Above News Title

चितामाथि सुतेर हेर्दा .......

चितामाथि सुतेर हेर्दा .......

डा प्रदीप ढकाल

चितामाथि सुतेर हेर्दा 
यौवनको घमण्ड क्षणिक रहेछ
शक्तिको उन्माद व्यर्थ रहेछ
रूपरङ्ग र सौन्दर्य विलीन भए
धन र सम्पत्तिको तुजुक
जलेर भष्मिभूत भयो
गरिबीका परिधीहरू
जलेर खरानी भए
धर्मका पर्खालहरू
क्षणभरमै विलुप्त भएर गए
ज्ञान र मोक्षका तर्कवितर्कहरू व्यर्थ भए .....
चितामाथि बसेर सोचेँ –
के मृत्यु दुःख हो ?
अनुभव र अनुभूतिहीन
हुनु पनि के को दुःख हुनु ?
चितामाथि लम्पसार परेर घोत्लिएँ ....
जन्म, जीवन र मृत्यु यी तीनवटा चरणमात्र त छन््
प्राणी जीवनका ....
जीवन तर्क होइन,
जीवन शब्द होइन, जीवन आदर्श होइन
अनि जीवन व्यवस्था पनि होइन
जीवन – जीवन हो ....
म शिशुहरूलाई देखाउँछु –
आकाशका तारा, चन्द्र, ग्रह र अन्य पिण्डहरू
ताकि धर्तीका हाड र मासुका पिण्डहरूसँग
द्वन्द्व गर्दै अल्मलिनु नपरोस्
म उनीहरूलाई आकाशतर्फ नियालेर
प्रेमको चमक देखाउछु
ताकि धर्तीका कठोर मुटुहरूबाट
उनीहरू बलात्कृत हुनु नपरोस् ....
चितामाथि बसेर .....
आफ्नो व्यथित अतीत नियाल्छु –
जीवनदेखि पर लगेर
मसानघाट छाडी जाने त्यो निर्दयता
जीउनु न मर्नुको अवस्थामा छाडिदिने
त्यो कठोर मन
पलपलमा परिवर्तित हुने 
ती ऋतुका नियम
सबै क्षणभरमै जलेर गए ....
चितामा लम्पसार परेर हेर्दा .....
त्यो सिउँदोमा सिन्दूर होइन
यही चिताको खरानी सजिएछ ....
अनि रङ्गहीन, ओजबिहीन
एक जिउँदो लास बनेर
चुपचाप समाजमा विचरण गरिरहेकै रैछ ...
चितामाथि बसेर .....
एकपटक फेरि आँखा च्यातेर हेरेँ –
अझै कहीँ कतै आँशु बाँकी पो छ कि !
अनि प्रार्थना गरेँ –
प्रेमको तृष्णा मेट्नका लागि
विधाताले अर्को जीवन नदिई
जन्म र मृत्युको चक्रबाट
पर अनन्तमा विलीन गराओस् ...
चितामाथि लम्पसार परेर ....
म प्रेमसँगै डुल्दछु – जीवन, जगत्, ब्रम्हाण्ड
एक प्रेमीको रूपमा –
एक स्वतन्त्र आत्माको स्वरुपमा
अनन्तको चीर यात्रामा ...... ।

प्रकाशित:

१२७४ दिन अगाडि

|

२५ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९