Above News Title

६ जना थारु स्रष्टा सम्मानित

६ जना थारु स्रष्टा सम्मानित

थारु भाषा, साहित्य, कला, संस्कृतिमा योगदान पुर्याउने बर्दियाका ६ जना थारु स्रष्टा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान, बर्दियाबाट  सम्मानित  भएका छन् । 

ढिलो गरी प्राप्त समाचार अनुसार सम्मानित हुनेमा सन्तराम धरकटुवा थारु, श्यामलाल थारु प्रतीक, धनीराम थारु, गायकद्वय दर्पण कुसुम्या र सन्तराम चौधरी तथा ठग्गु थारु रहेका छन् ।  वैशाख ११ गते ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानद्वारा ठाकुरबाबा नगरसभा हल, भुरीगाउँंमा आयोजित थारु भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम पहिचान विषयक् गोष्ठीमा ती स्रष्टाहरुलाई सम्मान गरिएको हो । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख विना भट्टराईले स्रष्टाहरुलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा सोही विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले अवधारणापत्र प्रस्तुत गरेका थिए । 

स्रस्टाहरुलाई सम्मानको कार्यक्रमलाई निरन्तरता दिने  ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालले आफ्नो नगरपालिकामा ५४ प्रतिशत थारु समुदायको वसोवास रहेकाले थारु भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनमा नगरपालिका सदैव लागी पर्ने बताए । कार्यक्रममा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका थारु भाषा विभाग प्रमुख भिख्खुराम थारु, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको सभापतित्वमा भएको थियो । 

प्रकाशित:

८६२ दिन अगाडि

|

१४ वैशाख २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९