प्रायः पुस्तकालयमा पढ्न सदस्य बन्नुपर्छ । सदस्य बन्न पैसा तिर्नुपर्छ । समयमा पुस्तक फिर्ता नल्याए जरिवाना समेत तिर्नुपर्छ ।
तर पुस्तकालयमा नियमित पढ्न गएवापत पैसा पाइन्छ, त्यो पनि १० हजार, यस्तो सुन्दा अचम्म लाग्दैन त ?
हो, यस्तै, अचम्मलाग्दो अभियान सुरु गरेको छ, टीकापुर सरोकार समूहले । टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्य्यन गर्नेमध्ये उत्कृष्ट एक पाठकलाई प्रत्येक महिना पुरस्कृत गर्ने कार्यक्रमको थालनी गरिएको छ ।
यसै क्रममा टीकापुर–१, ब्लक नं १४ कि सिमा कठरियालाई १० हजार नगद र प्रशंसापत्रसहित पुस महिनाको उत्कृष्ट पाठक पुरस्कार प्रदान गरिएको छ ।
विहीवार सरस्वती पूजाका दिन एक विशेष समारोहबीच वीरेन्द्र विद्यामन्दिर मावि टीकापुरका पूर्व प्रधानध्यापक एवम् साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता सीमा कठरियालाई उक्त पुरस्कार हस्तान्तरण गरे ।
सो अवसरमा तिमिल्सिनाले पढने संस्कृति घटदै गएको बेला सरोकार समूहले पाठकमा अध्ययनतर्फ रुचि बढाउन यो पुरस्कार ब्यवस्था गरेकोमा सन्तोष ब्यक्त गरे ।
टीकापुर सरोकार समूहको तर्फबाट पुस महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समूहका सदस्य रेवन्त रावलले गरेका थिए ।
कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशी लगायतले बिजेता सीमा कठरियालाई बधाई दिएका थिए ।
प्रत्येक महिना प्रदान गरिने उत्कृष्ट पाठक पुरस्कार टीकापुर सरोकार समूहले टीकापुर सामुदायिक पुस्तकालयको ब्यवस्थापन तथा मूल्याङ्कन सहयोगमा गत मंसिर महिनादेखि पुरस्कार प्रदान गर्दै आएको समूहका सचिव नवराज भट्टराईलाई जानकारी दिए ।
प्रकाशित:
१३१७ दिन अगाडि
|
१२ माघ २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९