Above News Title

गंकी धुस्वाँ–बसुन्धरा पुरस्कारबाट सर्वहारी सम्मानित

धुस्वाँ सायमि सिर्जना पुरस्कार गायक योगेश वैद्यलाई
गंकी धुस्वाँ–बसुन्धरा पुरस्कारबाट सर्वहारी सम्मानित

सरला चौधरी
थारू भाषामा उपन्यास लेखनको माध्यमबाट मातृभाषा साहित्यको श्रीवृद्धि गर्न महत्वपूर्ण पु¥याउनु भएकोमा सिर्जनशीलताको कदर गर्दै वरिष्ठ साहित्यकार डा. कृष्णराज सर्वहारी यस वर्षको गंकी धुस्वाँ–वसुरन्धरा पुरस्कारबाट सम्मानित  भएका छन् । 

उता वरिष्ठ गायक एवम् सङ्गीतकार योगश वैद्य धुस्वाँ सायमी सिर्जना पुरस्कारबाट सम्मानित भएका छन् । गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले माघ १ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले स्रष्टाद्वयलाई पुरस्कार अर्पण गरेका थिए ।  योगश वैद्य बिरामी भएकाले उनको पुरस्कार छोरा लोकेश वैद्यले ग्रहण गरेका थिए । 

गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले नेपाली भाषा र नेपालको राष्ट्रिय भाषामा लेखिएका उपन्यासकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २०४९ सालदेखि स्रष्टाहरुलाई पुरस्कृत गर्दै आइरहेको छ । 

सो अवसरमा डा.सर्वहारीले थारु समुदायको नयाँ वर्ष माघकै दिन पुरस्कृत हुन पाउँदा यो सिंगो वर्ष साहित्य लेखनमा आफ्नो फलदायी वर्ष हुने बताए । उनले पुरस्कारबाट प्राप्त ५० हजार राशीले आफूले लेखेको थारु भाषाको पहिलो उपन्यास ‘फुटल करम’ रिप्रिन्ट गर्ने बताए । 

पुरस्कृत व्यक्तित्व डा.सर्वहारीको चिनारी विमल भौकाजीले दिएका थिए । उनका अनुसार डा सर्वहारीको जन्म विस २०२८ भदौ ६ मा लमही नपा–४, दाङ्ग देउखुरीमा भएको हो । नेपाल संस्कृत विश्वविद्यालयबाट वि.सं. २०७६ मा थारु संस्कृतिमा कृष्णचरित्र परम्पराको अध्ययन शीर्षकमा विद्यावारिधि गरेका सर्वहारीका नेपाली र थारु भाषामा झन्डै तीन दर्जन विभिन्न विधा (उपन्यास, लोककथा, लघुकथा, हास्यब्यङ्गय, मुक्तकका साथै अनुसन्धानमुलक) का पुस्तक प्रकाशित छन् ।  

वि.सं २०५५ सालमा थारु भाषामा ‘फुटल करम’ नामक् पहिलो उपन्यास लेख्ने उनले दर्जनौ पुस्तक, पत्रिकाको समेत सम्पादन गरेका छन् । साथै, उनका रचना पाठ्यपुस्तकमा समेत समावेश गरिएका छन् । 

डा सर्वहारी थारु लेखक संघ नेपालको केन्द्रीय अध्यक्ष एवं नेपाल बाल साहित्य समाज, लोकवार्ता परिषदका आजीवन सदस्य छन् । उनले नेपाल सरकारबाट वि.सं. २०६७ को क्षेत्रीय प्रतिभा पुरस्कार, सोही वर्ष साझा प्रकाशनबाट साझा लोकसाहित्य पुरस्कार, लुम्विनी प्रदेश सरकारबाट गत वर्ष लुम्विनी रत्न पदक (२०७९) समेत प्राप्त गरेका छन् । 

पत्रकारितामा समेत दख्खल राख्ने सर्वहारीले थारु पत्रकार संघ नेपालबाट वि.सं.२०५७ सालमा राष्ट्रिय थारु पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन, दाङबाट शिव गिरी स्मृति पत्रकारिता पुरस्कार (२०८०) लगायत प्राप्त गरेका छन् । 

प्रकाशित:

९६५ दिन अगाडि

|

१ माघ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९