नेपाल प्रज्ञा प्रतिष्ठानले यो वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव २०८१ मा सहभागी भएका सर्वोत्कृष्ट १० जनालाई पुरस्कारका लागि छनोट गरिएको थियो।
पुरस्कृत हुनेमा दाङका छविलाल कोपिला, बर्दियाका अग्रआवाज, मकवानपुरकी अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, रोल्पाका दिलीप बुढामगर, मोरङका रुमानी कुलुङ, सिन्धुलीका रूपक ‘जमरा’ घलान, सिन्धुलीकी रेजिना खालिङ, ललितपुरकी शर्मिला दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ रहेका छन्।
छविलाल कोपिलाको थारु भाषाको कविता शीर्षक पस्नक बास रहेको थियो । थारु भाषी कवि पहिलो पटक राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका हुन् ।
प्रतिष्ठानकी प्राज्ञ एवं कविता महोत्सव संयोजक बाबा बस्नेतका अनुसार महोत्सवका लागि देशभरबाट १ हजारभन्दा बढी कविता प्राप्त भएका थिए। तीमध्ये ६०४ वटा छनोट गरेर तेस्रो चरणका लागि २५ कविता छानिएकामा १० कविता सर्वोत्कृष्ट घोषणा गरिएका थिए।
प्रतिष्ठानका कुलपति भूपाल राईले पछिल्लो समय कविता महोत्सवलाई समावेशी बनाउने हेतुले बहुभाषा कविता छनोट गरिएको बताए।
यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा विजेता बनाउने परम्परा रहेकामा गन वर्षदेखि छनोट विधि परिवर्तन गरी १० रचना छानिएका जानकारी उनले दिए। प्रतिष्ठानले विसं २०२२ देखि राष्ट्रिय कविता प्रतियोगिता गर्दै आएको छ।

प्रकाशित:
८०४ दिन अगाडि
|
१० असार २०८१
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९