Above News Title

थाकसको अध्यक्षमा प्रेमीलालले मारे बाजी , मिनराज महामन्त्रीमा राजी

थाकसको अध्यक्षमा प्रेमीलालले मारे बाजी , मिनराज महामन्त्रीमा राजी

रुपन्देहीको भैरहवामा मंसिर १, २ र ३ गते भएको थारू कल्याणकारिणी सभाको २३औं  केन्द्रीय महाधिवेशनबाट प्रेमीलाल चौधरी थाकसको अध्यक्षमा चयन भएका छन् ।

उता, अध्यक्षकै अर्का आकांक्षी मिनराज चौधरीलाई महामन्त्रीमा चित्त बुझाउनु परेको छ । अध्यक्षकै अर्का आकांक्षी देवीप्रसाद चौधरीलाई उपाध्यक्षमा सर्वसम्मत गराइए पनि महिला उपाध्यक्षमा रुक्मिणी चौधरी नअटाए आफू कुनै पदमा नबस्ने भनेर उनी बाहिरिएका छन् । नभए ६ जना उपाध्यक्षमा एउटाको टुंगो लाग्ने थियो । 

यसरी उपाध्यक्ष, सहमहामन्त्री पनि टुंग्याउन बाँकी नै छ । २ महिला उपाध्यक्षमा सावित्रा चौधरी तथा हरिदेवी चौधरीको नाम मोटामोटी टुंग्याइए पनि रुक्मिणी चौधरीको नाम इन्ट्री भएपछि यो पदको पनि निर्णय हुन सकेन । उपाध्यक्षको ६ जनाको कोटामा उम्मेदवार नै १३ जना रहेको बताइएको छ । 

स्मरण रहोस्, यसअघि प्रेमीलाल महामन्त्री, मिनराज सहमहामन्त्री तथा देवी उपाध्यक्ष थिए । चूर्णबहादुर चौधरी कोषाध्यक्षमा दोहरिने सम्भावना छ । तर, चितवनका राजेन्द्र चौधरीले सोही पदमा दावी गरेकाले मिलाउन बाँकी नै छ ।

पहिलो बैठकले यी सबै पद टुंग्याउने भएको छ । अपवादको रुपमा एकाध जिल्लाबाहेक सबैजसो जिल्लाका केन्द्रीय सदस्य निर्विरोध भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक सूचना जारी गरेको छैन । 

मंसिर ३ गते नेताहरु विजयकुमार गच्छदार, नरेन्द्रकुमार चौधरी, उमाकान्त चौधरी, पद्मनारायण चौधरी, गोविन्द चौधरी, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, तेजुलाल चौधरी, डिल्लीबहादुर चौधरी, जनकराज चौधरी लगायतको उपस्थितिमा भैरहवाको एशियन बुद्ध होटलमा अध्यक्षको आकांक्षी सबैलाई नेताहरुले प्रस्ताव गरेको पद मान्ने अबेर राती शर्तनामा गराएका थिए । 

नेताहरुको निकै हस्तक्षेप भयो भनेर केन्द्रीय पार्षदहरु रुष्ट छन् । उनीहरुले नारावाजी पनि गरेका थिए । मंसिर ३ गते सम्पन्न भइसक्ने अधिवेशन एकदिन लम्बिएर पनि पूर्ण पदाधिकारी चयन गर्न असफल रह्यो । 

थारु कल्याणकारिणी सभा (थाकस) को २३औं महाधिवेशन समुद्घाटन मंसिर १ गते शनिवार भएको थियो  । यसअघिको अधिवेशन समुद्घाटन प्रधानमन्त्रीले गर्ने परम्परा बसालिए पनि कार्यक्रमको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । पूर्वमन्त्री भगवती चौधरीले आयोजकबाट अतिथिका लागि कुनै सरसल्लाह नगरिएको, यदि गरेको भए प्रम केपी ओलीलाई ल्याउन सकिने अवस्था रहेको थियो भन्ने जानकारी ढकियाखबरलाई दिइन् । 

समुद्घाटनमा नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले भनेका थिए, ‘थारु समुदाय शिक्षित हुँदै गएको छ तर परिवर्तनको आभास छैन । यदि थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ ।’ तर यस अधिवेशनमा पनि थारु एक ढिक्का भएको सन्देश प्रवाह हुन सकेन । 
थाकसको कार्यसमितिले पूर्णता पाएपछि यसको भावी दिशा कस्तो हुने तय हुनेछ । यद्यपि हालका अध्यक्ष प्रेमीलाल चौधरी तथा महामन्त्री मिनराज चौधरीबीच अघिल्लो कार्यकालमा सैद्धान्तिक विषयमा ‘टसल’ रहेको थियो । जसले गर्दा बीचमा सहमहामन्त्रीलाई सचिवालय बैठकमा समेत बोलाउन छाडिएको थियो । यस्तो परिस्थितिमा थाकसको आगामी यात्रा पनि यसलाई जीवन्तता दिन कठिन हुने देखिन्छ । एक पार्षद भन्छन्, धनिराम चौधरीले २ अवधि कार्यकालको १० वर्ष आफू अद्र्धभूमिगत भएर थाकसलाई अन्ध्यारोको गर्तमा ढकेले । अबको कार्यसमितिले पनि अन्ध्यारोलाई चिर्न सक्नेमा सन्देह देखिन्छ । 

प्रकाशित:

६५३ दिन अगाडि

|

५ मंसिर २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९