Above News Title

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

थारु साहित्य–संस्कृति प्रतिष्ठानको आयोजनामा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागितारे अन्तक्रिया भएको छ । 

कार्तिक १४ गते दाङदेउखुरी लमहीमा भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले भने, ‘विकासको लागि बरघर प्रणाली आवश्यक छ । त्यसैले, लमही नगरपालिकाले बरघर ऐन पारित गरेको छ । अब छिट्टै विधेयक पनि पारित गर्नेछौं ।’ अर्को प्रसंगमा उनले महिलाहरुलाई अवसर दिनमा कुनै दुई मत नरहेको तर उनीहरु आफै सक्रिय नरहेको आरोप लगाए । 

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले महिला र युवाहरुलाई पनि बरघर बनेर गाउँठाउँको  समाजसेवा गर्न आवश्यक रहेको धारणा राखिन् । उनले अगाडि भनिन्, ‘तर, महिलाहरुलाई अवसर नै नदिने हुँदा पुरुषहरु उदार हुनुपर्छ । समाजसेवामा लाग्न प्रेरित गर्नुपर्छ । जनप्रतिनिधिमा ३३ प्रतिशत महिलालाई कोटा छुट्याएझैं बरघरमा पनि महिलालाई अगाडि ल्याउनै पर्छ ।’

बरघरसमेत रहेका अधिवक्ता हल्लुप्रसाद चौधरीले देउखुरी उपत्यकामा राजपुरबाहेक लमही, गढवा तथा राप्ती पालिकाले बरघर ऐन पारित गरिसकेको तर विधेयक बनाउन आलाटाल गरेकोमा जनप्रतिनिधिहरुको ध्यानकर्षण गराए । उनले दुई दशक स्थानीय निकायको चुनाव हुन नसकी कर्मचारीहरुको भरमा रहेको स्मरण गर्दै तर बरघर प्रणाली १० वर्षे द्वन्द्वमा समेत सक्रिय भई काममा अहोरात्र खटेको स्मरण गरे । 

थारु कल्याणकारिणी सभा देउखुरीका क्षेत्रीय सभापति प्रकाशकुमार चौधरीले बरघरहरुले सरकारकै काममा सघाउने भएकाले उनीहरुको सेवासुविधा सरकारी स्तरबाटै तोकिनुपर्ने राइ व्यक्त गरे । समाजसेवामा मात्रै केन्द्रीत रहेकाले बरघरहरुलाई राजनीतिक प्रशिक्षण अत्यवश्यक रहेको उनको भनाई थियो । 

लमही–४, छुटकी घुम्नाका बरघर देवराज चौधरीले बरघर प्रणाली सक्रिय भएको ठाउँमा टोल विकास समिति गठन गर्न जरुरी नरहेको बताए । बरघरमार्फत् पालिकाले धेरै काम गर्न सक्ने अवस्था रहेको तर तालमेल नमिलेको उनको भनाई थियो । 

राष्ट्रिय भूमि आयोग, दाङकी पूर्व विज्ञ सदस्य लक्ष्मी चौधरीले बरघर ऐन पालिकामामात्रै नभई प्रदेश तथा संघीय ऐन बन्नुपर्ने जिकिर गरिन् । स्थानीय पाठ्यक्रममा बरघरको विषयबस्तुबारे पठनपाठनको व्यवस्थादेखि बजेट व्यवस्थापन गरी उनीहरुको लागि दीर्घकालीन योजना बन्नुपर्नेमा उनको जोड थियो । बर्दिया, कैलाली जिल्लामा महिला बरघर पनि रहेका तर दाङमा अझैसम्म महिला बरघर भएको सुन्न नपाएको बताउँदै उनले उनीहरुको अनुभव आदान प्रदानको लागि पनि अवलोकन भ्रमण, प्रशिक्षण जरुरी रहेको बताइन् । 

थारु साहित्य–संस्कृति प्रतिष्ठानले युएसआइडीको सहयोग तथा द एशिया फाउण्डेशनको सहकार्यमा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता विषयक् ९ महिने कार्यक्रम थालेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले जानकारी  दिए । उनले दाङको लमही, बाँकेको राप्तीसोनारी तथा बर्दियाको बारबर्दियामा छोटो समयका लागि परियोजना लागु भए पनि बरघर प्रणालीको संरक्षणका लागि आफूहरु निरन्तर लागिरहने बताए ।

गुरुप्रसाद कुमाल बुलुबुल तथा यम चौधरीले सहजीकरण गरेको कार्यक्रमको सभापतित्व थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले गरेका थिए । 

प्रकाशित:

६७४ दिन अगाडि

|

१५ कात्तिक २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९