र ?

तीजले पुरुषको मात्रै आयु बढ्ने, महिलाको घट्ने भन्ने हुन्छ र ?

६०७ दिन अगाडि

|

२१ भदौ २०८१

  नारायण गाउँले  विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन् । रमजानको महिनामा अरबका शहरहरूले दिनभर रेस्टुरेन्ट खोल्दैनन् । दुबई लगायतका केही शहरमा शटर आधा झुकाएर, पर्दा लगाएर या व्रत बस्नेहरूलाई अप्ठेरो नपर्ने गरी खाना बेचिने रहेछ । हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ ! व्रत, ध्यान, योग आदि साधना या उपकरणले शारीरिक या मानसिक फाइदा हुने त व्रत जसले गर्छ उसैलाई नै होला तर पनि एक दिनको व्रत श्रीमान् कै दीर्घायु र सुस्वास्थ्यका लागि समर्पण गरियो रे, के त्यो अनुचित हो र ? सुखदुःख र जीवन सँगै बिताउने श्रीमान् को दीर्घायु चाहनु अपराध हो र ? जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? खै पुरुषले बसेको अरे ! के यो व्यापार हो र ? नारी दिवस भन्ने त छ त । जिन्दगी हिसाबमात्रै हो र ? असल र यो संसारबाट तार्न सक्ने पत्नी दिनुहोस् भनेर नवरात्रिभर पुरुषले गर्ने व्रत पनि छ फेरि । जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? औंशी, एकादशी, श्राद्ध, शिवरात्रि जस्ता अन्य थुप्रै व्रत पनि छन् । नभएकै भए पनि एक दिन भगवान् शिवको नाममा कुनै नारी व्रत बस्छिन् र आफ्नो श्रीमान् को आयु लामो होस् भन्ने कामना गर्छिन् भने त्यसमा कुनै दोष छैन । फेरि व्रत बस्नै पर्ने कठोरता पनि छैन । दिनको तीन चार पल्ट पूजा गर्नै पर्ने भन्ने पनि छैन । मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ । व्रत बसे पनि हुन्छ, टन्न खाए पनि हुन्छ । नाचे पनि हुन्छ, घरमैं सुतेर बसे पनि हुन्छ । मानसिक पूजाको त विधान नै छ । बिस्तरामैं बसेर मनैमन पूजा गर्न पनि सकिन्छ । नगरे पनि तपाईंलाई धर्म या समाजबाट निष्काशन गर्न कोही आउने होइन । हरेक हप्ता व्रत बस्ने पनि छन् । ५१ हप्ता त अरू उद्देश्यका लागि पनि बाँकी रहन्छ । फेरि उद्देश्य भनेको कामना न हो । बिरामी हुँदा 'गेट वेल सुन' भन्ने कार्डले उपचार नै गर्ने त होइन । ह्याप्पी बर्थडे, मेनी रिटर्न्स अफ द डे भन्दैमा मान्छे मर्दै नमर्ने भन्ने पनि होइन । एउटा बहाना न हो उत्सव मनाउने, सेलिब्रेट गर्ने । प्रश्न नै गर्ने हो भने त जनयुद्ध दिवस मनाएर के हुन्छ, लेलिन, माओ या मार्क्सको जयन्ती मनाएर के हुन्छ, संविधान दिवस मनाएर के हुन्छ, बर्थडे नै मनाएर पो के हुन्छ ? हुनेलाई हुन्छ, नहुनेलाई हुँदैन । तीजले पुरुषको मात्रै आयु बढ्ने र महिलाको घट्ने भन्ने त नहोला । हो तैंले व्रत बस्नै पर्छ भनेर कुनै पुरुषले तपाईंको इच्छाविपरीत जबरजस्ती गर्यो भने त्यसविरुद्ध बोल्नै पर्छ । तर बौद्धिक र आधुनिक हुने नाममा स्वेच्छाले व्रत बस्ने, रमाउने र आस्था राख्नेहरूलाई प्रश्न गर्ने, दुःखाउने या व्यङ्ग्य गर्ने तुच्छता देखाउन जरूरी छैन । आफैलाई सभ्य ठान्नुहुन्छ र यस्तो गर्नुहुन्छ भने त झन् पाखण्ड हुन्छ । सुधारवादी हुनुहुन्छ भने पनि धेरै चिन्ता गर्न पर्दैन । मनाउनेले नै आफै सुधार गर्छन्, गरेका पनि छन् । मनाउने जतिलाई तीजको हार्दिक शुभकामना ।

म मूर्ख कि सन्तानलाई विदेश पठाउने साथी मुर्ख ?

म मूर्ख कि सन्तानलाई विदेश पठाउने साथी मुर्ख ?

६३० दिन अगाडि

|

३० साउन २०८१

नजर राम महर्जन  पहिले मैले मेरो छोरालाई विदेश नपठाउँदा मेरा कतिपय साथीहरुले मलाई मूर्ख भन्थे । मेरो छोराको भविष्य बिगार्यो भन्थें । आज मसँग छोरा छ, बुहारी छ, नाती छ, मेरो श्रीमती हामी सबै सँगै छौं । बिहान आ–आफ्नो समयमा खाना खाएर काममा जान्छन् । तर बेलुका हामी संधै संगै बसेर खाना खान्छौं । अफिसको कामले छोरा आउन ढिला हुने भयो भने खबर पठाउँछ । कहिं अचानक पार्टी खान जानुप¥यो भने खाना नपकाउनु भनेर खबर गर्छ । कहिले छोरालाई मन परेको तरकारी छोराले ल्याउँछ । कहिले मलाई मन परेको तरकारी म ल्याउँछु । जसलाई मन परेको भए पनि सबैले मन पराउँछन । त्यतिबेला मलाई छोराको भविष्य बिगार्यो भनेर मूर्ख भन्ने साथीहरु अहिले मसँग मेरो परिवार साथमा देख्दा मलाई भाग्यमानी भन्छन । किनकी मेरा साथीहरुका छोराहरुको भविष्य सुधर्यो कि सुधरेन मलाई थाहा छैन । विदेश गएकाहरु घर फर्केन । आमा बुबालाई यहाँका सम्पत्ति बेचेर विदेशमा बस्न आऊ भन्छ रे । पहिले ६ महिनाको लागि भनेर छोरा बुहारी भेट्न विदेश गएकाहरु कैद खानामा बस्नु जस्तो भयो भनेर ३ महिनामा फर्केर आए । ३ महिनामै विदेशदेखि वाक्क दिक्क भएर फर्के । विदेशमा कुन बेला छोरा बुहारी घर आउँछन, कुन बेला बाहिर जान्छन् थाहा हुँदैन । उनीहरु सुतिसकेपछि आउँछ रे, उठ्नु भन्दा अगाडी गैसक्छ । खाना त हटकेश, ओभन र फ्रिजबाट झिकेर खानुपर्छ रे । यहाँजस्तो भात पाक्नासाथ कहिल्यै खान पाएन रे । छोराको भविष्यको लागि आनाको ४ लाखमा एक रोपनी जग्गा बेचेर विदेश पठाएको । अहिले त्यही जग्गाको मोल आनाको २५ लाख पुगिसकेछ । के उसको छोराले ४ करोड रुपैयाँ कमायो होला त ? यदि कमाएको भए पुर्खौली सम्पत्ति बेच्न किन भन्थें । यो सोच्नु पर्ने कुरा हो । मेरो बुबा बाजेले जगेर्ना गरेको घर जग्गा अहिलेसम्म सुरक्षित छ । त्यतिबेला मैले पनि मेरो छोरालाई खेत बेचेर पठाएको भए ! आज त्यो एक रोपनी जग्गाको ३ करोड पुगीसक्यो । त्यस्तो जग्गा त मसँग अहिले पनि ४ रोपनी छ । मेरो छोरा विदेश नगएर के भयो ? अहिले नै ऊ करोडपति भैसक्यो । मेरो साथीहरु बिरामी हुँदा अस्पताल लैजाने कोही छैन । टोल छिमेक आफन्तको सहारा लिनुपर्छ । मानसिक तनावले झन झन सुक्दै गैरहेका छन । मैले अलिकति मात्र ठूलो स्वरले खोक्दा छोरा उठेर आउँछ । अस्पताल जाउँ कि भनेर सोध्छ । बुहारीले तातो पानी तताएर ल्याईदिन्छ । म ननिदाएसम्म उनीहरु सुत्न जाँदैन । म चिनी रोगको रोगी डाक्टरको सल्लाह अनुसार खाना खानु अघि मैले औषधी खानुपर्छ । खाना पस्कनु अघि बुहारीले औषधी खानुस भन्न आउँछिन । मैले औषधी नखाएसम्म भात पस्किंदैन यसरी मेरो औषधी खान कहिल्यै टुटदैन । यस्तो गर्मीको समयमा पनि बुहारी र श्रीमतीले दिउँसो रोटी पकाएर ख्वाउँछन । संधै रोटी खान मन लाग्दैन होला भनेर कहिले दूध पाउरोटी, कहिले चिउरा तरकारी ख्वाउँछ । अहिले म काममा निरन्तर खट्न सक्नुमा मेरो परिवारको मायाले गर्दा हो । हिंडिरहनु पर्ने मेरो काम हो । एकदिन म १६ हजार पाईला चलेर थाकेर घरमा आराम गरिरहेको बेला मेरो छोराले कोठामा आएर सोधेछ, “बालाई सञ्चो छैन कि के हो ?” “होइन, मलाई केही भएको छैन । आज धेरै हिंडेर थाकेर आराम गरिरहेको ।” मैले भनें । छोराले मेरो मोबाईल लिएर पेशर भन्ने एप्स खोलेर हेरेछ । जुन उसले नै मेरो मोबाईलमा डाउनलोड गरेर राखीदिएको थियो । पेशरमा १६ हजार पाईला देखेपछि, “बा, हिंडन सक्छु भनेर यति धेरै हिंडनु हुँदैन । अब उमेरको पनि ख्याल गर्नुस ।” छोराले भन्यो । “नगएर के गर्ने, समाचार संकलन गर्न बोलाएको ठाउँमा जानै प¥यो ।” मैले भनें । “मोटरसाईकल चलाउने गर्नुस ।” “अब म मोटरसाईकल चलाउन सक्दिन । मोटरसाईकल थाम्न गाह्रो छ ।” मैले भनें । “उसो भए एउटा स्कुटी लिनुपर्यो । हलुका पनि छ, साईकल चलाउनु भन्दा पनि सजिलो छ ।” छोराले भन्यो । म चुप लागें । एक हप्तापछि मलाई टिभिएस स्कुटी किनेर ल्याईदियो । हो रहेछ । गियर चेन्ज गर्नु नपर्ने, अहिले म अतिआवश्यक परेमा त्यही स्कुटी चढ्ने गरेको छु । मेरो नाति अस्ति म्यानेजमेन्ट संकायबाट १२ कक्षा पास भयो । उसलाई पनि अब विदेश पढ्न पठाउने कि भनेर सोध्यो । ऊ मेरो नाति हो । उसलाई जे गर्नुपर्छ उसको बाबुले निर्णय गर्छ भनें । तर मेरो नाति पनि विदेश जाने पक्षमा छैन । यहिं कलेजमा पढने । सरकारी जागिर खान नपाए आफनै ब्यापार गर्ने भनेका छन । मातृभूमिलाई माया गर्न मैले सिकाएको संस्कारको पालना गर्दैछ । म खुसी छु । अहिले म स्वस्थ छु । मलाई चिनी रोग बाहेक अरु केही रोग छैन । प्रेशर छैन, ग्यास्टिक छैन, कोल्डस्टोर भन्छ कि के भन्छ त्यो पनि छैन । मेरो दुईटै आँखाको अपरेशन गरिसकेको छु । राम्ररी हेर्न सक्छु । कानले सुन्छु । बुढेशकालमा लाग्ने बिर्सने रोग अहिलेसम्म मलाई लागेको छैन । अब भन्नुस म मूर्ख छु कि सन्तानलाई विदेश पठाउने साथी मुर्ख ?   कीर्तिपुर ।