थारू लेखक संघ नेपालले ‘थारू साहित्य पुरस्कार २०७९’ का लागि कृति आह्वान गरेको छ ।
कार्यसमितिको हालै धनगढीमा बसेको बैठकले माघ २० देखि २२ गतेसम्म राप्ती सोनारीको सिढन्वामा ७औं राष्ट्रिय थारू साहित्य सम्मेलनको अवसरमा स्रष्टालाई सम्मान गर्ने जनाएको छ ।
यसका लागि संघले पुरस्कारका लागि इच्छुक कृतिकारलाई आगामी माघ ५ गते भित्र आफूले लेखन तथा संकलन गरेको कृति बायोडाटासहित मनोनय दर्ताका लागि अनुरोध गरेको छ ।
थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्मयमा महत्वपूर्ण योगदान पु¥याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धानकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले करिब ६ लाखको अक्षय कोष स्थापना गरेको छ । संघका अध्यक्ष जीत ट्रासनका अनुसार पुरस्कार रकमका लागि संस्थापक तथा आजीवन सदस्यता वापतको रकम तथा कार्यक्रम गरी जोगाइएको रकमले अक्षय कोष स्थापना गरिएको हो । संघले प्रदान गर्ने पुरस्कार मूल्यांकन समितिको अन्तिम निर्णय नै सर्वमान्य हुने जनाएको छ ।
संघले २०७८ फागुन ११ र १२ गते कञ्चनपुरमा भएको छैठौं राष्ट्रिय थारू साहित्य सम्मेलनमा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दोषहरण चौधरीलाई नगद १५ हजार ५५५ नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको थियो । यसपाली पुरस्कारको रकममा १० हजार बृद्धि गरी २५ हजार ५ रुपैया बनाएको छ ।
त्यसैगरी २०७७ चैत्र २१ र २२ गते सुर्खेतमा भएको पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलनमा आख्यानकार शेखर दहितलाई नगद ११ हजार १११ सहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित:
१३३७ दिन अगाडि
|
२२ पुष २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९