थाकसको ७७औं स्थापना दिवसः ८ जनालाई मरणोपरान्त सम्मान

थाकसको ७७औं स्थापना दिवसः ८ जनालाई मरणोपरान्त सम्मान

९९ दिन अगाडि

|

१४ माघ २०८२

मजगाँवामे मन्गर मैगर माघ (फोटु फिचर)

मजगाँवामे मन्गर मैगर माघ (फोटु फिचर)

११२ दिन अगाडि

|

१ माघ २०८२

थारू साहित्य–संस्कृति प्रतिष्ठान, देउखर दाङके आयोजनामे लमही नगरपालिका वडा नम्बर ३, मजगाँवा (मजगाउँ)मे मन्गर मैगर माघ कार्यक्रम निम्जल बा । लमही नगरपालिका वडा नम्बर ३ के आर्थिक सहयोगमे हुइल कार्यक्रममे वडाध्यक्ष मनोज चौधरी माघ सांस्कृतिक महोत्सव कार्यक्रमहे निरन्तरता डेना बटैलाँ । कार्यक्रमके बर्का पहुना लमही नगरपालिकाके मेयर जोगराज चौधरी कार्यक्रमके उद्घान कर्ले रहिट । थारू साहित्य–संस्कृति प्रतिष्ठानके अध्यक्ष छविलाल कोपिलाके घरगोस्याइमे कार्यक्रम हुइल रहे । प्रतिष्ठान गइल बरस देउखर, बाँके ओ बर्दियामे बरघरमे महिला, युवा सहभागिता कइसिक ढेरसे ढेर बह्राइ सेक्जाइठ कना अभियान चलैले रहे ।  औपचारिक कार्यक्रमसे पहिले गाउँके टोल टोलसे झाँकी निक्रल रहे । मजगाउँ माघ सांस्कृतिक महोत्सव २०८२ के कुछ थप फोटुः सक्कु फोटुः गुरुप्रसाद कुमाल बुलबुल

दुबईमा मनाइयो माघी 

दुबईमा मनाइयो माघी 

११३ दिन अगाडि

|

१ माघ २०८२

माघ अर्थात् माघी दुबईमा पनि भब्यताका साथ मनाएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार थारू कल्याणकारिणी सभा युएईले ११ जनवरीमा १२ औं वार्षिक भेला तथा माघी पर्व एवं  थारु नयाँ वर्ष २६४९ विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको हो ।   थारू कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ प्रवासमा रहेर पनि आफ्नो मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले  विगतको बर्षझै यस वर्ष पनि दुबईमा निरन्तरता दिइएको हो ।  कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगतले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उनले भाषा, कला, संस्कृति नजोगाइए हाम्रो पहिचान पनि  हराउन सक्ने धारणा राखे । कार्यक्रम संयोजक महेश चौधरीले माघी पर्व र यसका विशेषताका बारेमा चर्चा गर्दै सबैलाई स्वागत गरेका थिए ।  अन्य बक्ताहरुले माघी पर्वको शुभकामना सन्देश दिदै यस पर्वको महत्व, बिशेषता, जातीय संस्कृति र भेषभुषाको संरक्षण गर्न प्रवासमा गरिएको यो प्रयासप्रति आयोजक थाकस यूएईको सराहना गरेका थिए । कार्यक्रमका लागि नेपालबाट आमन्त्रित गायक खेम चौधरीको सांगीतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरू केशवराज महतो, कृष्ण गुञ्जन, श्याम सिटीको समेत प्रस्तुति रहेको थियो । अष्टोरिया होटलको क्लब एभरेष्टको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता रामानन्द चौधरीले गरेका थिए भने कार्यक्रम केशवराज महतो र  दिव्या चौधरीले संचालन गरेका थिए ।

थारू कलामा सोमिना चौधरीको सुन्दरता

थारू कलामा सोमिना चौधरीको सुन्दरता

११३ दिन अगाडि

|

२९ पुष २०८२

चितवन, खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् । विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी उनले भनिन्, ‘थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।’ ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छन् । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय छन् । चार-पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, ‘पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।’ सानैदेखि पेन्टिङप्रति रुचि राख्ने चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गरिन् ।  क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् । ‘आर्ट भनेको प्यासन हो’, उनले भनिन्, ‘यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।’ यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छन् । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छन् । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ । चौधरीले भनिन्, ‘खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।’ सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ । रासस

थारु समुदायके पाइलट टीका चौधरी सम्मानित

थारु समुदायके पाइलट टीका चौधरी सम्मानित

१३१ दिन अगाडि

|

११ पुष २०८२

धनगढी, १० पुस । थारु समुदायके पाइलट कैलालीके टीका चौधरी सम्मानित हुइल बटैं ।  धनगढीमे स्थापित साहित्यिक साझा मन्च बातचित घरके ३६ औं शृंखलामे चौधरीहे सम्मान कैगइल रहे । उ सम्मान बातचित घरके बरघरिया ठाकुर करियाप्रधान चौधरीहे सम्मानपत्र ओ डोसल्लासे सम्मान कैलैं । धनगढी उपमहानगरपालिका वडा नम्बर-१३ कैलाली गाउँके २१ बरसके टीका चौधरी दक्षिण अफ्रिकासे प्राइभेट पाइलटके लाइसेन्स हासिल कैले बटैं । मने पाइलट तालिम पूरा करक लाग उहाँहे अभिन एक सय घण्टाके उडान बाँकी रहल पाइलट चौधरी बटैलैं ।  उहाँ कहलैं, 'मोर पाइलट तालिम पुरा कर्ना अभिन छे महिनासे आठ महिनासम समय लागेसेकी ।' छुट्टीके समय मिलाके उहाँ घरे आइल जनैटी कहलैं, 'पाइलट तालिम महा कठिन रहल ओर्से अपन हिम्मत, संघर्ष  ओ आँट कैके यहाँसम पुगल बटुँ । अभिन ढेर सिर्ही पार करे पर्ना बा ।' थारु समुदायसे चौधरी पाइलट बनलकमे समुदायके लाग गर्व करे सेक्ना बात बातचित घरके बरघरिया ठाकुर करियाप्रधान बटैलैं ।  कार्यक्रममे माधव थारु, सानु चौधरी, बसन्ती चौधरी, मंगल चौधरी, राजु चौधरी, अनिल कुश्मी, मानबहादुर चौधरी लगायत ढेर युबनके सहभागी हुइल रहे । टीका चौधरी थारु समुदायके पहिल महिला पाइलट रहल जना गइल बा ।

सर्वहारी ओ शेखर दहित उत्कृष्ट २५ खिस्साकारके सुचिमे 

सर्वहारी ओ शेखर दहित उत्कृष्ट २५ खिस्साकारके सुचिमे 

१३७ दिन अगाडि

|

५ पुष २०८२

कृष्णराज सर्वहारी ओ शेखर दहित उत्कृष्ट २५ खिस्साकारके सुचिमे परल बटाँ ।  डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८२’ क उत्कृष्ट २५ खिस्साकारमे उहाँलोग पर्लक हुइट । उत्कष्ट खिस्साकारमे परुइया अन्यमे चेतनाथ आचार्य, उमेश श्रेष्ठ, शिवराज शाही, ऋतेश गुरुङ, प्रज्ञा निरौला, सीता पाण्डे, भोगेन्द्र लिङ्देन, हरिबोल काफ्ले, वसन्तबायुङ राई (नाम्दोचा), लक्ष्मण सिटौला, इन्द्रप्रसाद गोतामे (जगतजङ्ग), जमुना भट्टराई, अनिता पन्थी, अविनाश भट्टराई, मन्दिरा मधुश्री, अमित घिमिरे, टीकाराम पोखरेल, उमा शर्मा, अनिता कोइराला, विष्णु एस राई, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, डा हिमलाल श्रेष्ठ बटाँ ।  एक समारोह बिच काठमाडौंके सोल्टी होटलमे पुरस्कार पुस १० गते कइ जैना बा । पुरस्कारके रकम पैल्हा २ लाख, डुस्रा १ लाख ओ टिस्रा ६० हजार बा । उत्कृष्ट २५ भिट्टरके बाँकी २२ खिस्साकारहे जनही सात हजार रुप्या सम्मानस्वरूप डे जाइ ।  प्रतियोगिताके लग देश विदेशसे एक हजार १६८ खिस्सा आइल निर्नायक समिति जनैले बा । यकर मूल निर्नायक समूहके संयोजक साहित्यकार अशेष मल्ल ओ सदस्यमे कथाकारद्वय मञ्जु काँचुली ओ अभय श्रेष्ठ रहिट ।  स्मरन रहे थारु समुदायसे गइल बरस उत्कृष्ट २५ खिस्साकारके सुचिमे भूमिका थारु (दाङदेउखर) ओ इहिसे पहिले मनोज चौधरी अज्ञात (चितवन) पर सेकल बटाँ । ओस्टक मुना चौधरी (सिरहा) पैल्हा पुरस्कार जिट सेकल बटि ।