Above News Title

बसघरामा मन्त्री चौधरी र स्रस्टाद्वयलाई सम्मान 

बसघरामा मन्त्री चौधरी र स्रस्टाद्वयलाई सम्मान 

थारु भसा साहित्य केन्द्रद्वारा आयोजित बसघराको ७२औं श्रृंखलामा नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा हालै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित स्रस्टाद्वय बुद्धसेन चौधरी र मानबहादुर चौधरी पन्नालाई सम्मान गरिएको छ । 

साउन ५ गते ललितपुर, कुपण्डोलस्थित नाइटिंगेल स्कूलमा भएको कार्यक्रममा सम्मानित हुँदै मन्त्री तेजुलाल चौधरीले भने, ‘म एउटा जिम्मेवार पदमा आइपुगेको छु, यसमा सफलताको लागि सबैबाट सुझावको अपेक्षा राख्दछु ।’

मन्त्री चौधरीले अगाडि भने, ‘थारु खेलाडीहरु एसइई, प्लस टु सम्म राम्रै छन् । तर, त्यसपछि पढाइसंगै खेलकुद पनि खस्किदै जान्छ । थारु खेलाडीहरु भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स सबै खेलमा अगाडि छन् । तर, त्यो खेलको कुनै संगठनमा छैनन् । यसले उनीहरुको खेलजीवन क्षणिक देखिन्छ ।’ उनले थारु युवाहरुलाई थाकसबाहेक अरु संगठनमा पनि लाग्न आग्रह गरे । थरुहटमा कहिलेकाहि थारु क्लबबाट खेल आयोजना भए पनि त्यो व्यवसायिक भन्दा रक्सी, खसी खानको लागि आयोजना गर्ने गरिएकोमा उनको चित्त दुखाई थियो । उनले अर्को प्रसंगमा बसघरा साहित्यिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा सम्मानित मन्त्री तेजुलाल चौधरीका बारेमा विमल चौधरी, स्रस्टाद्वय बुद्धसेन चौधरी र मानबहादुर चौधरी पन्नाको बारेमा क्रमशः महेश चौधरी र डा कृष्णराज सर्वहारीले प्रकाश पारेका थिए । त्यस्तै,  बुद्धसेन चौधरी, अरुण चौधरी, उदयनारायण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, आशिष चौधरीलगायतले रचना वाचन गरेका थिए । कवि नन्दलाल चौधरीको रचना कल्पना चौधरीले बाचन गरेकी थिइन् ।

थारु भसा साहित्य केन्द्रका अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण केन्द्रका महासचिव सियाराम चौधरी तथा स्वागत सचिव सहदेव चौधरीले गरेका थिए । 

प्रकाशित:

७७८ दिन अगाडि

|

६ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९