लुम्विनी प्रदेश एकदिने आख्यान महोत्सव शनिवार फागुन २६ गते कोहलपुर नगरपालिकाको सभाहलमा विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान तथा कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा ३ वटा विषयमा प्यानल छलफल चलेको थियो । जसमा बसाइँ सराइ समाज परिवर्तनका कथा विषयमा डा कृष्णराज सर्वहारीले डा गोपाल दहित तथा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यसँग छलफल चलाएका थिए । डा दहितले थारु समाजको बसाइँ सराइको कथाको दस्तावेजीकरण हुन नसकेकोमा यस्तो सार्थक बहसले त्यसलाई टेवा दिने बताए । मेयर आचार्यले यस क्षेत्रका थारु गाउँका अगुवा बरघरलगायतको जीवन्त इतिहासको कथा लेखनमा पालिकाले सघाउने बताए ।
आख्यान कति यथार्थ, कति कल्पना विषयमा सुमित्रा न्यौपानेले प्राज्ञ अमर न्यौपाने र डा अशोक थापासँग बहस चलाइन् । सेसनमा यथार्थ र कल्पनाको सही सम्मिश्रणले आख्यान खँदिलो बन्ने निचोड आयो ।
त्यसैगरी, अर्को सेसन रैथाने कथा शीर्षकमा सहजकर्ता पुष्कर रिजालले एकमाया विक र राजाराम गुप्तासँग लुम्विनी क्षेत्रको रैथाने कथाको बहस चलाएका थिए । एकमाया विकले दलित त्यसमाथि एकल महिलाले भोग्नुपरेको आफ्नो कथा सुनाएकी थिइन् । उनले समाजमा धेरैको कारुणिक कथा रहेको तर ती दस्तावेजीकरण हुन नसकेको बताइन् ।

कार्यक्रममा डा टीकाराम उदासीले लुम्विनी प्रदेशको आख्यानबारे विद्वत प्रवचन दिएका थिए । उनले यस प्रदेशमा आख्यान लेखनबारे धेरै काम भएको तर खँदिलो कार्य अझै हुन नसकेको बताएका थिए ।
कार्यक्रममा कथाकार सनत रेग्मी, नयनराज पाण्डे, डा इन्द्र भण्डारी इन्द्रेणी, सुमित्रा न्यौपाने र शेखर दहितको कथा क्रमशः कल्पना कार्की, वीपी अस्तु, शोभना देवकोटा, हीरा क्षेत्री र कृष्ण थारुले नेहरीकन वाचन गरेका थिए ।
लुइटेल र ज्ञवाली पुरस्कृत
यसैगरी, सोही कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानबाट स्थापित पूर्णिमा साहित्य रत्न २०७९ बाट प्राडा रामप्रसाद ज्ञवाली तथा तुलसीराम स्मृति पुरस्कारबाट ऋचा लुइँटेललाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले हस्तान्तरण गरेका थिए । प्रतिष्ठानका साहित्य (गद्य) विभागका प्रमुख प्राज्ञ अमर न्यौपाने कोहलपुरमा एउटा भिन्नै कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव बद्री ढकालले तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले स्वागत गरेका थिए ।

प्रकाशित:
९१० दिन अगाडि
|
२७ फागुन २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९