थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

८४१ दिन अगाडि

|

२ माघ २०८०

हराउँदै माघको मौलिकता

हराउँदै माघको मौलिकता

८४२ दिन अगाडि

|

१ माघ २०८०

सन्तोष दहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा मनाउँदै आएकाले यतिबेला थारु बस्तीमा माघको रौनक देख्न पाइन्छ । बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको नेतृत्व चयन गर्ने जस्ता महत्वपूर्ण काम माघमा गरिने भएकाले माघको विशेष महत्व रहेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य सौगतवीर चौधरी बताउनुहुन्छ । माघमा सामाजिक, रीति, विवाह रीत, पूजा, कुलो पैनी, नहर, ताल तलैया, पुलपेलेसा गाउँघरका बाटाघाटा बनाउने जस्ता योजना समेत थारु समुदायले माघी डेवानीमा छलफल गर्ने गरेको उहाँले बताउनुभयो । आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने पर्व भएकाले माघलाई सबैले चासोका साथ हेर्ने गरेको चौधरी बताउनुहुन्छ । माघमा थारु समुदायले नाचगान, खानपिन मात्र नभएर बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको मटावा, अघवा, चौकिदारको चयन गर्ने जस्तो महत्वपूर्ण काम हुने भएकाले थारु समुदायको माघलाई सबैले विशेष चासोको रुपमा हेर्ने उहाँको भनाइ छ । माघमा जति सामाजिक तथा सांस्कृतिक सौन्र्दय छ, त्यो भन्दा अझ स्थानीय तहले गर्दै आएको क्रियाकलापसँग जोडिने सामाजिक, विकास र न्यायको कामसँग जोडिने मटावा प्रथामा रहेको चौधरीले बताउनुभयो । कसरी चयन गरिन्छ, मटावा. बरघर थारू समुदायले हरेक वर्ष माघमा मटावा, बरघर चुन्ने गर्छन् । बरघर, मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार गाउँका प्रत्येक घरका मुख्य व्यक्ति अर्थात् ‘गरढु¥या’ मटावाको घरमा भेला हुन्छन् । सोही क्रममा उनीहरूले आगामी वर्षको कार्ययोजना तथा बितेको वर्षको समीक्षा पनि गर्छन् । गाउँका हरेक विकासका कामदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लग्ने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट ल्याउने आदि विषयमा व्यापक छलफल गर्नुका साथै आउने वर्षमा गाउँ चलाउने नेतृत्व कसलाई दिने छलफल गरिन्छ । त्यही छलफलका आधारमा सकेसम्म सर्वसम्मतिबाट मटावा चयन गरिन्छ । मटावालाई सघाउनका लागि पहिला अन्य दुईजना व्यक्ति ‘अघवा’ र ‘चौकिड¥वा’ पनि चुन्ने गरिन्छ । मटावाले गाउँको सामाजिकदेखि विकासको नेतृत्व गर्छ भने अघवाले गाउँमा कचहरी, ख्याल कार्यक्रम गर्नुपरेमा या गाउँका कुला, नाला, बाटो मर्मत गर्नुपरेमा मटावाको सरसल्लाहमा गाउँलेलाई खबर गर्ने, काममा लगाउने गर्दछन् । त्यस्तै चौकीदारको काम गाउँको सुरक्षादेखि लिएर अन्नबालीको रेखदेख गर्ने हुन्छ । थारु गाउँमा मिनी सरकार हरेक वर्ष माघमा थारु वस्तीमा मटावाको नेतृत्वमा अघोषित मिनी सरकार गठन हुने गर्दछ् । जसरी राजनीतिक दलहरुले सत्ता सञ्चालन गर्छन् त्यसैगरी थारु गाउँमा मटावाको नेतृत्वमा मिनी सरकारको झल्को पाइन्छ । ‘माघ मा गाउँका प्रत्येक घरमुली (गरढु¥या) मटावाको घरमा भेला हुन्छ्न् । संसद बैठक जस्तै मटावाहरुले माघमा आफ्नो घरमा गाउँको प्रत्येक घरधुरीबाट गरढु¥या (घरमुली) हरुलाई माघी डेवानीको लागि बैठक डाक्छन् । त्यही माघी डेवानीमा बितेका वर्षको कामको समीक्षा र आगामी वर्षको कार्ययोजनासँगै मटावा, अघवा, चौकीदार चयन गर्छांै’– मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो– ‘राजनीतिक दलले सरकार सञ्चालन गरे जस्तै मटावाले गाउँको न्यायिक कामदेखि सामाजिक र विकासका हरेक कामको नेतृत्व गर्ने गर्दछन् ।’ उहाँका अनुसार मटावाको समग्र गाउँ‘को नेतृत्व गर्ने जिम्मेवारी हुन्छ भने अघवाको काम गाउँघरमा भइरहेको गतिविधि तथा एक ठाउँबाट अर्काे ठाउँ‘मा खबर पु¥याउने अर्थात सञ्चारमन्त्री जस्तै जिम्मेवारी हुन्छ । त्यस्तै चौकीदारको जिम्मेवारी गाउँको सुरक्षादेखि गाउँभरिको अन्नबालीको रेखदेख गर्ने अर्थात गृहमन्त्रीको जस्तो जिम्मेवारी हुने गर्छ तर अहिले धेरैजसो गाउँमा अघवा र चौकीदार चयन गर्ने चलन हट्दै गएको उहाँले बताउनुभयो । अघवा र चौकिदारको काम पनि अहिले मटावाले आफै गर्दै आएको उहाँको भनाइ छ । घट्दै मटावाको क्रेज थारु समुदायको मटावालाई महत्वपूर्ण पद मानिए पनि अहिले विस्तारै मटावाको क्रेज घट्दै गएको पाइन्छ । पहिला जसरी मटावाको मानसम्मान हुन्थ्यो, अहिले नभएको स्वयं मटावाहरुले गुनासो गर्दै आएका छन् । स्थानीय तहले मटावाहरुलाई अधिकार नदिएको कारणले मटावाहरुको क्रेज घटेको मटावा महासंघका अध्यक्ष चौधरी बताउनुहुन्छ । पहिला गाउँको न्यायिक कामदेखि विकासको काम मटावाले हेर्ने गर्थे, अहिले विकासको काम टोल विकासका अध्यक्षलाई दिएपछि मटावाको महत्व घट्दै गएको मटावा चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । त्यस्तै गाउँघरमा भएका झैझगडा पहिला मटावाले मिलाउँ‘‘दै आएका थिए तर अहिले स्थानीय तहले न्यायिक समितिमा लगेर मिलाउँछन्, जसले गर्दा पनि गाउँघरकाले मटावालाई त्यति महत्व नदिएको चौधरीले बताउनुभयो । ‘स्थानीय तहले पनि मटावालाई खासै महत्व दिदैनन्’– उहाँले भन्नुभयो– ‘बर्दिया, कैलालीका पालिकाले मटावा (बडघर)लाई कानुनी मान्यता दिएका छन् तर दाङमा दिएका छैनन्, जसले गर्दा पनि मटावाको क्रेज घटेको छ ।’ यद्यपि नाचगान तथा पूजापाठको लागि भने अहिले पनि गाउँमा मटावालाई सम्झिने गरेको उहाँ बताउनुहुन्छ । हराउँदै माघको मौलिकता पछिल्ला वर्ष थारु समुदायमा माघकोे मौलिकता हराउँदै गएको छ । माघको समयमा गाउँ–गाउँमा सुनिने मघौटा भाका, मघौटा नाच्न छाडेर युवाहरु डिजेमा आकर्षित हुन थालेपछि माघको मौलिकता हराउन थालेको थारु अगुवाहरुको चिन्ता छ । मादल, लहंगामा नाचिने मघौटा नाच हिजोआजका युवाहरु डिजेमा आकर्षित छन् । आफ्नै छुट्टै मौलिक बाजागाजा, माघमा गाउने मौलिक गीतका भाकाहरु छन् तर युवाहरु डिजेमा आकर्षित भएकोले माघको मौलिकता घटेको थारु अगुवारुहको ठम्याइ छ । यद्यपि माघको मौलिकता जोगाउन थारु कल्याणकारिणी सभालगायत विभिन्न थारु संघ संस्थाहरुमार्फत अभियानकै रुपमा गाउँदेखि शहरसम्म माघ विशेष कार्यक्रम भइरहेका थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । ‘माघमा मात्र नभई हाम्रो हरेक पर्वमा राम्रो संस्कार, संस्कृति छ’– उहाँले भन्नुभयो– ‘यी राम्रो पक्षलाई अंगाल्दै पुराना पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्दै पुस्ता हस्तान्तरण गर्न सकियो भने माघ मात्रै हैन हाम्रा हरेक पर्व तथा संस्कृतिको मौलिकता जोगिन्छ ।’ माघमा गरिने माघी डेवानीमा युवा पुस्ताले त्यति चासो नदिदा माघको महत्व घटेको आभाष भए पनि विगतको वर्षदेखि पछिल्लो समयमा यसको महत्व पुनः बढ्दै गएको उहाँले दाबी गर्नुभयो । नयाँ युगबोधबाट ।

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

८४५ दिन अगाडि

|

२७ पुष २०८०

थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले  कञ्चनपुरको बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । “म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ ।” थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।  बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परागतकालदेखि चल्दैआएका असल संस्कृतिलाई जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्षको यसै बेला म्याला आयोजना गरिँदै आएको उनले बताए । थारू समुदायमा विद्यमान कुरीतिलाई हटाउनका लागि जनचेतना जगाउने कार्यक्रम समेत म्यालामा राखिएको उनको भनाइ छ । बिहीबार पुस २६ देखि सञ्चालन भएको म्याला पुस २८ गतेसम्म सञ्चालन हुनेछ । रासस

डिहवार थान जोगाउन जाग्दै मोरङ्गिया थारूहरू

डिहवार थान जोगाउन जाग्दै मोरङ्गिया थारूहरू

८४९ दिन अगाडि

|

२४ पुष २०८०

थारु समुदायको पहिचान र अस्तित्व रहेको ग्रामथान (डिहवार थान) ले चर्चेको जग्गा अतिक्रमणमा पर्दै सुनसरीमा ग्रामथान संकटको अवस्थामा गुज्रिरहदा मोरङ्ग जिल्लामा पनि समस्या देखिएको छ । नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निपको आयोजनामा ग्रामथान समस्या प्रतिको छलफल कार्यक्रममा विभिन्न विकासको नाममा ग्रामथानको जग्गा अतिक्रमणमा परेको र त्यसले विस्थापित र संकटकै अवस्थामा पुगेको गहदार थानपतिहरुले उठान गरेका छन् । मोरङ्गको सुनवर्सी नगरपालिका वडा नं। ९ भेरवा टोल स्थित रहेको भेरवा ग्रामथानको ६१ बिगहा जग्गा ब्यक्ति र बिद्यालयको नाममा अतिक्रमण भएको ग्रामथान संरक्षक चन्द्र प्रसाद राजवंशीले बताए । त्याहा तिन भाई रहेको भेरवा, मदन र चन्दन जलकर ग्रामथानले चर्चेको ६१ बिगहा जग्गामा हाल २ बिगहा मात्र रहेको जनाए । सो जग्गा बिद्यालय, वडा कार्यालय, नगरपालिकाले अतिक्रमणगरी स्वयम ग्रामथान विकासमा बाधा पुर्याई रहेकोले त्याहा स्थानीय वासी चिन्तित रहेको भन्दै समस्या सामाधानका लागि पहल गर्न संरक्षक तथा थानपति राजवंशीले अनुरोध गरेका छन् । सो ग्रामथानमा एक हजार भन्दा बढी घरघुरीले परापूर्वकाल देखि पूजाअर्चना गर्दै आएको छ । बिराटनगर ४ खारजी टोलको बुडवा ग्रामथानले चर्चेको जग्गा ६ कठ्ठामा १५ धुर खुम्चिएको त्यसमा पनि ब्यक्तिले १० फिट मिचेको संरक्षक दिलिप चौधरीले बताए । बिराटनगर ८ भलवाही टोलको राजा जस्मन ग्रामथानको बाटो मिचिएको भन्दै आउजाउ गर्न बाटो समेत नरहेको बताए । बिराटनगर ४ को ज्वला टोलमा रहेको ग्रामथानको जग्गा मिचेको पाँचु थन्दारले बताए । राजा धनपाल ग्रामथानबाट गाउँपालिका नामाकरण गर्दा राजा हटाएर धनपाल मात्र राखेर पहिचान मासेको बताए । बिराटनगर ४ को मधुग्रामथान, बिराटनगर ८ का कोचारखाल ग्रामथानको साविक बाटो मिचेर नम्बरी दर्ता गरेकोले नीतिगत रुपमै बाटो निकासका लागि संरक्षक चन्द्रनारायण बिश्वासले सहयोग माग गरेका छन् । ग्रामथान संकटमा पर्दा लोप हुने अवस्थामा ग्रामथान संग जोडिएको जतिपनि चर्चेको जग्गा थारु समुदायको साँस्कृतिक भूमि ब्यक्ति वा राज्यले मास्न नपाइने नेपालको ऐन र नीतिमै रहेको भन्दै थारु समुदाय जागरुक भएर खोजी नीतिगरी संरक्षण गर्न सकिने लाहुर्निपका सचिव भिम राईले प्रशिक्षण गर्दै जानकारी गराए । भूमि सबन्धि ऐन २०२१ सालमा ल्याएर जग्गा नापी, कित्ता र हकवाला बनाईयो तर त्यो भन्दा पहिले बर्षौ देखि थारु समुदायको वसोवास र ग्रामथान रहिआएको छ भने पर्ती जग्गामा रहेको ग्रामथानको बाटो हालमा मिचेको अवस्था हुँदा पहिलेको श्रेष्ता र अहिलेको आधारहरुको प्रमाण जुटाएर फिर्ता गर्न सकिने कानूनी प्रावधानको बारेमा लाहुर्निपबाट परामर्श दिएका छन् । परामर्शपछि उपस्थित थानपति, गहदार, जेवार, संरक्षकहरुले ग्रामथन संरक्षणमा लड्ने भिड्ने प्रतिबद्धता गरेका छन् । ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन कानूनि परामर्श सहित समुदाय संगठित भएर अगाडी बढ्दा ग्रामथान संरक्षणमा थप बल पुग्ने उधेश्यले ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन गरेको छ । श्री ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीको सभापतित्व र जिल्ला संयोजक महिनारायण दासको संयोजकत्व लगायत आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष दिलबहादुर थेवे, लाहुर्निप अध्यक्ष दिनेश घले र सचिव भिम राईको उपस्थितीमा तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा चन्द्र प्रसाद राजवंशी सुनवर्सी नगरपालिका ९, उपाध्यक्ष सोमनलाल माझी, बिराटनगर ४ खारजी, उपाध्यक्षमा राजकुमार राजवंशी बिराटनगर ८ भलवाही, सचिवमा दिलिप चौधरी बिराटनगर ४ खारजी, सहसचिवमा लालबहादुर ताजपुरीया सुनवर्सी नगरपालिका ६, कोषध्यक्षमा चन्द्रनारायण विश्वास बिराटनगर ५ का समितिमा पदाधिकारी चयन भएका छन् । सदस्यहरुमा कारु गच्छदार धनपाल गाउँपालिका, लग्नु राजवंशी बिराटनगर १४, रामसिंह राजवंशी बिराटनगर ८,जयप्रकाश राजवंशी बिराटनगर ४, भागवान वेस्रा जहदा गाउपालिका ७, रामदेव राजवंशी बिराटनगर ४ खारजी, गीता कुमारी राजवंशी रंगेली १ समितिका सदस्यमा चयन भएका छन् । समितिको सल्लाहकारमा दिलबहादुर थेवे, सावित्री चौधरी, अधिवक्ता राजकुमार राजवंशी, पत्रकार सुनिल चौधरी रहेको जानकारी दिए । ग्रामथान संरक्षण जिल्ला समितिले ग्रामथानको साझा मुद्धामा ग्राथान स्तरीय समिति गठन गर्दै गहदार, थानपति, समुदायलाई संगठित गर्दै लाने समितिका अध्यक्ष चन्द्र प्रसाद राजवंशीले जानकारी दिए । रामधुनी खबरबाट

विभिन्न जनजातिमा कस्तो हुन्छ तिहार ?

विभिन्न जनजातिमा कस्तो हुन्छ तिहार ?

९०६ दिन अगाडि

|

२६ कात्तिक २०८०

झिलीमिलीको पर्व हो दीपावली । उज्यालो कसलाई पो मन पर्दैन र । तर, २०४६ सालको आन्दोलनपछि विभिन्न जनजातिमा दसैँ बहिष्कार प्रकरणसँगै दीपावलीमा पनि ग्रहण लाग्यो । खासगरी पूर्वी क्षेत्रका किरात अगुवाहरुले हिन्दूकेन्द्रित चाडपर्व आफ्नो नभएको तर्क अघि सारेपछि यस्ता चाडपर्व मनाउने–नमनाउने दुई धार देखिए । नेपाल बहुजातीय, बहुधार्मिक अनि बहुसाँस्कृतिक देश हो । त्यसैले यहाँ सबै जातजाति र समुदायका आ–आफ्नै विशिष्ट चाडपर्वहरु छन् । यी चाडपर्वमा एकले अर्कालाई सम्मान र आत्मसात गर्ने सहअस्थित्वको भाव पछिल्लो समयमा विकसित हुन थालेको छ । समय क्रमसँगै दीपावली पनि सबै जातजातिको साझा चाड बन्न थालेको छ । यति हुँदाहुँदै पनि हिन्दु आर्य समुदायमा दीपावलीको जुन धार्मिक महत्व छ, आदिवासी जनजाति समुदायमा भने यसलाई बेग्लै किसिमले लिने गरिएको पाइन्छ । आखिर कसरी मनाइन्छ त विभिन्न समुदायमा दीपावली ? मगर, राईहरु रमाउँछन् तिहारमा मगर समुदायका जानकार लेखक टीकाराम उदासीका अनुसार मगर समुदाय तिहारमा निकै रमाउँछ । तिहारमा तोरण टाँगेर गाउँघर सजाइएको हुन्छ । तिहारमा नाचिने मारुनी, पैसेरु नाचले मगर गाउँ गुञ्जायमान हुन्छ । एक गाउँबाट अर्को गाउँको नाच साटासाट हुन्छ, यसलाई भैलो ख्वाउने भन्छन् । भैलो ख्वाउँदा जाँडरक्सीका साथ राँगा काटेर, सेल रोटी टक्र्याएर नाच टोलीलाई भव्य खानपिनका साथ स्वागत गर्ने चलन छ । लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ । भाइटीका लगाउने चलन पनि छ तिहारमा । दाजुभाइ टीकाको दिन आउन नसके उनीहरुको माला, टीका छुट्याएर राखिएको हुन्छ । मगर समुदायले तिहारको भैलीको उत्पत्ति आफ्नै समुदायबाट भएको तर्क गर्दै आएका छन् । पाल्पाका राजा बलिहाङलाई लिन काल आउने भएपछि उनले प्रजाहरूसँग सबैतिर बत्ती बालेर ‘फाइलो’ अर्थात बाँचियो भनेर गाउँदै बस्नु भनेको र त्यस्तो दृश्य देखेर काल पनि फर्केर गएको कथा मनोज घर्ती मगर उल्लेख गर्छन् । बान्तवा भाषाको मासिक पत्रिकाका सम्पादक पदम राईका अनुसार राई जातिमा दसैँ बहिष्कारको कुरा उठे पनि तिहार भने दिल खोलेर नै मनाइन्छ । कोरोना कहरले देउसी भैलो बन्द छ । तर, अरु वर्ष राई गाउँहरुमा देउसी भैलो खेलिन्छ । दीयो बालेर लक्ष्मी पूजा गरिन्छ । डा. भक्त राई भन्छन्, ‘तिहारमा खेलिने देउसी–भैली यहाँका रैथाने जातिबाटै सुरु भएको र पछि खस–आर्यको आगमनपछि सामाजिक, सांस्कृतिक अन्तर्घुलन भई तिहारमा कुकुर, गोरु, गाई र लक्ष्मीको पूजा गर्ने प्रचलन थपिएको हो ।’ उनको विचारमा नेपाली साझा संस्कृतिका रूपमा तिहारले स्थान बनाइसकेकाले यसलाई अंगीकार गर्नुको विकल्प छैन । थारूको डेवारी आम नेपालीले घर–घरमा बत्ती बालेर उज्यालो बनाएजस्तै थारू जातिले पनि बत्ती बालेर नै यो पर्व हर्षोल्लासका साथ मनाउँछन् । यसलाई पश्चिमा थारूहरूले डेवारी अनि पूर्बिया थारूहरूले सुकराइत भन्छन् । नेवार समुदायको योमरीझैं लाग्ने ढिक्री परिकार थारूहरूको डेवारीको प्रमुख परिकारमध्ये एक हो । उज्यालोको प्रतीकका रुपमा दीयोको आकारमा बनाइन्छ ढिक्री । घरको देउता कोठा (डेहुरार)मा पूजा गर्दा देउतालाई ढिक्री नचढाइ खान पाइँदैन । डेवारी आउनु पहिल्यै घर सफा सुग्घर बनाइन्छ । किचली माटोले पोतिन्छ । । थारू समुदायमा काग अनि कुकुर तिहारले खासै अर्थ राख्दैन । लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ लक्ष्मी पूजाको बेलुका सर्वप्रथम डेहुरार (देउता कोठा) बाट दीयो बाल्ने काम हुन्छ । गरढुरिया (घरमुली) ले दीयो बालेर देवतालाई ढिक्री, रक्सी, जल प्रसाद चढाउँछन् । कहीँ–कहीँ प्रसाद चढाउँदै ‘भाग अलच्छिन डुर, आ लक्ष्मी घरे’ भन्दै नाङलो पनि ठटाइन्छ । घरभित्र दीयो बालेर सकिएपछि घर बाहिर आँगन, पँधेरा, गोठ लगायत स्थानमा पनि दीयो बाल्दै ढिक्री लुटाइन्छ । ढिक्री लुटाउनु भनेको केटाकेटीहरुलाई ढिक्री बाँड्नु हो । पूजा सकिएपछि ढिक्रीसँगै जाँडरक्सी, सुँगुरको मासु, माछा, पोंइ, पिंडालु लगायत तरकारी खाने चलन छ । लक्ष्मीपूजाको दिनदेखि घरघरमा गएर बर्का नाच गर्ने चलन थियो । अब यो नाच गाउँको अगुवाको घरमा सीमित भएको छ । फर्मायसका रुपमा अरुले यो नाच मगाउन सक्छन् । त्यस्तै, रातभरि झुमरा नाच पनि गरिन्छ । हरेरी पूजाबाट शुरू गरिएको बर्का नाच डेवारीमा बरघरको घरमा सकाएर मरूवामा गई डेसबँढ्या गुरूवाबाट पूजापाठ गरी विधिवत अन्त्य गरिन्छ । थारु समुदायमा पहिले दीयो बालेर लक्ष्मीपूजा त गरिन्थ्यो, तर भाइटीका लगाइन्नथ्यो । साहित्यकार छविलाल कोपिला भन्छन्, ‘भाइटीका थारू समुदायमा आयातीत संस्कृति हो । अरुको देखासिकीमा आएको यो संस्कृति थारूहरुले अंगीकार गरी राख्नु जरुरी छैन । किनकि दाजुभाइले दिदीबहिनीका लागि निस्राउका रुपमा कोशेली दिन जाने माघ पर्व छँदैछ ।’ उता मानवअधिकारकर्मी सुशील चौधरी समयअनुसार संस्कृति परिवर्तन हुने गरेकाले थारू समुदायमा भाइटीका भित्रिनुलाई राम्रै चलन मान्छन् । तामाङ र लिम्बूमा छैन तिहारको रौनक भाषाविद् अमृत योञ्जन तामाङका अनुसार तामाङ समुदायमा छयालिसको आन्दोलनपछि तिहारको रौनक छैन । उनले  भने, ‘पञ्चायती व्यवस्थामा सरकारी उर्दी जारी हुँदा हिन्दू चाडपर्व मान्नैपर्ने बाध्यता थियो । छयालिसपछि पहिचानको आन्दोलनको उठान भयो । यस क्रममा किरात समुदायका धेरै जनजातिले दसैँ वहिष्कार गरे । तर, तिहारको सवालमा आन्दोलनकारीबीच नै अलमल भयो । यसले तिहारको ह्याङ भने केही मात्रामा जारी छ ।’ तामाङ अगाडि भन्छन्, ‘हाम्रोमा भाइटीका पनि खासै हुँदैन ।’ कञ्चनजंघा बोर्डिङ स्कूल, ताप्लेजुङका प्रिन्सिपल काजीमान पालुङ्वाका अनुसार तिहार लिम्बूहरुको मौलिक पर्व होइन । उनी भन्छन्, ‘याक्थुङ लिम्बू चेली माइतीहरु बीचमा  फूल र माला लेनदेन गर्नुहुन्न भन्ने मुन्धुममा पाइन्छ । बलिहाङ तङ्नामका रुपमा याक्थुङ लिम्बुहरुले मनाउँदै आएको तिहार चाड याक्थुङ लिम्बुहरुको चाड हो कि होइन भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ ।’ पालुङ्वाको कथनअनुसार फूलले खेल्दा माइतीले हानेको फूलको थुँंगाले चेलीको बक्षस्थलमा लागेकाले चेलीको मृत्युु भएको मुन्धुम पनि वाचन गरिन्छ । त्यसैले, फूलले रंगिने तिहार लिम्बूहरुको होइन । तर, आफूले तिहारको सम्मान गर्ने उनको भनाइ छ ।                                            उता सानोठिमी क्याम्पसका उपप्राध्यापक अमर तुम्याहाङका अनुसार कुन जातको फूलले लागेर लिम्बू चेलीको मृत्यु भएको किंवदन्तीमा खुल्दैन । उनी भन्छन्, ‘०४६ सालको आन्दोलनपछि तिहार ओझेलमा परेको थियो । दार्जीलिङतिरका लिम्बूहरुको देखासिकीमा नेपालतिरका लिम्बूहरुले फेरि पनि यसलाई अंगालेका छन् ।’

कैसिक हेराइटा थारू पहिचान ?

कैसिक हेराइटा थारू पहिचान ?

९१६ दिन अगाडि

|

१६ कात्तिक २०८०

असिराम डंगौरा थारू कला संस्कृति पहिचान बचैना अभियानमे थारू बुद्धिजीवी अगुवा साहित्यकार युवा ओ पत्रकार लोग खास कैके करिब दुई ढाई दशकसे जमके लागल बाटै। कला संस्कृति थारू पहिचानके बारेम हर पत्रकार साहित्यकार बुद्धिजीवी हुक्रे कमसे कम दश बाराठो जनचेतना डेना लेख रचना पक्कै लिख सेकल हुइहि। दुई ढाई दशकके समयमे सैंयो अभियान नारा बैठक गोष्ठी कार्यक्रममे सहभागी हु सेकल हुइहि ।  मनो कोइ फरक नाइ परल, बडलटि रहल बैज्ञानिक ओ इन्टरनेटके जवानामे इ अभियान लेख रचना बैठक गोष्ठी सब सुखल बालुम पानी बरैना हस हुइटा। जब सम कार्यक्रममे रठि, टबसम पहिचान बचाइ हस लागठ । मने कौवा करैटि रहि, सुक्खुन सुखैटि रहि, अस्टे अवस्था बा थारू पहिचानके अभियानमे लागल मनैन्के। दिन प्रति दिन समाजमे उच्छृङ्खल कला संस्कृति ठाउँ बनैटि जाइटा । थारू पहिचान लोप हुइना स्थिति कैसिक पुगल टो ? यकर खास जर बुझेक् लग हमहन २०५७ साल ओर फेरसे उलिटके हेरेक परि।  तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाके पहलमे २०५७ सावन २ गते कमैया मुक्ति घोसना कैगिल। यी घोसना बँधुवा कमैयन्के लग लावा जिन्गिक आस लैके आइल। हर कमैया परिवारके मनैन्के मनमे अनेकौ सपना भरल । हुइना टो हर मनैन् अपन सपना डेखे पैना अपन जिन्गि स्वतन्त्र जिए पैना अधिकार रहठ।  डुखेक बाट यहे रहल, सरकार मुक्ति टो डेहल, मनो जिन्गि जिना जुक्ति नाइ डेहल।                                                                                                                                            लेखक असिराम डंगौरा भरल बर्खम कमैया मुक्ति घोसना करके कमैयन्के भरमे खेटि करूइया किसान ओ किसन्वक भरमे चुल्हा बर्ना कमैयन्के बहुट कर्रा फे कर डेहल। कमैया राखे नाइ पैना हो खेटि कैसिक लागि, कमैया लागे नाइ पैना हो, कुठ्लीम छाक टर्ना धान, चाउर नाइ हो। अपन लरका परकन का खवाइ, भुख कैसिक मेटि ? कमैया मुक्ति घोसना पाछे किसन्वक घारी बारीम बैठल कमैयन् अपन गाउँ ठाउँ छोरके लर्कन्के सुखि जिन्गिक सपना बोक्के औरे ठाउँ शिविर बैठे जाइ पर्ना हुइल। खास करके यहाँसे फेन थारू कला संस्कृति थारू पहिचान ओरैना सुरूवाट हुइल।  २०५२ सालसे माओवादीके उदयसे फे कुछ थारू पहिचानमे असर टो परल, मनो खासे कुछ फरक नाइ रहे । माओवादी योद्धन्के कहाइ खालि उच्छृङ्खल मेरिक समाजमे नाइ पच्ना नाचकोर न करो किल रहे ।  हर गाउँ गाउँसे कमैया शिविर ओर जबसे बसाइँ सरे लग्नै, टबसे थारू गाउँमे हर बरस डसैँहा मन्ड्रा बोल्ना फे मुश्किल परे ।  सचमे एकचो गहिर विचार करके अपन पुरान दिन याड करि, पहिले थारू कला संस्कृति नाच कोरमे मन्डरिया ओ नचनिया के रहे ?  पक्कै फे ऊ मन्ड्रा बोलुइया ओ मन्ड्राक टालमे फिरहारा मार मार नचुइया मनैया एकठो कमैया परिवारसे बिल्गिट । उ अस्टिम्कीक् गिट गउइया, झुम्रा सखियम नचुइया, भोजेम माँगर गउइया, महिला ढेर जैसिन कमैया परिवारसे बिल्गैं । डफ, मन्ड्रा, मन्जिरा कस्टार बजैना सब कमैया परिवारमे अभिन सम मिलि।  कमैया मुक्ति समयके माग रहे । ओकर पाछक् व्यवस्ठापनके समय भोगल मनैन् पटा मिलल् । मनो थारू संस्कृतिक पहिचान मेट्ना एकठो बरा कारन कमैया मुक्ति हो कहलेसे  फरक नाइ परि ।  कमैया मुक्तिसे पहिले थारू कमैया हुक्रे डिनभरिक कामके ठकान डट्करावन मेटाइक लग संघरिया–संघरिया मिलके डफ, मन्ड्रा बोलके साँझके नाचगान करैह । हर जोटे बेर सजना गिट गाईह, इहिनसे गाउँघर खेट्वा चैनार रहे। थारू गिट नाचगान भेग्वा अंगौछा लगुइया, हेल्का डिलिया, सुप्पा, छट्रि, बिर्चि, खटिया, मचिया बनैना सिप प्राय कमैयन ठन रहे। कमैया मुक्ति हुइल पाछे शिविर बैठे जैना हुइलेक ओरसे मन्डरिया एक शिविरमे, नचनिया डोसर शिविर टो गुरूवा अघरिया टिसर शिविरमे बैठे जैना मजगुर हुइनै। ऐसिके हर गाउँसे कमैयनके नाउँमे थारू कला संस्कृति ओ पहिचानके फे सास टुटगिल। छारा कर्ना क्रममे मन मिल्ना संगसाठ यारि दोस्ती छुटल । शिविरमे सत्तार गाउँक मनै सक्हुनसे मन राग नाइ मिले सेकठ, टबमारे रहल प्रतिभाके फे डबके डम टुटगिल। कमैया मुक्ति हुइल पाछे शिविर बैठे जैना हुइलेक ओरसे मन्डरिया एक शिविरमे, नचनिया डोसर शिविर टो गुरूवा अघरिया टिसर शिविरमे बैठे जैना मजगुर हुइनै। ऐसिके हर गाउँसे कमैयनके नाउँमे थारू कला संस्कृति ओ पहिचानके फे सास टुटगिल। थारू कला, संस्कृतिके पहिचान रहै कमैयन् । ऐसिक कहे बेर हजुर हुक्रन लागठुइ कमैया किल सबकुछ जानैह कि का ? मनो सच इहे हो, जब गाउँमे नाचगान हुए, टब दस मनैमे खाली ३ जे निम्न वर्गिय किसान कलाकार डेखा परैह, बाँकि सब कमैया परिवारसे रहै। यकर मटलब इ नाइ हो कि किसन्वन्के कुछ भुमिका नाइ रहे । कमैयन्के नाचगान कर्ना वाटावरन डेना टो किसन्वाक हामे रहे। थारू किसन्वनमे सयमे डुइठो रहल हुइहि, जे कमैयन कमैया सम्झना, नि कमैयन फे अपन परिवार सम्झना । किसन्वनके इटिहास फे बहुट बा । उ टो खासल अपन भोट बैंक बनाइक लग सरकार कमैया मुक्ति घोसना करल । गैरथारू कमैया, हलियनके अवस्ठा का रहे, कत्रा रिनमे रहै, इ नाइ जन्ठु, मनो थारू कमैयनके मुक्ति करे पर्ना मेरके बँढुवा फे नाइ रहै। हर थारू कमैयनके काम करटि रहल किसन्वक ठे ढेर से ढेर १०÷१५ हजार सौंकि रहल हुइ । नि ओत्रा फे नाइ रहल हुइ । टब फे मुक्ति हुइल पाछे फे बचल रिन कटाईक लग बहुट कमैया काम करके माघ पुगैनै।  हाँ, थारू कमैया भूमिहिन रहै कलेसे गाउँ ठाउँम रहल ऐलानी जग्गा वितरण करलेसे फे हुइना रहे। ऐसिक हेर्लेसे उ समय फे सरकार कमैया मुक्तिके नाउँमे थारू मत विभाजन करके  थारू एकता टुरल । लाल पूर्जाके सैचिन एकठो कागज पक्राइल । जग्गा कहाँ बा, पटै नि । अभिन सम कमैया उचित व्यवस्ठा कर्ना बाँकि बा। अब्बैके समयमे फे संघीयताके बहानामे थारून् डबाइक मारे जान बुझके थारू जात राजनितिम कमजोर हुइना मेरिक प्रदेश विभाजन करल बा। ओरौनिम थारू पहिचान बचैना अभियानमे लागल बुद्धिजीवी, साहित्यकार युवा, पत्रकार हुक्रन अत्रै कहम कि यदि हजुर हुक्रे थारू पहिचान बचैना चाहटि कलेसे कमैया मुक्तिसे पहिले अपनेक गाउँघरमे कौन मनैया डफ, मन्ड्रा बोलाए, सजना ढमार मैना सखिया अस्टिम्कीक् गिट के गाए ? पटा करि ।  ओ, वहाँ हुक्रन बहुट सम्मानपुर्वक ओइन समय समय गाउँ नानके गिट, कला संस्कृति सिप सिखा मांगि । ढोटि पोक्टा पारे, डफ मन्ड्रा बोलाइ, गाइ सिखि टो थारू पहिचान बचि । डिजेक टालमे पुठ्ठम मन्ड्रा बाँन्ढके मन्ड्रा बोलैना नाटक करके हमार पहिचान कबु नाइ बचि । जोशीपुर–५, सिमराना  

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

९२३ दिन अगाडि

|

९ कात्तिक २०८०

तराईमा पहिले पहिले बालविवाह सामान्य मानिन्थ्यो । सांसद सुनिता मोचीको विवाह पनि आठ वर्षकै उमेरमा सिरहा सुखीपुरका रामकुमार मोचीसँग भयो । बिहे भएको एक वर्षपछि ससुरालमा बस्न थालेकी सुनिताको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आइपर्यो । नाबालकमै विरामी सासु ससुराको सेवा गर्दै सुनिताको दिन बित्थ्यो । बिहे भएको केही वर्षमै उनको सासु र ससुरा बिते । जेठी बुहारी भएका कारणले घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । उनी भन्छिन्, त्यतिबेला मेरो उमेर कति थियो याद छैन । सासु–ससुराको निधनपछि मैले छोरी जन्माएकी थिएँ । छोरीसँगै दुई देवरको समेत हेरचाह मेरै जिम्मामा थियो ।’ सुनिताका श्रीमान् रामकुमार काठमाडौँमा जुत्ता सिलाउने काम गर्थे । यता सुखीपुरस्थित घरमा सुनिताले देवरसहित आफ्ना छोरी गरी तीनजना बच्चा एक्लै सम्हाल्थिन् । ‘१० कठ्ठा पुख्र्यौली जमिन थियो । श्रीमान्ले काठमाडौंबाट अलिअलि पैसा पठाउनु हुन्थ्यो । त्यत्तिले खान नपुगेर कहिलेकाहीँ गाउँमा मजदुरीले गर्जो टथ्र्यो । तर, निकै गाह्रो हुन्थ्यो ।’ उनले ती दिनका दुःख सुनाइन् । किशोर वयमा जेठो देवरको बिहे भयो । तर, विहे गरेर समस्या समाधान भएन । परिवारमा सदस्य थपिएर झन् खर्च बढ्यो, आम्दानी बढेन । त्यसपछि जे जे दुःख गर्नुपर्छ काठमाडौंमा सँगै गरौंला भनेर सुनितालाई श्रीमान्ले काठमाडौं बोलाए ।  काठमाडौंको यात्रा सुनिताले आफ्ना छोरी र कान्छा देवरलाई साथमा लिएर काठमाडौं आइन् । त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रको विरुद्धमा काठमाडौंमा आन्दोलन चर्किरहेको थियो, माहोल राम्रो थिएन । त्यस अवस्थामा पनि रामकुमार मोचीले बबरमहलको सडकपेटीमा बसेर जुत्ता सिलाईको काम गरिरहेका थिए । एक दिन जुत्ता नसिलाउँदा घरको चुल्हो बल्दैनथ्यो ।   गैरीगाउँको सुकम्बासी वस्तीमा महिनाको पाँच सय रुपैँयामा एउटा साँगुरो कोठा भाडामा लिएर बसेका रामकुमारले त्यसैमा श्रीमती, छोरी र भाइलाई साथमा राखे ।  यता, सुनितालाई आर्थिक अवस्थाले मात्र होइन, काठमाडौंको परिवेशले पनि गाह्रो भइरहेको थियो । यहाँको भेषभुसा, भाषाले ‘एडस्ट’ गर्न निकै गाह्रो भइरहेको थियो । उनलाई पछि लाग्न थल्यो, बरु यो भन्दा सुख त सुखीपुर गाउँमै थियो ।   उनी अधिकांश समय कोठमा नै बिताउँथिन् । छोरी र देवर स्कूल भर्ना भएकाले खर्च ह्वात्तै बढेको थियो । त्यसैले, त्यसरी सधँै कोठामै बिताउनु उचित पनि थिएन । भन्छिन्, ‘आर्थिक रुपले हाम्रो अवस्था दिनदिनै खराब हुँदै गइरहेको थियो । जुत्ता सिउन बस्दा कहिलेकाहीँ नगरप्रहरीले सडकपेटीबाट धपाउँथ्यो । आन्दोलन पनि चलिरहेको थियो ।’  अनि बेच्न थालिन् साग अब आफू पनि केही गर्नुपर्छ भनि श्रीमान्सँग सल्लाह गरेर सुनिताले तरकारी बेच्ने निधो गरिन् । उनी भक्तपुर किसानको बारीमै गएर साग ल्याउँथिन् र काठमाडौं, शान्तिनगरस्थित पिस्टन स्कूलको अगाडि बसेर बेच्थिन् । तीन चार महिना साग बेचेर १८ सय रुपियाँ बचत गरिन् । त्यसले एउटा सानो कठघारा (घुम्ती) किनेर पान पसल चलाउन थालिन् ।  सुनिताले खोलेको पान पसल सोचे जस्तो चलेन । कारण थियो, सुनिता दलित हुनु । वरपरका पसलेहरुले सुनिता दलित भएको जानकारी दिँदा पसलमा विस्तारै ग्राहक आउन छाडे ।  तर, त्यसमध्ये एक ग्राहक थिए, तत्कालीन सद्भावना पार्टीका नेता सुभलाल यादव, जो सुनिताको पान पसल जान कहिल्यै छाडेनन् ।  पान पसलबाट खासै आम्दानी नभएपछि सुनिताको आर्थिक अवस्था फेरि बिग्रिन थाल्यो । पसल सञ्चालनको क्रममा सुनिता मोचीको सम्पर्क विशेश्वर रजक र चन्देश्वर खत्वेसँग भयो । उनीहरुले मधेशी दलित विकास महासंघ गठन गरेका थिए । त्यसमा एकजना महिलाको आवश्यकता थियो, जसमा सुनिता मोचीको नाम इन्ट्री भयो  ।  दलित अभियानमा सक्रियता महासंघमा सुनिता केन्द्रीय सदस्य भइन् । त्यसमार्फत् उनले मधेशी दलितको अवाज उठाउन थालिन् । उनले बाल्यकालदेखि भोग्दै आएकी छुवाछूतको बारेमा बोल्न थालिन् । महासंघले आयोजना गर्ने कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा उनी नियमित सहभागी हुन थालिन् । कार्यक्रमहरु जाँदा पाइने भत्ताले उनलाई केही सहज भयो ।  कहिलेकाहीँ कार्यक्रमहरुमा उपत्यका बाहिर पनि जान्थिन् । कार्यक्रममा धेरैसँगको सहकार्यले उनी खुल्दै गइन् । घुमाई पनि र केही आम्दानी पनि हुन थालेपछि सुनिता महासंघमै रमाउन थालिन् । तर, उता उनको पान पसल भने बन्द भयो ।   महासंघमा सक्रिय भएपछि उनको सम्पर्क विभिन्न राजनीतिक दलका नेताहरुसँग नहुने कुरै थिएन । पार्टीका कार्यक्रममा नेताहरुसँग सम्पर्क बढ्दै गएपछि पहिलो संविधान सभामा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सुनिता मोचीको नाम समानुपातिक सूचीमा समावेश गरेका थिए । उनको नाम एक नम्बरमै थियो तर उनी संविधानसभा सदस्यमा चयन हुन सकिनन् ।  काठमाडौंमा पढाइ  आठ वर्षमै बेहुली भएपछि सुनिताका लागि शिक्षा कुन चरीको नाम हो थाहै भिएन । उनी दुई वर्षको छँदै उनकी आमाको निधन भयो । उनको लालनपालन दाइ भाउजु र बुवाले गरे । बुवा तत्कालीन गाविसमा कार्यालय सहयोगी थिए । आम्दानी थोरै, खानेमुख धेरै । त्यसमाथि छोरीलाई पढाउने चलनै थिएन ।  तर, जब उनी काठमाडौं टेकिन् र ठूलावडासँग संगत गरिन्, पढाइको आवश्यकता महसुस भयो । साग बेच्न अनि पान पसल सुरु गरेदेखि नै उनलाई हिसाब किताब गर्न गाह्रो भइरहेको थियो ।  त्यसमाथि सामाजिक काममा लागेपछि उनलाई झनै पढाईको आवश्यकता महसुस भयो । एकातिर पान पसल, अर्कोतिर दलित महासंघदेखि राजनीतिक दलको कार्यक्रमकै चटारोबिच उनी ट्युशन पढ्न थालिन् । सुनिता भन्छिन्, ‘पान पसल खोलेपछि मलाई पढाईको आवश्यकता महसुस भएको थियो तर पढ्ने मौका नै मिलिरहेको थिएन । नपढी नहुने भएपछि साइकल चढी मिथिला कर्णको घरमै गएर ट्युशन पढ्न थाले ।’ सुनिता भन्छिन्, ‘मसँग शिक्षाको कुनै पनि औपचारिक सर्टिफिकेट छैन । स्कुल पढेर सर्टिफिकेट लिउँ कि जस्तो पनि लाग्छ तर फुर्सद छैन । ट्युशनबाटै अहिले सबथोक बुझ्ने भएकी छु । नेपालीमा लेखिएका सबै विषयबस्तु पढ्न सक्छु । अलिअलि अंग्रेजी पनि आउँछ, सामान्य हिसाब सबै आउँछ ।’ उनलाई यति भए के चाहियो । सद्भावना पार्टी छाडेर सुनिता तत्कालीन मधेशी जनअधिकार फोरम पार्टीमा प्रवेश गरेकी थिइन् । फोरममा गएपछि उनले महिला संगठनमा काम गर्न थालिन् । संविधानमा मधेसको अधिकार सुनिश्चित गराउन फोरमले काठमाडौँकेन्द्रीत आन्दोलन गरेको थियो । त्यसमा सुनिताको सक्रिय सहभागिता थियो ।  आन्दोलनको हरेक ठाउँमा उनको उपस्थिति रहन्थ्यो । विहानै उठ्ने, खाना पकाउने, बच्चाहरुलाई स्कूल पुर्याएर कोठाबाट निस्केपछि एकैपटक राती फर्किन्थिन् । पसलमा समय न दिन सकेपछि १३ सयमा पान पसल बेचिन् । त्यही पैसाले श्रीमान्को पसल सडकपेटीबाट सटरमा लगिन् । बरु त्यो पसल राम्रो चल्न थाल्यो । मान्छेको हेराइमा पनि परिवर्तन भयो ।    दोस्रो संविधान सभाको चर्चादेखि प्रदेशसभा सदस्यसम्म २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि फोरमले सुनिता मोचीको नाम समानुपातिक सूचीमा राखेको थियो । तर जब सूचीबाट उम्मेदवार चयन गर्ने कुरा भयो, उनको नाम आएन । तैपनि उनी बिचलित भइनन् । उनी झन सक्रिय भएर राजनीतिमा लागिन् ।  उनले भनिन्, ‘समानुपातिकमा मेरो नाम दुई दुई पटक राखियो तर संसदमा जान सकिएन । त्यसले मलाई दुःख लागेन । बरु, मेरो मेहनत पुगेन कि, मेरा बेला अझै भएको छैन कि सोचेर राजनीतिमा झनै सक्रिय भएँ ।’ २०७४ को चुनावमा फोरमले सुनिताको नाम प्रदेश सभाको समानुपातिकमा राख्यो । अनि, प्रदेश सभा सदस्यमा चयन पनि भइन्, त्यो दिन उनका लागि सबैभन्दा खुशीको दिन थियो । सुनिताभन्दा पनि बढी उनका श्रीमान् रामकुमार मोची खुशी थिए । दुबैलाई बधाईको ओइरो लाग्यो । सुनिता भन्छिन्, ‘यसपाली पार्टीले ममाथि ठूलो विश्वास गर्यो ।’ साधारण परिवारका बुवा मकुन चमार र आमा रामरती चमारका छोरी सुनिता सांसद भएकी थिइन् ।  प्रदेश सभामा गएपछि सबैभन्दा बढी मधेसी दलितको चेतनाका लागि काम गरिन् । विभिन्न कानुन, ऐन निर्माण हुँदा त्यहाँ मधेसी दलितको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ, त्यसका लागि उनले निकै मेहनत गरिन् ।  पछिल्लो २०७९ मंसिर ४ को चुनावमा सुनिताको नाम पार्टीले समानुपातिकमा राखेन । त्यसमा उनको कुनै चित्त दुखाई थिएन । उनको ईच्छा त प्रत्यक्ष चुनाव लड्ने थियो तर आर्थिक अवस्थाका कारण त्यो संभव थिएन ।   उनी अहिल्यैदेखि नै २०८४ को चुनावको तयारीमा लागेकी छिन् । पार्टीले समानुपातिकमा राख्यो भने ठिकै छ, नभए जेमा टिकट दिन्छ, त्यसैमा चुनाव लड्ने बताउँछिन् ।  सुनिताका एक छोरी र एक छोरा छन् । छोरीको विहे भइसकेको छ भने छोरा काठमाडौंमै ब्याच्लर अध्ययन गरिरहेका छन् । काठमाडौंमा उनको श्रीमान्को जुत्ता पसल छँदैछ । अहिले गाउँमै पक्की घर बनाएकी उनको सोच काठमाडौको पसल गाउँमै चलाउने योजना छ ।   श्रीमान् रामकुमार मोचीले बालबच्चा सम्हाल्नेदेखि घरका अन्य काममा पनि सहयोग गरेपछि सुनिता बाहिर राजनीतिलगायत पढाई, सामाजिक कार्यक्रम भ्याइन् । र, आज यो अवस्थासम्म आइपुगेकी छिन् । रामकुमार मोचीले भने, ‘सुनिताले जे गरिरहनु भएको छ, त्यो हाम्रो सोचभन्दा धेरै टाढाको कुरा थियो । तर, उहाँले गरेर देखाई दिनुभयो, त्यसमा मलाई गर्व छ ।’ रातोपाटीबाट