पद गुमेपनि सांसदकै हैसियतमा चुनावी मैदानमा सांसदहरू, फिर्ता गरेनन् गाडी र ल्यापटप

पद गुमेपनि सांसदकै हैसियतमा चुनावी मैदानमा सांसदहरू, फिर्ता गरेनन् गाडी र ल्यापटप

१४४० दिन अगाडि

|

९ असोज २०७९

काँग्रेसको समानुपातिक बन्द सूचीमा को–को परे थारू कोटाबाट ?

काँग्रेसको समानुपातिक बन्द सूचीमा को–को परे थारू कोटाबाट ?

१४४० दिन अगाडि

|

९ असोज २०७९

 नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । काँग्रेस भित्र उम्मेदवार सिफारिसमा विवाद चलिरहँदा प्रतिनिधि सभा सदस्यतर्फको ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो । जसमा नेता विमलेन्द्र निधि पहिलो नम्बरमा छन् । सूचीमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण पनि समावेश भएकी छिन् । यसैबीच थारु कोटाबाट ६ जनाको नाम समावेश भएको छ । दाङ देउखुरीका योगेन्द्र चौधरी र सुनसरीकी कल्पना चौधरी, नवलपरासीकी विना कुमारी थनेत परेका छन् भने कैलाली जिल्लाका ३ जनाको नाम समावेश छ । कैलालीबाट समावेश हुनेमा खेम डंगौरा चौधरी, रामकुमारी चौधरी र जीवन राना रहेकी छन् ।  सूचीमा योगेन्द्र चौधरी ९५औं नम्बरमा छन् । तर उनी थारु कोटाबाट एक नम्बरमा रहेको बुझिएको छ ।सूचीको ९८ औं नम्बरमा रहेका कांग्रेस कैलाली उपसभापति समेत रहेका डंगौरा चौधरी थारु कोटाको दोस्रो नम्बरमा छन् । थारु कोटामा ४ सिट पर्ने भएपनि सो सूचीमा ६ जना थारु सामुदायबाट नाम समावेश भएको छ । जिल्ला उपसभापति डंगौरा चौधरीले सूचीमा अझै हेरफेर हुन सक्ने सम्भावना रहेको बताए ।

थारू समुदायले आज यमोसा पर्व मनाउँदै

थारू समुदायले आज यमोसा पर्व मनाउँदै

१४४० दिन अगाडि

|

९ असोज २०७९

चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।  यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उनले बताए । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताए । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ ।  दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी ९सिरु० काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना ९पहुनी बेठोइ० गरिन्छ । पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ ।  छाकी चढाइसकेपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पितृपित्राइन बिदाइ’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । यस्तै यमोसकै दिन गाउँका सबै जना एकै ठाउँमा भेला भइ पिङ खेलेर ९बरहा झुलके० रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच– छवटा पिङ लगाइन्थ्यो । यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारूको जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ । यसै  पर्वको अवसरमा पूर्वीचितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।  तराई क्षेत्रमा थारूहरुको बसोबास छ । यमोसा चितवन र नवलपुरका थारूहरुले मात्रै मनाउँछन् । चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ । “यही पर्व मनाउन भनेर विदेश गएका व्यक्ति पनि घर फर्कन्छन्”, थारू अगुवा कारी महतोले भने । थारू समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उनले बताए । चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका अभियानसमेत थालिएको छ । रासस  

थाकस कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित

थाकस कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित

१४४० दिन अगाडि

|

९ असोज २०७९

थारू कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित भएकी छिन् । सानुले २८ भोट ल्याइ प्रतिद्वन्द्वी रोशन चौधरीलाई ८ मतले हराइन् । रोशनको २१ मत आएको थियो भने १ मत बदर भएको थियो । नवनिर्वाचित सभापति सानुले सबै पक्षलाई मिलाएर लैजाने बताइन् ।  असोज ८ गते शनिबार भएको थाकस जिल्लाको नवौं महाधिवेशनमा भएको बाँकी पदमा भने सर्वसम्मत चयन भएको थियो । जसमा उपसभापति त्रयमा अम्बिका चौधरी, आशाराम चौधरी र रतनलाल राना रहेका छन् । सचिव रेशम चौधरी, सहसचिव राजकुमार चौधरी, कोषाध्यक्ष वसन्ती चौधरी रहेका छन् । त्यस्तै, सदस्यमा कुमारी लक्ष्मी चौधरी, हुरीलाल चौधरी, सीता डंगौरा, चन्द्रप्रसाद चौधरी, टेकबहादुर चौधरी, प्रकाश राना, जगदीश चौधरी, ज्ञानु चौधरी र सीता चौधरी रहेका छन् ।  यसै गरी केन्द्रीय पार्षदमा हरिराम चौधरी, लक्ष्मीनारायण चौधरी, गीता चौधरी,  उदय चौधरी,  दुलारे राना र आरती चौधरी रहेका छन् ।    

कहिले होला भालुबाङ, पूर्ण रूपमा लुम्बिनी प्रदेशको राजधानी ? 

कहिले होला भालुबाङ, पूर्ण रूपमा लुम्बिनी प्रदेशको राजधानी ? 

१४४३ दिन अगाडि

|

६ असोज २०७९

दाङः लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा कार्यान्वयनको चरणमा गएको बताएका छन् । राजधानीको स्थायी पूर्वाधार निर्माणको काम भइरहेको र राजधानी कार्यान्व्यनको चरणमा गइरहेको हुँदा राजधानी कार्यान्व्यनमा शंंका गर्नुपर्ने अवस्था नरहेको बताए । ‘केहीले शंका व्यक्त गर्नुपनि भएको छ,’ उनले भने, ‘अब शंका गर्नुपर्ने अवस्था छैन, बरू उहाँहरूको पनि साथ र सहयोग चाहिएको छ ।’ मन्त्री चौधरीले राजधानी क्षेत्रका पूर्वाधार निर्माणको काम सुरू भएको र संसद भवनको काम पनि अन्तिम चरणमा पुगेको बताए । ‘प्राविधिक कारणले दाङबाट नै राजधानीको कार्यसम्पादन हुन नसकेको हो,’ उनले भने, ‘अब कार्यान्वयनको चरणमा पुगि सकेकाले यसमा कुनै शंका गर्न आवश्यक छैन ।’ ‘मुख्यमन्त्री तथा मन्त्री परिषद्का लागि मन्त्रालयका पूर्वाधार निर्माणका गर्न आज मात्रै ५ अर्बको ठेक्का भएको छ,’ उनले भने, ‘नमुना सहर निर्माण र एकीकृत विकासको विषयमा सरोकारवालाहरूसँग पनि छलफल बढाई रहेका छौ ।’ मन्त्री चौधरीले राजधानी क्षेत्रको व्यवस्थापन र सहरीकरणका लागि भने गहिरिएर उत्तम विकल्प खोजेर काम अघि बढाइने बताए । मन्त्री चौधरीले राजधानी क्षेत्रमा एकीकृत विकासका लागि दातृ निकायहरूसँग समेत छलफल र संवाद भइरहेको भन्दै दातृ निकायहरू समेत लगानी गर्न इच्छुक भएको बताए । यसका लागि देउखुरीबासी र सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको बताए । एकीकृत विकासका लागि नागरिकको भावनाअनुसार योजना र जग्गा व्यवस्थापनको नीति प्रदेश सरकारले लिने बताए । साथै, भू–उपयोग नीतिलाई आत्मसात् गरेर नागरिकको भावनानुसार नीतिगत योजना अघि बढ्ने बताए । ‘ मन्त्री चौधरीले देउखुरीमा बुधबार प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाअन्तर्गत नदी सभ्यतामा आधारित व्यवस्थित सहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा उक्त विचार राखेका हुन् । ‘मुख्यमन्त्री तथा मन्त्री परिषद्का लागि मन्त्रालयका पूर्वाधार निर्माणका गर्न आज मात्रै ५ अर्बको ठेक्का भएको छ,’ उनले भने, ‘नमुना सहर निर्माण र एकीकृत विकासको विषयमा सरोकारवालाहरूसँग पनि छलफल बढाई रहेका छौ ।’ कार्यक्रममा सहभागीहरूले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा फुकुवा हुनुपर्ने माग राखेका थिए । उनीहरूले जग्गा बिक्री वितरण बन्द भएका कारण आर्थिक समस्या भएको प्रदेश सरकाले फुकुवाको विषयमा सोच्नुपर्ने बताए ।  लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकामा अहिले, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, प्रदेश विकास पूर्वाधार प्राधिकरण, राजधानी पूर्वाधार विकास कार्यान्वयन इकाई, स्वास्थ्य निर्देशनालय, शिक्षा निर्देशनालय र मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएका छन् । 

सुदूरपश्चिम प्रदेशका सांसदका स्वकीयहरूले ५ वर्षमा बुझे पौने ७ करोड

सुदूरपश्चिम प्रदेशका सांसदका स्वकीयहरूले ५ वर्षमा बुझे पौने ७ करोड

१४४३ दिन अगाडि

|

६ असोज २०७९

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूको तलबमा मात्रै पौने ७ करोड बढी खर्च भएको छ । मासिक पारिश्रमिकसहित विभिन्न सुविधा लिने मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखसहित प्रदेश सभा सदस्यहरूका स्वकीय सचिवहरूलाई नायब सुब्बादेखि शाखा अधिकृत सरहकै तलब सुविधा दिइएको छ । उनीहरूको तलबमा मात्रै ५ वर्षको अवधिमा ६ करोड ८२ लाख ६४ हजार २५० रुपैयाँ खर्च भएको हो । प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन, २०७५ नै ल्याएर सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताका स्वकीय सचिवलाई शाखा अधिकृत र प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूलाई नासु सरहको तलब भुक्तानी दिँदै आएको थियो । यहाँ १६ जना प्रत्यक्ष र २१ जना समानुपातिकबाट गरी ५३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । ती सबैको ५ वर्षको कार्यकाल पूरा हुँदैछ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा उनीहरूको तलब तथा निजी सचिवालय बन्दोबस्त शीर्षकको समेत रकम जोड्ने हो भने ८ करोड बढी रकम खर्च भएको छ ।  कसलाई कति भुक्तानी  सभामुख अर्जुनबहादुर थापा तथा उप–सभामुख निर्मला वडाल जोशीको निजी सचिवालय बन्दोबस्त शीर्षकमा ५ वर्षमा क्रमशः १ लाख ८ हजार तथा ९४ हजार ५ सय रुपैयाँ खर्च भएको छ । ती दुवैको स्वकीय सचिवले तलबबापत १८ लाख ६८ हजार ६ सय ४० रुपैयाँ भुक्तानी लिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।  सभामुखले राखेका कानुन अधिकृतलाई पनि स्वकीय सचिव बराबरको तलब दिइएको छ । त्यस्तै, सभामुख र उपसभामुखको सचिवालयमा सहायक कम्प्युटर अपरेटरलाई पनि मासिक पारिश्रमिकमा राखियो ।  सबैजसो प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिकमा जनही १४ लाख ६२ हजार २ सय रुपैयाँ भुक्तानी भएको छ । सांसद अक्कलबहादुर रावल तथा रणबहादुर रावलले सचिवालय व्यवस्थापनमा जनही ९४ हजार ५ सय खर्चिए भने अर्चना गहतराज, अम्मरबहादुर साउँदको सचिवालय व्यवस्थापनमा खर्च भएको छैन । रणबहादुर रावलका स्वकीय सचिवले अलि बढी १७ लाख ५४ हजार ६ सय ७० रुपैयाँ भुक्तानी लिएका छन् ।  त्यस्तै, प्रदेश सभा सदस्यहरू अम्वीकुमारी थापा, उमाकुमारी वादी, कर्णबहादुर मल्ल, कुन्ती जोशी, कुमारी नन्दा बम, कृष्ण बहादुर चौधरी, कृष्णराज सुवेदी, गेल्बु सिंह बोहरा, डिल्लीराज पन्त, तारा लामा तामाङ, दिव्यश्वरी शाह, दुर्गा कुमारी कामी, देवकी मल्ल, देवराज पाठक, नन्दबहादुर साउद, नेपालु चौधरी, प्रेमप्रकाश भट्ट, वलदेव रेग्मीका स्वकीय सचिवहरु पनि जनही १४ लाख ६२ हजार २ सय रुपैयाँको दरले पारिश्रमिक भुक्तानी दिइएको सचिवालयको तथ्याङ्कमा उल्लेख छ ।  प्रदेश सभा सदस्यहरू बलबहादुर सोडारी, भरतबहादुर खड्का, महेशदत्त जोशी, मालामती कुमारी राना, रतनबहादुर थापा, बलबहादुर सोडारी, वीरमान चौधरी, शान्ति नेपाली, श्यामलाल राना,  सुशीला बुढाथोकी र हर्कबहादुर कुँवरका स्वकीय सचिवको तलबमा जनही १४ लाख ६२ हजार २ सय रुपैयाँकै दरमा खर्च भएको छ । प्रदेश सभा सदस्य कुलवीर चौधरी गोविन्दराज बोहरा, टेकबहादुर रैका आउजी का स्वकीय सचिवले जनही १३ लाख ७१ हजार ६ सय रुपैयाँ, चुनकुमारी चौधरीका स्वकीय सचिवले ११ लाख ९० हजार ४ सय रुपैयाँ, दीर्घबहादुर सोडारीको स्वकीय सचिवले ८ लाख ८८ हजार ३ सय रुपैयाँ, प्रकाश रावलका स्वकीय सचिवले ११ लाख १७ हजार ६ सय रुपैयाँ, मना कुमारी साउँदको स्वकीय सचिवले ११ लाख २३ हजार ८ सय रुपैयाँ, मानबहादुर धामी र मानबहादुर सुनारका स्वकीय सचिवले जनही १० लाख ९९ हजार ८ सय रुपैयाँ भुक्तानी लिएका छन् । उता पूर्णा जोशीका स्वकीय सचिवले ११ लाख ९० हजार४ सय रुपैयाँ भुक्तानी लिएका छन् । आफ्नै सेवा सुविधाका ऐन ल्याइ मासिक मोटो पारिश्रमिकसहित विभिन्न सुविधा भोग गर्दै आएका प्रदेश सभा सदस्यहरू आफ्ना कार्यकर्ता पोस्ने उद्देश्यले स्वकीय सचिवलाई पनि पारिश्रमिकको व्यवस्था ऐनमै उल्लेख गरेपछि विरोध भएको थियो । किनकि कतिपय सांसदहरुले आफ्ना, श्रीमती, साली, भाई, बुहारीलाई समेत स्वकीय सचिवको रुपमा राखी सुविधा लिएका थिए ।  प्रदेश सभा सदस्य माया तामाङ बोहरा र लालबहादुर खड्काका स्वकीय सचिवले जनही ११ लाख २३ हजार ८ सय रुपैयाँ, माया भट्टका स्वकीय सचिवले ७० हजार ८ सय ८० रुपैयाँ भुक्तानी लिएको तथ्याङ्कमा उल्लेख छ ।  झपट बहादुर बोहराका स्वकीय सचिवले आव २०७७र२०७८ मा सचिवालयबाट २ लाख ५३ हजार ८ सय रुपैयाँ भुक्तानी लिएका छन् । बोहरा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रको सिफारिसमा सभामुखले सांसदबाट बर्खास्त गरेका थिए । पूर्वमन्त्री प्रकाश शाह र पठान सिंह बोहरा स्वकीय सचिवकोमा आव २०७७र२०७८ र २०७८र२०७९ गरी जम्मा ७ लाख ८ हजार रुपैयाँ खर्च भएको छ । आफ्नै सेवा सुविधाका ऐन ल्याइ मासिक मोटो पारिश्रमिकसहित विभिन्न सुविधा भोग गर्दै आएका प्रदेश सभा सदस्यहरू आफ्ना कार्यकर्ता पोस्ने उद्देश्यले स्वकीय सचिवलाई पनि पारिश्रमिकको व्यवस्था ऐनमै उल्लेख गरेपछि विरोध भएको थियो । किनकि कतिपय सांसदहरुले आफ्ना, श्रीमती, साली, भाई, बुहारीलाई समेत स्वकीय सचिवको रुपमा राखी सुविधा लिएका थिए । 

जनवातावरण सहकारी खरुवाखेराको नवौंं वार्षिक साधारण सभा, साढे ३ करोड बढी कारोबार

जनवातावरण सहकारी खरुवाखेराको नवौंं वार्षिक साधारण सभा, साढे ३ करोड बढी कारोबार

१४४५ दिन अगाडि

|

४ असोज २०७९

धनगढी : कैलालीको कैलारी गाउँपालिका ६ खरुवाखेरास्थित जनवातावरण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंगलबार भएको छ । संस्थाकी अध्यक्ष गीता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरी रहेका थिए । साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले आफू आफ्नो पाँच वर्षे कार्यावधिमा जनहीतमा काम गरेको दाबी गरे । यहाँको भौतिक पूर्वाधार, कृषि, सामाजिक, स्वास्थ्य क्षेत्रको विकासमा प्रदेश सरकारले ठूलो लगानी गरेको बताउँदै उनले समाजको विकासको लागि सहकारीलाई उत्पादनसँग जोडेर समृद्धि ल्याउन सकिनेमा जोड दिए । यसैबीच संस्थाकी कोषाध्यक्ष बबिता चौधरीले आव २०७८÷२०७९ को ३ कारोड ६० लाख ७४ हजार ७२१ रुपैयाँ बराबारको वार्षिक कारोबार भएको प्रगति विवरण पेश गरिन् । सो विवरण अनुसार संस्थाले १ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । त्यस्तै, संस्थाको हालसम्मको शेयर पुँजी ९ लाख ८९ हजार, ८ सय रुपैयाँ, बचत ५५ लाख ९६ हजार ५२४ रुपैयाँ, जगेडा कोष १४ लाख ७३ हजार २९४ रुपैयाँ, अनुदान कोष १८ लाख ६९ हजार ६५५ रुपैयाँ रहेको छ । भने, चालु दायित्वतर्फ ४८ हजार ४४९ रुपैयाँ रहेको छ । संस्थाले हालसम्म ८९ जनालाई ३५ लाख ७ हजार ५६१ रुपैयाँ लगानी गरेको बताइएको छ ।  २०७० सालमा स्थापना भएको संस्थाको ५२५ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती कुमारी चौधरी, वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर चौधरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीका प्रमुख गोविन्दराज जोशी, लिवर्ड शाखा कार्यालय राजीपुर, कैलालीका निरञ्जन पुडाशैनी, अकाश कोइरालालगायतको उपस्थिति रहेको थियो ।