थुक्क, तिम्रो झोले जिन्दगी 

थुक्क, तिम्रो झोले जिन्दगी 

१४६२ दिन अगाडि

|

१७ भदौ २०७९

‘छुटि गइला नैहरके लोगे, छुटल सब नगरि’

‘छुटि गइला नैहरके लोगे, छुटल सब नगरि’

१४६२ दिन अगाडि

|

१७ भदौ २०७९

भावुक मुद्रामा ‘मनके मजा लागल बा । खुसि बटुँ । अट्रा भारि–भारि मनैन्से भेट हुइ पैलुँ । ढेर मनैन्से चिन्हजान हुइल । बहुट मजा लागल बा हजुर !’ । मै लिखल पह्रल नै हुँ, ... !      यी माथिका शब्द हुन्, कार्यक्रममा सम्मानित व्यक्तित्व ६० वर्षीय निर्मला चौधरीका । उहाँ दाङदेउखुरी गढवा गाउँपालिका–२, महदेवाकी वासिन्दा हुनुहुन्छ । एघार वर्ष पार गरी १२औं वर्ष प्रवेशको अवसरमा ‘लावा डग्गर’ त्रैमासिक पत्रिकाको प्रकाशक संस्था थारू भाषा तथा साहित्य संरक्षण मञ्च दाङले २०७७ फागुन ८ गते उहाँलाई सम्मान गरेपछि, आप्mनो मन्तव्यमा अरुलाई धर्धरी रुवाउने गरी माथिका कुरा बोल्नु भएको थियो । नौलो सुरुवात      कार्यक्रमका लागि थारू कल्याणकारिणी सभा रातोडाँडा लमही देउखुरीको सभाहलमा बिहान ११ बजे बोलाइएको थियो । पूर्व रूपेन्देहीदेखि पश्चिम कैलाली–कञ्चनपुरसम्मका पाहुना एवं सहभागीहरूको उपस्थितिमा ढिलो गरी कार्यक्रम सुरु भयो । ब्यानरको अगाडि मञ्चमा चारवटा मात्र कुर्सी राखिएको थियो । हाम्रो चलन अनुसार लाग्थ्यो, सभा अध्यक्ष, प्रमुख अतिथि र दुईजना विशिष्ट अतिथिलाई मात्र मञ्चमा बसालिने योजना रहेछ । तर त्यसो होइन रहेछ ।      कार्यक्रम सञ्चालक लावा डग्गरका सह–सम्पादक रामप्रकाश चौधरीले प्रधान सम्पादक छविलाल कोपिलालाई सभाअध्यक्षको आसन ग्रहण गराउँदा उहाँ प्mलोवर मै बस्नु भयो । प्रमुख अतिथिलाई यथास्थानमा आसन ग्रहण गराएपछि मैले बुझिहालेँ, कि ती कुर्सीमा पुरस्कृत स्रष्टाहरूलाई बसालिने रहेछ, त्यसै गरियो । पुरस्कृत युवा गायक दोषहरण चौधरी सोही दिन काठमाडौंमा कार्यक्रम भएको कारण उपस्थित हुन नसकेको जानकारी गराइयो । कार्यक्रमको सुरु      अध्यक्षले स्वागत मन्तब्य र कार्यक्रमबारे जानकारी गराएपछि सिधै पुरस्कार तथा सम्मान वितरण गरियो । पुरस्कृत बर्दियाका युवा साहित्यकार सोम डेमनडेउडा र कैलालीका सीताराम चौधरीले कृतज्ञता मन्तब्य दिएपछि पुरस्कृत युवा गायक बसन्ती चौधरीको सुरिलो स्वरले हल नै जुरुक–जुरुक बनायो ।      अबको पालो थियो अग्रज गायक निर्मला चौधरीबाट सजना र माँगर गीत सुन्ने । सम्बोधन बिना नै सुरुमा उहाँले ‘मै मजासे बोले नै जान्ठुँ, जे जसिन बोल्बुुँ, मजेसे बुझडेबि कना अर्जि बा’ भन्नु भयो । बोल्दै जाँदा गीत गाउनु पूर्व, ‘हमार डाइ–बाबा लिखल पर्हल नै रहिँट, ओस्टक हम्र फे लिखाइ पर्हाइ स्कुल नै पठैलाँ । मैं पर्हल रहटुँ टे गिट लिखके ढरटुँ, बेन मुटुमे (छातीमा हात राख्दै) लिख्के ढर्लक एक डुइठो गिट सनाइ जाइटुँ’ भनेर अँह...भन्दै गला सफा गर्नु भयो । निर्मलाले सजना सुनाउन थाल्नु भो, ....      हरे, भुखे पियासे काम करलि रे,      खखला बखला पसना      चाहे कोहि माने न माने      ढरटि बटाँ साँछि ।      हरे, बाबा छुटल महटरिया न रे      छुटल भाइ–बहिनि      हरे छुटि गइला नैहरके लोगे      छुटल सब नगरि ।      उता युवा गायक बसन्ती भने धर्धरी रुनु भयो । पुरस्कृत हुँदा ओढाएको दोसल्लाले आँसु पुछ्दै सुँक्क, सुँक्क धेरैबेर भावुक बनेर अगाडि हेर्नै सक्नु भएन । सजनाको एक टुक्रापछि निर्मलाले फेरि विगततिर फर्कदै त्यो बेलाको भाषा, साहित्य, कला, संस्कृति, परम्परा, दैनिकी र साथीसंगीबारे चर्चा गर्न थाल्नु भयो, यसले बसन्तीलाई मात्रै होइन, सबैलाई भावुक बनाएको थियो ।                                                                       गायिका बसन्ती चौधरीलाई पुरस्कार दिदै साहित्यकार कृष्णराज सर्वहारी फेरि माँगरको एकटुक्रा गीत सुनाएर एउटा सूर्यले संसार उज्यालो बनाउँछ, तपाईं हामी सबैको मन सधैँ यस्तै उज्यालो रहिरहोस् शुभकामना ‘डेहटि विडा मागटुँ, जय गुर्बाबा’ भनेर बिसाउनु भयो । पूर्व घोषित वक्ताहरू      अनुसन्धाता उदयराज आलेले थारू भाषाको शब्दकोश निर्माणमा मौलिक शब्दहरू संकलनमा गरिएका अनुभव, विशिष्ट अतिथि सुशील चौधरीले थारू भाषामा साहित्य र प्रमुख अतिथि डा.कृष्णराज सर्वहारीले थारू भाषामा पाठ्यपुस्तकको बारेमा बोल्ने भनेर जानकारी गराइएको थियो ।      सोहीअनुसार विगत चार वर्षदेखि शब्दकोश सम्पादन गर्दै आउनु भएका आलेले शब्द संकलन, उच्चारण, क्षेत्रगत प्रभाव, स्वर, वर्ण, आयातित र अन्य भाषाको बोलीमा मौलिक ठेट थारू शब्दको खोजीबारे चर्चा गर्नु भयो । जस्तै थारू गीतमा बढी प्रयोग हुने ‘अलबेलि’, आम प्रयोगमा आउने ‘नमस्कार, अंग्रेजीमा बोलिने गुडबाइ’ लगायतका शब्दको थारुमा प्रयोग बारेमा जानकारी गराउनु भयो ।      सुशील चौधरीले नेपाली (सिंजाली), मैथिली, अवधिपछि थारू भाषा भनिए पनि क्षेत्र र जनसंख्याको हिसावले थारू भाषा दोस्रोमा पर्दछ । केही भाषाहरू निश्चित क्षेत्रमा मात्र बोलिन्छ तर थारू भाषा मेचीदेखि महाकालीसम्मका तराई भागमा बोलिन्छ भन्नुभयो ।      थारू भाषाको साहित्य वृहत् छ, यसको समालोचनात्मक समीक्षा हुन सकेको छैन, यही नै हाम्रो कमजोरी रहेको छ । हजारौं वर्षदेखि बोलिदै आएको थारू भाषा अझै कामकाजी भाषा बन्न नसक्नु दुःखको कुरा हो । जेठो पुस्ता सकिदै जाने र लिपि गरेर राख्न नसक्नु कमजोरी रह्यो । त्यसैले आज हाम्रो पुस्तामा ठूलो जिम्मेवारी आएको छ भन्दै शब्दकोश निर्माण गर्नु, मानक बनाउनु, खोज अनुसन्धानमा लाग्न अब ढिला गरिनु हँुदैन भन्नु भयो ।      डा.कृष्णराज सर्वहारीले पुरस्कृत स्रष्टाको चर्चा गर्दै वि.सं २०२८ सालदेखि नै हाम्रा अग्रजहरूले ‘गोचाली’ पत्रिका मार्फत थारू भाषाको संरक्षण, प्रवर्धन र विकासमा लिखित रूपमै सुरु गर्नु भएको थियो । उहाँहरूप्रति हाम्रो सम्मान छ भन्नु भयो । आज ५० वर्ष पुग्दासम्म पनि हामीले थारू भाषा कामकाजी भाषा बनाउन सकेनौ । यसमा दोहोरो समस्या देखिएको छ । स्थानीय सरकारले कार्यान्वयन नीति बनाउन नसक्नु र कार्यालयमा थारू कर्मचारीको पहुँच नपुग्नु नै अहिलेको समस्या हो भन्दै यसका लागि स्थानीय सरकारसंग परामर्श गरेर यसै शैक्षिक सत्रदेखि लागु हुनेगरी साथीहरू पाठ्यपुस्तक तयार गर्न जुट्नुहोस्, मेरो पूर्ण सहयोग रहने छ भनी भाषा साहित्यको क्षेत्रमा लागेका युवाहरूलाई सुझाव दिनुभयो । रचना वाचन र शुभकामना मन्तब्य प्रमुख अतिथिको मन्तब्यपछि रचना वाचन र शुभकामना मन्तब्य सुरु भएको थियो ।      माटो पोलेपछि लाल बन्छ,      धागो बुनेपछि जाल बन्छ,      राम्ररी प्रयोग गर्न जान्यो भने,      कलम पनि बन्दुकको नाल बन्छ ।      कैलालीका युवा कवि जीतबहादुर चौधरी ‘ट्रासन’ले झट्का दिने खालको मुक्तक वाचन गर्नु भयो । त्यसै गरी देउखुरीका सूर्यराज गौतम, सल्यानकी मीना खड्का, रूपन्देहीका केवलप्रसाद थारू, कैलाली, गदरियाकी लक्ष्मी राना थारू, हिमलाल चौधरी लगायतले मीठा र मर्मस्पर्शी रचना वाचन गर्नु भयो ।      रूपन्देहीका बमबहादुर चौधरीले नवलपरासी, रूपन्देही र कपिलवस्तु तीन जिल्लालाई समेटेर आपूmले थारू भाषा शब्दकोश लेख्दै गरेको जानकारी दिनु भयो । आख्यानकार शेखर दहितले हाम्रो घर नै पहिलो विश्वविद्यालय हो, हाम्रा बाजे बज्यै शिक्षक हुन्, उहाँहरूले दिएको शिक्षा हामीले लिपिबद्ध गरेर राख्न नसक्नु हाम्रो कमजोरी हो भन्नु भयो ।      उद्घोषकले समय छोट्याउन २ मिनेट घोषणा गरे पनि थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले ४० मिनेट खर्चेर मुख्य मन्त्रीदेखि मेयरसम्मको चर्चा गर्दै थारू भाषालाई कामकाजी बनाउन ६ महिना नगरपालिकालाई स्वयमसेवक थारू कर्मचारी दिन्छौ भन्दा पनि काम हुन सकेन भन्ने पीडा पोख्नु भयो । त्यस्तै थाकस देउखुरी क्षेत्रका सचिव बालगोविन्द चौधरीले विगतमा ‘मधेस एक प्रदेश’ रोक्न भूमिका खेलेको चर्चा गर्दै अब छिटै थाकस देउखुरीबाट तीन भाषामा थारू शब्दकोश सार्वजनिक गरिने जानकारी दिनु भयो ।      शुभकामना मन्तव्य दिनु हुनेहरू छन्द कवि गंगानाथ कोइराला, राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष नगेन्द्र गुरु, प्रलेस पूर्व केन्द्रीय सदस्य रामप्रसाद जैशी, देउखुरी साहित्य मञ्चका हरि पोख्रेल र भक्ति थापा स्मृति प्रतिष्ठान दाङका अध्यक्ष नीमबहादुर थापा लगायत हुनुहुन्थ्यो । मलाई दुई मिनेट त लागेन होला ! मैले बोलेको यत्ति हो, शब्द पनि यिनै हुन्– सम्पूर्णलाई एकमुस्ट हार्दिक अभिवादन गरें, सम्मान गरें, १२औं वर्ष प्रवेशको अवसरमा लावा डगर पत्रिकालाई बधाई छ, शुभकामना, पुरस्कृत र सम्मानित पाँचै जनालाई हार्दिक बधाई एवं शुभकामना छ ।      अन्तिम वक्ता हुनुहुन्थ्यो राप्ती साहित्य परिषद केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल । उहाँको भनाइ थियो, कार्यक्रममा नयाँ प्रयोग राम्रो लाग्यो । ‘क’ वर्गको लावा डगर पत्रिकाले थारू भाषा तथा साहित्य संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने छ । भाषा बचाउने सबैभन्दा ठूलो माध्यम जनजिब्रो नै हो । थारू विद्यार्थीहरूलाई आप्mनो भाषा बोल्नमा निरुत्साहित होइन, उत्साहित गराउनमा शिक्षक वर्गको महत्वपूर्ण भूमिका रहन्छ । यसरी उहाँको सम्बोधनपछि कार्यक्रम समापन भयो । र, अन्तमा कार्यक्रमपछि मैले सोधें, ‘बसन्ती छोरी ! निर्मला बहिनीले मन्तब्य दिंदा तिमी किन रोएको ?’      बसन्तीले भनिन्, ‘उहाँ अन्टीले बोलेका कुराले मन छोयो, उहाँले पढ्न नपाएको पीडा व्यक्त गर्नु भो । समय र प्रविधिको प्रयोग गर्ने ईच्छा त सबैलाई हुँदोरहेछ नि । आखिर समयले कसलाई पख्र्यो र यिनै भावनाहरू मेरो मनमा भूमरी खेल्न थाले र मैले आप्mनो मनलाई थाम्नै सकेन अंकल ।’      निर्मलाको भावले यसो भन्थ्यो, समयले आफूलाई धेरै पछाडि छाडिसकेको छ । अहिले लेखिएका बोलिएका शब्द, भाव, विचार, गीत, गायन जे पनि सुरक्षित रहन्छन् । स्रष्टाको मुखबाट निस्क्यो कि कहीँ न कहीँ कैद भइहाल्छ । कलमले कापीमा कोर्यो कि कहीँ न कहीँ लिपिवद्ध भइहाल्छ । तर पहिले हाम्रो पालामा जे थियो, मनमा हुन्थ्यो । जे थियो मनबाट निस्कन्थ्यो । त्यसैले, त्यस्ता मान्छेहरू आफू मात्रै मर्दैनन्, उनीहरूसंगै हाम्रो भाषा, साहित्य, कला र संस्कृति पनि मरेर जान्छ । अतः आजको पुस्ताले यसलाई संरक्षण गरेर बचाइराख्नु आजको आवश्यकता हो । सम्मानित बहिनी निर्मला चौधरीका शब्द सापटी लिएर राख्दै बिट मार्न चाहन्छुः      ‘जस्टके एकठो सुरज संसार ओज्रार कराइठ, ओस्टके अपने ओ हम्रे सक्कुजन्हनके मन ओज्रार रहल करे, सुभकामना डेहटि विडा मागटुँ ।’ लावा डग्गर त्रैमासिक पूर्णाङ्क–४५ बाट

एक ‘ननभर्जिन केटी’ को ‘निसाफ’ सार्वजनिक

एक ‘ननभर्जिन केटी’ को ‘निसाफ’ सार्वजनिक

१४६४ दिन अगाडि

|

१५ भदौ २०७९

धनगढी   आफ्नो एक लेखमार्फत आफूलाई ‘नन भर्जिन केटी’को रुपमा चित्रित गरेकी कैलालीकी पत्रकार कालीमैया चौधरी (उन्नती)ले नयाँ कृति सार्वजनिक गरेकी छिन् । आफ्नो लेखहरुको संग्रह ‘निसाफ’ एक कार्यक्रमकाबीच बुधबार सार्वजनिक गरेकी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं शिक्षाविद डा. हेमराज पन्तको प्रमुख आतिथ्यता तथा नाष्ट कलेज धनगढीका प्रवन्ध निर्देशक शिवहरि मुडभरिको विशिष्ट अतिथ्यमा सो पुस्तक विमोचन गरिएको हो । कैलालीको कैलारी गाउँपालिका घर भइ २०६४ देखि पत्रकारितामा क्रियाशील उनको यो पहिलो कृति हो । १६९ पृष्ठको पुस्तकल पाँच अध्यायमा छ । यसमा २५ वटा लेख तथा फिचर स्टोरी संकलित छ । म ननभर्जिन केटी, एक पिस योनी हुनुको सकस, कोही किन बर्बाद होस्, टीकापुर आएर त हेर, संस्कृतिमाथिको खेलवाड, मृत्यु पर्खदाको त्यो क्षण, सीमाले दिएको चोटलगायत केही मुख्य लेख यसमा समेटिएका छन् । पुस्तकवारे टिप्पणी गर्दै शिक्षाविद पन्तले यो पुस्तकमार्फत् लेखिकाले आफ्नो जीवन भोगाइ, समाज हुने हिंसालाई निसंकोच बाहिर ल्याएको बताए । समाजशास्त्र अध्ययरनत विद्यार्थीहरुका लागि पुस्तक प्रभावकारी सन्दर्भ सामग्रीको रुपमा रहेको उनले औंल्याए । यसैबीच पुस्तककी लेखिका चौधरीले पुस्तकमा समावेश केही लेख आफ्नो जीवनको भोगाइ रहेको समेत बताएकी छिन् । केही काल्पनिक विषयवस्तुरहेको बताउँदै उनले केही खोजी स्टोरीहरु रहेको उल्लेख गरेकी छिन् ।  

रेशम चौधरीले यसरी लेखे देवीसरा बादीको बायोग्राफी

रेशम चौधरीले यसरी लेखे देवीसरा बादीको बायोग्राफी

१४६५ दिन अगाडि

|

१४ भदौ २०७९

कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए । टीकापुर घटनामा मुछिएको आरोप लागेका टीकापुर क्षेत्रका सांसद रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा छन्, जसले कारागारबाटै एकपछि अर्को पुस्तक लेखिरहेका छन् ।  रेशमको नागरिक उन्मुक्ति पार्टीले कैलालीको चार पालिकामा विजयीको झण्डा गाडेर अहिले निकै चर्चामा छ । कैलालीमै यो पार्टी पहिलो भएको छ । अब यसबारे पनि पुस्तक लेख्ने सोच बनाउलान् शायद रेशमले । यस आलेखमा भनेको उनको पछिल्लो पुस्तक ‘देवीसरा’ -२०७८ बारे चर्चा गरिएको छ ।  ‘चिरफार’देखि लिएर ‘हिड्डेन स्टोरी फ्रम प्रिजन’लगायत ९ वटा पुस्तक रेशमले जेल बसाइँमै लेखिसकेका छन् । जेल बसाइँ लम्बिदै गए उनका कृति थपिदै जाने देखिन्छ । अपवादको रुपमा कविताबाहेक उनका प्रायः पुस्तक आफ्नै जीवनभोगाइ, अटोबायोग्राफीकै रुपमा रहेका छन् । ‘देवीसरा’ भने दलितको पनि दलित वादी समुदायकी एक संघर्षशील युवतीको बायोग्राफी हो । जम्मा ६ अध्यायको २२ शीर्षकमा विभाजित पुस्तकमा शिक्षाका लागि ‘देवीसरा’को संघर्षसँगै उनको बसाइँ रहेको सुर्खेतको झुप्राखोलाको दारुण कथा समेटिएको छ ।  लेखकले आफ्नो ज्वाइँ कुशल घले मार्फत् सामाजिक अभियन्ता राजु सुन्दासलाई जेलमा भेट्छन् । उही राजुले देवीसरा वादीलाई रेशमसँग भेटाउँछन् । ‘मेरो बारेमा पुस्तक लेखिदिनुस् न’ भन्ने देवीसराको ख्याल ख्यालको आग्रहले यो पुस्तक जन्मिने मौका पायो । यसमा एक्लो देवीसराको मात्रै कथा छैन, उनका बाबा लालु र आमा मैसराको विस्तृत जीवन भोगाइ पनि पस्किएको छ । दसौं पटक बेचिएकी, पछि घरबार गरेकी देवीसराकी दिदी कविताको हृदयविदारक कथा छ । कवितासँग अन्य उनका सहेलीहरुको मन छुने कथा छ । दारुमा मस्त वादी पुरुषहरुको कथा छ । देवीसरा जस्ता पचासौं बालबालिकालाई पढाउन आफ्ना शिक्षक सहकर्मी, पूजारी, गाउँलेहरुसँग लड्ने रामबहादुर बिसी हेडसरको कथा छ । यसले पाठकलाई पटक पटक झुप्राखोलाको बस्तीमा पुर्याउँछ । त्यसैले, पुस्तक निकै जीवन्त लाग्छ ।  पुस्तकमा केही कुरा भने खट्किन्छ । ‘पहिलो भेटमा मैले उसलाई नियाल्दा उ कुनै कोणबाट पनि बादीको छोरी लागेन ।’ (पृ.२७) लेखकको यो टिप्पणीले के बादी महिलाको निधारमै उ बादीजस्तै देखिनुपर्ने लेखिएको हुनुपर्ने हो र ? भन्ने प्रश्न उब्जाउँछ ।  पुस्तकमा केही कुरा भने खट्किन्छ । ‘पहिलो भेटमा मैले उसलाई नियाल्दा उ कुनै कोणबाट पनि बादीको छोरी लागेन ।’ (पृ.२७) लेखकको यो टिप्पणीले के बादी महिलाको निधारमै उ बादीजस्तै देखिनुपर्ने लेखिएको हुनुपर्ने हो र ? भन्ने प्रश्न उब्जाउँछ ।  देवीसरालाई सानोमा उसका बा आमाले कोद्या भन्ने रहेछन् । कोदोको रोटीझैं कालो अनुहार भएकाले उसलाई त्यो नामले बोलाउने गरिएको रहेछ । स्थानीय बाहुन बाजेलाई उनको न्वारन गर्न बोलाइन्छ । उनैले नाम जुराइदिन्छन्, देवीसरा । दक्षिणा के टक्र्याउँ भनी सोधनी हुँदा बाहुन बाजेले यी नानीसँग एकपल्ट सुत्न पाए दक्षिणा पाए सरह हुन्थ्यो भन्ने माग राख्छन् । माग पुरा नहुने कुरै थिएन । देवीसराकी सानीआमासँग बाहुन बाजे रसरंग गर्छन् र न्वारनको दक्षिणा असुल उपर भएको गर्विलो मुहार बनाएर विदा हुन्छन् । तर देवीसरा भाग्यमानी हुन्, जसले यौनधन्दा गर्नु परेन ।  कुनै बेला देवीसराकै बाबाले पनि श्रीमतीका लागि ग्राहक खोजेर समेत ल्याउने गर्थे -पृ ७४_ । आफ्नो जातको दाइभाइ, मामा भिनाजुहरुले गरेको विगत सम्झिदा अहिले पनि उनलाई सबै बादी पुरुषलाई भेरी खोलाले बगाएर लगिदिए हुन्थ्यो जस्तो लाग्छ । छिमेकको गाउँका अगुवाजस्तै रहेका देवीसराका बाबा लालुको पछि बुद्धि फिर्यो । देवीसरालाई मात्रै होइन, वादी केटाकेटीको हुल बाँधेर स्कुल भर्ना गराए । स्कुल भर्ना गराउन कम्ता सकस गर्नु परेन । सारा शिक्षक नपढाउने मुडमा थिए । तर हेडसर रामबहादुर बिसी सतिसालझैं बादी केटाकेटीको शिक्षाका लागि एक्लै ठिंग उभिए ।  देवीसराहरु ७ बहिनी छोरी हुन् । लेखकले बीच बीचमा कविताका पंक्तिमा पनि उनीबारे परिचय दिएका छन् ।  सात वटीका बीचमा काँइली बनेर जन्मी काली भए पनि कल्चौडी भएर जन्मी बादीको कुलमा उ आँखाको नानी भएर जन्मी शरीर सुम्पिनु नपर्ने भाग्यमानी भएर जन्मी -पृ ५३_ साँच्ची भन्दा देवीसरा आफ्नो समाजको आँखाको नानी भएर जन्मिएकी छिन् । झुप्रा खोला नजिकको गाउँको स्कूलबाट काठमाडौं पढ्न आएपछि उनको जिन्दगीको लय नै बदलियो । त्यो लय बदल्नमा राजु सुन्दास र उनका विदेशी मित्र हक्यानको ठूलो हात छ । तर काठमाडौं पढाउन लगेपछि देवीसराको नाम राजु सरले ‘हन्नाह’ राखी दिएका छन् । देवीसराले हन्नाह नामको अर्थ जान्न खोज्दा ‘ईश्वरको अनुग्रह’ उत्तर पाएकी छिन् -पृ १६२_ । उनले अहिले आफ्नो परिचय दिंदा ‘हन्नाह’ नाम बताउने गरेकी छिन् । यो नामले कता कता राजुको अभियान क्रिश्चियन धर्म प्रचारसँग जोडिएको महसुस हुन्छ ।  देवीसराले आफ्ना समाजका अरु बालबालिकाका लागि पठनपाठनको जोहो गर्नमा तनमन दिएकी छिन् । अहिले बादी समुदायमा कुनै कार्यक्रम भयो भने उनलाई नै पानसमा बत्ती बाल्न बोलाइने गरिएको छ । उनले यसबारे प्रश्न पनि नगरेकी होइनन् । उत्तर पाइन्, ‘तँ चोखी छेस् । तेरो हातबाट बत्ती बाल्दा शुभ हुन्छ भन्छन् ।’ -पृ ५९ देवीसराले आफ्ना समाजका अरु बालबालिकाका लागि पठनपाठनको जोहो गर्नमा तनमन दिएकी छिन् । अहिले बादी समुदायमा कुनै कार्यक्रम भयो भने उनलाई नै पानसमा बत्ती बाल्न बोलाइने गरिएको छ । उनले यसबारे प्रश्न पनि नगरेकी होइनन् । उत्तर पाइन्, ‘तँ चोखी छेस् । तेरो हातबाट बत्ती बाल्दा शुभ हुन्छ भन्छन् ।’ देवीसरा सानैदेखि क्रान्तिकारी थिइन् । स्कुलबाट फर्किदा पसलमा खानेकुरा लिन जाँदा पसलेले फालेर दिन्थे । छुइ लाग्छ, मेरो पसल नछो भन्थे । भुँइमा झरेको समान टिप्नु पर्थ्यो । त्यसपछि देवीसरा र उनका सहेलीहरुले बरु भोकै बस्ने तर फालेर समान दिने पसलेकोमा केही नकिन्ने निर्णय गर्छन् । यही नै उनको जीवनमा पहिलो क्रान्ति थियो । तर क्रान्तिकारी देवीसरा जीवनमा नराम्ररी हारेकी पनि छ । एसईईको जाँच बिग्रिदा विष समेत सेवन गरेकी उनी राजु सरको सम्झाइ बुझाइले जीवनको महत्व बल्ल बुझेकी छन् ।  राजु सरले देवीसरा र उनका साथीहरुलाई जसरी छोराछोरीझैं स्याहारसुसार गरेका छन् । त्यो भन्दा अघि झुप्राखोला गाउँबाट ल्याउन लाग्दाको गाउँलेको वचन उनको मुटुमा गडेको छ । एक अभिभावक किड्या वादीले राजु सरलाई भनेका छन्, ‘छोरी दिल्ली गया घरौंदो दारु खान पाँइदो छ । तुक्ले लग्या क्या दिन्या हौ < तुमीहरुसँग छोरी पठाएर हामी भेरी खोलामा बालुवा चाल्न्या < छोरी लग्न्या भयापछि कोठीका दलाल झैँ रुप्या तिर र लैजाऊ । जहरी पन छोरी बेच्नै पड्न्या त हो । तुम्ले लैजाओ कि दलालले लैजाओ, हामीलाई चाहिन्या रुप्या हो । रुप्या पायापछि छोरी जन्ले लग्या न हुन्छ...’ -पृ १३३ ।  मुखमा माड लगाउने उमेरकी अर्थात् कमाइ ख्वाउने बेला भएकी चेलीलाई सहर लगेपछि हाम्रो गृहस्थी कसरी चल्छ < अभिभावकहरुको सोचाइ छ । तिनका भनाइले मर्माहत भएका राजु सरले उनीहरुकै बोलीमा जवाफ दिएका छन्, ‘रुप्यासँग छोरी कति जुनीसम्म साट्ने हो तपाईंहरु ? छोरी बजारकी बेचिन्या सामान होइनन् भनेर तपाईंहरुले कहिले बुझ्ने <’ यसरी बादी बोलीको मौलिक भाषा टिप्न सक्नु लेखकको सफलता देखिन्छ । तर पुस्तकको भूमिका, उठान र मध्यभाग जति खँदिलो छ, बैठानमा हतार गरिए जस्तो लाग्छ ।  देवीसराले कसरी आफ्ना समुदायका लागि रकम जोहो गर्दैछिन्, त्यो संघर्षको कुरा अधुरो लाग्छ । जापानमा होटल खोलेको चर्चा छ, त्यसमा उनको संग्लनताको अवस्था के हो ? उनको पढाइको प्रसंग कहाँसम्म पुग्यो ? उनकै समूहमा पढ्ने अन्यहरुको अवस्था के छ ? लगायत चर्चा छैन । बरु लेखक रेशम चौधरीले देवीसराको प्रधानमन्त्रीसम्म बन्ने चाहनामा आफ्नो चाहना पनि मिसाएका छन् । आफू सांसद भएको बखान गरेका छन् । यसले दाँतमा ढुंगा लागेजस्तो महसुस हुन्छ । तर उनले जसरी जेल बसाइँमा पनि एक दलित युवतीलाई पुस्तककै रूप दिई चिनाउने प्रयास गरेका छन्, त्यो भने सराहनीय छ ।  दलितको बायोग्राफी लेख्ने रेशम चौधरीको यो पहिलो प्रयास हो । तर उनले दलितहरुलाई वास्तविक जीवनमा पनि अघि बढाउने सत्प्रयास गरेका छन् । भर्खरै खोलिएको उनको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा उल्कादेवी विश्वकर्मालाई उपमेयर उठाएको थियो । मात्र १५३ मतले उनी पराजय भइन् । भजनी नगरपालिकाबाट दलित महिला राजु तिरुवा उनकै पार्टीबाट उपमेयर चुनिएकी छिन् । देवीसराको प्रधानमन्त्री बन्ने सपना उनका यस्तै विरादरीका धेरै महिला जनप्रतिनिधि चुनिएर अघि बढाउने छन् । र, देशलाई छुवाछुतमुक्त बनाउने छन् । अनि संसारलाई एकदिन सुन्दर बनाउने छन् । 

रेशमसँगै  म पनि जान्छु जेल

रेशमसँगै म पनि जान्छु जेल

१४७० दिन अगाडि

|

९ भदौ २०७९

 सुरेश चौधरी   नेता नै हुन् बिस्फोट गराउने ज्वाला, कैलाली टीकापुरमा भएको घटनाको मूल्य को स्वीकार्ला, नेताहरु त देशका बफादार भए, नेपाल देशलाई नै बर्बाद पारी भ्रष्टाचार भए, नेपालका नेता मूल वेवकुफ गद्दार भए, राजा बिनाको देशमा सदा जनताका लागि अत्याचार भए, सन्यास लेउ है बूढा नेता देश अब विनाश भए, सबै नेता भत्ता, सत्ताका लागि आज देशमै मरे, जुन नगर्नु पर्ने थियो आखिर देशमा त्यही सिकार गरे, राज्यको वंशलाई मारी नेता आजाद भए, नेताहरुको छैन अब नेपाललाई बनाउने रहर, एक एक नेतालाई खुवाउनु पर्छ विशालु जहर,  कैलाली टीकापुरमा भएको                                          घटनाको मूल्य को स्वीकार्ला ? अब पनि थारु नेता, अगुवाहरु चुप बसे नेपाली जनताले नै नेताहरूलाइ धिक्कार्ला । रेशम चौधरीलाई अझैसम्म थुने म पनि जान्छु जेल । जान्छु जेल ।।              ग्रामथान गाउँपालिका, विराटनगर, मोरङ  

भन्सम डाइ

भन्सम डाइ

१४७० दिन अगाडि

|

९ भदौ २०७९

कौशल के मिश्र  बर्टनक आवाज बरे राटसम् आइटह भन्सक बम्मा चल्टि बा, डाइ भन्सम बाटि । टिन्यो पटोइह्यन आपन आपन कोन्टिम सुट जा चुक्ल, डाइ भन्सम बाटि । डाइक काम बाँकि रहिन, मुले काम सब्के रहिन, मने डाइ आभिन फे सक्कु काम आपन मन्ठि । दूध ढिका क, जुराक, जवाइन डर्ना बा, टाकि बिहन्य छावन ताजा दहि मिलिन, चुल्हम ढरल् भाँरा डाइ किचोठर्ठि चहा दिन बदलजाए, चुल्हा साफ हुइक चाहि । बर्तनक आवाजसे छावा–पटोइह्यक निंड खराब हुइटिन्, बर्का पटोइह्या बर्का छावासे कठि, “टुहाँर डाइहँ निंड निअइठिन् का ?  ना अप्न सुट्ठी ना हमन सुट डेठी” मन्हलि मन्ह्लसे कठि, “आब हेरहो बिहन्य चार बजेसे खनमन सुरु हो जाइ,  टुहाँर डाइहँ चैन नि हुइटिन का ?” छोट्कि छोट्कक् ठे कठि, “प्लिज जाक यि ढोंग बन्द कराउ  कि राटक चुल्हा खालि रहक चाहि” डाइ टबटक वर्टन मिस स्याकल् रठि, लिउह्रल पुट्ठा, आँखर उन्ज्रा, लट्कल छाला, जारम साँसट, आँखिम पाकल मोति बिन्दु, माथम टप्कल पस्ना, ग्वारम उमेरक लग्लगाहट्, मुले, दूधक गरम कराहि उ आभिन फे छुछ्छे हाँठले उठा लेठि, टबो पर हुँकाहार अंग्रि निजर्ठिन्, का कर कि उ डाइ हुइटि । दूध जुर हो चुकल, जवाइन फे लाग स्याकल, घरिक सुइ मिच्छा स्याकल, मने... डाइ फ्रिजमसे डुल्रि निकार्क काट लग्ठि, हुकहिन निंड नि लग्ठिन्, काकर कि उ डाइ हुइटि । कबु कबु सोंच्ठु कि डाइ जसिन विषयम  लिख्ना, बोल्ना, बटैना, जटैना कानूनसे बन्द हुइक चाहि, का कर कि यि विषय निर्विवाद हो, का कर कि यि सम्बन्ध स्वयं परिक्षा हा । राटक बार बजे बिहानिक लाग डुल्रि कट्गैल्, अचानक याद अइलिन कि बिरुवा ट खैले नि हुइ, बित्टारक सिह्रनिक टर ढर्लक ठैलि निकर्लि जोन्ह्यक ओजरारम बिरुवक् रंगक हिसाबसे मुहम डर्लि ओ घटक्क पानी पि लेलि । पन्ज्र एक निंड पुगा सेक्लक बाबा कल, “आ गैल्या” “हाँ, आज ट कौनो काम नि रह” –डाइ जवाफ डेलि ओ ओंडर गैलि, काल्हिक चिन्टम पटा नै निंड अइठिन् कि नाइ मने बिहन्य कौनो मिच्छावन नि रठिन् का कर कि उ डाइ हुइटि बिहन्यक घन्टि पाछ बाजठ्, डाइक निंड पहिलहँ खुल्जैठिन्, पटा नि हुइटिन कि कबु कबु जारम फे, डाइ ढिकाइल पानीले लहाइल् हुइहि हुकिन सर्डि नि लग्ठिन्, का कर कि उ डाई हुइटि । पत्रिका पहर्बे नि कर्ठि मने उठाक लन्ठि, चाइ नि पिठि, मने बनाक लन्ठि, हालहाल खान नि खैठि मने बना डेठि का कर कि उ डाइ हुइटि डाइक बारेम बाट जिन्गि भर नि ओराइ आउर हाँ, यदि पहर्टि पहर्टि  आँखिमसे आँस आ जाइ ट कृपया खुल्क रुइबि ओ आँस पोंछ्क एकचो आपन डाइहँ जादुक उँक्वार जरुर डेबि, का कर कि उ और केक्रो नाइइ, अप्नक्क डाई हुइछि ।   कौशल के मिश्र से लिखल हिन्दी भासाके कविता थारुम सोम डेमनडौरासे उल्ठा हुइलक हो ।

ए सरकार, एक ‘ढकिया’ न्याय देऊ 

ए सरकार, एक ‘ढकिया’ न्याय देऊ 

१४७१ दिन अगाडि

|

८ भदौ २०७९

न्यायको पर्खाइमा भोकाएको देश यति बेला अन्यायको प्रदुषणले  ग्रसित छ  त्यसैले त होला  मडारिएको छ यहाँ वर्षोँदेखि विभेद र दमनको कुहिरो बिछाइएको छ जाल षड्यन्त्रको लगाइएको छ कपोकल्पित झुठा मुद्दा बझाइएको छ निर्दोषहरुलाई ‘खोंगिया’मा  ‘मच्छि’ बझाएझैँ अनि तड्पाइरहेछन्     पानी विनाको ‘मच्छि’झैँ न्यायको लागि र हेरिहेछन् रमिता जहाँ जबर्जस्ती कोचिएका छन् रेशम चौधरीजस्ता  निर्दोषहरु जेल ए, भनि देउ न सरकार !  कहिलेसम्म चल्ने हो  तिम्रो राजनीतिक चलखेल ? यो कस्तो कानुन हामीलाई मात्र लागु हुने ? जहाँ कर्फूयमा पनि छानी छानी थारुहरुकै घरमा सल्काइयो आगो खोसियो रोजीरोटी पोखियो सपना लुटियो अस्मिता मिल्काइयो कुनामा  हाम्रो पहिचान र अस्तित्व  र पहि¥याइयो दोषीको मुखौटा ए सरकार ! कहिले हटाउँछौ मनको खोट कहिले बुझिदिने टीकापुरको चोट नभए हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट नजोख हामीलाई अब सन्तुलन गुमाएको तिम्रो न्यायको तराजुले बरु देउ एक ‘ढकिया’ न्याय एक ‘डेहरि’ पहिचान एक ‘भौका’ समानता एक ‘भँक्रि’ उन्मुक्तिको सास ‘फुरे हम्रे’ कहिलेसम्म बन्ने ? ‘टोहार’ बँधुवा कमैया । बँधुवा कमैया ।।      हालः कीर्तिपुर, काठमाडौं थारू लेखक संघ नेपालद्वारा ‘बरल टीकापुर’ साहित्य अभियान २०७९ अन्तर्गत रचिएको कविता ।