Above News Title

हौली परिवारको ३७औं साधारण सभा सम्पन्न

रामसागर चौधरीबाट आफ्ना मातापिताको नामबाट पुरस्कार स्थापनार्थ पाँच लाखको अक्षयकोष घोषणा
हौली परिवारको ३७औं साधारण सभा सम्पन्न

मोरङ र सुनसरीका शिक्षित युवाहरुले थारू भाषा र संस्कृतिको विकास तथा सम्वद्र्धनका लागि २०४२ सालमा ‘हौली परिवार’ संस्था स्थापना गरेका थिए ।

सोही हौली परिवारको ३७ औं साधारण सभा शनिबार थाकसको सभाहलमा सम्पन्न भएको छ ।
सभामा अध्यक्ष श्रवण कुमार सुथियार थारूले संस्थाको २०७८÷७९ को बार्षिक प्रतिवेदन तथा आगामी कार्यक्रमहरुबारे प्रकाश पारेका थिए भने कोषाध्यक्षबाट आयब्ययसम्बन्धि प्रतिवेदन र आगामी आर्थिक योजना पेश गरिएको थियो ।

प्रदेश सभा सदस्य जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी, केन्द्रीय सदस्य उर्मिला चौधरी, थाकस सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, थाकस मोरङका सचिव दुखाराम गच्छदारले शुभकामना दिएका थिए । 

त्यस्तै, हौलीका संस्थापक अध्यक्ष परशुराम भगत, उपाध्यक्ष रुद्रनारायण चौधरी, सचिव रामसागर चौधरी र हौली परिवारका पूर्वअध्यक्षहरु श्यामकुमार चौधरी, सम्पतलाल चौधरी, पूर्व सचिव भरतलाल चौधरी र आजिवन सदस्यहरु,  सल्लाहकारहरु तथा शुभचिन्तकहरुको पनि कार्यक्रममा सहभागिता थियो । 

साधारण सभामा थारू भाषा, साहित्य तथा संस्कृतिको विकासमा विशेष योगदान पुर्याउने परशुराम भगत, श्यामकुमार चौधरी, सम्पतलाल चौधरी र रामसागर चौधरीलाई प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले सम्मान तथा प्रमााणपत्र प्रदान गरे । 
सोही कार्यक्रममा थारू भाषा, साहित्य, संस्कृति, शिक्षाको विकासमा योगदान पुगोस भन्ने उद्देश्यले रामसागर चौधरीबाट आफ्ना माता पिताको नामबाट पुरस्कार स्थापनार्थ पाँच लाखको अक्षयकोष घोषणा गरे । 

सम्मान ग्रहण गर्दै रामसागर चौधरी, जसले आफ्ना मातापिताको नामबाट पुरस्कार स्थापनार्थ पाँच लाखको अक्षयकोष घोषणा गरे

थारू समुदायमा आईपरेको सामाजिक वा ब्यक्तिगत कामलाई सामूहिक रुपमा निःशुल्क श्रम गरेर समपन्न गरिने परम्परालाई हौली भन्दछन् । थारू समुदायको यही असल परम्पराको नामबाट हौली परिवारको नामकरण गरिएको  थियो। यस संस्थाले थारू भाषा र संस्कृतिको समसामयिक संकलनहरु हौली पत्रिका बार्षिक रुपमा प्रकाशन गर्ने लक्षय राखे पनि नियमित प्रकाशन गर्न सकेको छैन । हालसम्म हौली १४ अंक प्रकाशन भएको छ ।

त्यस्तै, सिल नेपालको सहयोगबाट मध्य–पूर्विया थारू शब्दकोश, मोरङिया थारू किताब प्रकाशन गरेको छ । शिक्षकहरुलाई थारू भाषा प्रशिक्षण सातौं ब्याच सम्म सञ्चालन गरिसकेको छ । 
 

प्रकाशित:

१३३४ दिन अगाडि

|

२५ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९