Above News Title

रामसागर चौधरीको पुर्विया थारू लोकगीत (चोरखेलिया नाच) 

रामसागर चौधरीको पुर्विया थारू लोकगीत (चोरखेलिया नाच) 

दिनेश पौडेल

कसैलाई कहिल्यै नसकिने काममा फँसाउने मन छ भने उसलाई लोकगीतको सङ्कलनको काम लगाउनुहोस् । यस कामबाट उसले जे कमाउँछ, त्यसमा नब्बे प्रतिशतचाहिँ अपजस नै कमाउनेछ । यस्तो दुस्साहसी र दुःखी काम रोजेका छन् इटहरीको खनारका रामसागर चौधरीले । उनले पुर्विया थारू भाषामा गाइने लोकगीतको सङ्कलन गर्ने कठोर र अप्रिय बाटो रोजेका छन् ।

२०८० साल जेठमा प्रकाशित यो सङ्कलन दुहबी नगरपालिका सुनसरीले छपाइखर्च ब्यहोरी प्रकाशित भएको छ, तर जम्मा ३०० प्रतिमात्र छापिएको जान्दा बडो दुःख लाग्छ, किन नगरपालिकाले यति थोरै छाप्न सहयोग गरेको ? ३००० प्रति छापेर अत्यन्त सस्तो मूल्यमा हरेक थारू चौधरीहरूको घरघरमा पुर्याउने प्रबन्ध गर्नुपर्ने थियो ।

मोरङ्गिया थारू लोकनाचका नायक, मेरिया, मरदङ्गिया, गवैया, धोरैया, नटुवा आदिप्रति सादर समर्पित यस कृतिलाई दुहबी नपाका मेयर वेदनारायण गछदार, श्रवणकुमार सुथियार थारू र लेखकका मन्तव्यले पाठकलाई कृतिको महत्त्व बताउँछन् । लेखकले कृतिलाई अठार शीर्षकमा बाँडेका छन् । सुरुमा चोरखेलिया नाचको परिचयअन्तर्गत यसको आठ पेज लामो तर गहिरो अध्ययन र विश्लेषण प्रस्तुत गरेका छन् ।

यस गीतको सुरुमा विभिन्न देवताहरूप्रति सम्मान प्रकट गर्दै गायनका लागि भगवान्को आशीर्वाद मागिएको छ । अनि गीतमा प्रवेश गर्दै विभिन्न देवताको आराधना छ । यसपछि विभिन्न सिलोकहरू दिइएको छ । परम्पराअनुसार जसरी चोरखेलिया नाच र गायन गरिन्छ सोही क्रममा गीतहरू राखिएको छ । सिलोकहरूपछि विभिन्न किसिमका सोरठी छन् । फेरि सिलोकहरूको शृङ्खला छ । अनि केही दोहा छन् । रास गीतहरू, तिरहुते गीतहरू, कृष्ण–सुदामा आदिका कथाका गीतहरू यसपछि छन् । अनि रामकथा गाइने रहेछ ।

यसरी हाम्रो  संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको थारू संस्कृतिका अनेक पक्षपाटाहरू यस लोकगीतमा बुझ्न पाइन्छ । यिनमा भनिने कथा कति हृदयस्पर्शी ढङ्गमा प्रस्तुत छन् नमुना हेरौँ,

(कृष्णकथामा सुदामा–पत्नीले आफ्ना पतिलाई परिवारको गरिबीबाट मुक्तिका लागि कोसिस गर्न उक्साउँछिन् । तिमी कृष्णका बाल्यसखा हौ, जाऊ, श्रीकृष्णसँग गएर केही धन मागी ल्याऊ । उनी द्वारकामा महाराजाको शानसौकत र ऐश्वर्यमा छन् । पत्नीको टोकसो खप्न नसकेपछि पति कसरी श्रीकृष्णको दर्शनार्थ द्वारकातर्फ लाग्छन् आदि कथालाई सुन्दर शाब्दिक तथा लयात्मक चित्रण गरिन्छ यहाँ ।)

गीत १ ब्राह्मणी 

बयसी गमावल कि हे ब्राहमन....

तीनी त्रिलोक के ठाकुर

सङही जाई कहाई ? ।।१।।

जाई कहे प्रभुके दुखन

सोमत सेहो नहि जाई ।।२।।

गीत २  ब्राह्मण 

कौन गतिसे जायव ब्राहमनी ...

सवही उतिम हो सवही बनावल

देखा देखी लोक बाधिनाई ब्राहमनी ।।१।।

छुछे हाथ निआदर शंका

पछा वैसि रहल लजाई ।।२।।

राजा गुरु मित्र हिते

जे जुरे से लेके जाई ।।३।।

किछु सनेस कलेस किये

पत्र लेखि लेखाई ।।४।।

गीत ३ः

मागी आनलक दस घर ब्राहमनी

मिलल अन्न सरबस ।।१।।

घर नहिं उखडी भि कहे ब्राहमनी

छाँट लेजाईत कोना ।।२।।

घर नहिं खपरी भि

हे ब्राहमनी भुजल जाइ कोना ।।३।।

बित एक गुदल फाटल

हे बान्हल पोटरी दाये ।।४।।

कृष्ण के बेसर मान हे ब्राहमनी

मुख गुन बुझेमे कृपाल ।।५।।

७४ पृष्ठमा समेटिएको एक गम्भीर, व्यापक तथा सूक्ष्म सांस्कृतिक अध्ययनको मूल्य रु ३००।– धेरै नहोला । तर नगरपालिकाले छपाइखर्चमा सहायता दिएपछि यस कृतिको मूल्य अलिक कम राखेको भए सर्वसाधारण जसले पनि एक प्रति किनेर आफ्नो घरमा प्रेमपूर्वक राख्न पाउने थियो भन्ने मलाई लाग्छ । छपाइको स्तर, कागज आदि अत्यन्त लोभलाग्दो छ ।

पुस्तकको कभरका भित्री पृष्ठमा चोरखेलिया नाचका चार सुन्दर फोटोहरू दिइएको छ । यिनले यस नाचलाई अझ स्पष्ट पार्न सफल छन् । लेखकको मेहनत स्तुत्य छ, प्रशंसनीय र वन्दनीय छ । जातीय गौरवको रक्षा र प्रवद्र्धनको दिशामा रामसागर चौधरीको देनलाई समस्त नेपालीले खुला दिलले स्वीकार गर्नेछन् ।

उनको कलमले अझ बढी अध्ययन–अनुसन्धान गर्न सफल होओस् । नेपाली जातिको गौरवगाथा, गौरवमय परम्परा र संस्कृतिको जगर्ना एवम् विकासमा रामसागर चौधरीको योगदानले अरूलाई पनि प्रेरणा प्राप्त होस् । शुभकामना ।

प्रकाशित:

१०८७ दिन अगाडि

|

२८ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९