Above News Title

स्याउल्यान छोट्का

स्याउल्यान छोट्का

महेन्द्र उपाध्याय
मैले कल्लुलार्ई हेरें । ऊ आफ्नी आमाको दायाँतिर बसेको थियो । उसको दायाँतिर जेठी बैनी, जेठी बैनीको दायाँतिर, उसकी कान्छी बैनी लहरै बसेकी थिए । र, उसको बुबा उनीहरुको अगाडि सुतिरहेको थियोे । सबका आँखा एक महाशून्यमा डुबेका थिए । जस्तो कि त्यहाँ दृष्टि छैन । ओठ बन्द थिए । जस्तो कि त्यहाँ बोल्न बर्जित छ ।

खाना खाइसकेपछि म ठाँटीमा उक्लें । गाउँ आउँदा मेरो सुत्ने ठाउँँ भनेकै ठाँटीमा थियोे । ठाँटीमा एउटा कोठा निकालिएको थियोे र बाँकी भाग खुला छाडिएको थियोे । गर्मीका दिनहरुमा बाहिर सुत्न त्यसो गरिएको थियोे । 

मेरो खाटबाट छोट्काको लास देखिन्थो । त्यो दिन म खुब डराएको थिएँ । म डराउनु स्वाभाविक थियोे । तर घरभरि मान्छे भएकाले डर देखाउन मिल्ने अवस्था पनि थिएन ।

मैले खाटबाट स्याउल्यान छोट्काको लासतिर नै हेरिरहेको थिएँ ।

बेला बेला स्याउल्यान छोट्कीको रुवाई उठ्थो । ऊ अनुनय, विनय गर्दै पाल्की छेउ आएर भन्थी, “यतिका वर्ष तपार्र्इंको घरमा काम ग¥यो, यत्ति मानिदिनुस न ।” 

लगत्तै बजैको आवाज सुनिन्थो, “कस्ती मान्छे होई, खेत बाँझो बनाउँ क्या त ?” रुवाईले गर्दा ऊ बाँकी कुरा राम्रोसँग भन्न पनि सकिरहेकी थिइन । बजैको उत्तर सुन्नासाथ उसको रुवाई झन् ठूलो हुँदै जान्थ्यो । 

                                                                                                                                      लेखक   महेन्द्र उपाध्याय

केही समय उसलार्ई आफ्नो रुवाई कम गर्न लाग्थ्यो । फेरि सुक्सुकाउँदै भन्थी, “मैले यसलार्ई सधँै ठूला खेतमै देखें ।’ फेरि बजैको आवाज सुनियो, “यो कस्ती मान्छे रैछ मेरो त गाँसबासै उडाउनै लागि ।” 

ऊ रुँदै फेरि लास छेउ पुग्थी र छोट्कालार्ई रिसाए झैं गरी भन्थी, “आफू पुरिने माटो पनि छैन तँसँग है ?” फेरि ऊ रुँदै पाल्की छेउ आउँथी । जस्तो कि ज्वारभाटा किनार पुगेर फेरि फर्किए । धेरैपल्ट त्यो रुवाई छालझैं हिँडिरह्यो आँगनदेखि पिँडी, पिँडीदेखि आँगन ।

बिहान लास जङ्गलतिर ल्याउन लाग्दा स्याउल्यान छोट्की रुँदै भनिरहेकी थिई, “बजै ठूलो खेतको एक कुना यसलार्ई दिनु न है । जिन्दगी भर तपार्ईंको खेत जोत्यो ।” 

बजैका कानमा उसका कुनै कुरा पसेनन् । आमा कल्लुकी दुई बैनीलार्ई समातेर उभिनु भएको थियोे । र, आफू पनि रुँदै हुनुहुन्थ्यो ।

‘मिन्झारी’ उपन्यासबाट, यो पुस्तक आज माघ २८ गते प्रज्ञा डवली, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे विमोचन हुँदैछ ।


 

प्रकाशित:

१३०० दिन अगाडि

|

२८ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९