Above News Title

‘प्रज्ञाका आजीवन सदस्यहरुको भत्ता कटौतीले ‘भूइँचालो’ गएको छः’ कुलपति राई 

‘प्रज्ञाका आजीवन सदस्यहरुको भत्ता कटौतीले ‘भूइँचालो’ गएको छः’ कुलपति राई 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णयले ‘भूइँचालो’ गएको बताएका छन् ।

सांस्कृतिक संस्थानले तीनवटै प्रज्ञा प्रतिष्ठानका परिषद सदस्यदेखि प्राज्ञसभा सदस्यसम्मलाई मंगलबार संयुक्त रुपमा गरेको शुभकामना तथा बधाई कार्यक्रममा कुलपति राईले उक्त जिकिर गरेका हुन् ।

कुलपति राईले अगाडि भने, ‘देशमा भ्रष्टाचारका अनेक तौरतरिका छन् । त्यो मध्ये एक प्राज्ञिक भ्रष्टाचार पनि हो । प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेर हामीले प्राज्ञिक भ्रष्टाचार न्यून गर्ने कामको थालनी गरेका छौं ।’

नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो । 

नवनियुक्त प्राज्ञहरुलाई शुभकामना तथा बधाई दिने सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेर राम्रो कामको सुरुवात गरेकोमा टिमको प्रशंसा गरे । 

‘अहिले त कुनै मन्त्रीलाई कार्यक्रममा बोलाइए फूलमालाको लागि पनि पैसा उठाउने गरेको सुनेको छु । कुनै ठाउँमा नियुक्तिका लागि लाख होइन, करोड माग्ने गरेको सुनेको छु । यसरी त कसरी रोकिन्छ र भ्रष्टाचार ?’ मन्त्री किरातीले भने, ‘हामीले गुडाउने प्रत्येक थोपा तेलमा सहिदको रगत बगेको छ ।’ त्यसैले, आफूले भ्रष्टाचार हुन नदिने उनले प्रण गरे । 

आफू मन्त्री भएको ४५ दिन पुगेको बताउँदै उनले भने, ‘१ सय दिनका लागि हनिमुन टायम कुर्ने समय हामीलाई छैन ।’ आफ्नो मन्त्रालय मातहतका पदाधिकारीलाई निर्धक्क भएर काम गर्न उनले आग्रह गरे ।

कुलपति राईले आफ्नो तालुकदार मन्त्रालयको मन्त्रीले घुस नखाने प्रण गरेकाले आफूलाई काम जाँगर आएको बताए । उनले भने,‘सांस्कृतिक संस्थानका जिएम अशोक प्यासी राईले अढाई वर्षमा ७ मन्त्री झेलेछन् । तर म धेरै मन्त्री झेल्न सक्तिन । यदि सुदन किराती मन्त्रीको जिम्मेवारीबाट हटे कुलपतिबाट राजीनामा दिन सक्छु ।’ उनले आफू प्राज्ञिक काम गर्न आएकाले जागिर जोगाउने रहर नभएको पनि जिकिर गरे ।  

सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छालीले आफूहरुको विधा काम नदेखिने विधा भएकाले हाललाई पेश्की बधाई लिने, बाँकी काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले सांस्कृतिक संस्थानले तीनै प्रज्ञाका पदाधिकारीलाई एकै स्थानमा भेला गरेर आइसब्रेक गरेकोमा धन्यवाद दिए । 

संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले एउटा विभागमा जम्मा १०÷१२ लाख रकमले काम गर्न नसकिने भएकाले रकम बृद्धि गर्न मन्त्रीको ध्यानाकर्षण गराइन् । ‘सानो रकमले थोरै काम हुन्छ, जुन देखिन्न, ’ शर्माले भनिन्, ‘तीनवटै प्रज्ञा प्रतिष्ठान मिलेर ‘डुप्लिकेशन’ नगरी कार्य गर्ने प्रतिबद्धता गरौं । यसबाट सबै सफल भइन्छ ।’

सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले भने, ‘सांस्कृतिक संस्थानको काम पनि तीनवटै प्रज्ञा प्रतिष्ठानसँग मिल्दोजुल्दो छ । त्यसैले, ‘डुप्लिकेशन’ नगरी काम गरौं । योजना बनाउन सँगै बसौं ।’

कार्यक्रममा ‘डुप्लिकेशन’ नगरी काम गर्ने चर्चा भए पनि सांस्कृतिक संस्थानले नवनियुक्त प्राज्ञहरुलाई शुभकामना तथा बधाई दिने कार्यक्रम गरे लगत्तै मंगलबारै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले तीनवटै प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुको परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । त्यसमा उपस्थित तीनै कुलपति तथा मन्त्री किरातीले पनि पहिलो कार्यक्रममा सबै बोलिसकेकाले आफूहरुसँग बोल्ने नयाँ कुरा नभएको जिकिर गरे । 


 

प्रकाशित:

१२८९ दिन अगाडि

|

१६ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९