Above Header
Above News Title

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

रेशम, लक्ष्मणको उम्मेदवारी खारेजपछि के भन्छन् शुभेच्छुक तथा सर्वसाधारणहरू
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेजपछि एक प्रकारको तरंग आएको छ । खास गरी थारु समुदाय निकै आक्रोशित भएको छ ।

यो आक्रोशले ढकियामा भोट हाल्नेको संख्या झन् बढ्ने पार्टीका एक केन्द्रीय सदस्य बताउँछन् ।

नगरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक सूचीमा रहेका नेता हिमाञ्चल भट्टराई भन्छन्, ‘रेशम रक्तबीज हो, एक रेशमको उमेदबारी खारेजले हजार रेशम जन्मिन्छन् ।’

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले फेसबुकमा केवल एक शब्दमा प्रतिक्रिया दिएकी छिन्, ‘अन्याय’ ।

उता लक्ष्मण थारुले भनेका छन्– हामी माथिको दमन षड्यन्त्र योजनाबद्ध हुँदैछ । मेरो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय घोर आपत्तिजनक छ । हाम्रोआन्दोलन जारी छ ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक सूचीमा रहेकी नेतृ इन्दु थारु भन्छिन्, ‘नश्लीय राज्यसत्ताका ठेकेदारहरूले उम्मेदवारी खारेज गरेका छन् । निर्दोष थारूहरूलाई अपराधी करार गर्ने यो विभेदकारी सत्ता  बिरुद्धको लडाई अझै सशक्त रूपमा बढाउन जरूरी छ । उम्मेदवारी खारेजीको समाचारले विरोधीहरूले भोज गर्नेछन् । न्यायप्रेमी हरूले यो शोकलाई शक्तिमा बदल्ने साहस मिलोस् ।’

रेशम, लक्ष्मणको उम्मेदवारी खारेजपछि के भन्छन् त अरु सर्वसाधारण तथा शुभेच्छुकहरु ?

महादेव चौधरी

रुख काट्नलाई बन्चरोको बिँडमा काठकै बिँडले साथ दिएजस्तै थारु अगुवा नेता भनाउँदाहरुले नश्लबादीहरुलाई नै साथ र सहयोग दिएको धेरै देखिएको छ । यिनलाई सबैले चिनेर यही मङ्सिर ४ गते नाङ्गोझार बनाउन एकदमै जरुरी छ ।

राकेश मिश्र

चुनावको जालबाट न निस्केसम्म मधेसी–थारुको कल्याण हुँदैन । चोरहरुको मैदान म्या गएर उसलाई हराउनु कठिन छ ।

कमल चौधरी

थारू हरु भारतका मुसलमानसंग पाठ सिक्नुपर्छ अनि मात्र प्रतिस्पर्धा गर्न सकिन्छ ।

अमर थनेत

नागरिक उन्मुक्ति पार्टीका उमेदवारहरुको उमेदवारी खारेजी गर्नु  अन्याय , दमन नश्लीय चिन्तनको प्रकाष्ठा हा,े यसको घोर आपत्ति छ ।

उर्मिला गम्वा थारु

आज फेरि नश्लीय राज्य सत्ताको जित भएको छ । खबरदार रहोस्, थारूहरू अझै उठ्नेछन् । तिम्रा नश्लीय र तानाशाही राज्य सत्ताको विरूद्धमा अझै बोल्ने छौँ । रेशम चौधरी र लक्ष्मण थारूको उम्मेदवारी खारेज गरायौं भनेर आज तानाशाहमा खुसीयाली घन्किएको होला । तिम्रो यो नश्लीय तानाशाह अब धेरै दिन टिक्दैन ।

अंकर अन्जान सहयात्री

थारूहरुलाई कति हेप्छस्, ए अन्धो सरकार ?

महानन्द ढकाल

मान्छे अनुसार फरक कानुन ।

अनिल चौधरी

गठबन्धनको भरमा आफ्नो अस्तित्व जोगाउने माओबादीहरु दूरदर्शी नै हुन्छन् ।

उमाकान्त जोशी

पहिलाको चुनावमा किन लड्न दिएको यदि अहिले खारेज गर्नु छ भने ? जसले बिहान बेलुका नैं क्षेत्री, बाहुन शरणार्थाी हुन्, यिनलाई काट, मार, लखेट भन्छ, तिनलाई चै विदेशीको इसारामा सामाजिक जातीय द्वन्द फैलाउँदै छ । त्यसलाई भाले दिएर चुनाव लडन दिने ? त्यो भन्दा रेशम बलिको बोका भएको हो । खै त त्यो बेलाको त्यो पार्टीको नेतृत्वलाई मुद्दा लगाएको ? के टीकापुरमा हुनु नै रेशम दोषी हो ? हैन भने पुर्व तराईमा भएको भए राजेन्द्र महतो, उपेन्द्र समातिन्थे त ? जो सँग सरकार समेत बनाए ।

मनजित चौधरी

चाहिने भन्दा बढी महत्वाकांक्षा र अनावश्यक अहंकारले आखिर दुई खम्बा ढलि गयो । हामीले पहिचानवादीहरु मिलेर जाऔं भनेकै हो ।

लीला चुकाहा

सत्यको जीत हुन्छ भन्छन्, आशाको दियो बालेर राखौं ।

धर्मराज महतो

उम्मेद्बारी खारेजीले उत्पीडित समुदायलाई झन मजबुत बनाउने छ ।

प्रकाशित:

१३०२ दिन अगाडि

|

२६ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३०३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३३८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३४७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३०२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२५२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३०८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२४० दिन अगाडि

|

२७ मंसिर २०७९