Above News Title

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञाप्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन २०८१ प्रज्ञा प्रतिष्ठानमा शनिवार सम्पन्न भएको छ । 

तीनवटै प्रज्ञा प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्ज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गरेका थिए। प्राज्ञिक सम्मिलनबाट प्राप्त सुझावका आधारमा निम्नअनुसार ११ बुँदे घोषणापत्र जारी गरेको थियोे।

(क) तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम तीनओटै प्रज्ञा-प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार कायम हुनपर्ने।

(ख) प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनुपर्ने।

(ग) सङ्घ, प्रदेश र स्थानीय स्तरका प्राज्ञिक निकायका प्राज्ञिक सदस्यहरूको पदीय नाम एउटै नराखी फरक गरिनुपर्ने ।

(घ) सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप र विकृतिलाई अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार सम्बन्धित प्रज्ञा–प्रतिष्ठानमा रहनुपर्ने व्यवस्थाका लागि आवश्यक पहल गर्ने।

(ङ) गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञहरूको भेलामा तयार गरिएको पोखरा घोषणपत्र तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा भएको प्राज्ञिक भेलाबाट पारित घोषणापत्रलाई कार्यान्वयनका लागि आवश्यक पहल गर्ने।

(च) प्राज्ञसभा सदस्यहरूको सेवासुविधा समयानुसार नभएकाले उचित सेवासुविधाको व्यवस्थाका लागि आवश्यक पहल गर्ने।

(छ) नेपाली कला, संस्कृतिको संरक्षण, सम्वर्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने।

(ज) नेपाल सरकारको औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा तीनओटै प्रज्ञा-प्रतिष्ठानको प्रतिनिधित्व हुनुपर्ने।

(झ) प्राज्ञिक लेखन, अनुसन्धान तथा सम्पादनमा एकरूपतालगायत तीनओटै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यक सहकार्य गर्ने।

(ञ) पुस्तक,पत्रपत्रिका र सङ्गीतसँग सम्बन्धित प्राविधिक सामग्री तथा ललितकलासम्बन्धी कच्चा पदार्थ आदिमा भन्सार लगायतका समस्या हल गर्नका लागि आवश्यक पहल गर्ने।

(ट) नेपाली भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकलाको अभिलेख तथा सङ्ग्रहालय स्थापना गर्ने।

(ठ) सबै विश्वविद्यालयमा कम्तीमा एक एक ओटा ललितकला, सङ्गीत, नाट्यकला, नृत्य आदि विषयको विभाग स्थापनाका लागि पहल गर्ने विषयमाथि विशद् विमर्शसहित घोषणापत्र जारी गरिएको थियो।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको सभापतित्वमा भएको थियो ।

प्रकाशित:

७६७ दिन अगाडि

|

१४ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९