सबै तस्विरः सागर गैरे
- सागर गैरे
कोहलपुर चौराहामा आज असार २२ गते बिहान एक विशेष गतिविधि देखियो। चटार थारु गाउँका चिनारु कृष्ण थारुले चिच्याउदै मलाई बोलाए, "चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई।" म साईकल चलाएर फर्किँदै थिएँ र तत्कालै साईकल घुमाएर उनीहरूको समूहको नजिकै गएँ।
थारु समुदायका महिला पुरुषहरू फुट्की च्याउ खोज्न जंगलतिर जाँदै थिए। यो विशेष च्याउ गोलो डल्ला आकारको हुन्छ र जमिनमा उम्रिन्छ। फुट्की च्याउ स्वादिलो मात्र नभई पौष्टिक पनि हुन्छ। यो च्याउ विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ र वर्षमा एक सिजन मात्र पाउन सकिन्छ।

फुट्की च्याउ सालको जंगलमा पाइन्छ। जेठ र बैशाख महिनामा जंगलमा लागेको आगोको खरानीमा उम्रिने यो च्याउ असार र साउन महिनामा खोज्न सकिन्छ। माटोले लत्तपट्टिएको फुट्की च्याउ कालो देखिन्छ तर सफा पानीले धोएपछि टिमुर र अन्य मसालाहरू हालेर पकाउँदा मीठो र सुपाच्य हुन्छ।
आज कोहलपुर नगरपालिकाका थारु बहुल्य गाउँबाट उल्लेख्य संख्यामा मानिसहरू फुटकी खोज्न जंगल गएका छन् । जिप, अटो, म्याजिक भ्यान र मोटरसाइकलमा हुलका हुल मानिसहरू थिए । साथमा ओढ्ने र खाने कुराको बन्दोबस्त पनि गरेका थिए।

हिजो अस्ति गाउँमा केही मानिसले फुट्की च्याउ ल्याएका थिए र त्यो खबर आगो झै फैलियो । आज पूरा गाउँ उल्टिएर गएको छ । यति मानिसहरू आज जंगलमा छन् कि गाउँमा समेत त्यति नहोलान। फुट्की च्याउ खोज्न गएको भिडभाडको दृश्यले म छक्क परेँ र तस्बिर खिच्न थालेँ।
यो गतिविधिले थारु समुदायको उत्साह र फुट्की च्याउको महत्त्वलाई स्पष्ट पार्छ । वर्षमा एक पटक मात्र पाइने यो च्याउको खोजीका लागि थारु समुदायले गरेको प्रयास प्रशंसनीय छ । कोहलपुर

प्रकाशित:
७९२ दिन अगाडि
|
२२ असार २०८१
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९