जिउँदै रहनेछ तेरो सगरमाथा

जिउँदै रहनेछ तेरो सगरमाथा

१२५१ दिन अगाडि

|

१८ चैत २०७९

‘टुवरा’को टुहुरो सपना

‘टुवरा’को टुहुरो सपना

१२५३ दिन अगाडि

|

१६ चैत २०७९

खगेन्द्र गिरी ‘कोपिला’ ‘दुनियाँ रातसँगै सुस्ताउँछ, बिहानीमा साजी हुँदै जुरमुराउँछ । दुखिया रातसँगै अस्ताउँछ, बिहानीमा बासी हुँदै धर्मराउँछ’ यसरी आरम्भ हुन्छ एउटा टुवराको कथा । टुवरा हामी एउटा कुनै अनाथ केटालाई पनि भन्न सक्छौँ, एउटा कुनै भुइँमान्छेलाई पनि भन्न सक्छौँ र एउटा सङ्घर्षरत युवालाई पनि भन्न सक्छौँ। मनोज थारु ‘अज्ञात’को उपन्यासमा भने टुवरा एकजना टुहुरो केटाको रुप भएर उभिएको छ । ‘तपाईंले अनुमान लगाइसक्नु भएको होला । होइन भने ठ्याक्कै यथार्थ जान्नका लागि आउनुहोस् चुरिया गाउँ । सोध्नुहोस् त्यहाँका गाउँलेलाई’ यसो भन्दै पाठकलाई थाहै नदिएर सुटुक्क लैजान्छन् लेखकले कल्पनाको अर्कै संसारमा विचरण गराउन । टुवरा भनेपछि हामी अनेक गाँउलेहरुको सङ्घर्षको समग्र कथा पनि हो भनेर बुझ्न सक्छौँ र एक जना हलीको पसिना र आँसुको स्वर पनि हो भनेर भन्न पुग्छौँ । ‘सुन्नुस् म पनि यसै उपन्यासको पात्र हुँ टुवराजस्तै खेस्रामान्छे । ऊ र ममा फरक बस् यत्ति छ कि दुःखैदुःखको घोचोले उसको तन र मन दुबै चोइटिएको छ, मेरो मन मात्रै ।’ त्यही चोइटिएको मनले अर्काका बारीमा हलो जोतेर मकैका बोटबोटमा आफ्नो खुसी फुलाउन खोज्ने अनेकौं भुइँमान्छेहरुको उच्छ्वास र सुस्केरालाई औपन्यासिक आयाम दिइएको छ र बनेको छ ‘टुवरा’को पुस्ताकाकार रुप । यही २०७९ सालमा पाठकका सामु प्रकट भएको उपन्यास ‘टुवरा’ चितवनका युवा लेखक मनोज थारु ‘अज्ञात’को लेखकीय उत्कण्ठाको परिणाम हो । उनका सामाजिक अनुभवका तीतामीठा दृश्यहरु र सिर्जनात्मक उद्वेगका तरङ्गहरु यस उपन्यासका हरेक पात्रका मनोवृत्तिमा यथार्थ बनेर ओर्लिएका छन् । ‘टुवरा’ मा मुख्य गरेर चितवन जिल्लाको थारु समुदाय र त्यो समुदायसँग जोडिएका सीमान्तीकृत जीवनकथाहरु कतै पात्र बनेर त कतै प्रवृत्ति बनेर लेखिएका छन् । कतै त्रासदीको रुपमा ती खुम्चिएका छन् भने कतै आक्रोश बनेर मुखरित पनि भएका देखिन्छन् । यद्यपि ‘टुवरा’ उपन्यासको धरातल उही हो । पटकथा, भाष्य र घटनाक्रमहरु पनि उस्तैउस्तै छन् । प्रायः हरेक उपन्यासका कथामा एउटा नायक हुन्छ, उसलाई साथ दिने नायिका हुन्छ । एउटा दुष्ट खलनायक हुन्छ । नायक र खलनायकका कित्तामा बाँडिएका केही पात्र हुन्छन् । जीवनयापनका क्रममा यी पात्रहरुको माझमा द्वन्द्व हुन्छ । द्वन्द्वमा दमन, प्रताडना र सङ्घर्षका आयामहरु जोडिँदै जान्छन् । प्रेम, आदर्श, राजनीति र सामाजिक अन्तरविरोधहरु पनि थपिँदै जान्छन् । अन्तमा नायकले जित्छ, खलनायक पराजित हुन्छ । पात्र र स्थानका नाम फरक होलान् संवाद र आदर्शको भाष्यमा भिन्नता होला तर समग्रमा हरेक उपन्यासमा हुने धरातल यस्तैयस्तै हुन्छ । ‘टुवरा’ मा पनि हुन त यिनै कुरा छन् । तैपनि ‘टुवरा’मा लेखकले कथाको पृथक् परिवेश बुन्न सकेका छन् । कथासँग जोडिएका पटकथा र घटनाक्रमहरुको चित्रणमा आफ्नै फरक शैली पस्किन सकेका छन् । उपन्यास पढिरहने पाठकलाई पनि यो उपन्यास पढ्दा एकछिन भावविह्वल बनाउन सक्ने सामर्थ्य छ ‘टुवरा’मा । यस उपन्यासको आञ्चलिक भाषा र भावभूमिले पाठकलाई नयाँ स्वाद मात्र दिँदैन, पाठकलाई त्यसैको पीडा र सङ्घर्षसित एकाकार गरिदिन्छ । यसमा लेखिएको भाषाको नयाँ व्याकरणले पनि नेपाली भाषाकै बहुरङ्मा नयाँ रङ थपेको प्रतीत हुन्छ । नेपाली आख्यानका पाठकहरुले पढ्दै आएका कथा, घटना, पात्र र परिवेशभन्दा निकै पर र फरक देखिन्छ, यस उपन्यासको पटकथा । पात्रहरुको जीवनशैली मात्र होइन उनीहरुका सपना र विपनाहरु पनि फरक छन् । कथाका पात्रहरुले यथार्थ जीवनमा जसरी जुन शब्दलाई जे गरेर बोल्दछन् । त्यसै गरी ठ्याक्कै उपन्यासमा राखेका छन् लेखकले । पात्रहरुको संवादमा कुनै नाटकीयता, कुनै बनावटीपन र कतै पनि अभिनय देखिन्न । पात्रहरुको संवाद र संवादको मिठासले नै यस उपन्यासको भार थामेको छ भन्दा फरक पर्दैन । नेपाली भाषाको व्याकरणको कोणबाट हेर्दा भाषा नमिलेको जस्तो लागे पनि यो उपन्यास पढ्दा पाठकलाई सबैभन्दा मीठो स्वाद दिने त्यही भाषा नै छ । ‘म गम्हिर भई हडबडाउँदै कहेथियो गरिब मन्सेको लागि सहर छ सुन्नको लागि मात्रे हो घुम्नको लागि कहाँ हो रे घरमुखिया दादा । इयो चुरिया गाउँ आएदेखि खुब सुनिरहेछु सदरमुकाम सीतापुर बजारको बारेमा । सीतामाईको बारेमा । बजार घुम्न र सीतामाई थान पुज्न मन भएर के कर्नु ! नगरिता पाएको मन्सेले मात्रे घुम्न पाउने हो पवित्र सीतापुर सहर? मेरो त नगरिता फेनि छैन । कहाँबाट हुन्छ म टुवर मन्सेको नगरिता !’ भुखला नाम गरेर बोलिरहेको पात्रबाट लेखकको कलमभन्दा पनि कुनै टुहुरो मान्छेकै हृदय बोलेको प्रतीत हुन्छ । जे छ त्यसैलाई ठ्याक्कै यथार्थ रुपमै चित्रण गर्न सक्नु नै राम्रो लेखकको सामर्थ्य हो । यसरी लेखक मनोज थारु ‘अज्ञात’ आफ्नो आदर्शलाई मौन राखेर पात्रकै मुखबाट उसको यथार्थ बोलाउन सिद्धहस्त देखिएका छन् । ‘ओइ मान्ठा’, ‘याँ भन्चु काँ’, ‘चाइन्जो कर’, ‘यौरी बात खाँइस हइनो’ जस्ता थेगो बोलिरहने ‘टुवरा’का पात्रहरु निकै निर्दोष, अबोध र निश्छल देखिन्छन् । समय र सङ्घर्षका घामपानी झेल्दाझेल्दा उनीहरु सुनजस्तै खारिएका भए पनि उनीहरुका सपनामा कहिले पनि अनैतिकता र बेइमानीको रङ चढेन । उनीहरु सदैव आफ्नै नैसर्गिक जीवनमूल्य बोकेर उभिइरहेका देखिन्छन् । राम्ररी नेपाली भाषा बोल्न नजान्ने थारु र तामाङ समुदायका युवाहरुले आफ्नै जिब्रोको लच्काइअनुसार बोलेको नेपालीले छुट्टै मिठास दिएको छ । तर थारु भाषा बोल्दा पात्रहरुले उर्दू र हिन्दीका असजिला शब्दहरुलाई कनीकनी बोलेको भएर त्यति सुहाएको जस्तो लाग्दैन । ‘गर्ने’लाई कर्ने र ‘लाई’लाई ले उच्चारण गर्ने पात्रको जिब्रोले बेजुबान, हँसी, आवाज, खिलखिलाउँदो, आलिशान, तिलमिलायो, हडबडायो, बलजफ्ती, मुफ्त, दिक्कत, मरम्मतजस्ता अनेक गरुङ्गा उर्दूजन्य शब्दहरु फरररर बोलेको भने सुहाएको छैन । ‘टुवरा’ उपन्यासको दैनिकी चुरिया गाउँ, हसुली गाउँ र टिकुलिया गाउँको वरपर डुलेको छ । बौराहा खोला र राकस खोलाको साँधसीमानामा फैलिएको छ उपन्यासको कथानक । यी काल्पनिक नाउँ पनि हुन सक्छन् वा चितवनको भूगोलभित्रका गाउँठाउँ पनि हुन सक्छन् । तर उपन्यासमा पढ्दा भने यथार्थमा भएकै आभास हुन्छ, भैरहन्छ । यो उपन्यासमा पनि एउटा मालिक छ । मालकिन पनि छिन् । ऊ प्रशस्त जग्गाजमिन भएको धनीमानी छ । उसले पसिनाको सुगन्ध बुझ्दैन । उसलाई केवल आफ्ना स्वार्थ र उद्धेश्य मात्रै सर्वोपरी लाग्छन् । अर्को गाउँमा अर्का लरायन बाजे पनि छन् । त्यस्तै अर्का झारफुक गर्ने बाजे पनि छन् । यी सबै आफ्नै स्वार्थको किलामा बाँधिएका छन् । हुन त उपन्यासमा नेता पनि छन्, प्रहरी छन् सरकारी कर्मचारी छन् लेखन्दास छन् अमिन छन् र नागरिकता दिने कर्मचारी पनि छन् । यी सबैका चरित्र र स्वभावमा अमानवियताको उन्माद मात्रै चढेको पाइन्छ । पात्रहरुको कुरा गर्दा उपन्यासमा बिफला थारु छ । पतिया काका छन् । भागराम छ । बुधैदादा छ । सुकै नाम गरेका घरमुखिया पनि छन् । कहिले भोटे त कहिले भोटियावा त कहिले गोला तामाङ् हुन पुगेको एउटा माइला भन्ने जिउँदोजाग्दो पात्र छ । नागरिकता पत्रमा अक्षर लेख्ने कुनै कर्मचारीको लापरवाहीले कलिया थरुनी हुन पुगेकी केल्हिया छिन् । अनि पानापानामा छ उही ‘टुवरा’ अर्थात् भुखला थारु । भुखलाकै क्षतविक्षत सपनाहरुको बिपना हो ‘टुवरा’ उपन्यास । उपन्यासमा खेत छन्, खलिहान छन् । गोठ छ, गाईबस्तु छन् । गाउँ छ, गाउँले छन् । पूजा छ, मेला छ । मदिरा छ, नाच छ, व्यङ्ग छ, विनोद छ । हास छ, परिहास छ । उल्लास छ र छ बिपत्ती पनि । गाउँमा रोपाई छ, गोडाई छ । नदी छ, नदीमा पानी छ, माछा छन्, बाढी छ र त्रासदी पनि छ । आफैमा रमाएको जीवन छ । जीवनसंग बसाइसराइ छ । गाउँमा हुकुम्बासी छन्, सुकुम्सासी छन् । विकास छ र विनास पनि छ । उपन्यासमा लडाइँ छ, झगडा छ, मेलमिलाप छ । प्रेम छ र विछोड पनि छ । यौवन छ, यौन छ । प्रकृति छ, विकृति पनि छ । भोक छ, रोग छ, शोक छ । गाउँमा हुने सबथोक छन् यस उपन्यासमा । यस उपन्यासको कथानक र पात्रहरु राजनीतिको गन्ध र दुर्गन्धबाट सधैँ टाढा रहे । उनीहरुको जीवन राजनीतिको त्रासदीबाट टाढा नै थियो तर परिस्थितिले उनीहरु त्यही राजनीतिको आँधीबेहेरीसित मिसिन बाध्य भए । बाध्यताले बाध्यतालाई जन्माएजसरी परिस्थितिले ‘टुवरा’का पात्रहरुलाई राजनीतिको झण्डा उचाल्न बाध्य बनायो । टुवरा र माइला पनि उपन्यासको उत्सर्गमा पुग्दानपुग्दै ‘क्रान्ति’ नामको राजनीतिक लडाइँकै शरणमा पर्न बाध्य भएका छन् । राजनीतिमा लाग्नेहरु प्रायः आफ्नै वैयक्तिक उद्धेश्यलाई नै प्रधान बनाएर प्रतिशोध लिने गर्छन् तर टुवरा र माइलाको राजनीतिक चेतनामा आफ्नो वैयक्तिक प्रतिशोध मात्र छैन । उनीहरु साँच्चै आफूले भोगेका व्यथाहरु अरुले भोग्न नपरोस् भनेर कहिल्यै परिर्वतन हुन नसकेको प्रवृत्तिलाई नै फेर्न तम्सिएका छन् । यही आदर्श सपनाको पटाक्षेप नै ‘टुवरा’ उपन्यासको उत्कर्ष हो । कथा उत्कर्षमा पुगेर टुङ्गिएको त छ तर कथाले उठाएका प्रश्नहरु निरुत्तर नै रहेका छन् । राजनीतिले कुनै निकास नदिएर राजनीतिका पात्रहरुसँग जोडिएका सपनाहरु अलपत्र नै परेका छन् । तैपनि ‘टुवरा’ले छाडेर गएका प्रश्नहरु टुवराका पाठकलाई हरपल घोचिरहेको छ, सोधिरहेको छ । प्रश्नले आफैसँग प्रश्न गरिरहे पनि उत्तर त भविष्यकै जिम्मा छाडेर रोकिएको छ लेखकको कलम । ‘शान्त रहँदा बलेडले दाढी काट्छ, त्यही उग्र बन्यो भने घाँटी काट्छ, चेत के !’ यसरी सकिन्छ एउटा टुहुराको कथा भविष्यलाई टुहुरै बनाएर …।

राजाले देश बनायो भन्नेहरूसँग...

राजाले देश बनायो भन्नेहरूसँग...

१२५५ दिन अगाडि

|

१४ चैत २०७९

बलराम तिमिल्सिना यो आकास कसले बनायो ? यो धरती कसले बनायो ? ग्रह नक्षत्र र तारा कसले बनायो ? यी अनगिन्ती सारा कसले बनायो ? तिमी भनौला - ईश्वरले ! सबै कुरा कसै न कसैले बनाउने रहेछन अब भन - ईश्वर कसले बनायो ? यो सहर कसले बनायो ? यी गाउँ कसले बनायो ? यी बाटा, यी नहर र पुल कसले बनायो ? यी आलिसान महल यी अत्याधुनिक विमान भन कसले बनायो ? भारत कसले बनायो ? चीन कसले बनायो ? अमेरिका रुस जापान कसले बनायो ? भन भन भन यो देश कसले बनायो ? सबैले भन्लान- हाम्रा पुर्खाले कसैका पुर्खा ज्यामी कसैका पुर्खा किसान कसैका पुर्खा भान्से कसैका पुर्खा भरिया कसैका पुर्खा साहु महाजन कसैका पुर्खा राजा महाराजा पनि अब भन त यो देश कसले बनायो ? एउटा ढुङ्गा पल्टाउन त एक्लै सकिदैन भने यत्रो विशाल देश एक्लै कसले बनायो ? जसले बनायो यो देश ऊ खुरु खुरु देश बनाइरहेको छ कुनै दाबी छैन उसको दाबी गर्ने फुर्सद पनि छैन जो दावी गरिरहेको छ डङ्का पिटेर उसले बनाएकै होइन बिगारेको हो यो देश यो देशको नाक काटेर यो देशको कान काटेर यो देशको घाँटी रेटेर यो देशको चित्र मेटेर अनि त्यस उल्याहाले के देश बनायो ? दाबी गर्नेको भीडमा एउटा छुल्याहा निस्केको छ यो देशको मुल्याहा निस्केको छ ऊ भन्छ- शून्य थियो पुण्य गरी एक्लै वरा मरी मरी यो देश राजाले बनायो ! राजाले बनायो भन्नेलाई पनि गजबको एउटा प्रश्न छ नि ए युवराज धिराज भन‌ राजाले देश बनाएकै हो भने राजा चै कसले बनायो ? देश बनाउने राजा भए मान्छेलाई राजा कस्ले बनायो ? यो देशलाई साझा कसले बनायो ? खल्तीको बाजा कसले बनायो ? राजाको खाजा कसले बनायो ?

अम्बाको भाग्य

अम्बाको भाग्य

१२५८ दिन अगाडि

|

११ चैत २०७९

अनिल नेपाली पण्डित अगस्तिको विदाई भयो । एउटा भरिया उनको पछि पछि पूर्वतिर हानियो । टाढाका अतिथिहरु रुँदै फर्किए । छिमेकीले दिनभरी आँखा रसाए । किनकि, आज मनमतीको तेह्रौ दिनको पुण्यतिथि थियो ।  मर्ने बेलामा मनमतीले छोराहरुलाई भनेकी थिइन्, अम्बालाई राम्ररी पाल्नु, उमेर पुगेपछि असल कुमार खोजेर दिनु..।  तर त्यही बेलुका अम्बालाई अब कस्ले पाल्ने भन्ने विषयमा जेठो र कान्छोबीच कुरा मिलेन, झगडा सुरु भयो । दुवै आँगनमा साँढे झै मडारिन थाले । अम्बा रुँदै गाउँ पसी ।  अम्बा अर्थात् १० वर्षकी अबोध बालिका । जसलाई खान र लाउनबाहेक सांसारिक सुख भोगको आकर्षण छैन । तर बाबुआमाको मृत्युपछि आफ्नै घरमा ऊ फोहोरको पोको जस्तै हुन थाली । अम्बा प्रायः छिमेकी सिते बज्यैकहाँ जान्थी र धेरैजसो उतै बस्ती ।  सिते बज्यै र मनमती साह्रै मिल्ने छिमेकी थिए । दुईबीच सुखदुःखको ऐचोपैचो चल्थ्यो । कुनै दिन मनमतीले सिते बज्यैलाई भनेकी थिइन्– दिदी तपाईंलाई पतिको शोक छैन । सन्तानले शान्ति दिएका छन् । त्यसैले पक्कै म तपाईंभन्दा पहिल्यै मर्नेछु । मेरा छोराहरुको भर छैन । म छिट्टै मरें भने अम्बालाई असल कुमार खोजेर पठाईदिनु । तपाईंको गुण म स्वर्गमा तिर्नेछु ।  हेमन्त ऋतुको एक दिन घाम अस्ताउन सूर्य पश्चिमतिर भासिदै थियो । एकजना अर्धबैँसे पुरुष सिते बज्यैको ऑगनमा लखतरन भएर उभियो र बूढीलाई चिनेझैं वाल्ल परेर हेरिरह्यो ।  कुखुरा थुन्दै गरेकी बूढीले पनि चिनेझै चस्मा माथिबाट आँखा तन्काउँदै हेरिरहिन तर दुवै बोलेनन् । एकछिन शुन्यता छायो । बूढी अचानक बोलिन्, ‘तँ पुसमान होइनस् ?’  खुसी हुँदै पुरुषले बोल्यो, ‘हो दिदी हो म पुसमान भोटे, कुसुमपुरबाट आएको ।’  बीस वर्ष अघिको धमिलो स्मृतिलाई बूढीले चस्मा मिलाउँदै सम्झिइन् ।  सानो छँदा बूढीकी आमासँग ऊ पछि पछि लागेर आईरहन्थ्यो । तर, पन्ध्र वर्षअघि सानो भेरीमा आएको बाढीले उसको श्रीसम्पत्ति बगाएपछि कहिल्यै आएको थिएन । यतिका वर्षपछि आईतीलाई भेट्न पाउँदा बूढी खुसीले गद्गद् भइन् ।  साँझ पर्‍यो । बूढीले कुखुरो छिनाइन् । भान्सामा अम्बाले सहयोग गरी । खानाका परिकार तयार भए । सुरुमा पुसमानलाई खाना दिइयो । त्यसपछि अम्बा र बूढीले खान सुरु गरे । पुसमानले भोको गोरुले कुँडो चपाए झै निमेष भरमा थालको भात सक्यो । तर लाजले थपेन । उसले कसैलाई पर्खेन । हात धोएर चिसै हात गलैचामा पल्टियो ।  बूढी र अम्बाले पनि थाल चाटी चाटी मीठो मानेर खाए । सबैले खाना खाईसकेपछि पुसमानले मन खोलेर बूढीसँग बात मार्‍यो । भन्यो– ‘दिदी बाढीले श्रीसम्पत्ति बगाएपछि म गर्मीको चराझै बिरक्तिएर काला पहाडतिर हानिएँ । त्यहाँ धेरै दुःख गरेँ । आज मसँग प्रशस्त जमिन छ, कामदार छन् । सम्पत्ति छ तर सन्तान छैनन् ।’  यति भनेर ऊ केटाकेटी झै धुरुधुरु रुन थाल्यो ।  ‘जन्मिदै चर्केको भाग्य लिएर जन्मेछु,’ उसले रुँदै भन्यो–‘कसैले पाल्नको निम्ति सन्तान देलान् कि भनेर खोज्न आएको ।’ यति भनेर ऊ झन्झन् रुन थाल्यो ।  चुल्होको कुनाबाट अम्बाले पुसमान रोएको वाल्ल परेर हेरिरही । पुसमानले आँसु बग्दै गरेको आँखालाई टम्म कस्यो । र, हत्केलामा टाउको राखेर चुपचाप बस्यो अनि निमेष भरमा गलैचामा ढलेर भुसुक्क निदायो ।  राती बूढीले मनमनै पुसमानको साथमा अम्बालाई कुसुमपुर पठाईदिने विचार गरी । बूढीले तुरुन्त अम्बालाई निन्द्राबाट व्युँझाएर भनि– ‘तँ त्यो मान्छेसँग कुसुमपुर जान्छेस् ?’ तर अम्बालाई सपनामा डरलाग्दो यमराज आएर ‘त मसँग जान्छेस्’ भनेजस्तो भयो । अम्बा जान्न भन्दै चिच्याउन थाली ।  हैन हैन जानु पदैन । बूढीले अम्बालाई फकाईन् । अम्बा डराउँदै फेरि निदाइ । बूढी पनि छेवैमा खोक्दै सुतिन् ।  भोलिपल्ट विहान अम्बा र पुसमानलाई लिएर बूढी अम्बाको घरमा गइन् । अम्बाको जेठो दाजु गाउँबाट हराइसकेको थियो । अब सोध्नुपर्ने कान्छोलाई थियो । उनले सबै कुरा भनिन् । कान्छो दाइले अनुमति दियो र उसका पुराना कपडाको पोको घरबाट निकालिदियो ।  त्यसपछि ढोकामा चुकुल ठोकेर कान्छा पनि अलप भयो । अब अम्बा पुसमानसँग कुसुमपुर जानैपर्ने भयो । अम्बाले बूढीको फरिया समातेर ठूलो ठूलो स्वरमा रुँदै भनि–‘मेरी बज्यै म जान्न ।’  बूढी पनि अम्बालाई छातीमा टाँसेर रोइन् । त्यहाँ केही बज्रपात परे जसरी रुवाबासी चल्यो । अम्बा र बूढी अंगालो हालेर धेरै बेर रोए । अम्बाले घरको ढोका हेरी । दाजुले चुकुल ठोकेको थियो । त्यसपछि अम्बा रुँदै पुसमानको पछि पछि कुसुमपुर गई ।  पुसमानकी श्रीमतीको नाम राम्री थियो । ऊ रुपको निक्कै चिन्ता गर्थी र दिनभरी आफूलाई सिंगारेर कौशीमा उत्तरका हिमाल हेरेर बस्थी । लोग्नेले गुलाबकी फुलजस्ती अम्बालाई घरमा ल्याएको देखेर राम्री खुसीले गद्गद् भइ ।  पुसमान दम्पत्तिले अम्बालाई छोरी बनाएर पाल्न थाले । छ महिना बित्यो । राम्री गर्भवती भइ । घरमा सुख, शान्ति, सम्पत्ति बढ्दै गयो । राम्रीले छोरो पाई । उसको नाम प्रभास राखियो । प्रशस्त भेडा काटिए । तीन दिनसम्म गाउँलेलाई भोज खुवाउँदै खुसीयाली मनाइयो ।  प्रभास बढ्दै गयो । अब त्यस घरमा अम्बालाई गर्ने सबै माया प्रभासतिर पोखियो । राम्रीले स–साना कुरामा अम्बालाई गाली गर्न थाली । पुसमान सम्पूर्ण रुपमा जोइटिङ्ग्रे भइसकेकाले स्वास्नीका कुरा सुनेर अम्बालाई देखि नसक्ने भयो । प्रभास तीन वर्षको भयो । अब अम्बा त्यस घरमा नअट्ने भई । अम्बाले आफ्नो जन्मघर फर्किने ईच्छा गरी, पुसमानले फर्काइदियो ।  गाउँमा सिते बज्यै मरिसकेकी थिई । अम्बाको कान्छो दाजुले बिहे गरिसकेछ । उसकी स्वास्नीको नाम मुहान थियो । उ छुच्ची थिइ । दाजु सधँै रक्सी खाएर घरमा झगडा मच्चाउँथ्यो ।   पल्लो गाउँको बद्री अम्बाको घरमा आईरहन्थ्यो । कारण मुहान थिइ । ऊ उमेरले ४५ वर्षको थियो र उसकी श्रीमती मरिसकेकी थिई । अब त्यस घरमा अम्बा पनि थिइ । फुलेको गुलावजस्ती चौध वर्षकी सुन्दरी अम्बा । यो उमेरमा मानव जाति सबैभन्दा राम्रा कहलिन्छन् । तर अम्बा विशेष थिइ । बद्रीले अम्बालाई खुबै मन परायो । त्यस घरमा झन् उ दिनदिनै आउन थाल्यो । अम्बाको कान्छो दाजुसँग झन् नजिकियो । साँझ पर्न साथ रक्सी र कुखुरा ल्याएर रात बिताउन थाल्यो ।  एक दिन बद्रीले आफ्नी आमाको तिलहरी सुटुक्क चोरेर मुहानको हातमा राखिदियो । मुहान खुसीले गद्गद् भई । उसले चेप्रो घस्दै भनी–बद्री दाइ भन्नुस् तपाईंको म के सेवा गरु ?  बद्रीले भन्यो– तिम्रो घरमा फूलेको गुलावको फूल मलाई देऊ, अरु सुनका गहना तिम्रा हातमा राखिदिउँला..।  मुहानले हतारिँदै सोधी– त्यो गुलावको फूल ? अर्थात् मेरी नन्द ? अरु सुनका गहना ? हुन्छ हुन्छ । त्यो गुलाव अब तपाईंकै भयो । यो मेरो देब्रे हातको खेल छिट्टै पुरा हुन्छ । राती बिस्तारामा मुहानले लोग्नेलाई सबै कुरा भनि । बद्रीले दिएको तिलहरी देखाई । अरु पनि गहना पाइने भएपछि लोग्ने खुसी भयो । उसले एउटा हातमा गहना लिने र अर्को हातले अम्बालाई टीका लाईदिएर बद्रीको साथमा पठाउने चाँजोपाँजो तुरुन्त मिलाउन स्वास्नीलाई आदेश दियो ।  बद्रीसँग बिहे गर्न मुहानले भोलिपल्ट अम्बालाई सक्दो फकाई । दाजुले हकार्न थाल्यो । यता सेती बूढी मरिसकेकी थिइ । मावली बसाइँ सरेर हिँडिसकेका थिए । अम्बाको जाने ठाउँ कतै थिएन । घरमा बस्ने अवस्था रहेन । अन्ततः बद्रीले अम्बालाई लगिछाड्यो ।  बद्रीको घरमा ऊ र बूढी आमाबाहेक कोही थिएनन् । त्यो पैतालीस वर्षे पुरुषलाई देख्दा अम्बा निक्कै डराउँथी । बेलुका बद्रीकी आमासँग सुत्न जान्थी । तर, बूढीले अम्बालाई बद्री सुतेको कोठामा तानेर भित्र हुत्याइदिन्थी र बाहिरबाट चुकुल लगाईदिन्थी ।  बद्रीले अम्बाको मुख कपडाले थुनिदिन्थ्यो र चौध वर्षको कलिलो यौवनलाई सक्दो गिजोलेर थाकेपछि भुसुक्क निदाउँथ्यो । बद्री निदाएपछि अम्बा होसमा आउँथी र झ्यालबाट भागेर डराउँदै बूढीको छेउमा गएर सुत्थी ।  बद्रीले उसलाई निक्कै माया गथ्र्‍यो तर अम्बा बुझ्दिनथी । अम्बाको नजरमा बद्री लोग्ने नभई कपडाले मुख थुनेर बलिया हातले कलिला नाडीलाई पक्रेर निर्दयी रुपमा कलिलो यौवन गिजोल्ने डरलाग्दो पुरुषमात्र थियो ।  दिनहरु बित्दै गए । अम्बा पन्ध्र वर्षकी हुनासाथ ऊ गर्भवती भई । अम्बाको पेट बढ्दै गयो । उ पेटमा काउकुती लागेको अनुभुति बारम्बार गर्थी तर कसैलाई भन्दिनथी । पेटमा बच्चा खेल्दा काउकुती लाग्छ तर आफू गर्भवती भएको उसलाई थाहा थिएन ।  महिना पुग्यो । छोरो जन्मियो । उसको नाम देउता राखियो । बद्रीको परिवारमा खुसीको सीमा रहेन । टाढा टाढाका आफन्तहरु भेट्न आए । बजारबाट महँगो चामल ल्याईयो । गाउँमा दुई दिनसम्म ठूलो भोज भयो ।  देउता जन्मेको पच्चिस दिनपछि बद्रीलाई सञ्चो भएन । आफूलाई निक्कै गाह्रो भएको कुरा उसले आमालाई बतायो । त्यसपछि अम्बालाई पनि भन्यो । तर, अम्बा उ देखि सधैँ डराउँथी ।  भोज उतार्न सबै पैसा सकिएपछि आफ्नो उपचार गर्न बद्रीले अम्बासँग कानका मुन्द्रा माग्यो । अम्बाले तुरुन्त खोलेर बद्रीको हातमा राखिदिई । उसलाई छिमेकीले बोकेर सहर लगे । बूढीले छोराको पिर मानिरही । तर अम्बाले लोग्नेको पिर गरिन । किनकि, ऊ लोग्नेसँग डराउँथी मात्र ।  असारको महिना, भोलिपल्ट बेलुकासम्म पानी परिरह्यो । बिहानै ढोकाअगाडि काग आएर करायो । बूढीले शुभ बोल भनेर रुन थाली । बेलुका साँझको सिमसिमे झरीमा छिमेकीले बद्रीको शव आँगनमा राखे । छोराको शव देखेपछि बूढी बेहोस् भई ।  हुरीले उडाएको कागजको टुक्राजस्तै भित्रबाट उछिट्टिएर लोग्नेको शवमाथि घोप्टो परेर अम्बा मेरो कृष्ण, मेरो प्राण भन्दै रुन थाली ।  सिंगो गाउँलेको त्यहाँ रुवाबासी चल्यो । ज्युँदो लोग्नेसँग सधैँ डराउने त्यो बालिका मरेको बूढो लोग्नेलाई अंगालो हालेर सबैभन्दा धेरै चिच्याएर रोई । सबैले सम्झाउँदा पनि नसम्हालिने भएर रोई । सायद बल्ल उसले आफ्नो लोग्नेको माया र अभाव महसुु गरी । र, आफ्नो सारा जिन्दगीमाथि प्रलयको बज्रपातले केटाकेटी झंै रोई रही ।   भोलिपल्ट बद्रीको अन्त्येष्टि गरियो । अम्बाले विधिपूर्वक लोग्नेको काम सकाई । अब गाउँमा अम्बा र उसको छोरा देउता अलच्छिना हो भन्ने हल्ला चल्यो ।  बूढीले छिमेकीका कुरा सुनेर अम्बा र उसको छोरालाई घरभित्र नराख्ने भई । अम्बा र उसको छोरालाई घरबाहिर राख्ने व्यवस्था गरियो । ऊ रोएर दिन बिताउँथी । राती सपनामा बारम्बार मरेका बाबुआमा र लोग्ने आएर भन्थे–‘तिमीलाई यहाँ पिर व्यथा र दुःख भो । हिँड हामी सँगै जाऊँ ।’ उता भुस्याहा कुकुरको भुकाइले उ छिन छिनमा निन्द्राबाट ब्युँझिरहन्थी ।  एक दिन बूढीले नातिलाई नुहाउने भन्दै उम्लिन लागेको पानीमा डुबाई । केटो मुर्छा पर्‍यो । अम्बाको मुटु चुँडियो । उसले छोरालाई तानेर चिच्याउँदै छातीमा टाँसी । अम्बाले रुँदै भनी–मेरो छोरा अलच्छिना होइन ।  बेलुका छिमेकीबाट अम्बाको निम्ति पोषिलो खाना आयो । त्यो साँझ केटोलाई दूध चुसाउँदै गर्दा उ भुसुक्क निदाई । त्यो खाना कुकुरले खायो । केही समयपछि कुकुर मुखभरी सेतो फिँज निकालेर  मर्‍यो ।  भोलिपल्टदेखि सासु र छिमेकीसँग अम्बा डरले थरथर काँप्न थाली । कोही भन्थे, यो अलच्छिना केटालाई मारीदिनुपर्छ । कोही भन्थे, अम्बाका आमाछोरालाई गाउँबाट निकाल्नुपर्छ ।  तर समाजका यी बिषमय बचनको प्रतिवादमा अम्बाले बारम्बार रँदै भन्थी, बिन्ति छ, जे गर्नु छ, मलाई गर्नुस् तर मेरो छोरालाई केही नगर्नुस्, केही नभन्नुस् । मेरो छोरा अलच्छिना होइन ।  यसै पनि लोग्ने मरेको घरमा बस्दा आईमाईलाई विरक्त र उदासबाहेक केही हुँदैन । अम्बा अब त्यो घरमा बस्न नसक्ने भई । छोराको मायाले भोलि सबेरै उसले गाउँ छोड्ने निधो गरी ।  मध्य रातीसम्म अम्बा निदाइन । सुख र दुःख, हाँसो र आँसु,  भाग्य र भविष्यबारे उसको मनमा लाखौं कुराहरु खेलिरहे । मरेर गएका बाबुआमा र लोग्ने सम्झनामा रातभरी आए ।  आँसुले सिरानी भिजाइसक्दा ऊ एक निन्द्रा सुतेर व्युँझिइ । उसको धोतीको आधा भाग शितले भिजेको थियो । आकाशतिर हेरी । हेमन्त ऋतु सुरु भइसकेकाले पश्चिमको आकाशबाट उज्याला चन्द्रमाले धरतीलाई ढकमक्क पारेका थिए । ताराहरु रुख र पहाडमाथि आकाशभरी चम्किरहेका थिए । वल्लो गाउँ, पल्लो गाउँमा भाले बास्न थाले ।  उसले निदाएको छोरालाई पिठ्युँमा राखेर पटुकीले बलियोसँग कसी । बच्चाका थाङ्ना र आफ्ना एकसरो कपडाको पोकोलाई  हातमा झुन्ड्याई । चन्द्रमाको छाँयामा एकछिन आँगनमा ठिङ्ग उभिई र आकाशतिर हेरेर लामो स्वास फेरी । अनि भालेको तेस्रो प्रहरमा अम्बा गाउँबाट सधैँको लागि अलप भई । 

चितामाथि सुतेर हेर्दा .......

चितामाथि सुतेर हेर्दा .......

१२७४ दिन अगाडि

|

२५ फागुन २०७९

डा प्रदीप ढकाल चितामाथि सुतेर हेर्दा  यौवनको घमण्ड क्षणिक रहेछ शक्तिको उन्माद व्यर्थ रहेछ रूपरङ्ग र सौन्दर्य विलीन भए धन र सम्पत्तिको तुजुक जलेर भष्मिभूत भयो गरिबीका परिधीहरू जलेर खरानी भए धर्मका पर्खालहरू क्षणभरमै विलुप्त भएर गए ज्ञान र मोक्षका तर्कवितर्कहरू व्यर्थ भए ..... चितामाथि बसेर सोचेँ – के मृत्यु दुःख हो ? अनुभव र अनुभूतिहीन हुनु पनि के को दुःख हुनु ? चितामाथि लम्पसार परेर घोत्लिएँ .... जन्म, जीवन र मृत्यु यी तीनवटा चरणमात्र त छन्् प्राणी जीवनका .... जीवन तर्क होइन, जीवन शब्द होइन, जीवन आदर्श होइन अनि जीवन व्यवस्था पनि होइन जीवन – जीवन हो .... म शिशुहरूलाई देखाउँछु – आकाशका तारा, चन्द्र, ग्रह र अन्य पिण्डहरू ताकि धर्तीका हाड र मासुका पिण्डहरूसँग द्वन्द्व गर्दै अल्मलिनु नपरोस् म उनीहरूलाई आकाशतर्फ नियालेर प्रेमको चमक देखाउछु ताकि धर्तीका कठोर मुटुहरूबाट उनीहरू बलात्कृत हुनु नपरोस् .... चितामाथि बसेर ..... आफ्नो व्यथित अतीत नियाल्छु – जीवनदेखि पर लगेर मसानघाट छाडी जाने त्यो निर्दयता जीउनु न मर्नुको अवस्थामा छाडिदिने त्यो कठोर मन पलपलमा परिवर्तित हुने  ती ऋतुका नियम सबै क्षणभरमै जलेर गए .... चितामा लम्पसार परेर हेर्दा ..... त्यो सिउँदोमा सिन्दूर होइन यही चिताको खरानी सजिएछ .... अनि रङ्गहीन, ओजबिहीन एक जिउँदो लास बनेर चुपचाप समाजमा विचरण गरिरहेकै रैछ ... चितामाथि बसेर ..... एकपटक फेरि आँखा च्यातेर हेरेँ – अझै कहीँ कतै आँशु बाँकी पो छ कि ! अनि प्रार्थना गरेँ – प्रेमको तृष्णा मेट्नका लागि विधाताले अर्को जीवन नदिई जन्म र मृत्युको चक्रबाट पर अनन्तमा विलीन गराओस् ... चितामाथि लम्पसार परेर .... म प्रेमसँगै डुल्दछु – जीवन, जगत्, ब्रम्हाण्ड एक प्रेमीको रूपमा – एक स्वतन्त्र आत्माको स्वरुपमा अनन्तको चीर यात्रामा ...... ।

खिस्साः माउक डमन्ड्वा

खिस्साः माउक डमन्ड्वा

१२७५ दिन अगाडि

|

२४ फागुन २०७९

सोम डेमनडौरा बटास्या दश कक्षासम् पह्रल् बा । पह्र ब्याला उहिँका सब्से महान लग्ना शब्द कलक डाई रहिस् । हरेक कापी ह्वाए या पन्ना डाई लिख्ल रह । आठ कक्षा पह्र ब्याला डाई शिर्षकम निबन्ध लिख पर्ना रहिन् । ऊ डाई शिर्षकम निबन्ध लिख्क फस्ट मर्ल रह । टबसे ट झन् डाई भगवान, डाई सृष्टि, डाई संसार.....या कहि डाई जो सबकुछ । हरब्याला डाईक महानता गाए । भ्वाज करल् डु बरस पाछ रसरस डाई लिखल् पन्ना ढुह््यैटि गइल् । ऊ पन्ना पुराका पुरा मक्का गैल् । ड्वासर पन्नम झरझरसे लिख्ल रह– “म्वार जन्नी” । ऊ आपन जन्नीहँ बहुट मैया करठ् । आपन जन्नीक हर मागन पुरा करठ् ऊ, चहा पहार बिल्टाई पर । ठर्वक कन्ढा सम् बाटिस् वाकर जन्नी । टर जन्नीक आघ पुँछि हिलाइठ् बटास्या । माऊ, जेठिन्या, सरजिया, साली, साला.....हाँ अस्टहँ नाटनट्कुर पलि रठिस् वाकर घर । मिठमाठ पक्लसे सब्से पैल्ह वाकर सस्रार पुग पर्ठिस् । यदि निपुगल् कलसे बटास्यक जन्नी खटोलपाट शुरु । बटास्य फे बान पर्सेक्लिस् । लरौ साह्रे बार बजे राट्क साली फोन कर्लिस्, “दिदी, डाईक प्याट बठाईटिस् । भाटुहँ बिर्वा लेक पठाड्या ।” बटास्या हडर बडर पाइन्ट लगाक निकर्जाइठ् मेडिकलम बिर्वा लिह । बिर्वा डिह ड्वासर गाउँ पुग्जाइठ् । बटास्या जब घर पुगठ् ट राटिक डुई बजल् रहठ् । माघ ठिक हुइलक खबर सुनाइठ् । जन्नी एक चुम्मा डेठिस् । बटास्या बरा गहिँर निंड सुटठ् । ड्वासर राट वाकर डाइक दाँत बठाक जुरी आइ भिरल् रठिस् । दाँत आब चुपाई टब चुपाई कैक पिरा सहक बैठल् रठी । टर दस बजठ् बजठ् सह निसेक्ना होजैठिन् । बठ्ठक झार जुरी आजैठिन् । मन्का हनहनाई लग्ठी । हनहनाइठ् सुन्क ठर्वा मेढर्वन अन्कुस् लग्ठिन् । बटास्या बल्खिच कच्वाटहस् पुछठ्, –“का हुइटा डाई ट्वार ?” डाई ब्वाल पैल निरठि, टर्नी खपाकसे कचोट्ठी । “हिंकार जब फे अस्ट हुइटिन् । बठैहिन् चुपा रहहिन् ।” डाई– “निसेक्नाहस् लागटा छावा । बिर्वा लान्डेट्या ट ।” डाई बिन्ति कर्ठी । “अट्रा राट ट कहाँ जैहिँ ना । चिमचाम सुट रना हो । ना सुटहि ना सुट डिहीं । सिकार उकार ना खैहो ट कठुँ, आँखर आँखर चबैटि रठो । दाँत निबठाई ट का बठाई । चिमचाम सुटो । अट्रा राट कहाँ जैबो । मेडिकलक मनै फे ट निजग्ठ अट्रा जुन ।” जन्नी अट्रा कठिस् ट बटास्या फेर ओंडर जाइठ् पठ्रिम ।  

होलीको अवसरमा दिइयो १७१ जनालाई मूर्ख उपाधि

होलीको अवसरमा दिइयो १७१ जनालाई मूर्ख उपाधि

१२७७ दिन अगाडि

|

२२ फागुन २०७९

भारत लगायत देशमा होलीको अवसरमा मूर्ख उपाधि दिने चलन छ । जसलाई निकै सम्मानको रुपमा लिइन्छ । जनकपुरमा पनि केही वर्ष यता होलीको अवसरमा मूर्ख उपाधि दिने चलन छ । उता सुनसरी, इटहरीका पत्रकार तथा लेखक सुविद गुरागाईले केही वर्ष यता होलीको अवसरमा सामाजिक सञ्जाल मार्फत् मूर्ख उपाधि दिने गरेका छन् ।  लेखक गुरागाईले सूचीकरण गरेका २०७९ का मूर्ख को कस्ता छन् त ? होली उपाधि तथा सम्मान – २०७९ ०१. एक नम्बरको मूर्ख – धर्मेन्द्र झा ०२. मूर्ख सम्राट – स्वागत नेपाल ०३. महामूर्ख – केदार भण्डारी ०४. सदाबहार मूर्ख – नारायण तिवारी ०५. मूर्खाधिराजपति – हिक्मत थापा ०६. मूर्ख महामण्डलेश्वर – साम्ब ढकाल ०७. मूर्खाधिपति – द्वारिका घिमिरे सुबोध ०८. मूर्ख शिरोमणि – धीरज भट्टराई ०९. मूर्खाधिश – डिल्लीप्रसाद पोखरेल १०. मूर्खेश्वर – राजेन्द्र गौतम ११. राष्ट्रिय मूर्ख – राजन मेहता १२. देशेमरु मूर्ख – छविरमण अधिकारी १३. सम्मानित मूर्ख – गोपाल कोइराला १४. मूर्खराज – रमेशकुमार सुवेदी १५. विशेष प्रकारको मूर्ख – दिनेश पौडेल १६. स्थायी प्रकृतिको मूर्ख – बद्रीविशाल पोखरेल १७. उत्कृष्ट मूर्ख – हरिराम पौडेल १८. जान्नेबुझ्ने मूर्ख – डम्बर खतिवडा अकिञ्चन १९. उच्चस्तरको मूर्ख – घनेन्द्र ओझा २०. प्राज्ञिक मूर्ख – कृष्णराज सर्वहारी २१. वास्तविक मूर्ख – सागर तिम्सिना २२. सर्वाधिक मूर्ख – नवीन गड्तौला २३. युनिभर्सल मूर्ख – यम घिमिरे २४. सुप्रिम मूर्ख – राकेश निरौला २५. अब्बल मूर्ख – कृष्ण आचार्य २६. उत्पात मूर्ख – वेदराज पौडेल २७. अचम्मको मूर्ख – वीरेन्द्र केएम २८. उच्चकोटिको मूर्ख – सन्दीप दाहाल २९. गतिलो मूर्ख – मदन राजभण्डारी ३०. भेट्रान मूर्ख – हरि डाँगी ३१. परिपक्व मूर्ख – भीम खतिवडा ३२. बिर्सन नसकिने मूर्ख – दिनेश अधिकारी ३३. सर्वश्रेष्ठ मूर्ख – गणेश खड्का ३४. सत्य औँल्याउने मूर्ख – सरोज बराल ३५. लोकप्रिय मूर्ख – ऋषि बस्ताकोटी ३६. विशुद्ध मूर्ख – नेपाली मोहन ढुङ्गेल ३७. सबभन्दा मूर्ख – डिल्ली आचार्य ३८. सम्माननीय मूर्ख – राजीव कोइराला ३९. अति आदरणीय मूर्ख – विजय श्रेष्ठ ४०. क्रिएटिभ मूर्ख – पेशल आचार्य प्यासी ४१. पटमूर्ख – अनुज पराजुली स्मित ४२. सुध्रिएको मूर्ख – कमल पुडासैनी ४३. मूर्खाचार्य – पुष्प पराजुली ४४. बालुवामा पानी हाल्ने मूर्ख – दिनेश भट्टराई ४५. प्रमुख मूर्ख – गेहेन्द्रचन्द्र ढुङ्गेल ४६. अपूर्व मूर्ख – चेतन धमला ४७. कोसी प्रदेशको मूर्ख – बाबुराम कार्की ४८. साँच्चिकै मूर्ख – धर्मराज खड्का ४९. विचित्रको मूर्ख – ईश्वर ओझा ५०. अघोषित मूर्ख – जीवन पानी ५१. असली मूर्ख – कौशल भट्टराई ५२. स्पेसल मूर्ख – लेखराज ढकाल ५३. रहरिली मूर्ख – शोभा आचार्य सुवेदी ५४. सुहाउँदिली मूर्ख – यमुना बस्नेत ५५. आफ्नै पाराकी मूर्ख – पवित्रा ल्वागुन ५६. ओझेलमा परेकी मूर्ख – बेबीडेजी गुप्ता ५७. सम्झनलायक – विष्णु भुर्तेल ५८. गजबको मूर्ख – राजन पौडेल ५९. भ्रष्टाचारविरोधी मूर्ख – दिनेश लम्साल ६०. नपत्याउँदो मूर्ख – सुकदेव चौधरी ६१. अति विशिष्ट मूर्ख – विराट अनुपम ६२. सक्कली मूर्ख – रमेश भट्टराई ६३. धेरै सोझो मूर्ख – शम्भु भण्डारी ६४. नयाँ नेपालको मूर्ख – छवि लुइटेल ६५. फन्टुस मूर्ख – कुसुम पोखरेल जङ्गली ६६. गफाडी मूर्ख – प्रकाश बस्नेत ६७. औपचारिक मूर्ख – विनोद ढकाल ६८. यथावत् मूर्ख – हिमाल दाहाल ६९. राम्रो गर्न खोज्ने मूर्ख – दीपक रोक्का ७०. विशिष्ट मूर्ख – भुवन सुवेदी ७१. अर्नासँग भिड्ने मूर्ख – देवराज घिमिरे ७२. धेरै जान्ने मूर्ख – महानन्द सापकोटा ७३. कोपिलाउँदो मूर्ख – सुस्मिता नेपाल ७४. गम्भीर प्रकृतिकी मूर्ख – इन्दु अंशु ७५. जब्बर मूर्ख – सनत सापकोटा ७६. रियल मूर्ख – जयन्ता पोखरेल ७७. फरक धारको मूर्ख – विसप ताम्राकार ७८. हतारमा निर्णय गर्ने मूर्ख – सदीक्षा नेपाल ७९. मूर्खहरूको राजा – राजकुमार शाही ८०. अति ज्याद्रो मूर्ख – पदम गौतम ८१. लप्पन–छप्प्न नजान्ने मूर्ख – महेश ढुङ्गाना ८२. सर्वस्वीकार्य मूर्ख – कृष्ण भट्टराई जुनेली ८३. चौथाइ मूर्ख – बद्रीप्रसाद कोइराला ८४. रेलिगेसनमा झरेको मूर्ख – सिएन गौतम ८५. हारमा पनि रमाउने मूर्ख – विनोद पाण्डे ८६. उपमूर्ख – रमेश अधिकारी ८७. नोमिनेसनमा नपरेको मूर्ख – सङ्केत अगस्ती ८८. छुटपुट मूर्ख – हरि ढुङ्गेल ८९. अचल मूर्ख – रामबिक्रम थापा ९०. पुरानो मूर्ख – सन्तोष खरेल ९१. मस्तराम मूर्ख – इकवाल अहमद ९२. देख्दा थाहा नपाइने मूर्ख – जनक चन्द ९३. नसुध्रिने मूर्ख – सुरज पराजुली ९४. सुकिलो मूर्ख – किरण टी लिम्बु ९५. सम्भावित मूर्ख – आकास भुर्चोके ९६.मर्नुको फाइदा बताउने मूर्ख – कृष्ण भुल्केली भट्टराई ९७. जेको पनि प्रमाण खोज्ने मूर्ख – शालिग्राम पाण्डे ९८. नवनीतम् मूर्ख – इन्द्र ढुङ्गेल ९९. निर्विकल्प मूर्ख – गणेशप्रसाद अधिकारी १००. नम्बरी मूर्ख – गीतनारायण एमटी १०१. कहिल्यै नथाक्ने मूर्ख – जेबि थुलुङ १०२. स्वघोषित मूर्ख – निरज भट्ट १०३. मूर्ख पर्सनालिटी – गोविन्द ढकाल बुइँपाली १०४. मूर्ख महापण्डित – गुणानन्द झा १०५. मूर्ख देशप्रेमी – जयराम गौतम १०६. मूर्ख डायस्पोरा – आचार्य प्रभा १०७. मूर्ख सर्जक – राजन कार्की १०८. मूर्ख सचेतक – विक्रमश्रि १०९. मूर्ख ज्वाजल्य–पट्ट – जिपी तिवारी ११०. मूर्ख सुन्दरी – सीमा बस्नेत १११. महामूर्ख शिरोमणि – सुनोज निरौला ११२. मूर्खमण्डली संयोजक – सुरेश सुवेदी ११३. मूर्ख भविष्यवक्ता – कमल दाहाल ११४. मूर्ख लिस्नर्स – रूपेश मेहता ११५. मूर्खलाल – टिबी सागर ११६. मूर्ख जागरण सम्मान – रमेश शुभेच्छु ११७. उल्लु शिरोमणि – भीम घिमिरे ११८. लाल बुझक्कड – दीपक आचार्य ११९. मूर्खमाया सम्मान – जुनु रिमाल १२०. मूर्ख अफ द इयर – पारसमणि गेलाल १२१. हनुमान त्रिशक्तिपट्ट – लक्ष्मी खतिवडा ज्वाला १२२. उत्कृष्ट लठुवा सम्मान – पुण्य आचार्य १२३. पलायन शिरोमणि – विमल अधिकारी १२४. सबैभन्दा ठुलो भन्टा सम्मान – धीरेन्द्र प्रेमर्षि १२५. पानीको किरो सम्मान – विमलमान श्रेष्ठ १२६. बैगुनरत्न शिरोमणि – हेमराज दाहाल १२७. अपजस शिरोमणि – कमल ढकाल १२८. अविश्वास त्रिशक्तिपट्ट – प्रभात खड्का १२९. मानार्थ मूर्ख सम्मान – धनराज गिरी १३०. चाउरिएको मरिच सम्मान – सितोस पोखरेल १३१. बाजिगर भूषण–रत्न – ठाकुर बेल्बासे १३२. मूर्खश्री सम्मान – बद्री भिखारी १३३. कित्ता परिवर्तन रत्न – चन्दन रौनियार १३४. कलियुगको कालीदास – भरत गुरागाई बर्बरिक १३५. कलियुगको श्रवणकुमार – सुनील पुरी १३६. कसैले नपाएको सम्मान – भेषराज घिमिरे १३७. हवेली विघटन रत्न – प्रभातरञ्जन पोखरेल १३८. मूर्ख परम्परा सम्मान – किशोर पहाडी १३९. उत्कृष्ट ढोक्सोभूषण – शशी कोइराला १४०. मूर्ख संरक्षक सम्मान – सुवर्णशमसेर विष्ट १४१. हिङ बाँधेको टालो सम्मान – गायत्री लम्साल १४२. करेला उपचार सुविख्यात पट्ट – विशाल सुवेदी १४३. मूर्ख सिर्जना सम्मान – शाश्वत ढुङ्गाना १४४. ताइँ न तुइँ सम्मान – लक्ष्मी नेपाल १४५. मात्रा चढावट सम्मान – घनश्याम न्यौपाने परिश्रमी १४६. कालीदासस्मृति सम्मान – दिनेश पौडेल गरिब १४७. जोगिरा ढ्याङ्ग्रो सम्मान – राजेन्द्र पोखरेल १४८. उल्लु संरक्षण सम्मान – जिबी गजल १४९. सम्हाली नसक्नु मूर्ख सम्मान – राजन खतिवडा (सम्ली राख) १५०. मूर्ख राष्ट्रसेवक सम्मान – अनिल पोखरेल १५१. जति भए पनि नपुग्ने सम्मान – विपिन किरण १५२. गेलभेँडा त्रिशक्तिपट्ट – महेश गुरागाई १५३. फाङफुङ त्रिरत्न भाष्कर – जनकऋषि राई १५४. यथास्थिति रत्न प्रथम – गणेश निरौला १५५. विवादित उद्यमी सम्मान – समीर कार्की १५६. श्री ७ मूर्ख सम्मान – चञ्चल भट्राई १५७. विज्ञानसम्मत मूर्ख सम्मान – ज्ञानमित्र १५८. अजम्मरी मूर्ख सम्मान – अमर खड्का १५९. घुमीफिरी रुम्जाटार सम्मान – विश्वमणि पोखरेल १६०. झनक्क बहादुर भूषण – कृष्ण अधिकारी १६१. बालापन बाँकी सम्मान – आस्था दाहाल १६२. हाहाहुहु मानक पट्ट – शरदराज गौतम १६३. जुनसुकै लहरमा मिल्ने भेडो सम्मान – लीलाराज भट्टराई १६४. नक्कली प्वाँख उज्यालो पट्ट – अच्युत घिमिरे बुलबुल १६५. माछामाछा भ्यागुतो सम्मान – सुनिता मरिक १६६. आलु रत्न भूषण – योषा गुरागाई १६७. हाँस न बकुल्लो भूषण – केशव दाहाल १६८. विचारले किचिएको मूर्ख सम्मान – मोहन तिम्सिना १७९. फुटेको मादल सम्मान – राजु केसी १७०. अलग्गै चिनिने मूर्ख सम्मान – अर्जुन शर्मा १७१. मनमौजी मूर्ख – सुविद गुरागाई भुलचुक लिनेदिने ।