Above News Title

देउवा–प्रचण्ड मिलनः २० वर्ष टिक्ला त ?

प्रचण्ड देउवासँग प्रधानमन्त्रीको मोलमोलाई गर्ने अवस्थामा पुगेका छन्
देउवा–प्रचण्ड मिलनः २० वर्ष टिक्ला त ?

आगामी चुनावपछि प्रधानमन्त्री को बन्ने अहिलेदेखि रस्साकस्सी छ । प्रधानमन्त्री शेबहादुर देउवा काँग्रेसले सबैभन्दा बढी सिट जीत हासिल गर्ने भएकाले स्वतः आफू प्रधानमन्त्रीको हकदार भएको दावी गरिरहेका छन् । 

उता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अबको प्रधानमन्त्री त तपाईं नै हो भनेर सबैले भन्ने गरेको अभिव्यक्ति दिन थालेका छन् । 

अहिले देउवाले हालको गठबन्धन २० वर्ष टिक्ने भनिरहेका छन् । यद्यपि अहिलेको गठबन्धन प्रधानमन्त्री को बन्ने भन्ने सवालमै देउवा–प्रचण्ड मिलन कति समयसम्म टिक्ने भन्ने देखिन्छ । यसअघिको एमाले–माओवादी गठबन्धन ५० वर्ष टिक्ने प्रचण्डको अभिव्यक्ति थियो । तर त्यो बेलुनझैं फुस्स फु्टयो । 

२०५९ मा देउवा प्रधानमन्त्री हुँदा प्रचण्डको टाउकोको मोल ५० लाख तोकिएको थियो । आफूसँगका धेरै सहकर्मी एमालेमा गएपछि कमजोर धरातलमा रहे पनि अहिले प्रचण्ड देउवासँग प्रधानमन्त्रीको मोलमोलाई गर्ने अवस्थामा पुगेका छन् । 

यसअघिको एमाले–माओवादी गठबन्धन ५० वर्ष टिक्ने भनिएकोमा बहुमतको सरकार हुँदाहुँदै ५ वर्ष पनि टिकेन । चुनावपछि सरकार बनाउने बहुमत पुग्न कुनै गाह्रो छैन । तर हालको गठबन्धन २० वर्ष टिक्ने भनिरहेकोमा प्रधानमन्त्री पदकै कारण २ वर्ष पनि नटिक्ला भन्न सकिन्न । 

आगामी सरकारमा भागवण्डा गर्न ठूला दलहरु गठबन्धनमा गए पनि स्थानीय चुनावमा भाग लिएका नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी तथा नेमकिपाले मात्रै एकल चुनाव लडिरहेका छन् । 

प्रकाशित:

१४११ दिन अगाडि

|

६ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९