आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तराष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा मातृभाषा राष्ट्रिय सेवा पुरस्कार अर्पण तथा मातृभाषा कविता वाचन कार्यक्रम गरेको छ ।
फागुन ९ गते सिद्धार्थ कटेज धोवीधारामा सम्मपन्न कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले वरिष्ठ जनकविर गीतकार दुर्गालाल श्रेष्ठलाई एक लाखसहित मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८० प्रदान गरिन् । दुर्गालाल अस्वस्थ भएर अनुपस्थित हुँदा उनका छोरा सुमन श्रेष्ठले पुरस्कार ग्रहण गरेका थिए । उनले घरबाटै भिडियो मन्तव्य दिएका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु चौधरी, जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, सुरेश आले मगर, डा चुन्दा बज्राचार्य लगायतले मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा जुनु थारु, विमला गुरुङ, भागवता कुमाल लगायत १७ मातृभाषाका २६ जना कवि,कवियात्रीहरूबाट मातृभाषामा कविता वाचन गरिएको थियो ।
यसैगरी फागुन ९ गते नै नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा आयोगको सहकार्यमा कमलादीमा मातृभाषाबारे गोष्ठी गरेको छ । उता यसपाली नेपाल प्रज्ञा प्रतिष्ठानले धरानमा विविध कार्यक्रमका साथ मातृभाषा कविता महोत्सव मनाएको छ । प्रतिष्ठानबाट डा योगेन्द्र प्रधानाङ्ग र बेचन उराँवलाई जनही एक लाखसहित मातृभाषा साहित्य पुरस्कार दिइएको छ ।

प्रकाशित:
९२८ दिन अगाडि
|
९ फागुन २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९