नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्वले राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ ।
प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा बसेको बैठकले हरेक वर्ष मोती जयन्ती (कुशे औंसी) लाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघसंस्थासँग सहकार्य गरी आउँदो मंसिरभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।
प्रतिष्ठानले नवनियुक्त पदाधिकारीको कार्यविभाजनसहित विभागीय जिम्मेवारी पनि तोकेको छ । उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सदस्यसचिव डा रोशन शेरचनलाई दर्शन, प्रतिसरा सायमिलाई लोकसाहित्य तथा नारी लेखन, डा कृष्णराज सर्वहारीलाई सामाजिक शास्त्र तथा इतिहास, सीता तुम्खेवालाई मातृभाषा तथा लिपि, तीर्थ गुरुङलाई अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्ध, रूपा झा धीरूलाई बाल तथा किशोर साहित्यको जिम्मेवारी दिइएको छ ।
यस्तै, नवीन अभिलाषीलाई दलित साहित्य, युवा लेखन तथा डिजिटलाइजेसन, दीपक सापकोटालाई काव्य, संस्कृति तथा डिजिटलाइजेसन, डा दुर्गाबहादुर घर्तीलाई समालोचना, भाषा, व्याकरण तथा कोष विभागको प्रमुख दिइएको प्रतिष्ठानले जनाएको छ ।
नवनियुक्त पदाधिकारीलाई कुलपति नगरकोटीले साउन २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष शपथग्रहण गरेका थिए । मन्त्री पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्री वालेन्द्र शाहले साउन १९ मा तीनैवटा प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित पदाधिकारीलाई मनोनयन गरेका थिए । रासस
प्रकाशित:
२१ दिन अगाडि
|
२९ साउन २०८३
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९