देशभरिका थारु साहित्यकार, बुद्धिजीवीहरु सुनसरीमा भेला हुने भएका छन् । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु साहित्यकार, बुद्धिजीवीहरु भेला हुने भएका हुन् ।
हौली परिवार सुनसरी, मोरङ तथा थारू लेखक संघ नेपालको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो।
सम्मेलनमा थारु साहित्यकारबाहेक देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए ।
सम्मेलनको संघीय सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा एक हजारदेखि १५ सयसम्म थारू समुदायको सहभागिता रहने तयारी आयोजक समितिका उपाध्यक्ष राजेश सरदारले वताए ।
सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा थारु महिला सशक्तिकरणको अभियन्तालाई सम्मान गर्ने कार्यक्रम छ ।
सम्मेलनमा थारू भाषाको मानकता, थारू समुदायको इतिहास, धर्म र संस्कृति, थारु साहित्यमा अनुवाद कार्य, सुनसरी, मोरङको थारु साहित्यको अवस्था, थारु सामूहिक भवनको औचित्य, थारूकेन्द्रित विकासका लागि जनप्रतिनिधिको बहस लगायतबारे विज्ञसँग प्यानल छलफल हुने जनाइएको छ ।
माघ २५ गते बेलुका जिल्ला बाहिरका अतिथिहरुलाई स्वागत, २६ गते समुदघाटन र छलफल संचालन र २७ गते विभिन्न विधामा प्रस्तुत भएको विषय बस्तुमा छलफल गरी समापन तथा स्थानीय गाउँघर अवलोकन गराइने कार्यक्रम रहेको छ ।
सम्पूर्ण थारु समुदायलाई सम्मेलनमा उपस्थित भइ दिनका साथै आर्थिक सहयोग गरेर सम्मेलन सफल बनाई दिन आयोजकले आग्रह गरेका छन् ।
प्रकाशित:
९४४ दिन अगाडि
|
२२ माघ २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२६ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९