पुरुष साथी

पुरुष साथी

१२९३ दिन अगाडि

|

६ फागुन २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई, उपकुलपतिमा विमल निभा 

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई, उपकुलपतिमा विमल निभा 

१२९६ दिन अगाडि

|

३ फागुन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृति मन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकुलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । भोलि बिहान कूलपतिको सपथ ग्रहण हुनेछ । त्यस्तै, सदस्य सचिवमा डा धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ । प्राज्ञहरूमा मधुसूदन गिरी, डा कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै डा कृष्णराज सर्वहारी लगायत २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

रातो गुलाफ

रातो गुलाफ

१२९६ दिन अगाडि

|

३ फागुन २०७९

मन्दिरा मधुश्री डाइनिङ्ग टेबलमा बस्दाबस्दै सिसाको ग्लासमा राखेको रातो गुलाफमा आँखा पर्यो । त्यही फुलको रङ र सुगन्ध जत्तिकै आल्हादित भयो मन । रातो गुलाफ ! तुरुन्तै छैटौ इन्द्रियले सावधान् गरायो । अनिता चुल्होमा पकाउँदै हुनाले मेरो गुलाफजस्तै फक्रेको अनुहार देखिन । अहिले मुर्झाए पछि मात्रै आँखा पर्‍यो उसको । "के भयो हजुर ? निन्याउरो देख्छु, सन्चो भएन कि ? भोक लागेको छ ??" बोलीसँगै हात आइपुगे निधारमा । "लौ न तातो छ त !" चेब्र्याइँ पारी । "जिउदो मान्छेको तातो त हुन्छ नि ।" अलिक झर्किएँ । गुलाफमै थियो सम्पूर्ण ध्यान । कौतुहल र एक ग्लास पानी सँगसँगै थमाई उसले । "यो खाँदै गर्नु न है ।" प्लेटमा रंगिन लव आकारका चकलेट राखिदिई । झन् कन्पारो तात्यो चकलेट देखेर । "कहाँबाट आयो यो ?" वाक्य घाँटिमै गाँठो पर्यो बाहिर निस्केन । म गुत्थ परिरहेकै थिएँ । मन छट्किरहेको थियो । "हो ! पक्कै हो ... । हैन ! यस्ति होलाजस्तो त लाग्दैनथ्यो कहिल्यै... ।" उसको सँधै निर्दोष देखिने अनुहारमा आँखा फुकालेर हेरेँ । उसमा कुनै पश्चातापको भाव पितिक्क नि थिएन । "हैन के भो हजुरलाई आज ? भने पो हलुका हुन्छ त मन ।" कफीको कप र टोस्ट राखिदिँदै भनी । "के नै पो हुन बाँकी छ र अब ..!" भनेँ तर मनमनै मात्र । "बाबा..।" सात वर्षकी छोरी दौडँदै आई । उसको अङ्गालोमा लगभग उही जत्रै टेडि बियर देखेर त झन सुकेको गुलाफ भएँ । मलाई दुई मत भएन । दिउँसोको दृश्यलाई यी सबै कुराले प्रमाणित गराएको थियो । "यो गुलाफ, चकलेट, टेडि सबै उसैले एकैदिनमा टक्र्याएछ ।" निस्कर्ष निकाल्यो मनले । "बाबा हेर्नू त मिसले मलाइ देको रोज । आज प्रेम दिवसको दिनमा । यो भालु त झन् कति राम्रो है....! कस्ले देको थाहा छ ?" छोरी खुसी हुँदै टाँसिई । "छ्या यस्तो नराम्रो ...।" आमाको रिस र घृणा टेडिमाथि पोखेर ढोकातिर हुत्याइदिएँ । कोकोहोलो गर्दै टेडि टिप्न दौडिई छोरी । "ओहो ! किन फ्याँकेको नि यसलाई ? मन परेन मैले ल्याइदेको ?" दिउँसो अनितासँग अङ्गालो मारेर क्याफेमा छिर्दै देखेको गगल्स क्याप र रातो सर्टवाला मान्छेले पो भालु टिपेर छोरीलाई दियो । "नमस्ते भिनाजु..! ल है हजुरलाई पनि प्रेम दिवसको शुभकामना ।" गगल्स र क्याप खोलेर टेबलमा राख्दै अस्ट्रेलियाबाट दस वर्ष पछि आएको सालोले भन्यो ।

मान, प्रिया  !

मान, प्रिया !

१२९७ दिन अगाडि

|

२ फागुन २०७९

रामलाल जोशी हाम्रो भ्यालेन्टाइन, धान दिवस  हो हरियो बीउ रोप्दै झुमा माझीले "होहो काले होहो" आफ्नै प्रेमीको नाम भजेकी हुन्छे।  डल्ला फोर्दै काले राउतले  "राई झुमा झुमा ।।" आफ्नै प्रियाको  नाम पुकारेको हुन्छ ।   हिलोमा चुहिएका निला पसिनाहरू  जब झुल्छन लहलह बनेर सुनौला बाला प्रेमका नाममा उपबास बस्नेहरुलाई  जब पिलाउछन्  एक छाक चौलानी । सोच  प्रिया !  हाम्रो भ्यालेन्टाइन धान  दिवस होइन र ! बुझ, प्रिया ! हाम्रो भ्यालेनटाइन, श्रम दिवस  हो  तातो भट्टाको रापमा चुहिने निला पसिनाहरुले जब पकाउछन्   राता  ईट्टाहरू  लेख्छन  कुनै शाहजाँहले आफ्नी मुमताजको नाम   ईट्टाका पत्रपत्रहरूमा पुरिएका आदिम सपनाहरू ब्युझन्छन्  गरिबका घरमा प्रेमका पुजारी बनेर ।  भन  प्रिया, प्रेम भन्नु श्रमको पूजा होइन र ?  माया भन्नु समर्पणको अर्को नाम होइन ररु मान प्रिया !  हाम्रो भ्यालेन्टाइन श्रम दिवस हो। सम्झ, प्रिया  ! हाम्रो भ्यालेनटाइन , गौरा दिवस हो । जहाँ ड्यौडाका सुरिला भाकाहरूमा  कोरिएका छन् शिव र पार्वतीका प्रणय गाथा । प्रेम भन्नु पूजा हो भने शिव पूजा होइन र ?  प्रेम भन्नु तपस्या हो भने गौरी तपस्या होइन र ? हेर प्रिया !  हाम्रो  भ्यालेन्टाइन कृष्ण दिवस हो। प्रेम भन्नु कल्याण हो भने , कृष्ण कल्याणको अर्को नाम होइन ररु  प्रेम भन्नु आत्माहरूको संगम  हो भने , राधाकृष्ण आत्मा औ अक्षरको संगम  होइन र ?  मान प्रिया १  हाम्रो भ्यालेन्टाइन सहिद दिवस हो। जगाए जसका ऐंठानी सपनाहरूले  चिर निद्रामा सुतेकाहरूलाई । प्रेम भन्नु आत्माको जागरण पनि त हो। चुँडाए बन्धन,उमारे हृदयमा धारिला प्वाँखहरू  र, उडन सिकाए स्वतन्त्रताको मुक्त आकाशमा प्रेम भन्नु स्वतन्त्रताको अर्को नाम होइन र ?   प्रेम भन्नु बन्धनहरू चुँडाल्नु होइन ररु  प्रेम भन्नु संसारिक मुक्तिको उच्च सोपान होइन र ? मेरी प्रिया !  आजको दिन नपठाऊ फेसबुकका भित्ताहरूमा- राता गुलाबहरु यस घडीमा सामाजिक सन्जालबाट नपठाऊ- गुलाबी ओठहरू   कुनैदिन नवीन सृष्टिका लागि चाहिन्छन-  कामुक ओठहरू   कुनैदिन यादहरु लेख्नलाई चाहिन्छन गुलाबका  फूलहरू। सम्झनाहरु कोर्नलाई  चाहिन्छन गुलाबका पातहरु। सम्झिनलाई 'भ्यालेनटाइन डे' चाहिन्छ-  यो झुट कुरा हो उपहार दिनलाई गुलाब चाहिन्छ -  यो बकबासी कुरा हो।  सम्झिनलाई छुट्टै दिन कहाँ चाहिन्छ र ? तिमी सुख दुखका सुस्केराहरुमा मलाई सम्झिन सक्छौ  म श्रमका पसिनाहरुमा तिमीलाई सम्झिन सक्छु। तिमी शब्दहरुमा मलाई भेट्टाउन सक्छौ म अक्षरहरुमा तिमीलाई कोर्न सक्छु। बादलको गुच्छामा तिमी सास पठाउन सक्छौ हावाको झोक्कामा म याद पठाउन सक्छु।  मेरी प्रिया !  मायाका लागि छुट्टै दिन कहाँ चाहिन्छ र ? धान दिवस- हाम्रो प्रणय दिवस हो। श्रम दिवस- हाम्रो प्रेम दिवस हो । शहीद दिवस- हाम्रो प्रणय दिवस हो।

महेन्द्रको ‘मिन्झारी’ विमोचन   

महेन्द्रको ‘मिन्झारी’ विमोचन   

१२९९ दिन अगाडि

|

२९ माघ २०७९

महेन्द्र उपाध्यायको ‘मिन्झारी’ उपन्यास शनिवार विमोचन भएको छ ।  प्रज्ञा डवली, कमलादीमा भएको कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्व सांसद तथा लेखिका शान्ता चौधरी तथा लेखक उपाध्यायले पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् । सो अवसरमा आख्यानकार पाण्डेले महेन्द्र उपाध्यायको ‘मिन्झारी’ आख्यान लेखनमा पहिलो प्रयास भए पनि धेरैको ‘नोटिस’मा पर्ने कृति लिएर आएको बताए । उनले भने,‘प्रत्येक खण्डको सुरुवात र अन्त्य गजबको छ । कथा भन्ने शैली मलाई गजब लाग्यो ।’ शान्ता चौधरीले ‘मिन्झारी’मार्फत् कमैया, कमलरीका कथा पस्किएर आफ्ना समुदायका समस्या उजागर गरेकोमा लेखक उपाध्यायलाई धन्यवाद दिइन् । लेखक उपाध्यायले थरुहट भूमि र थारु समुदायको पक्षमा आफू हिजो पनि रहेको, आज पनि रहेको अनि भोलि पनि रहने प्रतिबद्धता व्यक्त गरे । उनले कैलालीवासी आफूले थारु समुदायलाई नजिकबाट नियालेकाले तिनका कथाव्यथा आख्यानमा समेटेको बताए । कार्यक्रमको सहजीकरण भूमिका थारुले गरेकी थिइन् । आख्यान टीकापुर घटनाबाट सुरु गरिएको छ । काबु क्रियशनले प्रकाशन गरेको मिन्झारीको मोल ५७५ रुपैया रहेको छ ।  

स्याउल्यान छोट्का

स्याउल्यान छोट्का

१३०० दिन अगाडि

|

२८ माघ २०७९

महेन्द्र उपाध्याय मैले कल्लुलार्ई हेरें । ऊ आफ्नी आमाको दायाँतिर बसेको थियो । उसको दायाँतिर जेठी बैनी, जेठी बैनीको दायाँतिर, उसकी कान्छी बैनी लहरै बसेकी थिए । र, उसको बुबा उनीहरुको अगाडि सुतिरहेको थियोे । सबका आँखा एक महाशून्यमा डुबेका थिए । जस्तो कि त्यहाँ दृष्टि छैन । ओठ बन्द थिए । जस्तो कि त्यहाँ बोल्न बर्जित छ । खाना खाइसकेपछि म ठाँटीमा उक्लें । गाउँ आउँदा मेरो सुत्ने ठाउँँ भनेकै ठाँटीमा थियोे । ठाँटीमा एउटा कोठा निकालिएको थियोे र बाँकी भाग खुला छाडिएको थियोे । गर्मीका दिनहरुमा बाहिर सुत्न त्यसो गरिएको थियोे ।  मेरो खाटबाट छोट्काको लास देखिन्थो । त्यो दिन म खुब डराएको थिएँ । म डराउनु स्वाभाविक थियोे । तर घरभरि मान्छे भएकाले डर देखाउन मिल्ने अवस्था पनि थिएन । मैले खाटबाट स्याउल्यान छोट्काको लासतिर नै हेरिरहेको थिएँ । बेला बेला स्याउल्यान छोट्कीको रुवाई उठ्थो । ऊ अनुनय, विनय गर्दै पाल्की छेउ आएर भन्थी, “यतिका वर्ष तपार्र्इंको घरमा काम ग¥यो, यत्ति मानिदिनुस न ।”  लगत्तै बजैको आवाज सुनिन्थो, “कस्ती मान्छे होई, खेत बाँझो बनाउँ क्या त ?” रुवाईले गर्दा ऊ बाँकी कुरा राम्रोसँग भन्न पनि सकिरहेकी थिइन । बजैको उत्तर सुन्नासाथ उसको रुवाई झन् ठूलो हुँदै जान्थ्यो ।                                                                                                                                        लेखक   महेन्द्र उपाध्याय केही समय उसलार्ई आफ्नो रुवाई कम गर्न लाग्थ्यो । फेरि सुक्सुकाउँदै भन्थी, “मैले यसलार्ई सधँै ठूला खेतमै देखें ।’ फेरि बजैको आवाज सुनियो, “यो कस्ती मान्छे रैछ मेरो त गाँसबासै उडाउनै लागि ।”  ऊ रुँदै फेरि लास छेउ पुग्थी र छोट्कालार्ई रिसाए झैं गरी भन्थी, “आफू पुरिने माटो पनि छैन तँसँग है ?” फेरि ऊ रुँदै पाल्की छेउ आउँथी । जस्तो कि ज्वारभाटा किनार पुगेर फेरि फर्किए । धेरैपल्ट त्यो रुवाई छालझैं हिँडिरह्यो आँगनदेखि पिँडी, पिँडीदेखि आँगन । बिहान लास जङ्गलतिर ल्याउन लाग्दा स्याउल्यान छोट्की रुँदै भनिरहेकी थिई, “बजै ठूलो खेतको एक कुना यसलार्ई दिनु न है । जिन्दगी भर तपार्ईंको खेत जोत्यो ।”  बजैका कानमा उसका कुनै कुरा पसेनन् । आमा कल्लुकी दुई बैनीलार्ई समातेर उभिनु भएको थियोे । र, आफू पनि रुँदै हुनुहुन्थ्यो । ‘मिन्झारी’ उपन्यासबाट, यो पुस्तक आज माघ २८ गते प्रज्ञा डवली, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे विमोचन हुँदैछ ।