Above News Title

यी फिल्मी पाँच गीतः जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

यी फिल्मी पाँच गीतः जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

कुवेर गिरी

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । सबैतिर झिलिमिली बत्ती बाल्ने भएकोले यसलाई उज्यालोको पर्वसमेत भनिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा पनि देख्न सकिन्छ । 

तिहारमा बज्ने अधिकांश गीत नेपाली फिल्मकै हुने गर्छ । हुन त हरेक वर्ष तिहारलक्षित गीतसंगीत बजारमा नभित्रिने होइन । तर, तिहारमा बढी बज्ने गीतसंगीतमा नेपाली फिल्मका पुराना गीत नै पर्छन् । तिहारमा बढी बज्ने नेपाली फिल्मका यस्ता छन् ५ गीतः

‘तिहारै आयो लौ झिलिमिली’

‘तिहारै आयो लौ झिलिमिली’ बोलको यो गीत गाउँदेखि सहरसम्म तिहार लाग्नु अगाडिदेखि नै बज्न थाल्छ । यसले मानिसलाई तिहार आएको आभासमेत दिन्छ ।

तिहारमा यो गीत बज्न थालेको झन्डै तीन दशक भयो । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा रहेको गीतमा यादव खरेलको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । लोचन भट्टराई÷नूतन प्रधानको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री गौरी मल्लको अभिनय देख्न सकिन्छ । 

यो गीतको भिडियो तीन रात लगाएर खिचिएको निर्माण युनिटले बताएको छ । तिहारको माहोल तयार गरेर खिचिएको गीतमा कोरस कलाकारको समेत प्रयोग गरिएको छ । भिडियोका नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् ।

‘अधरमा आज उनकै छ’

तिहारमा धेरै सुनिने गीतमध्ये ‘अधरमा आज उनकै छ’ बोलको गीत पनि हो । रत्नशमशेर थापाको शब्द र रञ्जित गजमेरको संगीत रहेको गीतमा मनिला सोताङको स्वर रहेको छ । 

फिल्म ‘अन्याय’मा रहेको यो गीतमा विश्व बस्नेत, मीरा माधुरी, गीताञ्जली सुनार लगायतका कलाकारको अभिनय छ । 
गीतमा भैलिनीको पनि प्रयोग भएको छ । यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय र लोकप्रिय छ । फिल्म ‘अन्याय’को निर्देशन तुलसी घिमिरेले गरेका हुन् । 

दियो बाली साँझकोः

सुपरहिट फिल्म ‘चिनो’को गीत हो दियो बाली साँझको । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको स्वर रहेको यो गीतले हरेक तिहारमा रौनकता थप्ने गर्छ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत यसमा छ । 

लक्ष्मीपूजाको महत्व बताउने यो गीतमा सुभद्रा अधिकारी, केशव भट्टराईको अभिनय छ । अभिनयमा स्थापित कलाकार सुनिल थापाले यो फिल्मबाट राते काइँलाको परिचय पाएका थिए । तुलसी घिमिरे निर्देशित फिल्मको गीतमा वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका थिए ।

‘निधारमा लर्काएर सप्तरंगी टीका’

‘निधारमा लर्काएर सप्तरंगी टीका’ बोलको गीत पनि पहिलेदेखि अहिलेसम्म पनि प्राथमिकतामा पर्दै आएको लोकप्रिय गीत हो । फिल्म ‘विजय पराजय’मा समावेश यो गीतमा भाइटीकाको प्रसङ्गलाई देखाइएको छ । 
अभिनेताद्वय कृष्ण मल्ल र भुवन केसी दाजुभाइ र अभिनेत्री रूपा राणा बहिनीको रुपमा यो गीतमा देखिएका छन् । दिनेश अधिकारीको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा स्वर हेम लताले दिएकी छन् । ‘विजय पराजय’ फिल्म राजेन्द्र शलभले निर्देशन गरेका हुन् ।

‘हाँसेर बोल बैनी’

फिल्म ‘माइती’मा रहेको यो गीत तिहारमा अत्याधिक बज्ने गर्छ । गीतमा दाजुले बहिनीलाई फकाउँदै गरेको प्रसङ्ग छ । फिल्ममा श्रीकृष्ण श्रेष्ठ, इन्द्र श्री र निरुता सिंहको अभिनय यो गीतमा देखाइएको छ । 
राजु शाहको नृत्य निर्देशन रहेको यस गीतले दाजुभाइ र दिदीबहिनी बिचको महत्व झल्काउँछ । फिल्मका निर्देशक अनिल संग्रौला हुन् ।
 

प्रकाशित:

१०२७ दिन अगाडि

|

२७ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९