महेन्द्र उपाध्यायको ‘मिन्झारी’ उपन्यास शनिवार विमोचन भएको छ ।
प्रज्ञा डवली, कमलादीमा भएको कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्व सांसद तथा लेखिका शान्ता चौधरी तथा लेखक उपाध्यायले पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् ।
सो अवसरमा आख्यानकार पाण्डेले महेन्द्र उपाध्यायको ‘मिन्झारी’ आख्यान लेखनमा पहिलो प्रयास भए पनि धेरैको ‘नोटिस’मा पर्ने कृति लिएर आएको बताए । उनले भने,‘प्रत्येक खण्डको सुरुवात र अन्त्य गजबको छ । कथा भन्ने शैली मलाई गजब लाग्यो ।’
शान्ता चौधरीले ‘मिन्झारी’मार्फत् कमैया, कमलरीका कथा पस्किएर आफ्ना समुदायका समस्या उजागर गरेकोमा लेखक उपाध्यायलाई धन्यवाद दिइन् ।
लेखक उपाध्यायले थरुहट भूमि र थारु समुदायको पक्षमा आफू हिजो पनि रहेको, आज पनि रहेको अनि भोलि पनि रहने प्रतिबद्धता व्यक्त गरे । उनले कैलालीवासी आफूले थारु समुदायलाई नजिकबाट नियालेकाले तिनका कथाव्यथा आख्यानमा समेटेको बताए ।
कार्यक्रमको सहजीकरण भूमिका थारुले गरेकी थिइन् ।
आख्यान टीकापुर घटनाबाट सुरु गरिएको छ । काबु क्रियशनले प्रकाशन गरेको मिन्झारीको मोल ५७५ रुपैया रहेको छ ।

प्रकाशित:
१२९९ दिन अगाडि
|
२९ माघ २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९