Above News Title

साहित्यकार राजेन्द्र पराजुलीको निधनमा के भन्छन् साहित्यकार ?

साहित्यकार राजेन्द्र पराजुलीको निधनमा के भन्छन् साहित्यकार ?

साहित्यकार राजेन्द्र पराजुलीको भदौ २६ गते मंगलवार विहान निधन भएको छ । केही दिनदेखि निमोनियाबाट पीडित पराजुलीको आज बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

निमोनिया उपचारका लागि हिजो राति बी एन्ड बी हस्पिटलको इमर्जेन्सीमा भर्ना गरी उपचारका क्रममा आज बिहान ७ बजे उनको निधन भएको हो । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौँको कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत दर्जन कृति चर्चित छन् । 

उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक, सल्लाहकार सम्पादकका रूपमा काम गरेका छन् । 

अखबार क्षेत्रमा उनले करिब २३ वर्ष विताए भने साहित्यिक पत्रकारितामा करिब ३० वर्ष बिताएका थिए ।

के भन्छन् साहित्यकार ?

उनको निधनवारे नयनराज पाण्डे भन्छन्, ‘लेखक न थियौ, कहिलेकाहीँ अनेक कुराले मन दुख्थ्यो होला । तर, मुस्कुराउन कहिल्यै छाडेनौ । संघर्ष सधैं गरिरह्यौ । तर,  सधैं उत्साहमै रह्यौ । केही नयाँ लेख्न थालेपछि बालकझैं फुर्कन्थ्यौ । एकपटक उहिल्यै भयानक सडक दुर्घटनाबाट बाँचेदेखि तिमी झनै जीवन्त भएका थियौ र जिन्दगीसित गुनासो गर्दैनथ्यौ । धेरै पाउने लोभै थिएन । थोरैमा मख्ख पर्ने बानी तिम्रो । कुण्ठा थिएन । घमण्ड छँदै थिएन । कतिपटक झगडा गरियो । तर, बोल्न कहिल्यै छाडेनौ ।

बाँच्नु त तिमीजस्तो पो बाँच्नु ।

तिम्रो अप्रत्याशित प्रस्थानले केही अत्यायो अवश्य । तर, तिम्रो ुबाँच्नुुसित मेरो सधैं ईष्या रहनेछ ।

अलबिदा त भन्दै भन्दिनँ । श्रद्धाञ्जलि झनै भन्दिनँ । भेट त फेरि पनि भैरहनेछ । तिम्रा अक्षरहरू मर्दैनन् नि त । 
बिहानभरि खुब रोएँ । अब रून्नँ । तिमी जाने बाटोमा मेरो आँसु हुने छैन दोस्त १’

त्यसैगरी उनको निधनवारे नारायण वाग्ले भन्छन्, ‘‘राजेन्द्र पराजुली सधैं संघर्षरत पत्रकार, जहिल्यै जुझारू लेखक। नयाँ कथा संग्रह ‘जन्तरमन्तर’ घोषणा गरेर हामी सबैलाई छक्याएर सधैंका लागि बिदा भएको पत्याउन मन छैन। धेरै लेख्ने धोको बाँकी राखेर त्यसरी हिंड्न कहाँ पाइन्छ, मित्र, हार्दिक सम्झना ।’

उता, महेशविक्रम शाह भन्छन्, ‘प्रिय मित्र, तिमी यसरी अचानक, अप्रत्याशित रुपमा हामीलाई गहिरो शोकमा डुबाउँदै सदाका लागि छुट्टिएर जानेछौ भन्ने कल्पनासम्म थिएन ।

सायद क्षणभङ्गुर जीवनको कटु सत्य यही हो । तिमीले छोडेर गएका कथाहरुबाट हामी तिमीलाई सदा सम्झिरहने छौँ ।
प्रिय कथाकार स्व। राजेन्द्र पराजुलीमा भावपूर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारमा गहिरो समवेदना ।’

उता प्रमोद प्रधान लेख्छन्, ‘भर्खर पशुपति आर्यघाटबाट घर आइपुगेको छु, प्रिय मित्र, साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको महाप्रस्थानको साक्षी बनेर । करिब ५ वर्ष एउटै कक्षका दुई बेग्लाबेग्लै टेबुलमा बसेर  आर्थिक समाचार सम्पादन गरेको याद आइरहेछ । जाने उमेर भएकै थिएन । मभन्दा ६ वर्ष कान्छो, नेपाली भाषा साहित्यमा कहिल्यै नबिर्सिने नाम । अश्रुपुरित नयनले हार्दिक श्रद्धाञ्जलि भन्दैछु ।’

उता डा विप्लव ढकाल लेख्छन्, ‘प्रिय राजेन्द्र, फेरि साँझ परेको छ । म विचारशून्य बनेको छु । रित्तो बनेको छु । तिमी धूवाँ बनेर भरखरै महाशून्यमा प्रस्थान गर्यौ । म आर्यघाटबाट भरखरै घरमा आइपुगेको छु । बाहिर झरी परिरहेको छ । म भित्रभित्रै निथ्रुक्क भिजिरहेको छु । 

प्रिय मित्र, कफीसपमा बसेर हामीले नेपाली वाङ्मयका बारेमा केही गम्भीर सहकार्य गर्ने योजनाहरू बनाएका थियौँ । म तिनलाई पूरा गर्ने कोसिस गर्नेछु । तिम्रो अमर आत्माले शान्ति प्राप्त गरोस् १ तिम्रो महाप्रस्थान सहज र सुखमय बनोस् । 
हार्दिक श्रद्धाञ्जली ।’ 


 

प्रकाशित:

१०९० दिन अगाडि

|

२६ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९