Above News Title

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

माघ २०, २१ र २२ गते सम्मेलनको मिति तय 
७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

७ औं राष्ट्रिय थारुसाहित्य सम्मेलन बाँकेको राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुर सिधन्वामा हुने भएको छ । 

थारु लेखक संघ नेपालले थारु गोचाली समाज फत्तेपुर, बाँकेको सहकार्यमा आगामी माघ २०, २१ र २२ गते ३ दिने राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । 

यस बर्ष बाँकेमा राष्ट्रिय सम्मेलन हुने भएपछि साहित्यमा रुझान रँखने बाँकेका थारु युवाहरु उत्साहित भएका छन् । राष्ट्रिय सम्मेलनको लागि सहआयोजक थारु गोचाली समाज फत्तेपुरले विभिन्न चरणमा तयारी बैठक थालेको छ ।

यसै क्रममा थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुको अध्यक्षतामा शनिबार बसेको बैठकले थारु राष्ट्रिय साहित्य सम्मेलन आयाजेनाको मिति तय गर्नुका साथै सम्मेलनका लागि विभिन्न तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ । 

थारु लेखक संघका सदस्य शेखर दहितको संयोजकत्वमा प्रस्तावना तयारी समिति, गोविन्द दहित चौधरीको संयोजकत्वमा ब्यवस्थापन समिति, सोमनाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिति, कालुराम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिति, सुन्दरलाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिति, सुनिता थारुको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले जनाए । 

सम्मेलनमा झापादेखि कञ्चनपुर सम्मका थारु साहित्यकारहरुको सहभागिता रहने थारु लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा जंग्रार साहित्यक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी दिए । सम्मेलनमा विभिन्न विधाका साहित्य वाचनसँगै सम्मेलन आयोजना हुने जिल्ला तथा स्थानीय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर ब्यापक बहस, प्यानल छलफल गरिने उनले बताए । 

७औं राष्ट्रिय थारु साहित्य सम्मेलनमा समग्र बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा, नयाँ जनप्रतिनिधिहरुको कामको प्राथमिकता लगायतका विषय उठान गर्न सकिने बखेरीका अध्यक्ष डेमनडौराको सुझाव थियो । 

तयारी बैठकमा थारु लेखक संघ नेपालका केन्द्रीय सदस्यद्वय शेखर दहित, बालिका चौधरी, सम्मेलनका संयोजक लक्ष्मी चौधरी, सहसंयोजक श्रीदेवी थारुलगायत स्थानीय युवाहरुको सहभागिता थियो ।

थारु लेखक संघ नेपालले प्रत्येक बर्ष फरक फरक जिल्लामा आयोजना गर्दै आएको राष्ट्रिय सम्मेलन सम्बन्धित जिल्लाका थारु समुदायसँग सम्बन्धित संस्था, क्लव तथा समूहलाई स्थानीय स्तरमा आयोजक तथा ब्यवस्थापनको जिम्मा दिने गरेको छ । यसमा प्यानल छलफ, संयुक्त रुपमा पुस्तक विमोचन, पुस्तक मेला, साहित्यकारहरुलाई पुरस्कार, सम्मान प्रदान गरिन्छ । 

दाङको घोराहीमा २०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरी कृष्णराज सर्वहारीको अध्यक्षतामा थारु लेखक संघ नेपाल गठन गरिएको थियो । दोस्रो राष्ट्रिय थारु साहित्य सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बढैयाताल, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो । त्यस्तै गत वर्ष २०७८ मा कञ्चनपुरको सिंहपुरमा छैठौ सम्मेलन भएको थियो । छैठौ सम्मेलनको स्मारिका प्रकाशनको तयारी भइरहेको थारु कल्याणकारिणी सभा, कञ्चनपुरकी जिल्ला अध्यक्ष सुनिता चौधरी सानुले जनाइन् । 


 

प्रकाशित:

१३४८ दिन अगाडि

|

१२ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९