कविता- शहिदहरुको सम्झनामा

कविता- शहिदहरुको सम्झनामा

१३१२ दिन अगाडि

|

१६ माघ २०७९

हरिशचन्द राजाको कथा

हरिशचन्द राजाको कथा

१३१३ दिन अगाडि

|

१५ माघ २०७९

लक्ष्मी राना एकादेशमा हरिशचन्द नामक् राजा थिए । उनी प्रत्येक दिन सवा सय मन दान गर्थे । विश्वमिन्तुर  (विष्णु) भगवान्ले राजालाई कजाउन खोज्थे तर राजा भने दिनकै निकै दान गर्थे ।  एकदिन विश्वमिन्तुरले राजाको परीक्षा लिने अठोट गरे । उनी सुँगुरको भेष धारण गरेर राजाको खेतमा गए । उनले एउटा दौनाको रुख मात्र बचाएर राजाको बाँकी खेतबारी सबै सखाप गरिदिए । उनी त्यही दौना रुख तल घर बनाएर बसे । उता राजा आफ्नो नोकर्नीलाई त्यही खेतमा फूल टिप्न पठाए । खेतमा पुग्दा त नोकर्नीले सबै लथालिङ्ग भएको देख्छे । हेर्दै जाँदा त्यहाँ एउटा सुँगुर सुतिराखेको हुन्छ । ऊ हेरेर डराउँछे र छिटो छिटो भागेर महलमा पुग्छे । ऊ सबै कुरा विस्तारमा राजालाई सुनाउँछे । त्यो कुराले राजा रिसाउँछन् र आफ्नो बन्दुक लिएर खेततिर दौडिन्छन् ।  राजालाई देखेर सुँगुर दौडिन्छ । राजा भने पछाडि पछाडि लखेट्छन् । जाँदा जाँदै जङ्गल किनार पुगेर सुँगुर वामनको भेष धारण गर्छ । उनलाई राजा देखेर रोकिन्छन् ।  तिनीसँग सोध्छन्, ‘यो जङ्गलमा के गर्दै हुनुहुन्छ बाबाजी ?’  उनको कुरा सुनेर वामनले भन्छ, ‘मेरी एउटी छोरी छे । ऊ विवाह गर्ने उमेरकी भैसकेकी छ तर मसँग केही छैन । कसरी उसको बिहे गरुँ ? यसर्थ जङ्गलमा आएँ । तपाईं यति ठूलो दानी हुनुहुन्छ भने मलाई दक्षिणा दिनुस्, ताकि म आफ्नो छोरीको बिहे गर्न सकूँ ।’  त्यो हात पर्ने वित्तिकै वामनले भने, ‘जसको लगाम उसको घोडा तपाईं झर्नुहोस् राजा साहब । अबदेखि यो घोडा मेरो भयो ।’  यो कुरा सुनेर राजा भन्छन्, ‘यो जङ्गलमा म तपाईंलाई के दिऊँ । मेरो महलमा हिँड्नुस् । जो माग्नु हुन्छ, त्यही दान गरुँला ।’  त्यसपछि वामन भन्छन्, ‘नाइँ मलाई जे चाहियो, यही दिनुपर्छ ।’ यसरी  उनले राजाको परीक्षा लिन थाले ।  यस्तै गर्दा गर्दै अन्तमा हार मानेर राजा भन्छन्, ‘ल बताउनुहोस्, तपाईंलाई के चाहियो ?’  वामन खुसी हुँदै भन्छ, ‘मलाई अरु केही चाहिँदैन, तपाईंले लिएको महलको चाबी अनि यो घोडाको लगाम चाहियो ।’  राजा एक पल पनि नसोची आफ्नो महलको चाबी र आफ्नो घोडाको लगाम वामनलाई दिन्छन् ।  त्यो हात पर्ने वित्तिकै वामनले भने, ‘जसको लगाम उसको घोडा तपाईं झर्नुहोस् राजा साहब । अबदेखि यो घोडा मेरो भयो ।’  यो कुरा सुनेर राजा घोडाबाट झर्छन् । वामन भने घोडा चढेर घरतिर आउँछ । राजा भने पछाडि पछाडि पैदलै आउन थाल्छन् । कहिल्यै न हिँडेका राजा हिँड्दा हिँड्दा उनको पैतालामा घाउसमेत हुन्छ ।  लखतरान जब राजा आफ्नो महल पुग्छन् । त्यहाँ घोडामा चढेको वामन भन्छ, ‘हेर्नुस् राजा साहेब, जसको चाबी उसको महल, आजबाट यो महल पनि मेरो भयो । तपाईं आफ्नो बालबच्चा श्रीमती र आफ्नो सरसामान लिएर यहाँबाट निस्कनुस् त । म आफ्नो घरमा बस्न दिन्न ।’  यो कुरा सुनेर राजा केही न बोली आफ्नो सरसामान निकाल्न थाल्छन् । यो देखेर नगरवासीहरू धेरै दुःखी हुन्छन् । उनीहरूले वामनलाई भन्न थाल्छन् कि ‘हामी गर्छौँ सवा सय मन दान तर हाम्रो राजालाई महलबाट न निकाल्नुस् ।’  उनीहरूको कुरा सुनेर वामन गर्जिन्छ, ‘तिमीहरू कसरी दान दिन्छौ । तिमीहरू सबै मेरा हौ । अब राजाको हिस्सामा के रह्यो र ? यो सबै गाउँवस्ती त मेरो भयो ।’  यो कुरा सुनेर गाउँबस्ती सब चुपचाप लाग्छन्, केही बोल्न सक्दैनन् । राजा आफ्नी रानी तारावती र छोरा रोहितलाई लिएर घरबाट निस्कन्छन् । उनीहरू काशी जाने निधो गर्छन् । काशी जाने बाटोमा भगवान् विश्वमिन्तुर एउटा आइमाईको भेष धारण गरेर बस्छन् । जसै राजा नजिक पुग्छन्, ऊ भन्न थाल्छे कि, ‘राजा साहेव एकछिन विश्राम गरेर जानुस् । केही न खाए पनि पानी त पिएर जानुस् ।’  यो अनुरोध सुनेर राजाले भने, ‘नाइँ जबसम्म म सवा सय मन दान गर्दिन तबसम्म म पानी पनि पिउँदिन ।’ यति भन्दै राजा आफ्नो बाटो लाग्छन् ।  पछाडि हिँड्दै गरेकी रानी तारावतीलाई पनि त्यही अनुरोध हुन् कि, ‘रानी साहिबा पानी पिएर जानुस् । राजा त पिएर गए ।’ यो कुरा सुनेर रानी भन्छिन्, ‘म पिउँदिन, जबसम्म हामी दान गर्दैनौँ ।’ यति भन्दै रानी पनि सरासर लाग्छिन् ।  त्यसपछि छोरा रोहित आउँछ । उनलाई पनि आइमाईको भेषमा विष्णु भगवान्ले अनुरोध गर्छन् कि, ‘ए भाइ, पानी पिएर जाऊ । तिम्रा आमा बुबा पानी पिएर गएका छन् ।’  उता छोरा रोहितले पनि भन्छ, ‘नाइँ दान नगरी म पानी पिउँदिन ।’ यति भन्दै ऊ पनि फटाफट आफ्नो बाटो लाग्छ । हिँड्दा हिँड्दै तिनै जना काशी पुग्छन् । काशीमा एक कल्लु भंगी हुन्छ । उसले आर्यघाटमा काजकिरिया गरेबापत पैसा उठाउने काम गर्छ । काम खोज्ने क्रममा राजा कल्लु भंगीको घरमा पुग्छन् । त्यहाँ उनले काम पाउँछन् । त्यस दिनदेखि तिनकै नोकर बनेर राजा हरिशचन्द्र काम गर्न थाल्छन् ।  रानीको केही जोड नचलेपछि उनी आफ्नो धोती च्यातेर धरौटी राख्न तयार हुन्छिन् । यत्तिकैमा विश्वमिन्तुर साधुको भेषमा आइपुग्छन् । अनि भन्छन्, ‘त्यो मन्दिरमा लग, तेरो बच्चा ठिक हुन्छ ।’  उनले आर्यघाटमा काजकिरिया गराउने मान्छेबाट कर उठाउन थाल्छन् र त्यहाँबाट उठेको पैसा कल्लुलाई लगेर दिन्छन् । उता रानी तारावती त्यहीको एक मन्दिरमा पूजारीको नोकरी पाउँछिन् । ऊ मन्दिरमा पूजापाठ गराउँछिन् । रोहित भने मन्दिर र आर्यघाटमा चढाउनको लागि फूल टिप्दै बेच्ने काम गर्न थाल्छ । यसरी तिनै जना आफ्नो गुजारा गर्न थाल्छन् । एक दिन रोहित फूल टिप्दै थिए । त्यहाँ विष्णुले सर्पको रुप धारण गरे । फूल टिप्ने क्रममा रोहितलाई सर्पले डस्छ । रोहित त्यही ठहरै हुन्छ । रानी रुँदै रोहितको अन्तिम किरिया गर्न घाटमा लग्छिन् । त्यहाँ राजा पनि आइपुग्छन् ।  राजाले भने, ‘मेरो करको टका दे’ अर्थात् काजकिरिया गरेबापतको पैसा माग्न थाल्छन् ।  यो कुरा सुनेर रानी आँसु पुँछ्दै भन्छिन् कि, ‘यो त हाम्रो आफ्नै बच्चा हो । तै पनि पैसा माग्दै हुनुहुन्छ । म पैसा कहाँ पाउँ, जो हजुरलाई दिउँला ।’  अनि राजा भन्छन्, ‘नाइँ यो मेरो काम हो । पहिले करको पैसा बुझाऊ अनि मात्र काजकिरिया गर्न पाउँछौ, नभए पाउँदिनौ ।’  यस्तै गर्दा गर्दै अबेर हुन जान्छ । रानीको केही जोड नचलेपछि उनी आफ्नो धोती च्यातेर धरौटी राख्न तयार हुन्छिन् । यत्तिकैमा विश्वमिन्तुर साधुको भेषमा आइपुग्छन् । अनि भन्छन्, ‘त्यो मन्दिरमा लग, तेरो बच्चा ठिक हुन्छ ।’  उनको कुरा सुनेर रानी आफ्नो बच्चालाई बचाउन घाटबाट मन्दिरमा ल्याउँछिन् । रानी छोरालाई त्यहाँ काखमा लिएर बस्छिन् ।  उता साधुको भेषमा विष्णु भगवान् कल्लु भंगीको घर पनि पुग्छन् । त्यहाँ गएर भन्छन् कि, ‘मन्दिरमा बोक्सी आइमाई आफ्नो बच्चा खाँदैछे, गएर हेर्नुस् ।’  कल्लु छिटो छिटो आफ्नो नोकर हरिशचन्दलाई बोलाउँछ । उसले हरिशचन्दलाई, ‘मन्दिरमा एउटा आइमाई आफ्नो बच्चा खाँदैछे । त्यहाँ हेर्न जा’ भनी पठाउँछ ।  हरिशचन्द्र छिटो छिटो कुद्छ । अनि गएर आफ्नी श्रीमतीको कपाल समात्छ र मार्नलाई तरवार उठाउँछ ।  त्यतिकैमा विष्णु भगवान प्रकट हुन्छन् र भन्छन् कि, ‘तिम्रो यो दशा मैले गरेको हुँ । मैले तिम्रो सहनशीलताको परीक्षा लिएँ । म तिमीबाट एकदमै खुसी छु । माँग तिमीलाई के चाहियो ? भन, जे माँग्छौ, त्यही दिन्छु ।’  त्यसपछि राजाले हात जोड्दै भन्छन्, ‘अरु त केही चाहिएन । बस्, हामी तिनैजना वैकुण्ठ पुग्ने इच्छा छ ।’  विष्णु भगवान्ले राजाको इच्छा पुरा हुने आशीष दिए । रोहित पनि तुरुन्त जीवित भए । यता राजा आफ्नो गुमाएको सारा सरसम्पत्ति फिर्ता पाए । उनी पुरा जीवन आफ्नो परिवारसँग खुसी खुसी बिताए । अन्तमा तिनैजना वैकुण्ठ गए ।  स्रोत व्यक्तिः दोरिका राना थारु (धनगढी उपमहानगरपासलका– ७, देहोरिया, कैलाली (यो कथा ‘सोरठ’ लोककथा सं्रगहमा संकलित कथा हो । यो पुस्तक २०७९ माघ २० गते बाँके, फत्तेपुरमा हुन गैरहेको सातौं थारू राष्ट्रिय साहित्य सम्मेलनमा विमोचन हुँदैछ ।)  

मर्नुअघि-  मृत्युबारे  सोंच

मर्नुअघि- मृत्युबारे सोंच

१३१५ दिन अगाडि

|

१३ माघ २०७९

श्रवण मुकारुङ   मृत्यु हलुकाे हुन्छ- भर्जिनिया उल्फ मृत्यु चिसो हुन्छ- सिल्भिया प्लाथ झुन्डिएर मर्न ठीक हुनुपर्छ पासो त्यसपछि ठाउँ रुख, दलिन, पङ्खा घर, अफिस, कारागार तर अनिवार्य छ एकान्त हाम्फालेर मर्न भीर, पुल, इनार सेफ्टी नभएका कम्प्लेक्स कलेज, अस्पताल र पार्टी कार्यालयहरू तर महत्वपूर्ण हुनेछ सनक कायर मृत्यु हो विष सेवन अझ मुसा मार्ने विष, कीटनाशक लागूपदार्थको ओभर डोज वा पराजय बोधपछिको प्रयत्न लज्जास्पद हुनेछ यस्तो मृत्यु आत्मदाह ...? मूर्खतापूर्ण मृत्यु हो यो मृत्यु स्वयंलाई यातना यस्तो कलाहीन मृत्युको यो धर्तीमा अब छैन कुनै गुञ्जायस जसरी बुद्ध, मार्क्स, गान्धी माओत्सेतुङ, मण्डेला, माउसुली मारिरहेछन् मानिस तर तिमी यिनको लिने छैनौ सहारा किनभने तिमीलाई तिम्रो टाउकोमा गिदी भएको ज्ञान छ हो, तिमी मर्न चाहन्छौ तर इच्छामृत्यु मर्न सक्दैनौ तिमी किनभने तिमी मानिस हौ तिमीलाई माध्यम चाहिन्छ मर्न जस्तो- दम, क्यान्सर, एड्स, उमेर यद्यपी प्रयत्न गर्यौ भने तिमीले तिमीलाई रोक्नेछन् मानवअधिकारकर्मीहरूले र सम्झाउने छन् तिनले- 'जिसस् क्राइस्टको मृत्यु महान मृत्यु हो ।' योगमायाको प्रवचन साम एम. लेविसकाेको गीत हाराकिरी लोकतन्त्र वा सार्प सुटरले प्रयोग गर्ने चाइनिज अमेरिकन पेस्तोल मार्न सक्दैनन् यिनले, यी त भइसके डेट एक्स्पायर विकल्प हुनसक्छ स्लो पोइजन तर के तिमी तिम्रो देशलाई माया गरिरहन सक्छौ ? अहँ सक्दैनौ किनभने- भोकको घुनले खान्छ प्रेमको मकै त्यसैले, कवि सुन ! म अर्को विकल्प दिन्छु तिमीलाई मर्नुअघि- मृत्युबारे सोंच !।  

सीमा कठरिया पुस महिनाकी उत्कृष्ट पाठक, १० हजारले पुरस्कृत 

सीमा कठरिया पुस महिनाकी उत्कृष्ट पाठक, १० हजारले पुरस्कृत 

१३१६ दिन अगाडि

|

१२ माघ २०७९

प्रायः पुस्तकालयमा पढ्न सदस्य बन्नुपर्छ । सदस्य बन्न पैसा तिर्नुपर्छ । समयमा पुस्तक फिर्ता नल्याए जरिवाना समेत तिर्नुपर्छ । तर पुस्तकालयमा नियमित पढ्न गएवापत पैसा पाइन्छ, त्यो पनि १० हजार, यस्तो सुन्दा अचम्म लाग्दैन त ? हो, यस्तै, अचम्मलाग्दो अभियान सुरु गरेको छ, टीकापुर सरोकार समूहले । टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्य्यन गर्नेमध्ये उत्कृष्ट एक पाठकलाई प्रत्येक महिना पुरस्कृत गर्ने कार्यक्रमको थालनी गरिएको छ । यसै क्रममा टीकापुर–१, ब्लक नं १४ कि सिमा कठरियालाई १० हजार नगद र प्रशंसापत्रसहित पुस महिनाको उत्कृष्ट पाठक पुरस्कार प्रदान गरिएको छ ।  विहीवार सरस्वती पूजाका दिन एक विशेष समारोहबीच वीरेन्द्र विद्यामन्दिर मावि टीकापुरका पूर्व प्रधानध्यापक एवम् साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता सीमा कठरियालाई उक्त पुरस्कार  हस्तान्तरण गरे ।  सो अवसरमा तिमिल्सिनाले पढने संस्कृति घटदै गएको बेला सरोकार समूहले पाठकमा अध्ययनतर्फ रुचि बढाउन यो पुरस्कार ब्यवस्था गरेकोमा सन्तोष ब्यक्त गरे । टीकापुर सरोकार समूहको तर्फबाट पुस महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समूहका सदस्य रेवन्त रावलले गरेका थिए ।  कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशी लगायतले बिजेता सीमा कठरियालाई बधाई दिएका थिए ।  प्रत्येक महिना प्रदान गरिने उत्कृष्ट पाठक पुरस्कार टीकापुर सरोकार समूहले टीकापुर सामुदायिक पुस्तकालयको ब्यवस्थापन तथा मूल्याङ्कन सहयोगमा गत मंसिर महिनादेखि पुरस्कार प्रदान गर्दै आएको समूहका सचिव नवराज भट्टराईलाई जानकारी दिए ।   

भुरभुरा रहर थारू सिनेमाकी प्रमुख कलाकार लहिया थारूको निधन

भुरभुरा रहर थारू सिनेमाकी प्रमुख कलाकार लहिया थारूको निधन

१३२५ दिन अगाडि

|

३ माघ २०७९

भुरभुरा रहर थारु सिनेमाकी प्रमुख कलाकारमध्ये एक लहिया थारूको ७० वर्षको उमेरमा निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१०, गैरी गाउँ दाङकी लहियाको माघ २ गते राती सवा ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ख्याल बगालका महासचिव प्रणव आकाशका हजुरआमा थिइन् । सुशील चौधरीको लेखन रहेको भुरभुरा रहरका क्रियटिभ डाइरेक्टर हुन् प्रणव ।  भुरभुरा रहरमा त्यस फिल्मका प्रमुख पात्र छविलाल कोपिलाको आमा भएर अभिनय गरेकी लहियाको अभिनय जीवन्त थियो ।                                                                                                                                   दाँयाबाट पहिलो लहिया थारू 

थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न

थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न

१३२८ दिन अगाडि

|

३० पुष २०७९

चितवनमा भैरहेको आठौं खिचरा महोत्सवमा विभिन्न सिर्जनात्मक क्रियाकलाप पनि भैरहेको छ । यसै क्रममा तेस्रो दिन शनिबार थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा स्काइराइडर आवासीय माविका समर्पण खनाल प्रथम, होली गार्डेन मोडर्न स्कुलका निरज चौधरी द्वितीय, डेजी आमाविका सुगम गौतम तृतीय भएका छन् ।  त्यस्तै, सैनिक आवासीय माविका तृशन आले मगरले सान्तवना स्थान हासिल गरेका छन् ।  चित्रकार दिनेश्वर महतो र साहित्यकार तथा चित्रकार मनोज चौधरीले प्रतियोगी चित्रकलाका मूल्याङ्कन गरेका थिए ।

पर्सिहवाको माघी

पर्सिहवाको माघी

१३२८ दिन अगाडि

|

३० पुष २०७९

सुरेन्द्र चौधरी  नजिकैको बाँसको घारीमा बस्ने चराहरुको चिर्विराहट शान्त भैसकेको थियो । गाउँका गोठमा बाँधिएका गाई, भैसी घाँस, पराल खाएर उग्राइरहेका थिए । जाँडरक्सीको रमझममा रमाउनेहरु बाहेक बेलुकीको खाना सबैले खाइसकेको थिए । केही घरबाट मादल र डफको सुमधुर आवाज आइरहेको थियो । यसको साथै सामूहिक धमार गीतको आवाज पनि गुन्जिन सुरु भैसकेको थियो–  डफला रे टै मन बहलैबे ढनिया ...ऽ   खोरियक डारु मोरे आगे बावै टिनि टिना गिनोरे   पियट पियट मै कहाँ सम पिऊँ ....ऽ ।     (डफको आवाजले तँ मन भुलाउदैछस् अर्थात् मेरो अगि कचौराको रक्सी, वरिपरि छ तरकारी पिउँदा पिउँदै कहाँसम्म पिऊँ ? ...  माइलो पर्सिहवा भरखर गाई गोरु बाँधी, कोन्टी (कोठा) मा आएर केही नखाइ खाटमा पल्टिरहेको थियो । तर थाहा छैन खै कुन्नी किन डफको आवाज पनि आज उसलाई मन परिरहेको थिएन । नाच गर्न, गीत गाउनमा सौखिन थियो उ ।  डाँई सकाएर रातभरी धमार गाएर विताउने मान्छे । उसको सुरिलो स्वरले भरिएको धमारलगायत गीत सुन्न सबै लालयित हुन्थे र मन्त्रमुग्ध भएर सुन्ने गर्थे  ।  तर आज उ साँच्चिकै केही गम्भीर र उदास देखिन्छ । उसलाई थाहा छ, आज अहिले उसको मालिक बोलाउन आउँछ । अघिपछि उसको झुपडीतिर अनुहार पनि नदेखाउने, सधंैभरी मुन्टो बटारी हिंड्ने मालिक पक्कै पनि नक्कली चिनी हाली गुलियो कुरा लिई खोज्नी–बोज्नी (माघीको सरसल्लाह) गर्न बोलाउँछ ।  माइलो पर्सिहवा तीन चार दिनदेखि विचार गर्दैछ, आफ्नो मालिकको व्यवहार । सुर्ती खाँदा समेत हर्जा भयो भनेर गाली गर्ने उसको मालिक । कहिलेकाहीँ त थकाइ लाग्यो होला एकछिन बिसाउनुपर्छ भन्दैछ । आखिर पशु त होइनौं, तिमीहरु भन्दै तेल लाउन सुरु गरिसकेको थियो ।  हुन त पर्सिहवालाई पनि थाहा थियो, विगत वर्षजस्तै यसपालि माघीमा पनि कमाउन छाड्ने हो कि भन्ने डरले मालिक कालो नागको रुपमा देखा पर्दैछ । तर उ चाहेर पनि त केही हुनेवाला छैन । सांैकी (ऋण) र अघिपछि चाडपर्वमा लिएको अन्न, कपडा र पहिले उसको बुबाले गरेको ऋण उसलाई जेलमा बन्दीजस्तो बनाई सकेको थियो मालिकले ।  पर्सिहवाको ऋण भएकोले कमाउन छाड्दैन भन्नेमा ढुक्क थियो उसको मालिक । उसलाई थोरै डर थियो कि अरु कसैले ऋण तिरेर छुटाउन पनि सक्छ भन्ने । कमैया बनाउनको लागि आखिर यो समाजमा पशुजस्तै खरिद विक्री पनि त भएकै छ यो समाजमा ।  पर्सिहवा साँच्चिकै कति चिन्तित छ आज । यसपाली त उ जसरी पनि काम गर्न छाडेर अन्तै कतै मजदुरी भए पनि गर्ने अठोट लिएको छ । एकै छाक खाएर भए पनि स्वतन्त्र ढंगले काम गर्न पाइन्छ, मनमा लागेको कुरा बोल्न पाइन्छ भनेर सोच्दै छ उ । छोराहरु पनि ठूला भैसकेकोले उनीहरु पनि हेर्दाहेर्दै कमैया बनिसकेछन् । कान्छोलाई त आफ्ना हाडमासु घोटेर, छाक काटेर भएपनि पढाउनुपर्छ । केटा पनि तिखो दिमागको देखिन्छ । दश कक्षासम्म त चाँडो पढ्छ होला । ठूलो भयो भने त मालिकको छोराजस्तै हाकिम बन्ला र कम्तीमा बुढ्यौलीमा सहारा त देला । त्योभन्दा अझ ठूलो कुरा हाम्रो पुख्र्यौली पेशाजस्तै बनेको कमैयाबाट त छुटकारा त पाउला ।  यदि त्यसो भयो भने तिउरे बाहुनको घरमा भाँडा माझ्ने कमलरी छोरीको राम्रो घर खोजेर धुमधामसित विहे गर्दिनुपर्ला । सौंकी तिरियो भने अन्य भाईहरु पनि त छुटकारा पाउलान् । कमैया जीवनबाट मुक्ति दिएर उसको छोरा पुर्खाको इतिहास बदलेर जरुर नयाँ इतिहास रच्नेछ ।   पर्सिहवा आफ्नो कल्पनाको चिलगाडी (जहाज) उडाउँदै थियो । त्यही चिलगाडीमा बसेर उ आफ्ना अतीत र पुर्खाको इतिहासको वरपर सयर गर्न थाल्छ ।  त्यतिबेला बेला उ आफ्नो कान्छो छोरा जत्तिकै थियो होला । जबदेखि उ जानकार भयो, उ मालिकको बाख्रा चराउन थाल्यो । समयको वेगमा उ छेगरहवाबाट बढुवा हुदै बर्डहुवा र हलो जोत्ने कमैया बनेको थाहै पाएन । अब उसको होस खुलेको छ, मालिकको एउटा होशियार कमैया भैसकेको छ । दाई भाउजु दिनापुर गाउँ कमाउँथे भने काका उत्तर पूर्वको सिम्तालीको घरमा ।  जबसम्म उ जवान थियो । कमायो, खायो, मनमा कुनै सोंच फिकिर थिएन । जवानीसँगै विहे पनि भयो, पर्सिहान चिनरुप्नीसँग । माइला छोरा भएकोले विहेपछि उसको वास्तविक नाम हराएर माइला पर्सिहवा भएको थियो ।  बिहेपछि केटाकेटी पनि मकैको फुलौरा उठेसरी एकपछि अर्को हुँदै घर भरिए । आज चुरा छैन, ब्लाउज छैन, कैले टीका छैन, केटाकेटीको च्यातिएको, टालो लागेको कमीज, कमाई केही छैन । अब बल्ल उसलाई कमैया जीवनको वास्तविकता थाहा भएजस्तो लाग्यो ।  पर्सिहवाको विचार आफ्नो श्रम र आयमा गएर अड्किएको हुन्छ । काम त दिन रात गर्छ, अझ श्रीमती पनि मालिककै घर ओरगिन्या भएकी छे । तर कमाई आफ्नो खाने र लत्ता कपडामा पनि नपुग्ने । अब त कमाउदिनँ, यसपालि माघमा त जसरी भए पनि कमैया छाड्छु र अरु कामको खोजी गर्छु । गत साल पनि उ खोज्नी–बोज्नी गर्दा कमैया नगर्ने भनेर प्रस्ताव गरिसकेको थियो ।  तर अहँ आठ हजार रुपैयाँको सौकीले उसलाई छुटकारा दिएन । के गर्ने मन मारेर फेरि उही मालिककहाँ नै कमैया बस्न बाध्य हुन्छ । आफ्नो ऋणको बारेमा उ कहिल्यै चासो राखेको थिएन । मानौ यति धेरै ऋण कहाँबाट आयो । उ अचम्म मान्थ्यो । किनकि यति धेरै ऋण त उसले कहिल्यै लिएको थिएन । बूढो भएर लौरो समातिसकेको आफ्ना आमा बुबासंग सोधेपछि पो नयाँ रहस्य थाहा पायो ।  मालिककहाँ भएको यो ऋण त उसको बुबाको पालादेखि नभएर हजुरबा, जिजुबाजेको पालादेखिकै रहेछ । पर्सिहवाको बुवा दुखवा पनि त थाहा पाउने बेलादेखि मालिकको बाख्रा चराउने काम गथ्र्यो । उसको बुबा, बाजे पनि कमैया नै थिए । दुखवा आफ्नो बाबुको जेठो छोरा थियो । त्यतिबेला जम्मा तीन सय मात्र ऋण थियो । एकपटक मालिकले खेतमा उखु लगाउने जिम्मा कमैयाहरुलाई दिएको थियो । तर अपसोच उखु उम्रिएन । मालिकले कमैयाउपर दोष थुपा¥यो । उखु नरोपेर उनीहरुले खाए या आफ्ना नातागोतालाई बाँडे भनेर । त्यही उखुको मोल र जोताउने खर्च कुल मिलाएर बीस हजार रुपैया अब दुई कमैयाहरु मिलेर तिर्नुपर्ने भयो । यसरी दुखवाको तीन सयबाट दश हजार तीन सय रुपैया मालिकलाई तिर्नुपर्ने भयो ।  दुनियालाई थाहा थियो कि यो त सरासर अन्याय नै हो, अत्याचार हो, शोषण हो र गरिबको खुन पसिनाउपर गरिएको खेलवाड हो । तर सबै चुप रहे, दुखवालाई पनि मुखमा ताला लाउनुप¥यो । उसलाई थाहा थियो गाउँका अन्य मान्छे उसको पक्षमा बोल्ने कोही पनि छैन । किनभने सबैको मालिकदेखि डर छ । उसले मात्रै भनेर त मालिकको रौं पनि हल्लिदैन ।  त्यस बीचमा दुखवाको अर्को भाइ पनि कमाउने भैसकेको थियो । भाईलाई दश हजार रुपैया ऋणबाट आधा पाँच हजार रुपैया दुखवाको मालिकलाई तिरेर कमैया बनाउन लगेको थियो अर्को जिम्दारले ।                                                          अब माइला पर्सिहवाको मनमा केही साेंच र छटपटी परेजस्तो हुन्छ । उसको त खानदान नै कमैया थिए । पुर्खाको इतिहास कमैयाबाट सुरु भएको थियो । अब उ आफ्नो मात्र नभएर आफ्नो सन्तान र उनीहरुको भविष्य पनि अन्धकार देख्न थाल्छ । आफ्ना बुवा, हजुरबा, ऋणले गर्दा उसलाई रात दिन मालिकको खेतमा हाड छाला घोट्नुपर्छ । ऋणले उसको छोरा छोरी पनि त यस्तै कमैया बन्नुपर्ने हुन्छ ।  तर म कदापी अब यस्तो हुन दिने छैन । मेरा बाउ बाजेले जानेनन् । तर म पनि त्यस्तै गरुला र ? अहँ, म आफ्ना छोराछोरीलाई जसरी भए पनि पढाउँछु । यसपाली त कमैया छोड्छु  र अरु केही काम गर्छु । जब–जब माघी आउँछ उ यस्तै बर्बाराउँछ तर ऋण तिर्न असमर्थ हुन्छ ।  यस्तो भन्दै आएको कति वर्ष भैसक्यो । उसको कपाल पनि फुलेर सेतै भैसके र उसको जेठो र माइला छोरा जसलाई उसले कमैया नबनाई पढाउने सोच बनाएको थियो, उनीहरु पनि कमैया भैसकेका छन् । अब माइला पर्सिहवाको आशाको केन्द्रविन्दु कान्छो छोरा मात्र बाँकी छ । त्यसैले त उसलाई जसरी भएपनि पढाउन कस्सिएको छ र उसलाई ठूलो मान्छे बनाउने सपना बुनेको छ । अनि कमैयाको इतिहास मेटाउन चाहेको छ ।  ऽऽऽऽ     ऽऽऽऽ  ‘ए मझला पर्सिहवा..।’  पर्सिहवा आफ्नो मालिकले बोलाएको सुनेर उ विगतको कल्पनाबाट वर्तमानमा आइपुग्छ ।  के गर्दैछस्, कि सन्चो छैन ?  मालिकले खोज्नी–बोज्नी गर्न बोलाउन आइसकेको थियो ।  ‘हजुर केही पनि भको छैन । एकछिन पल्टेको, निदाएछ’ु भन्दै आफ्ना च्यातिएका लुंगी आढेर मालिकको पछिपछि लाग्छ ।   मालिकको अगेना वरिपरि सबै कमैया बसिराखेका छन् । माइला पर्सिहवा पनि एकातिर पिर्कामा बस्छ । ‘हेर माइला, सबै यस वर्ष पनि यही नै कमाउने भएका छन् । तिम्रो के विचार छ ?’ विस्तारै मालिकले कुरा सुरु गर्छ ।  ‘हजुर, इ बरस टे कमैना बिचार नै हो’ (यस वर्ष त मेरो कमाउने विचार छैन) ।  तल मुन्टो गरीकन डराइ–डराइ बोल्छ पर्सिहवा । मालिकको अनुहारमो कुनै चिन्ता र हैरानी देखिन्न, बरु एउटा कुटिल मुस्कान फैलिन्छ । किनभने उसलाई थाहा छ, पर्सिहवा कति वर्षदेखि खोज्नी–बोज्नीमा यही जवाफ दिन्छ । मालिकले पर्सिहवाको कमजोर नसा–नसा थाहा पाइसकेको हुन्छ ।  ‘कमाएनौ भने ठिकै छ, तिम्रो पहिलेको र यस वर्षको कुल मिलाएर बीस हजार ऋण भैसकेको छ । यति पैसा तिर र छोड कमाउन ।’  अब पर्सिहवाको मुन्टो माथि उठेन । के गरोस् विचारा, कमाउँदिन भनेर मात्र त भएन । वाध्यतावश उसलाई पनि कमाउछुँ भन्न कर लाग्छ । फेरि मालिकको उही मुस्कान देखिन्छ– ‘तिम्रो ऋण धेरै भैसकेको छ पर्सिहवा । यसपाली कान्छो छोरालाई पनि बाख्रा चराउन पठाइदेउ ।’ मालिकको त्यस्तो प्रस्तावले पर्सिहवा ‘हवस् हजुर’ भन्न ुसिवाय अरु केही विकल्प फेला पार्दैन ।  विचारा पर्सिहवा, कमैया जीवनबाट मुक्तिको लागि र आफ्नो छोरा छोरीलाई पढाउन यसपालि त ...भन्दाभन्दै आफ्ना कान्छो छोरालाई पनि कमैया बनाउने स्थितिमा आइपुग्छ । त्यसैले त उसलाई आफ्नो जिन्दगीबाट निरासा लाग्न थाल्छ ।  ऊ मनमनै सोच्छ– यस वर्ष पनि म हारेँ । के अब मेरो सन्ततिको जिन्दगी सधँै यसरी नै कमैया भएर वित्छ ? उ आफै प्रश्न गर्छ तर त्यसको जवाफ पाउन सक्दैन, न त कुनै उपाय नै ।  निरास भएर पर्सिहवा चार÷पाँच कचौरा रक्सी एक्कैचोटी स्वाट्ट पार्छ । एकछिन आफ्नो पारिवारिक दुःख चिन्ताबाट टाढिन्छ र क्षणिक रुपमा भए पनि रमाउन थाल्छ । त्यही रक्सीको नशामा आफ्ना पुरानो डफ बजाउँदै गुन्गुनाउन थाल्छ– डफला रे टै मन बहलैबे ढनिया ...ऽ   खोरियक डारु मोरे आगे बावै टिनि टिना गिनोरे   पियट पियट मै कहाँ सम पिऊँ ....ऽ ।  रातोपाटीबाट                                                        खोनपुर, कैलाली                                                       हालः तुलसीपुर, दाङ                                                                                                                                           अनुवादः कृष्णराज सर्वहारी