Above News Title

थारू सँस्कृतिको मौलिकताको खोजी

थारू सँस्कृतिको मौलिकताको खोजी

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा शुक्रबार बदलिँदो थारु संस्कृतिका विविध पक्षबारे छलफल  गरिएको छ। लेखक तथा अधिवक्ता  शान्ति चौधरी, थारु संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच 'थारु संस्कृति : हिजो र आज' छलफल  भएको हो। कार्यक्रमको सहजीकरण पत्रकार बुनू थारुले गरेकी थिइन्। 

अधिवक्ता शान्ति चौधरीले थारु समुदाय विगतभन्दा उदार बन्दै आएको धारणा राखिन्। पहिला अशिक्षा, अन्धविश्वास र रुढिवादी परम्परा रहेको अनुभव सुनाउँदै उनले भनिन्, 'काठमाडौंमा छँदा मैले सबै सेवा सुविधा पाएँ। तर, मेरो परिवारले थारु चलन परिवर्तन गर्न सकेन। उहाँहरूले बाराकै केटासँग मेरो बिहे गरिदिनुभयो। त्यहाँ गएर निकै दुःख भोग्नुपर्‍यो। शौचालय पनि राति जानुपर्ने। सबैले नखाएसम्म खाना खान नपाइने। तर, अहिले त्यस्तो छैन।'

पछिल्लो समय थारु समुदाय र अन्य समुदायबीच संस्कृति आदानप्रदान हुँदै गइरहेको उनले बताइन्। 

'पहिले थारुहरू अरु समुदायसँग घुलमिल हुँदैन थिए। आफ्नो समुदायभित्र रमाउने हुँदा संस्कृति पनि उनीहरुबीच सीमित थियो। खेतीपातीमा निर्भर हुने उनीहरू अशिक्षित थिए', उनले भनिन्, 'तर,  आधुनिक र वैज्ञानिक युगले गर्दा थारु संस्कृति र अन्य संस्कृतिबीच आदानप्रदान भएको छ। उनीहरू छोरीलाई पढाउने भएका छन्। रुढिवादी परम्परा पनि हराउँदै गएको छ।'

 

अर्का वक्ता सर्वहारीले थारु समुदायभित्र पनि विविधता रहेको बताउँदै पूर्वी नेपाल र पश्चिम नेपालका थारुहरुको फरक संस्कृतिबारे प्रकाश पारे। उनले पूर्व र पश्चिमका थारुको संस्कृति फरक भएकैले पाठ्यक्रम निर्माणमा समस्या भएको बताए। 'लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई थारु भाषा लागू गर्नुपर्छ भनेर सरकारले सिफारिस गरेको छ। विडम्बना, कैलाली जिल्लाको एउटा गाउँपालिकाबाहेक कसैले पनि लागू गरेको छैन। कैलालीले एक कक्षामा राखे पनि निरन्तरता दिएको छैन। एकदेखि पाँच कक्षासम्मको जनक शिक्षामा म पनि लेखक हुँ। त्यसमा पूर्वको एउटा र पश्चिमका थारुको भाषा फरक हुँदा पनि पाठ्यक्रम निर्माणमा समस्या आएको छ,' उनले भने।

थारु लेखक संघ बनाएर थारु संस्कृति र साहित्यको संरक्षणमा योगदान गरिरहेको सर्वहारीले बताए। 

पूर्व र पश्चिमका थारु समुदायको भाषा र संस्कृतिमा विविधता छ। तर, मधेसी समुदायमा बस्ने हुँदा पूर्वको थारुहरुले भोजपुरी संस्कृति अपनाएको आरोप लाग्ने गर्छ। 

शान्ति भने पूर्वीय थारुहरूले कसैको संस्कृति ग्रहण नगरेको बताउँछिन्। थारु संस्कृतिको विकासमा राज्य अग्रसर हुनुपर्ने बताउँदै थारु भाषालाई पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ। 

सरस्वती चौधरीले कलाररंगमञ्चले थारु संस्कृतिको विस्तारमा सहयोग गरे पनि नाटकमा भने काम गर्न नसकेको बताइन्। थारु समुदायमा एकता नहुँदा पहुँचमा पुगेका थारुहरूको पनि साथ नपाएको उनको दुखेसो छ।

महोत्सव आइतबारसम्म जारी रहनेछ।

प्रकाशित:

१०९९ दिन अगाडि

|

१६ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९