Above News Title

काठमाडौंमा गुरही पर्व मनाइने

अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा मुल आयोजक तयारी समिति तथा विभिन्न उपसमिति गठन
काठमाडौंमा गुरही पर्व मनाइने

काठमाडौं उपत्यकामा यस वर्ष पनि गुरही पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाल पर्यटन वोर्डको हलमा आगामी साउन २५ गतेका दिन गुरही(गुर्या) २०८१ मनाइने भएको हो । 

भकृटीमण्डपको प्रांगणमा शनिबार बसेको बैठकले गुरही कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा मुल आयोजक तयारी समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ । 

मुल आयोजक समितिका अन्य पदाधिकारीमा नौक्षार समुहकी गंगा चौधरी उपसंयोजक तथा सदस्यहरु थारु कलाकार मञ्चकी कोषाध्यक्ष अञ्जु चौधरी, परिवार गल्र्स होस्टेलकी सञ्चालिका किरण चौधरी, चम्पन सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, आशा आर्टका बलराम चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका महासचिव विजय चौधरी, यूनिक थारु ग्रुपका नेपालु थारु, सुसेली कलेक्सनकी संचालिका सुशीला चौधरी, बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरी, सर्वहित समाज नेपालका अध्यक्ष बनस चौधरी, जेनस इन्टरनेशनल प्रालिका सञ्चालक शिव बहादुर चौधरी रहेका छन् । 

त्यस्तै, मूल आयोजक समितिका अन्य सदस्यमा थारुवान डटकमका मदन चौधरी, प्रदेश न्यूजका श्री चौधरी, हमार पहुरा डटकमका लक्की चौधरी, सफारी ट्रेड लिंकका विनय कुश्मी, ठुम्रार साहित्यिक बखेरीका संयोजक÷ढकिया खबर डटकमका डा कृष्णराज सर्वहारी, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, ख्याल बगालका अध्यक्ष प्रणव चौधरी, सोना फिल्म प्रालिकी सोनु चौधरी रहेका छन् । 

त्यस्तै, आर्थिक व्यवस्थापन तथा उपसमिति संयोजक अग्रासन महिला समुहकी उपाध्यक्ष किरण चौधरी, प्रचारप्रसार उपसमिति संयोजकमा चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, मञ्च व्यवस्थापन अतिथि सत्कार उपसमितिस ंयोजक अग्रासन समुहलाई चयन गरिएको छ । 
थारु बाहुल्यता रहेको तराईका जिल्लाहरुमा धान रोपिसकेपछि  गुरही पर्व मनाउने चलन रहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस्, गाउँमा रोगबिरोग नफैसलयोस् भनेर किसानहरु हरेक बर्षको साउनको अन्तिम वा भाद्रको शुरुवातमा गुरही(गुर्या)  पर्व मनाउने गर्दछन् । 

केही वर्ष यता कैलालीको धनगढीमा गुरही चोक नै नामकरण गरेर गुरही भव्यताका साथ मनाउन थालिएको छ । स्मरण रहोस्, यस वर्ष साउन २५ गते गुरही परेको छ । तर कैलालीको जोशीपुर गाउँपालिकाले साउन १ गते नै गुरहीको विदा दिने निर्णय गरेको थियो, जसको व्यापक विरोध भएको थियो । यद्यपि उसले आफ्नो निर्णय सच्याएन । 

प्रकाशित:

७७० दिन अगाडि

|

१३ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९