कैलालीको टीकापुरमा पहिलो पटक साहित्य महोत्सव सुरु भएको छ । पहिलो दिन शनिबार सात विधामा प्रस्तुति गरिएको छ । पहिलो प्रस्तुति ‘साहित्यमार्फत सामाजिक सद्भाव’ विषयमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालको प्रस्तुति रह्यो ।
दोस्रो प्रस्तुति ‘साहित्य किन लेख्ने ? किन पढ्ने ?’ भन्ने विषयमा चल्दै छ । यसमा साहित्यकार केशव दाहाल, बुद्धिसागर र शिवानीसिंह थारूको प्रस्तुति रहने छ भने यसको सहजीकरण दीपक सापकोटाले गरे।
तेस्रो प्रस्तुति ‘बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती’ विषयमा उमा वादी, उन्नति चौधरी र कल्पना भट्टको रह्यो । यसको सहजीकरण पत्रकार आरती चटौतले गरे ।
यस्तै चौथो प्रस्तुति ‘पाठकको रोजइमा उपन्यास नै किन ?’ विषयमा नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीको रह्यो । यसको सहजीकरण पत्रकार तथा लेखक यज्ञशले गरे ।

पाँचौँ प्रस्तुति ‘आख्यानमा पहिचानका मुद्दा’ विषयमा भयो । यसमा अर्चना थापा, फूलमान वल र राजेन्द्र विमलका कुरा सुनाए । यसको सहजीकरण गुरुङ सुशान्तले गरे ।
महोत्सवमा छैटौँ प्रस्तुति ‘गद्यकविताको शक्ति’का विषयमा भयो । गद्यकविताको शक्तिबारे श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाह थिए । यसमा नवीन अभिलाषीले सहजीकरण गरेका थिए । सातौँ प्रस्तुति घनश्याम खड्काको सहजीकरणमा ‘बाटो बिराएको आजको शिक्षा’बारे भयो। यसमा डा सञ्जीव उप्रेती र प्रा डा भारती जोशीको प्रस्तुति रह्यो । बेलुका काव्य सन्ध्या आयोजना गरियो । काव्य सन्ध्याको सहजीकरण साहित्यकार अशोक बोहरा असीम पीडाले गरेका थिए ।

कार्यक्रममा ‘हाम्रो प्रधानमन्त्री कस्तो हुनुपर्छ’ भन्ने विषयमा विद्यार्थीबीच छलफल भयो। साहित्य महोत्सवबाट यस क्षेत्रका विद्यार्थी, शिक्षक, साहित्यकारलगायत उत्साहित बनेका छन् ।
“यो टीकापुरका लागि ऐतिहासिक कार्यक्रम हो, यसबाट सक्दो लाभ लिनुपर्छ”, स्थानीय समाजसेवी भुवनेश्वर अधिकारीले भने । तीन दिनसम्म चल्ने साहित्य महोत्सवमा देशका विभिन्न ठाउँबाट पत्रकार, कलाकार, साहित्यकार, राजनीतिज्ञलगायतको उपस्थिति रहने समाजका अध्यक्ष महेशविक्रम शाहले जनाए ।
प्रकाशित:
१२५० दिन अगाडि
|
२५ चैत २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९