Above News Title

आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन

आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन

                                  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भूमिका थारुको थारु भाषाको कविता संग्रह कहियासम अनागरिक विमोचन गरिदै ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय (आजउरा) प्रतिष्ठानको सञ्चालक परिषद्को २४औं बैठकमा आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन भएको छ ।

असार ९ गते आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका थारुको थारु भाषाको कविता संग्रह कहियासम अनागरिक, डा कृष्णराज सर्वहारी, नविन मुखिया कुमाल तथा तिलकबहादुर कुमालको कुमाल जातिको चिनारी, कर्णबहादुर बुढामगर, बलराम अधिकारीको अठार मगरातः मगर, खाम पाङको शब्दकोश तथा गणेश राईको बाम्बुले भाषाको शिर उभौनी पुस्तक विमोचन गरे ।

सो क्रममा प्रम प्रचण्डले आदिवासी, जनजातिहरुकै अधिकारको लागि सबैभन्दा बढी समय खर्चिएको आफूले तिनको भाषा, संस्कृतिको उत्थानको लागि बजेट कटौटी गर्ने कल्पनासमेत नगरेको बताए । आदिवासी, जनजातिहरुको हक, अधिकारको लागि आवाज उठाउने पार्टीलाई कम भोट आउने गरेकोमा भने उनले दुःखेसो पोखे । 

(आजउरा) प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले प्रतिष्ठानको महत्व बुझी यसलाई खारेजीमा नलग्न प्रमसंग आग्रह गरे । स्मरण रहोस्, (आजउरा) प्रतिष्ठान खारेज हुने कार्यालयको पहिलो नम्बर सूचीमा रहेको छ । 

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा तथा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सरकारले आयोगको लागि पर्याप्त बजेट नछुट्याएकोमा दुःखेसो पोखे । 

आजउरा प्रतिष्ठानको सञ्चालक परिषद्को २४औं बैठक आज असार १० गते पनि जारी छ । 

प्रकाशित:

८०४ दिन अगाडि

|

१० असार २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९