ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

१४३२ दिन अगाडि

|

१६ असोज २०७९

कता जाँदैछ थारू साहित्यको बाटो ?

कता जाँदैछ थारू साहित्यको बाटो ?

१४३३ दिन अगाडि

|

१५ असोज २०७९

विभिन्न इतिहासकारले थारू जातिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जाति मानेका छन्। यो नेपालको चौथो ठूलो भाषा हो। थारू भाषाका विभिन्न भेद छन्, जसमा डंगौरा थारू साहित्य सबैभन्दा समृद्ध मानिन्छ। ‘थारू साहित्यको इतिहास (२०७३)’ पुस्तकको अनुसूचीको आधार हेर्दा तथा यस पंक्तिकारको संकलन हेर्दा थारू साहित्यका विभिन्न विधामा तीन सय बढी थान पुस्तक तथा पत्रिका प्रकाशित छन्। जसमा दुई सयवटा पुस्तक, एक सयवटा पत्रिका छन्। २०२८ सालमा प्रकाशित गोचाली थारू भाषाको पहिलो पत्रिका हो। त्यसअघि २००७–२०२७ सालसम्म पूर्वआधुनिक थारू साहित्य मान्दा यस काल खण्डमा ८ वटा मात्रै थारू कृति प्रकाशित भएको देखिन्छ । थरुहट के बउवा और बहुरियाले आख्यानको दैलो उघार्‍यो भने अन्य पुस्तकले खासगरी लोक साहित्यको संकलन तथा प्रकाशनको आधार बनाए। २०२८ सालदेखि २०६० सम्मको समय आधुनिककालीन थारू साहित्य भन्न सकिन्छ। २०२८ सालमा थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल नामक संगठन वैशाख १ गतेका दिन दाङ वैवाङमा गठन गरियो। यही मञ्चको ब्यानरमा गोचाली पत्रिका (२०२८) पनि प्रकाशित भयो र यो गोचाली आन्दोलनको नामले परिचित भयो। मोही हक सुरक्षित हुनुपर्ने, जसको जोत उसको पोतको नारा लगायत विद्रोहको स्वरलाई मुखरित गर्दै थारू साहित्यको आधुनिक कालमा प्रवेश भयो। गोचालीले थारू साहित्यको जुन आधार कोर्‍यो, अझै थारू साहित्य त्यसमै रुमलिएको देखिन्छ। थारू साहित्यमा निबन्ध र समालोचना विधा खासै भेटिँदैन। यस आलेखमा थारू साहित्यमा आधुनिकताको चेत भरिएको साठीको दशकपछिको लेखनबारे समान्य चर्चा गरिएको छ। थारू साहित्यमा उत्तर आधुनिक काल  २०५५ साल फागुन २८, २९ र ३० गते उदयपुरको हडियामा थारू कल्याणकारिणी सभाको स्वर्ण महोत्सवको अवसरमा धेरै पुस्तक प्रकाशित भएको देखिन्छ। २०५५ सालमा मात्रै १३ वटा पुस्तक प्रकाशित भएको देखिन्छ। थारू साहित्यमा २०६१ देखियताको समयलाई उत्तरआधुनिक काल भन्न सकिन्छ। खास गरी पत्रिका प्रकाशनमा अग्रासन मासिक, उक्वार भेट मासिकमार्फत आधुनिक चेत भित्रिनु, नयाँ थप साहित्यिक विधा थपिनु, पहिल्यै भित्रिएका विधा परिष्कार हुँदै जानु यस काल खण्डको महत्वपूर्ण उपलब्धि हुन्। कविता विधा जितबहादुर चौधरी ‘ट्रासन’को यी जितके हटल कविता (कविता संग्रह २०६१) मा भएको कवितामा नयाँ प्रयोगले उत्तर आधुनिकताको छनक दिन्छ। यस चरणका अन्य कविता संग्रहमा सुरेश चौधरीको ‘तुहिन’ (२०६१), अर्जुन दहितको ‘परिचय’ (२०६२), प्रेमलाल दहितको ‘टुटल झोप्री’ (२०६२), रामबहादुर बखरियाको ‘मुटुक धड्कन’ (२०६२) लगायत रहेको छ। यी सबै कविता संग्रहमा प्रेम प्रणयका बखान गरिएका छन्। यी कविता संरचना तथा भाव गाम्भीर्यताको हिसाबमा कमजोर देखिन्छन्। सन्तराम धारकटुवा थारूको ‘छिटकल भावना’ (२०६२) कविता संग्रह भने हालसम्म प्रकाशित अब्बल दर्जाको कविता कृति हो। अन्य कविता संग्रहमा प्रेमलाल दहितको टुटल झोपडी (२०६१), मनिराम चौधरीको बापसे पुत ज्ञानी फाँडाले बझाइ पानी (२०६२) प्रकाशित छ। एम टेंर्राको फूला (२०६३) कविता संग्रह थारू, राना थारू र नेपाली तीन भाषामा प्रकाशित छ। श्रीराम चौधरीको चिट्किन (२०६४), कैलालीका रामलखन चौधरीको छलमल्की (२०६५), रामलखन चौधरी, मनबहादुर चौधरीको विश्व शान्ति (२०६७), लक्की चौधरीको नेन्धर (२०७१), सुशील चौधरीको नेपाली र थारू भाषामा बिरहुल बसिया (२०७२) कविता संग्रह प्रकाशित छ। छन्द कविता थारू भाषामा कमै छन्। यस्तोमा खोपीराम लम्सालको भौका (२०७२), बमबहादुर थारूको छन्दकुमारी (२०७३) पद्य कविता संग्रह प्रकाशन भएको छ। २०६१ मा मानबहादुर चौधरी पन्नाको ‘किसानके जिन्दगी’ खण्डकाव्य प्रकाशित छ। कैलालीकी शर्मिला चौधरी ‘सृष्टि’ले मनके फूला (२०६२) खण्डकाव्यमार्फत नारी मनका समवेदना पस्केकी छन्। उनको पहिलो गहकिलो वजनदार कृतिले हुने बिरुवाको चिल्लो पातको उदाहरण दिएको छ। आख्यान विधा आख्यान विधाअन्तर्गत यस चरणमा बग्नाहा—७, बर्दियाका सन्तराम धारकटुवा थारू पनि थारू कथाकारमा सशक्त हस्ताक्षर हुन्। ६ वटा कथा समावेश गरिएको हमार जुनी कथा संग्रह (२०६१) प्रकाशित छ। यसमा प्रयुक्त विम्बले थारू साहित्यमा उत्तरआधुनिकताको छनक दिन्छन्। हमार जुनी कथा संग्रह (२०६१) लाई सोम डेमनडौराले नेपालीमा उल्था गरी अस्तित्व (२०७४) कथा संग्रहको रूपमा आएको छ। गयर्वा बुडु, गयर्वा बुडुक ठाँह्रा तथा थारू जोधा गरी तीन कृति प्रकाशित गरेका शेखर दहित भन्छन्, ‘थारू भाषामै पाठक निकै कम भएको महसुस भएको छ। त्यसैले थारूका विषय नेपाली तथा अंग्रेजी भाषामा लेख्ने सोच बनाउँदैछु।’ कैलाली थारू साहित्यको लागि उर्वर क्षेत्र हो। यहाँका मनिराम चौधरीले ‘दुखियारी बगिया’ (२०६१), हीरालाल चौधरीले दुःखके भौंरी (२०६३) तथा एम टेंर्रा वास्तविकले लालमुरै (२०६४) कथा संग्रह दिएका छन्। चौधरीभन्दा टेर्राका कथा खँदिला छन्। कञ्चनपुरकी कल्पना चौधरीको उजरल घर दुवार (२०६२) कथा संग्रह प्रकाशित छ। केही पत्रपत्रिकाले कथा विशेषांक प्रकाशित गरे पनि विभिन्न कथाकारको कथा सँगालोको रूपमा एक मात्र संग्रह थारू भाषक् प्रतिनिधि कथा–१ (२०६८) प्रकाशित छ। जसको सम्पादन शत्रुघन चौधरीले गरेका छन्। सुर्खेतका मानबहादुर ‘पन्ना’ को ककनडरान छोटकी (२०७०) कथा संग्रह छ। २०७३ चैत १९ र २० गते कैलालीको पटेलामा भएको दोस्रो थारू साहित्यिक मेलामा ६ जना स्रष्टाको नयाँ पुस्तक आयो। जसमा बर्दियाका शेखर दहितको गयर्वा बुडु कथा संग्रह छ। थारू साहित्यिक मेलाको तयारीमा २०७३ मा शिक्षक भोजराज चौधरी अनमोलको ‘उभरखाभर जिन्गी’ कथा संग्रह छ। तेश्रो थारू साहित्यिक मेला २०७४ मा सोम डेमनडौराको सौंस्याटल मन कथा संग्रह छ। निबन्ध विधा थारू साहित्यमा कुनै कृतिमा एक दुइटा निबन्ध परेका छन् तर निबन्धको कुनै सिँगो कृति प्रकाशित भएको देखिन्न। लक्की चौधरीले ‘तिहुवार’ (२०६१), मोर पहुरा (२०७०), मनिराम चौधरीले ‘हरबड्डा’ (२०६२) तथा भुलाई चौधरीको ‘थारू सस्ंंकृति’ (२०६१), थलीराम चौधरीको थारू साहित्य, इतिहास, संस्कृति, कला, परम्परा÷प्रविधि (२०७२) ले निबन्धको झल्को दिन्छन्। भुलाईको संग्रहमा नेपाली लेखसमेत समाविष्ट छ। थलीराम चौधरीको थारू साहित्य, इतिहास, संस्कृति, कला, परम्परा÷प्रविधिमा भने थारू समुदायको इतिहास, चाडपर्व, भाषा, संंस्कृतिबारेका लेख छन्। पंक्तिकारकै ढों ढों पों पों (२०६८) थारू भाषाको पहिलो हाँस्य निबन्ध संग्रह हो। विशुद्ध साहित्यिक निबन्ध संग्रह अझै पनि थारू साहित्यमा प्रकाशन हुन सकेको छैन। सुशील चौधरी, दिलबहादुर चौधरीले निबन्ध विधामा थारू भाषामा निरन्तर कलम चलाए पनि थारू भाषामै संग्रह आएको छैन। बालिका चौधरीको १७ निबन्ध समेटिएको जीवनका बक्ररेखा (२०७३) संग्रहमा फिक्कल अस्टिम्की शीर्षकको निबन्धमात्र समेटिएको छ। यसरी फुटकर लेखनमा निबन्ध देखिए पनि संग्रहको रूपमा भने औंलामा गन्न सकिने देखिन्छ। नाट्य विधा नाटक संग्रहकै पुस्तक यस अवधिमा पनि देखिन्न। यद्यपि थारू समुदाय केन्द्रित नाटक भने मञ्चन हुने क्रम बढ्न थालेको छ। कमलरी (२०६१) ‘दहितान ढेंकी’ (२०७०), ‘भुरभुरा रहर’ (२०७३), ‘लवकी कन्या’ (२०७४), करोट (२०७४), बुधनी, हिटवा आदि मञ्चित नाटक हुन्। बमबहादुर थारूको माधोनल काम कमन्डलु (२०७४) कृतिलाई उहाँले इन्द्रासनी झुम्रा गीतसँगै लोकनाटक पनि भन्नु भएको छ। लोकसाहित्य पंक्तिकारको संकलनमा मामा भान्जा (२०६०), थारू लोककथा–१ (२०६७) नामक पुस्तक छ। यद्यपि पुस्तक नेपाली भाषामा छ। थारू लोककथा संग्रहमा सहयोग समाज नेपाल दाङले थारू मातृभाषामा बटकोही (लोककथा) संग्रह (२०६४) प्रकाशन गरेको छ। कैलालीका तुलसी चौधरीको माँगर (२०७३), दुर्जन चौधरीले हंसा (२०७४), सीतारम चौधरीले उरन्टा घोरवा (२०७४) लगायत थारू लोककथा संग्रह छ। पंक्तिकारको थारू बालकथा संग्रह ‘सुख्ली’ (२०६२) हालसम्मको एकमात्र बालकथा संग्रह हो। यससँगै २०६६ सालमा हर जोत्ना मछरिया, अनारकलीके अन्तरकथा, तुलारामके चर्तिकला तथा सत्तलसिंहके कथा नामक ४ वटा सचित्र बालकृति छन्। यस्तै कमैया बस्तीमे भगन्वा (२०७२) लघुकथा संग्रह थारू तथा नेपाली भाषामा प्रकाशित छ। थारू भाषाका अन्य कथाकारमा मंगल थारू, श्रीपती चौधरी, सोम डेमनडौरा, देवराज अमित, धर्मराज चौधरी, ओमप्रकाश गोइंजिहार, नरेश लालकुसम्या, प्रसादु थारू आदि हुन्। ३० को दशकमा लेखिएका कथा र हाल ७० को दशकमा आइपुग्दासम्म पनि थारू साहित्यको कथा लेखनको शैलीमा खासै भिन्नता आउन सकेको छैन। थारू साहित्यमा कथा लेखन गोष्ठीको सुरुआत अझसम्म हुन सकेको छैन। अन्य पाटो २०६९ माघबाट मात्र थारू युवा परिवारले ठुम्रार साहित्यिक बखेरीको नाममा काठमाडौंमा थारू कविता आन्दोलनलाई अघि बढाएको छ। छविलाल कोपिलाको सम्पादनमा थारू भाषाको लावा डग्गर त्रैमासिक (२०७१) प्रकाशन भइरहेको छ। प्रेस काउन्सिलको ‘क’ वर्गमा परेको लावा डग्गरले स्वर्ण अंक पार गरेको छ। यस पत्रिकामा समाविष्ट रचनालाई थारू साहित्यको आँखीझ्यालको रूपमा नियाल्दा थारू साहित्यले आधुनिकताको बाटो अझै अँगाल्न सकेको देखिन्न।  साहित्यको विकासमा मातृभाषाका रचनाको अनुवाद प्रकाशनको उत्तिकै महŒव रहेको हुन्छ। तर थारू भाषाको प्रतिनिधि कथाहरूको सँगालो अनुवाद भई नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशनबाट प्रकाशित हुन सकेको छैन। सन्तराम धारकटुवालगायत केही कविका रचना नेपाली मात्रै होइन, अंग्रेजीमा उल्था गरेर अन्तर्राष्ट्रियकरण गर्न लायक छन्। २०७३ वैशाख ३ र ४ गते दाङको घोराहीमा पहिलो थारू साहित्यिक मेला सम्पन्न भयो। थारू साहित्यिक मेलाको अवसरमा नयाँ पुस्तक प्रकाशन गर्ने लहर आएको छ। गयर्वा बुडु, गयर्वा बुडुक ठाँह्रा तथा थारू जोधा गरी तीन कृति प्रकाशित गरेका शेखर दहित भन्छन्, ‘थारू भाषामै पाठक निकै कम भएको महसुस भएको छ। त्यसैले थारूका विषय नेपाली तथा अंग्रेजी भाषामा लेख्ने सोच बनाउँदैछु।’ कपिलवस्तुका चिन्तामणि थारूले आन्ही पानी (२०७०) बालकविता संग्रह प्रकाशित गरेका छन्। कैलालीकी रोदन चौधरी १२ वर्षको उमेरमा नेपाली तथा थारू भाषाको कविता संग्रह ‘पहिल कदम’ (२०७३) प्रकाशित भएको छ। उत्तर आधुनिक कालको दैलो कुल्चिए पनि थारू साहित्यको श्रीवृद्धिमा कोशेढुंगा सावित हुने कृतिको अझै पनि टड्कारो अभाव झुल्किन्छ। अन्नपूर्ण पोस्टको फुर्सदबाट

दसैंमा मात्रै थारू जातिको के हो घोर्वा फेर्ने प्रचलन ?

दसैंमा मात्रै थारू जातिको के हो घोर्वा फेर्ने प्रचलन ?

१४३३ दिन अगाडि

|

१५ असोज २०७९

थारु समुदायमा दसैँमा आफ्नो देवता अर्थात् घोर्वा फेर्ने चलन छ । अन्य समयमा नभई दसैँमा देवता फेर्ने भएकाले अहिले घोर्वा ‘माटाको घोडा’ बनाउनेको व्यवसाय राम्रो चलेको छ । अन्य समयमा खोजेर विरलै खरिद गर्न पाइने घोर्वाको दसैँ लागेपछि सहज रुपमा खरिद गर्न पाइन्छ । माटाका भाडा बनाउने पेशाकर्मीले अहिले सबै खाले देवताको मुखाकृति बनाएर घोर्वाको बिक्री थालेका थारु समुदायका अगुवा बताउँछन् । जानकी गाउँपालिका–१ तोरैयापुरकी आममती चौधरीले विशेषतःदसैँ पर्व नजिकिएसँगै थारु सुमदायका देवता अंकित घोर्वाको बिक्री सुरु भएको बताए । अन्य समयमा न्यून रुपमा माटाका देवता घोर्वाको बिक्री भए पनि दसैँमा यसको राम्रो बिक्री हुने गर्छ’’, उनले भने, दसैँ सुरु भएसँगै दैनिकरुपमा घोवा बिक्री भइरहेका छन् । यसबेला घर लिपपोत गरेर हरेक घरमा घोर्वा फेर्ने गरिन्छ ।’’ माटाको काम गर्ने जातिले घोर्वा बनाउने गर्दछन् । प्रायः दसैँमा थारु समुदायमा घोर्वा फेर्ने प्रचलन रहेकाले अन्य समयभन्दा घोर्वाको बिक्री राम्रो हुने गरेको टीकापुरका सुन्दर चौधरीले बताए । ‘‘माटाका भाडा घोडा आकारमा विभिन्न देवताका चित्र अङ्कित घोर्वा लिइ देउता कोठामा सजाउने गरिन्छ’’, सुन्दरले भने, ‘‘घोर्वा माटाका बनाइने भएकाले वर्ष दिनभरिमा केही टुटफुट भएको वा कुनै खोट देखिएमा दसैँमा मात्र फेर्ने चलन छ । नयाँ देवता बनाउने बेला मात्र फेर्ने गरिन्छ । यो पटकपटक वा बीच बीचमा फेर्ने चलन छैन ।’’ मौसमी रुपमा मात्र बिक्री हुने भएकाले प्रति घोर्वा रु पाँच सय देखि रु एक हजारसम्ममा बिक्री हुन्छ । तोरैयापुरकी व्यवसायी सुमिता थारु भन्छन्, ‘‘थरिथरिका देउताका चित्र बनाएका छौँ, यतिखेर राम्रो बिक्री भइरहेका छन्’’, उनले भने, ‘‘थारु सुमदायका जातअनुसार घोर्वा देवता फरकफरक रुप वा स्वरुपबाट निर्मित गरिने गरिएका छन् । सोहीअनुसार मेल खाने घोर्वा मात्र फेर्ने गरिन्छ ।’’ मौसमी रुपमा मात्र बिक्री हुने भएकाले प्रति घोर्वा रु पाँच सय देखि रु एक हजारसम्ममा बिक्री हुन्छ । तोरैयापुरकी व्यवसायी सुमिता थारु भन्छन्, ‘‘थरिथरिका देउताका चित्र बनाएका छौँ, यतिखेर राम्रो बिक्री भइरहेका छन्’’ थारु समुदायका मुल पदवीअनुसार घोर्वालाई कुल पुरोहित देवताका रुपमा चिनिन्छ । पाँच इन्द्रिय भएको देवताकारुपमा रहेकाले घरका सदस्यको संरक्षण तथा दुःख बिरामीबाट छुटकारा दिलाउने देवताका रुपमा घोर्वालाई मान्ने र पुज्ने गरिन्छ । नयाँ देवता किन्न आउने ग्राहकको पुरानो देवताको स्वरुपसँग मेल खाने गरी मात्र बिक्री गर्ने गरेको उनले बताए । घोर्वा पनि जात विशेष आधारमा विभिन्न थरिका रहेका हुन्छन् । दसैँमा विशेष रुपमा मैया देउताको पुजासँगै सौरा, खेखरी र जात विशेषका आधारमा विभिन्न देवताको पूजा गर्ने चलन छ । थारु समुदायका अगुवा समिर चौधरी पर्व मनाउने, पूजाआजा गर्ने आआफ्नै तरिका रहेकाले थारु समुदायमा दसैँमा घोर्वा फेर्ने, खानपान र रमाइलो गर्ने चलन रहेको बताउँछन् । ‘‘दसैँमा थारु समुदायमा देउताका भाडा फेर्न, गाउँ गाउँमा नाचगान गर्ने, समुदायमा रहेका नाचगान र पहिरन संरक्षण गर्ने गरिन्छ’’, उनि भन्छन् ‘‘सपरिवार, छिमेकी तथा आफन्त जम्मा भएर रमाइलो गरी नाचगान गर्दै दसैँ मनाउने तरिकाले थारु समुदायको पहिचान जोगाएको छ ।’’ दसैँ सुरु भएपछि थारु गाउँमा सखिया, मुग्रौहा, झुम्रालगायत नाचगान गर्ने गरिन्छ । ‘‘आफैँले मादल बजाएर, पुरुषले धोती तथा भेगुवा लगाउने, महिला एउटै खालको लेहँगा र चोलीमा सजिएर नाचगान गर्ने चलनले रमाइलो हुन्छ’’, उनि थप्छन् , ‘‘थारु समुदायमा चाडपर्व मनाउँदा विशेष तवरले मनाइन्छ । दसैँको समयमा थारु समुदायका गाउँगाउँमा रात्रिकालीन नाटक प्रदर्शन, नाचगान जस्ता कार्य हुन्छन् । यसले संस्कृति संरक्षण र कला र संस्कृति युवा पुस्तालाई हस्तान्तरणमा सघाउँछ ।’’

कैलाली र अछाम प्रशासनद्वारा कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन निर्देशन

कैलाली र अछाम प्रशासनद्वारा कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन निर्देशन

१४३३ दिन अगाडि

|

१५ असोज २०७९

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलाली र अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ । ती जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन निर्देशन दिएका हुन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले कार्तिक ५ गतेभित्र जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन सूचनामार्फत भनिएको छ । बुझाइएका हातहतियार सुरक्षित राखिने र निर्वाचनपछि हतियार धनीलाई नै फिर्ता गरिने पनि सूचनामा उल्लेख छ । त्यस्तै कसैले बिना इजाजतका भरुवा तथा एयर गन बन्दुक राखेको भए पनि स्वस्फूर्त रुपमा प्रहरी इकाइहरुमा बुझाउन भनिएको छ । निर्धारित समयभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।  

‘हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ’

‘हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ’

१४३७ दिन अगाडि

|

११ असोज २०७९

नवराज लम्साल आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ । जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो । चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवित छातीको एक उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तरयात्रा मेरो अभिष्ट । आज म धन्य छु, धन्य धन्य भएको छु । म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति÷स्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । आज यो भव्य सम्मान ग्रहण गरिरहँदा ती सबै अग्रजहरूप्रति नतमस्तक छु । ज्ञान परम्परा र वर्तमान हो, आज म बाँचेको युग सङ्गत÷विसङ्गतको दोसाँधमा छ । जीवनका आयाम र आयतन अनुत्तरित छन् । अन्योलपूर्ण उत्साह र उत्साहपूर्ण अन्योलको बीचबाट मान्छेको जीवन थर्थराएको छ । छन्, धेरैधेरै प्राप्ति छन्, आविष्कार, प्रविधिको विस्तार, भौतिक विकास, विश्व सम्पर्क, उत्पादन, यान्त्रिक सुविधाआदि प्रशस्त छन् तर पनि किन अन्तर उज्यालो हराउँदै गएझैँ लाग्छ ? किन बाहिरी उज्यालोले आफैँ तिर्मिराएझैँ लाग्छ ? के हो यो, सार कि निस्सार ? आफूभित्रको आफैँ किन हेर्दैन मान्छे ? आफैँभित्र के देखिन्छ ? किन देखिन्छ र कसरी देखिन्छ ? बाहिरी हेराइ बहुरूप र बहुकोणमा त छ तर पनि मान्छे भित्रको स्वतन्त्र, अविभाज्य र स्वाधीन अस्तित्व कहाँ छ ? अन्तर स्वतन्त्रताको मूल धमिलिएको त छैन ? मुहानको शान्ति खलबलिएको त छैन ? लेख्नु भनेको यही स्वाधीन स्वत्वको उपल्लो अभिव्यक्ति हो । लेख्नु भनेको निराशा बग्ने धमिलो नदीलाई शुद्ध÷सङ्लो पार्नु हो । आज कहाँ पाउनु वेदका ऋचा लेखूँजस्तो लाग्ने नदी किनार ? समवेत स्वरमा देउराली घन्किने गायन कहाँ पाउनु ? कहाँ पाउनु लगौँटी कसेर खगोल अध्ययन गर्ने ज्योतिष बा र कहाँ पाउनु उही पवित्र स्वरमा टाढा कतै गुन्जिरहेको आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डितः ? कतै समय, हृदय र मान्छे आपसमा छुट्टिएर आआफ्नै बाटोमा लागेका त होइनन् ? म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुतिरस्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ ? आज आफ्नै कञ्चन रङमा फूलले हाँस्न सकेको छैन । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ ? क्षमा गर्नुस्, यो निराशा होइन । म पुराना सन्दर्भतिर फर्कन खोजको मात्रै हुँ । आफूले आफैँलाई सम्झन खोजेको हुँ । षड्दर्शन, षड्शिक्षा, अन्तरको अँध्यारो फाल्ने शैक्षिक साधना र वयं राष्ट्रे जागृयामसँग आजको शिक्षाको सम्बन्ध के होला, होला कि नहोला ?  दुरुह, क्लिष्ट र खतराजन्य ज्ञानले जीवनलाई जीवन बनाउला कि यन्त्र ? मान्छे मान्छे हो कि मेशिन ? हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ? ज्ञान अन्तर उज्यालो हो कि आर्जनको भर्‍याङ ? मानव जीवन रहस्य हो कि समस्या ? सत्यको परख कसरी गर्ने ? बाँच्नुको दर्शन के हो ? लेख्नु आनन्द हो कि परिवर्तन ? दुवै हो कि, दुवै होइन ? मेरा अक्षरहरू मैलाई सोधिरहन्छन् र आफ्नै प्रश्नले आफैँ थिल्थिलो हुन्छु, आफैँ निथ्रुक्क हुन्छु । लेख्नुअघि म आफैँलाई विनम्रतापूर्वक सोध्छु, लेख्ने के हो, पढ्ने के हो ? पढ्ने पाठक को हो ? यही विषय नलेखे के हुन्छ ? मैले नलेखे के हुन्छ र अहिल्यै नलेखे के हुन्छ ? साँच्चै कहिल्यै नलेखे के हुन्छ ? लेख्दै नलेखे के हुन्छ ? लेख्नु भन्नु त आफैँ पोखिनु हो । पोखिनुअघि पूर्ण रूपमा भरिनु जरुरी छ । आज कुन लेखक कहाँबाट कुन अमृत बिन्दु टिपेर कसरी भरिने हो ? चक्र शरीरमा पनि छ र समाजमा पनि छ । षड्चक्रभन्दा माथि छ, सहस्रार चक्र । जीवनका गिर्खागिर्खीभन्दा माथि छ, साधनापूर्ण विजय प्राप्त गरेपछि अनुभूत हुने त्यो उपल्लो मेधा शक्ति । लेखनको उद्देश्य त त्यतै जाने र लैजाने हो । एक्लै गएर कहीँ पुगिन्न । सँगै जानु छ समाजसँगै, सँगसँगै र हिँड्न नसक्नेलाई पनि सँगसँगैै लैजानु छ अक्षरको बाटो हिँडाएर– संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् । महाकाव्य परम्परा र अग्नि महाकाव्य परम्परा महाजीवन परम्परा भएर समाजमा लपक्क छ । रामायण र महाभारत हुन् वा अन्य विविध धार्मिक ग्रन्थहरू । भानुभक्त आचार्यको रामायण, शाकुन्तल आदि देवकोटेली महाकाव्य विरासत, आफैँ तात्न खोजेको चिसो चुलो, नरसिंह अवतारआदि हुँदै बगेको महाकाव्य परम्परामा अग्नि भएर मिसिन पाउँदा मभित्र खुसीको भर्भराउँदो ज्वाला उठेको छ ।   हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ? यसो भन्नु मेरो धृष्टता पनि होला तर भन्न मन छ– आज अग्निलाई साथमा राखेर यसरी उभिन पाउँदा सीमान्तकृत कर्ण, नेपाली धराको बहुलता र जनताको मुक्ति आवाज एकै पटक सम्मानित भएको महसुस गरेको छु । लेखकीय सत्ताको सर्वोच्चता  मान्छेभित्रको मनुष्यत्व र त्यही मनुष्यत्वको अविभाज्य स्वतन्त्र चेतना मान्छेको मूलशक्ति हो । स्वतन्त्र मान्छेले मात्र स्वतन्त्र धारणा बनाउन सक्छ र त्यही धारणाको स्वस्फूर्त नित्य निमग्नता लेखनकोे जग हो । आदेश, उपदेश वा कुनै पनि निर्देशनको परिधीय सीमा लेखनसत्ता हुन सक्तैन । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ । नीति कि अनुभूति ? बोध कि अवधारणा ? परिवर्तन कि रूपान्तरण ? अन्तरबोध कि वचनको भारी ? चित्र र चरित्रको भित्री भेद खुट्टिएन भने लेखकीय इमान मर्छ । लेखकीय इमान मर्नु भनेको व्यक्ति स्वतन्त्रता र लेखकीय सत्ताको संयुक्त मृत्यु हो ।  कुनै योगीको ब्रह्मस्वरूप आनन्द र कविता उज्यालोको आलम्वन, मलाई उस्तै उस्तै लाग्छ ।  चैतन्यबोध गरेको योगी त्यो चरम आनन्द बताउन सक्तैन तर एउटा कवि त्यही आनन्दमा पुगेपछि बल्ल उपल्लो कविता लेख्न शुरु गर्छ र काव्य निर्माण हुन्छ । कविता भन्नु आफैँलाई बिर्सिएपछिको आफ्नै बोधको उपल्लो कोटिको उज्यालो हो ।  र अन्त्यमा  आजको यो क्षण मेरो जीवनकै उपल्लो खुसीको क्षण हो । मेरो लेखन कर्मले फेरि एक पटक सामाजिक स्वीकृति पाएको छ । जीवनमा यो ठाउँमा यसरी उभिन आइपुग्छुजस्तो लागेको पनि थिएन । अक्षर, समय र ईश्वरलाई धन्यवाद ।  यतिखेर अग्नि महाकाव्यको पात्र ठुले कामीलाई सम्झेको छु । छेलाङी विश्वकर्मा र जुनीमायालाई सम्झेको छु । अर्धनग्न शरीर लिएर आरनमा प्यात्त निदाइरहेका तिनका सन्तानलाई सम्झेको छु ।  मैले खोज्दै हेर्दै हिँडेका आरनहरू सम्झेको छु । त्यहाँका अग्निज्वाला सम्झेको छु । आफैँभित्रका निजी आवेग, संवेग सम्झेको छु र आफ्नै सात वर्षकी नातिनी आयरालाई सम्झेको छु, जो अग्नि लेख्ने बेला मेरो काखमा लुटुक्क निदाउँथी । सम्झनाको यो उज्यालो, मेरो अन्तरको उज्यालो र त्यो परको परम दिव्य उज्यालो एकाकार होस्, चैतन्यतर्फको अक्षर यात्रा जारी राख्न सकूँ । अक्षर ईश्वर हो र यसैको पूजामा निरन्तर निरन्तर लागिरहनु सकूँ । सबैको आशीर्वाद मिलोस् । मदन पुरस्कार विजेता महाकवि नवराज लम्सालले मंगलबार ललितपुरको पाटनढोकामा आयोजित पुरस्कार वितरण समारोहमा दिएको मन्तब्यको सम्पादित अंशः

अहिलेको ज्वलन्त सवाल नागरिक उन्मुक्तिको

अहिलेको ज्वलन्त सवाल नागरिक उन्मुक्तिको

१४३७ दिन अगाडि

|

११ असोज २०७९

नागरिक उन्मुक्तिको विषय राज्यको नीतिसंग प्रत्यक्ष सरोकार राख्ने विषय हो । संविधानमा नेपाल राज्यको परिभाषामा नेपाल स्वतन्त्र,अविभाज्य,सार्वभौमसत्तासम्पन्न,धर्मनिरपेक्ष,समावेशी,लोकतन्त्रात्मक,समाजवाद उन्मुख,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । अब विचार गरौं कि नागरिक शब्दावलीमार्फत् सम्बोधन गर्न खोजिएको जनता को हुन् रुनेपालमा अनागरिक जस्तो देखिने जनसमूह को को हुन् रुअझ संविधानले दिएको नागरिकताको हक प्राप्त गर्न नसकिरहेका नेपाली नागरिकताप्राप्त आमा बाबुको सन्तान कहाँको भन्ने छ । नागरिक उन्मुक्तिको सवाल यही आएर पेचिलो बन्न पुग्छ । इतिहास केलाउने हो भने नेपाल राज्यको उत्पत्ति फोस्र्ड थ्योरी ९जवरजस्तीको सिद्धान्त० अन्तरगत भएको पाउँदछौं । कसैले यसलाई दैविक सिद्धान्तअन्तरगत उत्पत्ति भएको पनि भन्न सक्लान् । तर नेपाल राज्य कहिल्यै सामाजिक सम्झौताको सिद्धान्तअन्तरगत रुपान्तरित हुन सकेको इतिहास र वर्तमानको नयाँ संविधान समेत देखिएन । यसले राज्य उत्पतिको सिद्धान्तमै छिद्र रहेको विषय उपर वहस माग गर्छ । २००७ सालको लोकतान्त्रिक क्रान्तिदेखि नै राज्य कस्तो हुने विषयबारे वहस चल्न थाले पनि सम्भ्रान्त वर्गको हठ र वेवास्ताले फेरि पनि नागरिकको परिभाषा कतै अनागरिक भनिएका जनसमूहसंग पनि सहवरण गर्न पुग्यो कि भन्ने हो । ऐतिहासिक पृष्ठभूमि विश्व राजनीतिक इतिहासलाई पनि अध्ययन गर्ने हो भने पश्चिम युरोपका देशहरु पनि सन् १२१५ जुनमा म्यागना कार्टामार्फत् अधिकार पाउने चार्टर जारी गरेपश्चात सामाजिक सम्झौतको बीउ रोपियो । त्यसलाई परिष्कृत गर्ने काम सन् १६४८ को वेष्टफालिन सम्झौतामार्फत् हुन पुग्यो । यसलाई इमानदारीपूर्वक लागु गरेकै कारण सो क्षेत्रका देशहरु स्वतन्त्र र सार्वभौसत्तासम्पन्न बन्न पुगे । यति भएर पनि उनीहरु पहिलो र दोश्रो विश्व युद्धको चक्करमा संसार भरी नै डरलाग्दो स्थिति पैदा गरेकै हुन् । अर्बौको धनजनको क्षति व्यहोर्न दुनियाँलाई बाध्य बनाएकै हुन् । दोश्रो विश्व युद्ध पश्चात विकासवादी सिद्धान्तअन्तरगत उदय भएका नयाँ मुलुकहरु साँचिक्कै सामाजिक सम्झौताको सिद्धान्त अबलम्बन गरे कि गरेनन् भन्दा थुप्रै देश यस सम्बन्धमा चुके । त्यसैको परिणाम हो अरब स्प्रीङ्ग जस्ता आन्दोलनहरुको उठान । अरब स्प्रीङ्ग आन्दोलनपश्चात मध्यपूर्व तथा उत्तरी अफ्रिकन मुलुकहरुमा रुपान्तरण हुन पुगेको हो । एक्काइसौं शताब्दीको यो नमूना आन्दोलन अगाडि नेपालमा माओवादी घोषित सशस्त्र युद्ध दश वर्षसम्म चल्यो । यो दश वर्षको दौरान नेपाल ठूलो उथलपुथल विच गुज्रेको स्थिति देखियो । तर,नेपाल राज्यको चरित्र अन्ततः फेर्न असमर्थ भएको परिस्थितिविच हामी नागरिक उन्मुक्तिको सवाल उपर वहस उठाउन खोजेका हौं भने मुक्तिको जुक्ति निर्वाचन हो कि विद्रोह रुविचारणीय पक्ष हो यो । राष्ट्रिय परिस्थिति माथि नै उल्लेख गरियो कि जुन राज्यको उत्पति सामाजिक सम्झौताको सिद्धान्तमा आधारित रह्यो,ती देशमा निर्वाचनमार्फत् नै सामाजिक रुपान्तरण भएका छन् । संसारलाई गरिबीबाट मुक्त गराउने योजनामा उनीहरु अगाडि बढेका छन् । जब राजनीतिक समस्याको समाधान गर्दै ती देश संसारभरी सुरक्षित तवरले आफ्ना नागरिकलाई हिँडडुल गर्न अनुमति दिए । अनि स्वतन्त्र भएर ती नागरिकले पनि आफ्नो देशको हितमा काम गरे । तर,नेपालमा अझै राजनीतिक समस्याको समाधान गर्न अनिच्छुक यहाँका राज्यधारी सम्भ्रान्तवर्ग जब आर्थिक एवम् सामाजिक न्यायको कुरो जोडतोडले हल्ला मच्चाउँदा दातृ निकाय सशंकित बन्दै गएका छन् । विदेशी लगानी वेगर नेपालको आफ्नै हैसियतले यहाँ आर्थिक क्रान्ति हुने सपना मात्र राजनीतिक स्टन्ट हो । यसले आफैंलाई भड्खालोमा हाल्छ भन्ने पनि थाहा छ र पनि उनीहरु यसखाले आत्मरतिमा रमाउन अभ्यस्त भइसके । यसले के प्रमाणित गर्छ भने नेपालमा केही नागरिक र केही अनागरिक बस्दै आएका छन् । यो द्वन्द्वात्मकताको सिद्धान्तले अनेक अन्तरविरोध निम्त्याएको छ । यसो भनौं नेपालमा गरीब र धनी बिचको अन्तरविरोध प्रकट रुपमा देखिए पनि तुलनात्मक रुपमा सो भन्दा कम प्रकटीकरण जातीय अन्तरविरोध नभएको प्रष्टै छ । नयाँ संविधान जारीपश्चात खसआर्य भित्रै पनि दलित समुदाय आर्य हो कि होइन,विश्लेषण हुने गरेको छ भने खस एक अलग्गै समूह भएको दावी गर्न थालिएको छ । मधेसी तथा पहाडिया अन्तरविरोध पनि मत्थर भइसकेको छैन भने बाँकी पनि शुशुप्त अवस्थाबाट प्रकटीकरण हुँदै गएको छ । उपरोक्त सबै अन्तरविरोधहरुको राजनीतिक समाधान नगरी देश समाजवाद उन्मुख कसरी बन्न सक्ला रुफेरि समाजवाद कस्तो हुने भनी अर्को सवाल वहसमा छँदैछ । यी महान वहस नेपालभित्र मात्र होइन,नेपाल बाहिर पनि विस्तारित हुन पुग्यो । तर यी वहसभित्र प्रवेश नै नगरी आत्मरतिमा नागरिक उन्मुक्तिको नारा घन्काउने काम झिनो मसिनो स्वरमा सुनिने गरेको छ । समृद्ध नेपाल–सुखी नेपाली त राज्य प्रायोजित कार्यक्रम भइ नै हाल्यो,जहाँ विदेशी दातृ निकाय तथा संस्थाहरु लगानी गर्न होइन कि उपयोग गर्न आउने गर्छन् । भूराजनीतिक संवेदनशीलताको ख्याल नगरी राज्य सम्भ्रान्त चाकरीमा जुटेसरी आज नागरिक उन्मुक्तिको नाराभित्र त्यही प्रवृत्ति रहेको बुझ्न कठीन भएन । यथार्थ के हो भने वाहुनवाद हावी भएको भूक्षेत्रमा डोरबहादुर विष्टका अनुसार भाग्यवाद नै  विकासको मुख्य बाधकको रुपमा हुने भयो । साँच्चै नै नागरिक उन्मुक्तिको सवाल भाग्यप्रधान बन्न पुग्यो । नेपालको आधुनिकताको परियोजनाको यो प्रमुख बाधक बन्दा सचेत धक्काको लागि उपयुक्त उपाय ठहर हुन सक्नेछैन । अब के गर्ने ? यो सवालले आन्दोलनको समग्र चिन्तनलाई केन्द्रमा राखेर अगाडि बढ्न मद्दत गर्छ । त्यसको अर्थ एकीकृत योजनाको माग गर्छ । नागरिक उन्मुक्तिको सवाल अऔपनिवेशिकरणको सवालसंग सम्बन्ध राख्छ कि राख्दैन रुबुझ्नुपर्ने विषय यिनै हुन् । त्यसै गरी यो बुझाईसंग प्रत्यक्ष जोडिएर आउने विषयहरु विश्लेषण र संश्लेषण,समग्र र अंश,विशिष्टता र व्यापकता,कार्य र कारण,आवश्यकता र सम्भाव्यता,सार र रुप साथै रणनीति र कार्यनीतिबारे ठोस बुझाई हुनैपर्छ । रणनीतिको अभावमा योजना खोक्रो हुने र आन्दोलन निश्कर्षमा पुग्न नसक्ने हुन्छ,कारण नेतृत्वको क्षमता र तयारी तिनै बुझाईको आधारमा मापन गर्नुपर्छ । तसर्थ,अब के गर्ने रुसवालसंग चेतना निर्माणको विषय जोडिन्छ । अर्थात् ज्ञानसत्ता निर्माण हुनु जरुरी छ,जसले वस्तुसत्ता नियन्त्रण गर्न सकोस् । समग्रमा राज्यसत्ता स्थापना गर्न यसले सघाउँछ । किनकि सत्ताबाहेक बाँकी सबै भ्रम हुन् भनी मार्क्सवादीहरु भन्दै गरेको कारण बुझ्नुपर्छ । सत्ताविहीन हुँदाको अवस्थामा यहाँका राज्यसम्भ्रान्तवर्ग एकले अर्कोलाई संघर्ष र विद्रोहमार्फत् विस्थापित गरे । २००७ सालदेखि हुँदै आएका लोकतान्त्रिक संघर्षलगायत माओवादी सशस्त्र विद्रोहको सम्बन्ध कहीँ न कहीँ यस्तै अवधारणा अन्तरगत बुझ्न सकिन्छ । त्यसो हो भने के नागरिक उन्मुक्तिको सवाल पनि यही संघर्ष एवम् विद्रोहको नक्कल गरेर सम्बोधन हुने हो त र ? विश्व राजनीतिक पाराडाइम परिवर्तन हुन पुगेको अवस्थामा यसलाई बुझ्ने ज्ञान प्रणालीसंग साक्षात्कार हुने काम पहिलो शर्त हो । त्यसलाई समावेशी राज्यको रुपमा बुझाउने प्रयत्न पनि गर्दै आएको छ । तर यो उदारवादी राज्य सिद्धान्त अन्तरगत अभ्यासमा आएकोले युरोपमा त्यसको समाधान निस्क्यो । नेपालमा समावेशी राज्य अवधारणा कुन सिद्धान्त अन्तरगत हुने भन्ने ठोस विमर्श भइ नसकेकोले राज्यविहीन राष्ट्रियता राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा अग्रसर हुनुपर्ने बताउँदै छन् । नागरिक उन्मुक्तिको बाटो ठोस त्यस अर्थमा हुन जरुरी छ,त्यसैको लागि सैद्धान्तिक वैचारिक तयारी,आर्थिक भौतिक तयारी,राजनैतिक कुटनैतिक तयारी गर्दै संगठनात्मक तथा संघर्षको तयारी अनिवार्य शर्त मान्नुपर्छ । तर शुरुवात कहाँबाट गर्ने विषय फेरि पनि अनुत्तरित रहन सक्छ । यसको समाधान वस्तुगत परिस्थितिको ठोस विश्लेषण गरेर निर्णयमा पुग्ने हो । यहि वेला नेतृत्वपंक्ति चुक्ने गरेको कारण नागरिक मुक्तिको चाहना हावामा महल बनाए सरह दिवा स्वप्न हुन पुग्छ । निष्कर्ष राजनीति भनेकै चेतनाको खेल हो । यो खेलमा सबै चीज ‘ओपन सेक्रेट’ हुने भएकैले विपक्षीले समेत अरुले कसरी काम गर्दै रहेको बुझ्ने र आत्मरक्षा प्रणाली विकास गर्ने गरेको हुन्छ । लामो अभ्यासले यहाँका शासक सम्भ्रान्त राजनीति मिलाउन जाने । राजनीति मिलाउन सकेकैले वीपी कोइरालाले फाँसीको सजाय गुजार्नु परेन । अमेरिकाबाट आतंकवादी ठहर गरिएका प्रचण्ड राजनीति मिलाउन सकेकै कारण पछि रातो कार्पेटमै अमेरिका पुगे भने अर्कोतिर ज्ञानेन्द्र खाली हात नागार्जुन जंगल तिर लाग्नुपर्यो । त्यसैले नागरिक उन्मुक्तिको सवाल उठाइ राख्दा कसको भूमिका कहाँ उपयुक्त हुने विषय पहिल्यै टुङ्गिनुपर्छ । यसको नेतृत्व गर्ने संगठन तथा नेतृत्ववर्ग सचेत धक्काको लागि तयार हुन सक्नुपर्छ । कारण सचेत धक्काले मात्र परिवर्तनको लागि बाध्य बनाउने हो । नेपालको सन्दर्भमा नागरिक उन्मुक्तिको वहस नै उठेको पाइँदैन । नागरिक को हो र को होइन भन्ने सवालबिच दोधारे नीति राज्यको छ । अवस्था हेरी अनागरिक र नागरिक बनाउने विशेष अधिकार यो राज्यसंग छ । तसर्थ नागरिक उन्मुक्तिको सवाल गौण देखिन्छ भने यही परिस्थितिमा राष्ट्रिय मुक्तिको सवाल प्रधान भएर आएको छ । कतिपय अन्तरविरोधको हल गर्न पनि राजनीतिक समाधान दिन राष्ट्रिय मुक्तिको सवाल राजनीतिक कर्मको रुपमा बुझ्ने गरे । कर्ताको रुपमा राज्यविहीन राष्ट्रिय समूह देखिए भने उनीहरुले गर्ने काम राष्ट्रिय मुक्ति क्रान्ति हो भनी बुझाउने काम अन्तर्राष्ट्रिय तहमा हुँदै आएको छ । विभिन्न स्वरुपमा यस विषयमा केन्द्रित भई देशैभरि वहस निरन्तर चल्दैआएको छ । कम्युनिष्टको भूतले जसरी युरोपमा कुनै समय त्रसित बनायो,त्यसै गरी संसारलाई राष्ट्रिय मुक्ति क्रान्तिको भूतले तर्साउँदै गरेको छ । प्रत्येक देशको आन्तरिक राजनीतिमा यसखाले भूतको त्रास बढेकै कारण टीकापुर थारू विद्रोह घरि घरि राज्यले सम्झिने गर्छ । नेपालमा टीकापुर थारू विद्रोहलाई दवाए सरी राष्ट्रिय मुक्ति क्रान्तिको वेगलाई रोक्छु भन्नु नै यो देशको लागि अभिश्राप बन्नेछ । अहिले रेशम  रेशम चौधरीको  नागरिक उन्मुक्ति पार्टी चर्चामा छ । उहाँले निकै सोच विचार गरेरै पार्टीको यो नाम जुराएको हुनुपर्छ । यदि राष्ट्रिय मुक्ति क्रान्तिको लहरसंगै लामबन्द भएर नयाँ करारको ढोका खुल्ला गर्ने हो भने नागरिक उन्मुक्ति अवश्य हुनेछ । यहाँ नयाँ करार भनेकै सामाजिक सम्झौताको सिद्धान्त व्यवहारिक बनाउनु हो,जसले अन्ततः राज्यको खेलको नियम बदल्ने जमर्को गर्छ । नागरिक उन्मुक्तिको लक्ष्य पनि त्यही नै किटान गरेको हुनुपर्छ । लेखक त्रिवि कीर्तिपुरमा एमफील–पीएचडी अनुसन्धानमा आवद्ध छन् ।

‘जसले महटावाको समस्या समाधान गर्छ, उसैलाई भोट’

‘जसले महटावाको समस्या समाधान गर्छ, उसैलाई भोट’

१४३८ दिन अगाडि

|

१० असोज २०७९

सन्तोष दहित मंसिर ४ को चुनावको मिति नजिकिएसंगै दाङमा थारु महटावाहरु जुर्मुराउँदै छन् । शनिबार गाउँ गाउँबाट महटावाहरु घोराहीमा भेला भए । भेला हुनुको मुख्य उद्देश्य थियो, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केन्द्रीत छलफल। अबको निर्वाचनमा महटावाहरुको भूमिका र महटावाको एजेण्डा के रहने भन्ने विषयमा घनिभूत रुपमा छलफल भएको महटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । चुनावको वेला नेताहरु गाउँ आउने र विभिन्न आश्वासन दिएर आफूहरुलाई भोट बैंकिङको रुपमा मात्र प्रयोग गर्ने भएकाले अब हुने निर्वाचनमा थारु समुदायहरु सचेत हुनुपर्ने उनले बताए ।  हाम्रो समुदायको भोटले साँसद, मन्त्री बन्ने तर थारु समुदायको मुद्दा जहाँको त्यही छ, उनले भने, ‘अब आफूहरुले मुद्दा, एजेण्डा लिखित रुपमा प्रतिवद्धता नगर्दासम्म उम्मेद्वारलाई भोट नहाल्ने रणनीति बनाउछौ ।’  ‘हाम्रो माग, मुद्दाको सुनुवाइ जसले गर्छ, उसलाई थारुको भोट भनेर थारु कोर भिलेजमा अभियान चलाउने छलफल गर्दैछौ, उनले भने, जसले थारु गाउँ गाउँमा भुह्यारथान, महटावा सभा गृहको निर्माण सुनिश्चता गर्छ, उसैलाई हाम्रो भोट जान्छ ।’  त्यसैगरी सिँचाइ, कुलो, वाँध बनाउने, किसानलाई सहुलियत विउविजन, अनुदान र रासायनिक मलको व्यवस्था गर्छ, ती उम्मेदवारलाई आफूहरुले छलफल गरेर भोट हाल्नको लागि आवश्यक परे ह्विप जारी गर्ने समेत उनले बताए । कति छन् , थारु मतदाता ? दाङ जिल्लामा कुल जनसंख्याको ३७.५ प्रतिशत थारु समुदायको जनसंख्या छ । दाङमा अहिलेका  कुल मतदाता ४ लाख १४ हजार ९५६ रहेको छ । यी मध्ये थारु समुदाय मात्रको डेढ लाख मतदाता रहेको अनुमान गरिन्छ । त्यसैले थारु समुदायको मतदाता यहाँ निर्णायक मानिन्छ । थारु समुदालार्इ जसले प्रभाव पार्न सक्यो, उसले अहिलेसम्म निर्वाचन जित्दै आएको पूर्वसांसदहरुले बताउने गरेका छन् ।  थारु समुदायको मत आफूतिर तान्नको लागि राजनीतिक दलहरुले थारु कोर एरियामा छिर्ने र महटावाहरुलाई प्रभावित पार्ने खोज्छन् । महटावा थारु गाउँको मुख्य व्यक्ति भएकोले चुनावको समयमा थारु गाउँमा नेताहरुको बाक्लो उपस्थिति हुन्छ । थारु गाउँमा महटावाले ह्विप गरेपछि सवैले मान्छन्, र त्यही अनुसार भोट हाल्छन् भन्ने नेताहरुमा विश्वास छ ।   कति छन्, दाङमा महटावा ? थारु कल्याणकारिणी सभा दाङको अनुसार दाङमा आठ सय बढी महटावा रहेका छन् । देउखुरी उपत्यकामा महटावालाई ककनदार भनिन्छ । अहिले विविध कारणले केही गाउँमा महटावा नभएपनि अधिकांश गाउँमा महटावा रहेको सभाका अध्यक्ष भुवन चौधरीले बताए । उनका अनुसार बंगलाचुली गाउँपालिका बाहेक सवै पालिकामा महटावाहरुको बाक्लो उपस्थिति रहेको छ । सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा रहेका छन् । उनका अनुसार घोराहीमा २ सय ५० को हाराहारीमा रहेका छन् ।  त्यसैगरी तुलसीपर उपमहानगरपालिका २ दुइ सय बढी महटावा रहेका छन् । त्यसपछि दंगीशरण गाउँपालिका पनि ५० भन्दा बढी महटावा रहेको अनुमान छ । गाउँ अनुसार प्रत्येक थारु गाउँमा एक जना महटावा हुने गरेक छन् । अहिले तथ्याङ्क संकलन भइरहेको चौधरी बताउँछन् ।  संकल्प गर्छन्, कार्यान्वयन गर्दैनन् राजनीतिक दलहरुले हरेक निर्वाचनमा थारु समुदायको माग मुद्दालाई सम्बोधन गर्नको लागि संकल्प गर्छन् तर व्यवहारिक होस् या सैद्धान्तिक हिसावले भने कार्यान्वयन गरेको पाइदैन ।  स्थानीय तहको निर्वाचनमा अधिकाँंश दलले आफ्नो  संकल्प पत्रमा थारु समुदायको परम्परागत भुँइह्यारथान निर्माण गर्ने, महटावा पुनस्थापना गर्ने, महटावालाई कानुनी मान्यता दिने सम्मका संकल्प पत्रमा उल्लेख गरेका छन् । यो संकल्प यस अघिको निर्वाचनमा पनि गरेका थिए । तर, जनप्रतिनिधिहरुको कार्यकाल सकिदासमेत त्यसतर्फ त्यत्ति ध्यान गएन ।  यस पटकको  निर्वाचनमा राजनीतिक दलले आफ्नो संकल्प पत्रमा महटावाहरुको ती एजेण्डा त समावेश त गरेका छन्, तर कार्यान्वयन गर्ने हुन् या होइनन्, थाहा छैन, घोराही उपमहानगरपालिका–६ का महटवा जगविर चौधरीले बताए । ‘ ‘जब जब निर्वाचन आउँँछ, तब तब हामीलाई प्रभावित बनाउँँछन्, र थारुलाई भोट बैंको रुपमा प्रयोग गर्छन्,’ उनले भने, ‘निर्वाचित भएपछि कार्यान्वयन त के फर्केर पनि गाउँमा आउँदैनन् ।’