कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

६३७ दिन अगाडि

|

२१ मंसिर २०८१

बर्दियामे फेनापति कैसिक स्थापना हुइल ?

बर्दियामे फेनापति कैसिक स्थापना हुइल ?

६३९ दिन अगाडि

|

१९ मंसिर २०८१

                                                                                                                                                                         तस्विरः निरन्जन चौधरी  मोहन थारू  राणा शासनके जमानासे पहिलेके बात हो, जौन समयमा बर्दियाके सदरमुकाम कुम्हर अड्डामे रहे, उ समयमा टप्पाके हिसाबसे सरकारी काम काज हुइट रहे । पुरुब रजहट, टब फेना, टब अगला बुढान, टब मँझरा, टब पछला बुढान, टब पटुवा, टब भौँरा, टब मल्हवारा टप्पा कहिके जानत रहे । मै टप्पा काके जोरेक चहनु कहलेसे हमरे साबिक गाउँ पँचायत मगरागाडी ओ धधवार  पँचायत सहितके फेना टप्पामा रहि ।  अब कहानि जोरे जाइतुँ, बिहानके समयमा सफेद कौवा, जेकर घरके छपरामा बैठके बोले टो समझलेई कि उ घरके पाला हो मुँ जैना । काहे कि रातके सफेद बघवा आके खाए । यी दैनिक चलति रहे । एकदिनके बाट हो । एकठो बुढाइल मनैया आके कहल, महिन बहुट भुख लागल बा, भात खाइक डेबो ?  उ घरके मनै कहनै कि आज हमार घरमा पाला परल बा, बघवाक सिकार होए पर्ना । उहे मारे हमरे खाना नाइ बनैले हुइ । हमरे सल्लाह करतट कि आज बघवाक सिकार के बने जाइ ?  टब बुढवा बोलल कि टुहरे भात बनाके महिन खाइक डेबो व मै टुहरनके सटहा बघवाक सिकार बनडेम । घरके मनै यी बाट सुनके खुश होके खाना बनैनै । भात खवैलै, अपने खैनै व रातके समयमा बुढवक् बिस्तरा असरहवामा लगा डेहनै । अपने भर घरके भिट्टर सुट्लेक भेष बनाके मोका डगर हेरे लगनै ।  जब आधा रात हुइल टो सफेद बघवा आइल व बुढवा किहिन व  खटिया किहिन सुँघके चलगिल । बुढवा किहिन बघवा नाई खाइल । उ घरेक मनै बिहान अर्जी करनै कि आज केका हमार घर और रहिजाव । बुढवा बाट मानल, उ रात फिर रहिगिल । रातके बघवा फे आइल, घुमके चलगिल  । यी बाट एक कान, दुइ कान मैदान होके फेना टप्पा भर फैलगिल । बुढवा किहिन कहे लगनै कि हमरन दैनिक सफेद बघवाक पालापर सिकार बने परठ । एकर कोनो उपाय बताओ । टब बुढवा कहठ, मोर बाट मनबो टो यी बघवा किहिन मनाइ सेकम । टब फेना टप्पा के किसान ,कोदरिहवा कमुइया सब मानेक तैयार हो गिनै । व, बुढवा कहल अनुसार फेनापतिके मरुवा बनैनै । अगहन पँचमीके ढाक बोजैनै । टब बुढवा एक जारी बागेश्वरी के सस्थापना करल,  जिहिन वारि बुची कहिके जानल जाइठ । व सँग सँगे पाँच पाण्डव छठ नारायणके स्थापना करल व प्रत्येक साल अगहन पँचमीके ढाक बोजाए पर्ना, प्रत्येक साल घरौरा १ पसेरी धान तिहाइ डेहे पर्ना शर्त मँजुर हुइल । उहे अनुसार चलल रहे । उहे दिनसे उज्जर बघवासे फेनापतिके जन्ता मुक्ति पैनै । उ बुढवक सन्तान अभिन बार्बर्दिया ७ रम्मापुरमा बाटै, जो राजी जातिसे चिन्ह जैठ । फेनापतिमा अभिनसम राजी गुरुवाके बान धुप फेनापति चढैठै । (नोटः यी बात बारबर्दिया ११ अकलघर्वा निवासि २०४२ सालमा जिउलाल थारु से पुछल रहुँ । उ समयमा वहाँके उमेर ११३ साल हुइनु कहले रहिट ।) 

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

६४२ दिन अगाडि

|

१६ मंसिर २०८१

थारु समुदायको परम्परागत प्रथा बरघर प्रणालीलाई अझ चलायमान बनाउन महिला र युवाहरुको सहभागिता बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । दाङदेउखुरी, लमही–५ स्थित थारु साहित्य संस्कृति प्रतिष्ठानद्वारा मंसिर १४ गते शुक्रवार लमहीमा आयोजित ‘बरघर समावेशी मापन कचहरी’ विषयक् कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् । लमही नगरस्तरीय बरघरहरुको उक्त भेला कार्यक्रमको प्रमुख अतिथि गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन नसक्नु दुःखद भएको धारणा राखिन् । संविधानले महिलाहरुको अधिकार सुनिश्चित गरेकाले बरघर प्रणालीमा पनि महिलाको नेतृत्व आउन जरुरी रहेको बताउँदै बरघरको पुस्ता हस्तान्तरणका लागि युवाहरुको सहभागिता पनि उत्तिकै जरुरी रहेको उनको भनाइ थियो ।  पछिल्लो समयमा स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिन  थालेसंगै गढवा गाउँपालिकाले पनि बरघर ऐन पारित गरिसकेको उपाध्यक्ष चौधरीले जानकारी दिइन् । उनले छिटै कार्यविधिसमेत बनाई बरघरहरुलाई अधिकार दिलाउन लागीपरेको बताइन् । उनले पालिकाको सहयोगमा थारु गुरुवा ढकेहेरहरुको बृत्तचित्र बनाइरहेको जानकारी दिदै बरघर प्रणालीसंगै जोडिएको गुरुवाहरुको संरक्षणमा समेत जोड दिन आग्रह गरिन् ।   थारु साहित्य संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति दयनीय भएको तथ्यांक प्रस्तुत गरे । बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता बढाउन युएसआइडीको सहयोत तथा द एसिया फाण्डेशनको सहकार्यमा प्रतिष्ठानबाट दाङको लमही, बाँकेको राप्ती सोनारी र बर्दियाको बारबर्दिया नगरपालिकाकामा नौ महिने परियोजना शुरु गरिएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक सर्वहारीले उक्त परियोजनाको प्रारम्भिक सर्वेक्षणमा लमही नगरपालिकामा ६० जना बरघर भए पनि एक जना महिला, राप्ती सोनारी गाउँपलिकामा ७८ जना बरघरमध्ये तीनजना तथा बारबर्दिया नगरपालिकामा १०४ जनामध्ये ६ जना महिला मात्र बरघर रहेको जानकारी दिए । यस्तै स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिए पनि कार्यविधि बनाउन आलटाल गर्नाले कार्यान्वयनमा अझै पनि समस्या रहेको उनको भनाइ थियो ।  थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीका सभापति प्रकाश चौधरीले बरघरलाई कुनै सेवा सुविधा नभएकाले महिला र युवाहरुको यसमा चासो नरहेको धारणा राखे । उनले अर्को प्रसंगमा गुरुवाहरुले खानपीनमा चरित्र सुधार गर्न सके आस्था बढ्दै जाने बताए ।  लमही नगरपालिकाअन्तर्गत एकमात्र मूल बरघर रहेकी धनपुरुवा गाउँकी सीता चौधरीले भनिन्,‘म चिट्ठा हालेर गत वर्ष बरघरको जिम्मेवारीमा आएकी हुँ । तर, एक वर्ष कामको अनुभवले गाउँलेले अर्को वर्ष जिम्मेवारी दिए सहर्ष स्वीकार्न तयार छु ।’  लमही नगरपालिकाअन्तर्गत सोनपुर गाउँमा ३ वटा टोलको टोल बरघर तीनैजना महिला रहेको जानकारी उक्त गाउँका बरघर अमितकुमार चौधरीले जानकारी दिए । उनले भने,‘सोनपुर गाउँजस्तै अरु गाउँ पनि महिलालाई गाउँको नेतृत्व दिन उदार हुनुपर्छ ।’ बनकट्टा गाउँका बरघर नुमलाल आचार्यले आफूजस्ता गैरथारुहरु पनि बरघरको जिम्मेवारीमा आए बरघर प्रणालीलाई थप टेवा सक्ने बताए । थारु समुदायको कुनै पूजापाठ नछुटाएको उनले जानकारी दिए । लंगडी गाउँका बरघर कान्तु चौधरीले महिलालाई नेतृत्वमा अघि बढाउन पुरुष उदार हुनुपर्ने धारणा राखे ।  प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, अनुसन्धानकर्ता उदय आले, प्रतिष्ठानका फिल्ड अधिकृत विमला चौधरी, सदस्य यम चौधरी लगायतले धारणा राखेका थिए । एक वर्ष सिक्दा सिक्दै समय जाने भएकाले बरघरको पदावधि २ वर्षदेखि ५ वर्षसम्म गराउनुपर्ने, बरघरको पारिश्रमिक तोकिनुपर्ने लमही नगरपालिकाले यथाशिघ्र बरघरबारे कार्यविधि पारित गर्नुपर्ने लगायत आवाज कार्यक्रमका सहभागी बरघरहरुले उठाएका थिए ।   

थाकसको अध्यक्षमा प्रेमीलालले मारे बाजी , मिनराज महामन्त्रीमा राजी

थाकसको अध्यक्षमा प्रेमीलालले मारे बाजी , मिनराज महामन्त्रीमा राजी

६५३ दिन अगाडि

|

५ मंसिर २०८१

रुपन्देहीको भैरहवामा मंसिर १, २ र ३ गते भएको थारू कल्याणकारिणी सभाको २३औं  केन्द्रीय महाधिवेशनबाट प्रेमीलाल चौधरी थाकसको अध्यक्षमा चयन भएका छन् । उता, अध्यक्षकै अर्का आकांक्षी मिनराज चौधरीलाई महामन्त्रीमा चित्त बुझाउनु परेको छ । अध्यक्षकै अर्का आकांक्षी देवीप्रसाद चौधरीलाई उपाध्यक्षमा सर्वसम्मत गराइए पनि महिला उपाध्यक्षमा रुक्मिणी चौधरी नअटाए आफू कुनै पदमा नबस्ने भनेर उनी बाहिरिएका छन् । नभए ६ जना उपाध्यक्षमा एउटाको टुंगो लाग्ने थियो ।  यसरी उपाध्यक्ष, सहमहामन्त्री पनि टुंग्याउन बाँकी नै छ । २ महिला उपाध्यक्षमा सावित्रा चौधरी तथा हरिदेवी चौधरीको नाम मोटामोटी टुंग्याइए पनि रुक्मिणी चौधरीको नाम इन्ट्री भएपछि यो पदको पनि निर्णय हुन सकेन । उपाध्यक्षको ६ जनाको कोटामा उम्मेदवार नै १३ जना रहेको बताइएको छ ।  स्मरण रहोस्, यसअघि प्रेमीलाल महामन्त्री, मिनराज सहमहामन्त्री तथा देवी उपाध्यक्ष थिए । चूर्णबहादुर चौधरी कोषाध्यक्षमा दोहरिने सम्भावना छ । तर, चितवनका राजेन्द्र चौधरीले सोही पदमा दावी गरेकाले मिलाउन बाँकी नै छ । पहिलो बैठकले यी सबै पद टुंग्याउने भएको छ । अपवादको रुपमा एकाध जिल्लाबाहेक सबैजसो जिल्लाका केन्द्रीय सदस्य निर्विरोध भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक सूचना जारी गरेको छैन ।  मंसिर ३ गते नेताहरु विजयकुमार गच्छदार, नरेन्द्रकुमार चौधरी, उमाकान्त चौधरी, पद्मनारायण चौधरी, गोविन्द चौधरी, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, तेजुलाल चौधरी, डिल्लीबहादुर चौधरी, जनकराज चौधरी लगायतको उपस्थितिमा भैरहवाको एशियन बुद्ध होटलमा अध्यक्षको आकांक्षी सबैलाई नेताहरुले प्रस्ताव गरेको पद मान्ने अबेर राती शर्तनामा गराएका थिए ।  नेताहरुको निकै हस्तक्षेप भयो भनेर केन्द्रीय पार्षदहरु रुष्ट छन् । उनीहरुले नारावाजी पनि गरेका थिए । मंसिर ३ गते सम्पन्न भइसक्ने अधिवेशन एकदिन लम्बिएर पनि पूर्ण पदाधिकारी चयन गर्न असफल रह्यो ।  थारु कल्याणकारिणी सभा (थाकस) को २३औं महाधिवेशन समुद्घाटन मंसिर १ गते शनिवार भएको थियो  । यसअघिको अधिवेशन समुद्घाटन प्रधानमन्त्रीले गर्ने परम्परा बसालिए पनि कार्यक्रमको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । पूर्वमन्त्री भगवती चौधरीले आयोजकबाट अतिथिका लागि कुनै सरसल्लाह नगरिएको, यदि गरेको भए प्रम केपी ओलीलाई ल्याउन सकिने अवस्था रहेको थियो भन्ने जानकारी ढकियाखबरलाई दिइन् ।  समुद्घाटनमा नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले भनेका थिए, ‘थारु समुदाय शिक्षित हुँदै गएको छ तर परिवर्तनको आभास छैन । यदि थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ ।’ तर यस अधिवेशनमा पनि थारु एक ढिक्का भएको सन्देश प्रवाह हुन सकेन ।  थाकसको कार्यसमितिले पूर्णता पाएपछि यसको भावी दिशा कस्तो हुने तय हुनेछ । यद्यपि हालका अध्यक्ष प्रेमीलाल चौधरी तथा महामन्त्री मिनराज चौधरीबीच अघिल्लो कार्यकालमा सैद्धान्तिक विषयमा ‘टसल’ रहेको थियो । जसले गर्दा बीचमा सहमहामन्त्रीलाई सचिवालय बैठकमा समेत बोलाउन छाडिएको थियो । यस्तो परिस्थितिमा थाकसको आगामी यात्रा पनि यसलाई जीवन्तता दिन कठिन हुने देखिन्छ । एक पार्षद भन्छन्, धनिराम चौधरीले २ अवधि कार्यकालको १० वर्ष आफू अद्र्धभूमिगत भएर थाकसलाई अन्ध्यारोको गर्तमा ढकेले । अबको कार्यसमितिले पनि अन्ध्यारोलाई चिर्न सक्नेमा सन्देह देखिन्छ । 

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

६७३ दिन अगाडि

|

१५ कात्तिक २०८१

थारु साहित्य–संस्कृति प्रतिष्ठानको आयोजनामा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागितारे अन्तक्रिया भएको छ ।  कार्तिक १४ गते दाङदेउखुरी लमहीमा भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले भने, ‘विकासको लागि बरघर प्रणाली आवश्यक छ । त्यसैले, लमही नगरपालिकाले बरघर ऐन पारित गरेको छ । अब छिट्टै विधेयक पनि पारित गर्नेछौं ।’ अर्को प्रसंगमा उनले महिलाहरुलाई अवसर दिनमा कुनै दुई मत नरहेको तर उनीहरु आफै सक्रिय नरहेको आरोप लगाए ।  राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले महिला र युवाहरुलाई पनि बरघर बनेर गाउँठाउँको  समाजसेवा गर्न आवश्यक रहेको धारणा राखिन् । उनले अगाडि भनिन्, ‘तर, महिलाहरुलाई अवसर नै नदिने हुँदा पुरुषहरु उदार हुनुपर्छ । समाजसेवामा लाग्न प्रेरित गर्नुपर्छ । जनप्रतिनिधिमा ३३ प्रतिशत महिलालाई कोटा छुट्याएझैं बरघरमा पनि महिलालाई अगाडि ल्याउनै पर्छ ।’ बरघरसमेत रहेका अधिवक्ता हल्लुप्रसाद चौधरीले देउखुरी उपत्यकामा राजपुरबाहेक लमही, गढवा तथा राप्ती पालिकाले बरघर ऐन पारित गरिसकेको तर विधेयक बनाउन आलाटाल गरेकोमा जनप्रतिनिधिहरुको ध्यानकर्षण गराए । उनले दुई दशक स्थानीय निकायको चुनाव हुन नसकी कर्मचारीहरुको भरमा रहेको स्मरण गर्दै तर बरघर प्रणाली १० वर्षे द्वन्द्वमा समेत सक्रिय भई काममा अहोरात्र खटेको स्मरण गरे ।  थारु कल्याणकारिणी सभा देउखुरीका क्षेत्रीय सभापति प्रकाशकुमार चौधरीले बरघरहरुले सरकारकै काममा सघाउने भएकाले उनीहरुको सेवासुविधा सरकारी स्तरबाटै तोकिनुपर्ने राइ व्यक्त गरे । समाजसेवामा मात्रै केन्द्रीत रहेकाले बरघरहरुलाई राजनीतिक प्रशिक्षण अत्यवश्यक रहेको उनको भनाई थियो ।  लमही–४, छुटकी घुम्नाका बरघर देवराज चौधरीले बरघर प्रणाली सक्रिय भएको ठाउँमा टोल विकास समिति गठन गर्न जरुरी नरहेको बताए । बरघरमार्फत् पालिकाले धेरै काम गर्न सक्ने अवस्था रहेको तर तालमेल नमिलेको उनको भनाई थियो ।  राष्ट्रिय भूमि आयोग, दाङकी पूर्व विज्ञ सदस्य लक्ष्मी चौधरीले बरघर ऐन पालिकामामात्रै नभई प्रदेश तथा संघीय ऐन बन्नुपर्ने जिकिर गरिन् । स्थानीय पाठ्यक्रममा बरघरको विषयबस्तुबारे पठनपाठनको व्यवस्थादेखि बजेट व्यवस्थापन गरी उनीहरुको लागि दीर्घकालीन योजना बन्नुपर्नेमा उनको जोड थियो । बर्दिया, कैलाली जिल्लामा महिला बरघर पनि रहेका तर दाङमा अझैसम्म महिला बरघर भएको सुन्न नपाएको बताउँदै उनले उनीहरुको अनुभव आदान प्रदानको लागि पनि अवलोकन भ्रमण, प्रशिक्षण जरुरी रहेको बताइन् ।  थारु साहित्य–संस्कृति प्रतिष्ठानले युएसआइडीको सहयोग तथा द एशिया फाउण्डेशनको सहकार्यमा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता विषयक् ९ महिने कार्यक्रम थालेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले जानकारी  दिए । उनले दाङको लमही, बाँकेको राप्तीसोनारी तथा बर्दियाको बारबर्दियामा छोटो समयका लागि परियोजना लागु भए पनि बरघर प्रणालीको संरक्षणका लागि आफूहरु निरन्तर लागिरहने बताए । गुरुप्रसाद कुमाल बुलुबुल तथा यम चौधरीले सहजीकरण गरेको कार्यक्रमको सभापतित्व थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले गरेका थिए । 

सखि र आइ ट गइल र डस्याः ‘सख्या’ को फेरिदो स्वरूप

सखि र आइ ट गइल र डस्याः ‘सख्या’ को फेरिदो स्वरूप

६९४ दिन अगाडि

|

२४ असोज २०८१

                                                                                                                                                                सबै तस्विरः अविनाश चौधरी सन्तोष दहित कानकहि पायरिया मै जलम मैं लेहनु र । सखि र इह रि पायरिया रि मोर नाउँ रि रहिजा ।। सखि र इह रि पायरिया रि मोर नाउँ रि रहिजा ।। इह लेओ महरिन रि बेटवक नाउँ र सखि र परि ट गैल रि कहनैया बिर नाउँ ।। सखि र परि ट गैल रि कहनैया बिर नाउँ ।। यो थारू समुदायले डस्या (दशैं) मा गाउने सख्या गीत हो । अहिले यही गीत थारु वस्तीमा गुन्जिरहेको छ । दशैं आउनु अघि थारू समुदायले एक साता अगाडिदेखि सख्या पैयाँ नाचगान गरेर दशैंलाई स्वागत गर्छन् । यस बेला थारू समुदायका अविवाहित युवती (बठिन्या) थारू मौलिक भेषभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्ड¥या)ले मादल बजाएर साथ दिन्छन् । दशैं शुरू भएसँगै थारू गाउँ बस्ती सख्यामय बनेका छन् । यो नाच विशेष गरेर लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ ।.करिब एक महिनासम्म नाचिने सख्या नाच महाभारत कथासँग सम्बन्धित रहेको थारू अगुवाहरू बताउँछन् । भदौमा गरिने हा¥या गुरै पूजा शुरू भएदेखि बडादशैंपछि एक सातासम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाचिन्छ । के हो सख्या थारू संस्कृतिविद् अशोक थारूका अनुसार सख्या थारु लोक भागवत पुराण हो । आख्यानको आधारमा सख्यालाई लोककाव्य महागाथाकोे कोटिमा राख्न सकिने उहाँको भनाइ छ । सखियालाई थारू भाषामा सख्या भनिन्छ । साथी साथी मिलेर नाचिने भएकाले पनि यो नाचलाई सख्या भनिएको उहाँको तर्क छ । यस्तै धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको सख्या नाचमा थारूका हरेक देवीदेवताका नामलाई सम्बोधन गरेर सख्या गीत गाउने गरिएको संस्कृतिविद् चन्द्रप्रसाद चौधरीले बताउनुभयो । यस्तै सख्या गीतमा जमिनमा बस्ने सबै जीवजन्तुको नाम पनि सम्बोधन गरेर सख्या गीत गाउने गरिएको उहाँको भनाइ छ । कसरी नाचिन्छ सख्या सख्या नाचको नेतृत्व मोह्रिन्या (युवतीको मुख्य व्यक्ति) ले गर्छन् । उनको सहयोगीका रूपमा पछगिन्या (दोस्रो व्यक्ति) हुने गर्छन् । यी दुबैजनाको पछि १५ देखि ४० जना बठिन्याले सघाउँछन् । गाउँमा भएका लगभग सबै बठिन्याहरु सख्या नाचमा सहभागिता जनाउँछन् । जुन गाउँमा जति धेरै बठिन्या हुन्छन्, त्यही गाउँमा सख्या नाचका लागि उनीहरूको उपस्थिति बाक्लो हुन्छ । सख्या नाच नाच्ने बेला दुई वटा समूह बनाएर नाच्ने गरेको दंगीशरण गाउँपालिका–३, हेकुलीको मोह्रिन्या सिरु चौधरीले बताउनुभयो । उहाँको अनुसार एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् । सख्या गीत गाउ‘ँदा शुरूवातमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको चौधरीले बताउनुभयो । मन्ड¥या भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउने गरेको उहाँले भन्नुभयो । यसरी सख्या नाचसँगै बीच–बीचमा विभिन्न किसिमका पैया नाच पनि देखाइन्छ । सख्या नाच र गीत एउटै भए पनि गाउँ ठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ । यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सख्या नाच्ने चलन छ । राजाटीका अर्थात् नवमीको दिनदेखि बडादशैंको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ । द्वापर युगदेखिको परम्परा सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद्को आ–आफ्नै तर्क छ । थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको सुनाउनुभयो । ‘मेरो अध्ययनमा सख्या नाच द्वापर युग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ’– उहाँले भन्नुभयो । त्यस्तै, थारू अनुसन्धाता कृष्णराज सर्वहारी आजभन्दा दुई हजार पाँच सय वर्षअघिदेखि थारू समुदायले सख्या नाच नाच्दै आएको बताउनुभयो । सख्या नाच कृष्ण जन्माष्टमीसँग जोडिएकाले कृष्णको जन्मदेखि नै शुरू भएको सर्वहारीको भनाइ छ । त्यस्तै थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरी थारू समुदायको तन्त्रमन्त्र शुरू भएसँगै सख्या नाच पनि शुरू भएको बताउनुहुन्छ । ‘थारू समुदायमा तन्त्रमन्त्रको माध्यमबाट विभिन्न रोगव्याधि हटाउने, देवीदेवताको पूजापाठ गर्ने परम्परा छ’– चन्द्रप्रसादले भन्नुभयो– ‘त्यही तन्त्रमन्त्रसँग यो सख्या गीत जोडिएकोले त्यही बेलादेखि नै नाच्ने गरेको हुनुपर्छ ।’ लोप हुने संघारमा पछिल्लो समय सख्या लोपको संघारमा रहेको देख्न सकिन्छ । पहिला पहिला हरेक थारु बस्तीमा दशैंताका दशैको सख्यापैयाँ नाच नाचेको सुनिन्थ्यो । तर अचेल एकदमै कमैमात्रमा केही गाउँमा मात्र सख्या नाचेको पाइन्छ । कुनै गाउँमा मादल बजाउने मन्ड¥याको अभावमा त कतै सख्या गीत गाउन सक्ने बठिन्याहरुको अभावले सख्या नाच लोप हुने अवस्थामा पुगेको देखिन्छ । घोराही उमनपा–६, लख्वारकी कल्पना चौधरी मन्ड¥याको अभावले आफनो गाउँमा पाँच–छ वर्ष अगाडिदेखि सख्या नाच नाच्न छोडेको बताउनुभयो । सानैदेखि सख्या नाच्दै आएको भए पनि अहिले रोकिएको उहाँले सुनाउनुभयो । ‘गाउँमा मादल बजाउने मन्ड¥या नभएपछि सख्या नाच नाच्न छोडेका हौं’– उहाँले भन्नुभयो । अधिकांश युवाले विभिन्न पेशा तथा व्यवसायका कारण गाउँ छोड्ने गरेकाले सख्या नाच्ने बठिन्या भए पनि मन्ड¥याको अभाव देखिएको चन्द्रप्रसाद चौधरीले बताउनुभयो । ‘पहिला हामीले २२ ख्वाँट (मादलको ताल) को पैयाँ लगाउँथ्यौं, अहिलेका युवा चार–पाँच ख्वाँटमा मात्र पैया लगाउँछन्’– उहाँले भन्नुभयो– ‘त्यो पनि रिमिक्स जस्तो भइसक्यो ।’ नयाँ युगबोधबाट

असौंक डस्या कसिक मनैना ?

असौंक डस्या कसिक मनैना ?

६९७ दिन अगाडि

|

२१ असोज २०८१

सामाजिक सञ्जालमे असौंक डस्या कसिक मनैना कहिके मेरमेरिक विद्वान आअपन विचार ढैटि बटाँ । इहे क्रममे डा गोपाल दहित असौंक डस्या मनैना तालिका डेले बटाँ (हेरि फोटुसंगे रहल तालिका) । इहे सिलसिलामे यहाँ दिलबहादुर थारू ओ चूर्ण चौधरी थप दुइ विद्वानके विचार ढै गैल बा । सबजे उज्जर टीका लगाई दिलबहादुर थारू  संयोजक, थारू नागरिक समाज, कैलाली  थारू समाजमे दशैंक अपने महत्व बा । सब दिनके अपन महत्व बा । मने सप्तमी, अष्टमी, नवमी ओ दशमीक कुछ ढेर महत्व बा । ओम्ने फे सबसे ढेर नवमीक महत्व बा । का करे कि नवमीक दिन हमरे पुर्खन भात डेठी अथवा कही कि नवमी हमार पुर्खनके श्राद्ध तिथी हो । बिहानके पिट्टर भात डेना ओ साँझके घरे नेउटल पितृदेउटन नाचगानासहित बिदाई कर्ना अस्रैना दिन हो ।  टबेमारे अष्टमी, नवमी अक्के डिन पर्लेसे अष्टमीहे आगे टस्कैना चाही । नवमी ओ दशमी अक्के डिन पर्लेसे दशमीहे पाछे सर्ना, टस्कैना चाही । यी साल अष्टमी ओ नवमी सँगे परल बा । टबेमारे अष्टमीहे आगे टस्कैले मजा रही । टस्कैलेसे यी साल (२०८१) हमार दशैं अइसिक रहीः  २३ गते पैनस टोपी ढोई ओ साँझके पुर्खन नेउटी  २४ गते ढिक्री चरहाई २५ गते पिट्टर भात दी  २६ गते टीका लगाई, उ फे सबजे उज्जर टीका लगाई धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी  चूर्ण चौधरी,  केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारिणी सभा  म्वार विचार म पुर्खासे मन्टी अइलक धार्मिक मान्यता, रिति थिति, चलन ओ अभ्यास म हम्र बर्का डश्याम सप्तमी के दिन ढक्या ओ पैनस्टोपी गंगाम च्वाखा कराइक लाग ढ्वाए जैठी । यी सर्वमान्य संस्थागत चलन ओ अभ्यास बा । यी बर्षक (२०८१) सप्तमी ह असोज २४ से असोज २३ म सरना सायद उपयुक्त नि हुइ । हम्र महा अष्टमी म जैह्या फे सन्झ्याख ढिक्री (कौनो थर क थारू मुर्गी फे) पुज्ना यी संस्थागत हुइल चलन, अभ्यास ओ सर्वमान्य धार्मिक मान्यता बा । ओ महानवमी म बिशेष कैख विहान ख मुर्गी पुज्ना ओ आपन पुर्खन पिट्टर डेना धार्मिक ओ संस्थागत मान्यता बा । यी वर्षके २०८१ क बर्का डश्या म महा अष्टमी ओ महा नवमी तिथि (असोज २५ गते) एक्कम मिलल बा कलसे महा अष्टमी क दिन  उहो २५ गते जो पुर्खा से चल्टी अइलक आपन तिथिम जो आपन आपन चलन, रितिथिति, अभ्यास ओ धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी । ओ महा नवमी म कर्ना पुजा विजया दशमी असोज २६ गते क दिन शुभ साइत म कर्लसे जो टनिक धार्मिक विधि बिधान ओ महत्व हुइ कना म्वार सोच ओ बिचार बा। ओहमार २०८१ असोज २४ गतेः सप्तमीम गंगा म पैनस्टोपी धुइना । २०८१ असोज २५ गतेः महाअष्टमी म सन्झ्याक आपन आपन चलन अनुसार ढिक्री (कौनो थारू थर मुर्गी फे) पुज्ना । २०८१ असोज २६ गतेः विजया दशमी अर्थात बिजयी प्राप्त कर्लक शुभ साइत क दिन म विहान सक्कार मुर्गी पुज्ना वलि देना ओ आपन आपन पुर्खन क सम्झना म पिट्टर डेना उत्तम साइत हो । ओ यह दिन हमार बर्का डश्यक टिका के शुभ साइत रहि । संसारी गँवल्या टीका ब्यबस्थित तरिकासे उज्जर रहि ट आपन धर्म, संस्कार ओ पहिचान रही ।