Above News Title

थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा

महेश चौधरीदेखि भुलाई चौधरी, बमबहादुर थारू, कृष्णराज सर्वहारीसम्म ११ जना सम्मानित हुने
थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा

थारू समुदायका लागि विशिष्ट योगदान गर्ने विभिन्न व्यक्तित्वलाई थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा गरिएको छ । 

पहिलो पटक दिन थालिएको यी दुबै पुरस्कार पाउनेहरुको नाम एक कार्यक्रमको आयोजना गरी शुक्रबार सार्वजनिक गरिएको छ ।  

यस क्रममा चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन् । भाषा साहित्यतर्फ थारू संस्कृतिविद् महेश चौधरी तथा स्वास्थ्य विधातर्फ भेरी अस्पतालका डा राजन पाण्डे रहेका छन् । चौधरी थारु भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक प्रधान सम्पादक हुन् भने डा पाण्डेले खास गरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिचान गरेका थिए । 

त्यस्तै, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरी, दुहवीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने भएको छ । भुलाई चौधरीको विभिन्न पुस्तक प्रकाशित छन् । फरवार्ड माइक्रो फाइनान्स एमाले सांसद भगवती चौधरीको हो ।

सर्वहारी लगायतलाई थारू गौरव पुरस्कार

त्यस्तै, थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित हुने भएका छन् । जसअन्तर्गत पत्रकारिता विधामा डा कृष्णराज सर्वहारी रहेका छन् । खास गरी थारु समुदायकेन्द्रित लेख तथा पुस्तक लेखनमा संग्लग्न उनी अढाइ दशकदेखि पत्रकारितामा छन् । 

त्यस्ते, खेल विधामा एथ्लेटिक्सकी जयरानी चौधरी, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, रुपन्देही, सामाजिक अभियन्ता पूर्वकमलरी उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी रहेका छन् । 

छनौट भएकाहरूलाई विशेष समारोहमा पुरस्कार, सम्मान प्रदान गरिने आयोगका सदस्य भोला चौधरीले जानकारी दिए । थारू आयोगले आफ्नो चौथो वार्षिकोत्सवमा यी पुरस्कार प्रदान गर्ने तयारी गरेकोमा प्राविधिक कारणवश बल्ल घोषणा गर्न सकिएको आयोगका सदस्य चौधरीले बताए ।  

सोही कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित थारु सांसदहरुलाई बधाई कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित:

१३२९ दिन अगाडि

|

२९ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९