मित्थु थारू आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारू समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए।
उनी सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारू इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए।
कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्।
माटाका मूर्ति बनाएर पुज्ने थारू जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रूचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे।
चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रूपमा उनले काम गर्दै आएका छन्।
मित्थुले विशेष गरेर थारू जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार पाएको उनले बताए।
‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारू जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट रू २५ हजार पाएको थिएँ,’ मित्थुले भने।
उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ।
यतिबेला उनी बाँकेको बैजनाथ गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारू समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन्।
उनी दुर्गाशरणको कथामा आधारित थारू समुदायका देवी मयारी, थारूका राजा दगीशरण, भेंवाँ, ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्।
मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्ति कुँदेबापत २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो। व्यावसायिक रूपमा थारू संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए।
मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारू संस्कृति संग्रहालयमा चित्र र मूर्ति बनाउँदै आएका छन्। थारू संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रूपमा अघि बढेको उनको भनाइ थियो। रासस
प्रकाशित:
१००९ दिन अगाडि
|
१५ मंसिर २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९