सहिद टिमाइ माझी थारूको जन्म बिसं १९९५ मा भएको थियो ।साविक सिमरिया पंचायत–५, बालकुण्ड सिमरियाका स्थायी बासिन्दा उनको परिवार हाल दुहवी नपा–१० मा बसोबास गर्छ । उनको पिताको नाम सुमृत र आमाको तेतेरी थरूनी थियो । टिमाइकी श्रीमति आशोदेवी थरूनी थिइन् भने दाजु उकाइ माझी थिए । टिमाइका छोराहरु जेठा बेचनलाल माझी, माहिला लघुराम माझी र कान्छा दुखाराम माझी हुन् ।
लघुराम माझी २०७४ को स्थानीय निर्वाचनमा दुहवी नपा वडा नं १० का वडाध्यक्ष निर्वाचित भएका थिए । यो विवरण उनैसंग लिइएको हो ।
टिमाइ माझी घरायसी लेखपढ गरेका व्यक्ति थिए । २०२५ सालमा सिमरिया पंचायतका प्रधानपञ्च बुद्धिमान खड्गी र वडा नं ५ का वडाध्यक्ष टिमाइ माझी थिए । गाउँफर्क राष्ट्रिय अभियानले आफ्नो गाउँको विकास आफै गरौं भन्ने नारा थियो । बालकुण्ड सिमरिया टोल ढाव (पानी जम्ने खोल्सा) भएकाले सिमरिया ढावीटोलको नामले चिनिन्छ । बाटोघाटोको राम्रो व्यवस्था थिएन । दुहवी इनरुवा मुल सडकसम्म पुग्न घुमाउरो बाटो भएर हिँडनु पर्दथ्यो। बर्षात्को बेला ढावखोलामा पानी जमेपछि छिमेकी टोलसम्म सम्पर्क बिच्छेद हुन्थ्यो। मानिस हिँड्न सिधा खेतको आली हुंदै मुल सडकमा निस्किनु पर्दथ्यो। धान काटेर खेत खाली भएको बेला खेतबाट नै मेगर (गोरूगाडा हिँड्ने बाटो) बनाएर सिधा मुल सडकमा निस्किनु पर्ने बाध्यता थियो ।
टिमाइ माझीको ठुलो बिसघरा (बैठक घर) थियो। त्यहाँ दिउँसो खाना पछि र बेलुका खाना पछि हुक्का तमाखु खान र मनोरञ्जनका लागि पासा खेल्न गाउँलेहरु जम्मा हुन्थे । त्यसै क्रममा गाउँका अवस्था र सुधारको छलफल तथा गाउँमा हुने सानातिना झैझगडाका पंचेती, बैठकीहरु हुन्थ्यो ।

लेखक रामसागर चौधरी
बाटोको समस्या भएकाले सबै गाउँले मिलेर बाटो बनाऔं भनेर सुझाव आए । मुल सडकसम्म पुग्न वडा नं ३ र ५ का जग्गा धनीलगायत सबैको सुविधा हुने भएकाले सबैले चौडा (करिब २५, ३० फिट) बाटो खन्ने सहमति भयो । गाउँफर्क अभियानले उत्साहित भएका गाउँलेको अगुवाइ टिमाइले गरे । गाउँलेहरुले मुल सडकदेखि जनश्रमदान गरेर बाटो खन्दै गए । सहमति बमोजिम बाटोका लागि जग्गा पनि छोडी दिए ।
जनश्रमदान गर्दै जाँदा टोल छेउमा पुग्न लागेकाले अरु गाउँका मानिसहरू भन्दा पनि अब सोही टोलकाले बाटो खन्ने सहमति भयो । थारु समुदायमा हप्तामा एक दिन हलो नजोत्ने बार्ने (छुट्टी) राख्ने चलन छ । त्यस गाउँमा शनिबार बार्ने दिन भएकाले बाटोघाटो मर्मत गर्ने, बाँध पैनी सफा गर्ने, सार्वजिनक काम गर्ने दिन थियो । जेठ महिनाको शनिवार जनश्रमदान गर्न जुटेका मानिसहरुको बाटो खनिरहेका बेला टिमाइका दाजु उकाइ माझीलाई एक्कासी छरू चौधरीले तरवार प्रहार गरे । उनको पाखुरामा लागेकाले ढले । छेउमै रहेका भाइ टिमाइ माझीले दाजुलाई बचाउन, छरु चौधरी लाई रोक्न खोज्दा तरवारले टाउकाकोमा नै हानेकाले उनको प्राण गयो ।
टिमाइ र छरू चौधरी असल छिमेकी थिए । त्यसो त अहिले पनि दुवै परिवारमा असल सम्बन्ध छ । फुर्सदको समयमा दुबै परिवार टिमाइको बसघरामा आएर हुक्का तमाखु खाने सुखदुखको कुरा गर्ने, पासा खेल्ने गर्दथे । यस दुःखद घटनामा दुवै परिवार दुःखी भए । पक्राउ परेका छरू चौधरीको काराबासमै निधन भयो । पछि सबै गाउँले मिलेर उब्त बाटो टिमाइ मार्ग नामकरण गरे ।
२०३८ सालमा राजा वीरेन्द्र पूर्वाञ्चल सवारी हुँदा इनरुवाको आमसभामा सहिद पत्नी श्रीमती आशोदेवी थरूनीलाई नगद रू ५००० सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसबखत सुनसरीका होमबहादुर श्रेष्ठ गृहमन्त्री थिए ।
सहिद टिमाइका बारेमा लिखित दस्तावेज भेटिदैन । उनका छोरा लघुराम माझी वडाध्यक्ष हुँदाको समयमा सहिद टिमाइ मार्ग प्रवेशद्वार बनाएका हुन् । यही प्रवेशद्वारले नै सहिद टिमाइ माझीलाई सम्झना गराउँदै छ ।
प्रकाशित:
५२५ दिन अगाडि
|
१४ चैत २०८१
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९