Above News Title

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय

थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ पुस्तक प्रदर्शनी सुरु
आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय

                              आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनका लागि हौली परिवार मोरङको आयोजनामा भएको तयारी बैठक

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी माघमा मोरङमा हुने तय भएको छ ।

थारु लेखक संघ, हौली परिवार तथा जंग्रार साहित्यिक बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछन् ।
यसै क्रममा स्थानीय संयोजनकर्ता हौली परिवार मोरङको आयोजनामा मंसिर १५ गते तयारी बैठक बसेको छ, जसले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर, गढी वा दुहबीमा गर्ने निर्णय गरेको छ ।

हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले स्थान आजैभोलि तय गरिने बताए ।

तयारी बैठकमा थाकस, महिला सभा, विद्यार्थी सभा, युवा सभा, पत्रकार, समाजका प्रतिष्ठित ब्यक्ति तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । 

थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ पुस्तक प्रदर्शनी सुरु

उता, जंग्रार साहित्यिक बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ सप्ताहब्यापी पुस्तक प्रदर्शनी सुरु गरेको छ । बर्दियाको कोठियाघाटमा आयोजना गरिएको पुस्तक प्रदर्शनी मंसिर १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । 

पुस्तक प्रदर्शनीमा खास गरी थारु भाषा साहित्यका पुस्तकका साथै स्थानीय लेखकका अन्य भाषाका पुस्तक पनि रहेको लेखक शेखर दहितले बताए । पुस्तक प्रदर्शनीको पहिलो दिन नै करिब १ सय थान पुस्तक बिक्री गरिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए । 

यसैगरी, बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ एक कप चिया अभियान चलाएको छ । यसबाट १ लाख बढी रकम संकलन भैसकेको अभियन्ता शेखर दहितले जनाए । 

स्मरण रहोस् दाङदेउखुरीबाट सुरु भएको थारू साहित्य राष्ट्रिय सम्मेलन कैलाली, बर्दिया, रुपन्देही, सुर्खेत, कञ्चनपुर, बाँकेमा गरी सात श्रृंखला पार गरिसकेको छ । सातौं थारू साहित्य राष्ट्रिय सम्मेलन बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सिधन्वामा भएको थियो । 

प्रकाशित:

१००८ दिन अगाडि

|

१६ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९