थारु भाषा साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले ठुम्रार साहित्यिक श्रृंखला पुनः सुरु भएको छ ।
कोरोनाकालमा ठुम्रार साहित्यिक बखेरी स्थगित भएको थियो । बीचमा झुल्किएकोमा पुनः ९४ औं श्रृंखलापछि वर्ष दिनदेखि स्थगित थियो । यसै क्रममा ९५ औं श्रृंखला साउन २७ गते कीर्तिपुरको बरघर रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
कार्यक्रममा गणेश वर्तमान, शत्रुघन चौधरी, गायक दोषहरण चौधरी, नन्दुराज चौधरी, डा रामबहादुर चौधरी, डा कृष्णराज सर्वहारी, वीरेन्द्र चौधरी, सिताराम चौधरी, प्रसादु थारु लगायतले आआफ्ना रचना वाचन र विचार राखेका थिए ।
अब कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबार नियमित गर्ने कार्यक्रमका सुत्राधार डा कृष्णराज सर्वहारीले प्रतिवद्धता जनाए । साथै, उनले नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुन गैरहेको थारु पत्रिकाका लागि रचना पठाउन पनि आह्वान गरे ।

प्रज्ञामा ‘मातृभाषा साहित्य श्रृंखला’को सुरुवात
यसैगरी, नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको मासिक शृंखला साउनबाट सुरु गरेको छ । पहिलो शृंखलाअन्तर्गत शुक्रबार डा. सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे ।
सो अवसरमा डा. धिमालले धिमाल भाषा, साहित्यको वर्तमान अवस्थाको विविध पाटोबारे प्रकाश पारेका थिए । बिहेलगायत अवसरमा गाइने गीत हराउँदै गएको उनको भनाइ थियो । पहिले आर्थिक अवस्था कमजोर हुनेले बिहेभोज पछि ख्वाए पनि हुन्थ्यो । त्यसैले, आफूले आफ्नै बाबुको बिहेभोज खाएको रोचक प्रसंग उनले सुनाए ।
मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले श्रृङ्खलाले मातृभाषीहरुले अपनत्व महसुस गर्न पाउने विश्वास व्यक्त गरे । उनले भने, ‘वर्षमा मात्र एक दिन मनाइने मातृभाषा दिवसको न्यास्रो यसले मेट्ने छ ।’
कुलपति भूपाल राईले प्रज्ञाको ६८ वर्षको इतिहासमा पहिलो पटक ‘मातृभाषा साहित्य शृंखला’को सुरुवात गरेकोमा मातृभाषा विभागको सराहना गरे ।
कार्यक्रममा अञ्जु राजवंशी, विनिता ताजपुरिया तथा देवकुमार चौधरीले आआफ्नो भाषामा कविता वाचन गरेका थिए ।
विभागका अनुसार अब भदौ महिनाको अन्तिम शुक्रबार कोँइच सुनुवार विशेष श्रृङ्खला (सिर्जना, संवाद र विमर्श) हुनेछ ।
प्रकाशित:
११२० दिन अगाडि
|
२७ साउन २०८०
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९