Above News Title

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिका कैलालीको संयुक्त आयोजनामा दुर्गौलीमा शनिवारबाट सुरु भएको ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ मङ्गलवार भदौ ११ गते सम्पन्न भएको छ ।

कार्यक्रममा जानकी गाउँपालिका प्रमुख गणेश चौधरीले थारू लोककलालाई अब राष्ट्रिय गतिविधिसँगै आम्दानीको स्रोतका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिष्ठानले आयोजना गर्ने प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीमा पालिकाका कलाले सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले संस्कृतिको संरक्षणका सन्दर्भमा यो जीवन्त कार्यक्रम भएको बताउनुभयो ।

‘नयाँपुस्तालाई लोकसंस्कृतिसँग प्रत्यक्ष जोड्न सक्नु यस कार्यक्रमको उपलब्धि हो । कार्यशालामा सहभागी सबैलाई प्रादेशिक प्रदर्शनीमा समेत भाग लिन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । जानकी गाउँपालिकाको सबै वडाको गाउँमा बनाइएको अस्टिम्की चित्र अवलोकन गर्दा चित्रकला कार्यशालाप्रति सन्तुष्ट रहेको जनाउँदै प्राज्ञ अधिकारीले अगाडि भन्नु भयो– अस्टिम्की कलालाई पनि मिथिला कलाझैं व्यावसायिक बनाउँदै अन्तरराष्ट्रियकरण गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।

संस्कृतिविद् तथा साहित्यकार डा. कृष्णराज सर्वहारीले अस्टिम्की कला र पर्वमा बनाइने कलाका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले गत वर्षदेखि नै अस्टिम्की कलाबारे कार्यशाला गरेर पुस्ता हस्तान्तरणमा जानकी गाउँपालिकाले अभियान चालेकोमा सराहना व्यक्त गर्नुभयो । उहाँले अस्टिम्कीकै बारेमा आफ्नो विद्यावारिधि भए पनि कुनै पनि विषयमा अध्ययन कहिल्यै नसकिने धारणा राख्दै भन्नु भयो, ‘म यहाँ पनि अध्ययन नै गर्न आएको छु । लोकसाहित्यका खास जानकार पुर्खाहरु नै हुन् ।’ सामान्य पूजा गरेर मनाइने अस्टिम्की देखिए पनि पुरुष हलो बनाउनदेखि जोत्न सिपालु हुनुपर्ने, महिला चुल्हो बनाउनेदेखि खाना पकाउने भातभान्सामा सिपालु हुनुपर्ने सन्देश दिएको छ । साथै, अस्टिम्कीले थारु समुदायको समग्र जीवनदर्शन बोकेकाले यसबारे व्याख्या विश्लेषण हुँदै जानुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा जितबहादुर चौधरी, जगत चौधरी, वसन्ती चौधरी, जनक चौधरी, चन्द्रलाल चौधरी लगायत सहभागीले अस्टिम्की कलाबारे जिज्ञासा राखेका थिए । धेरैले हालसम्म यसमा गाइने गीतबारे प्रष्ट हुन पाएकोमा आयोजक तथा बक्ता  डा. सर्वहारीलाई धन्यवाद दिएका थिए । थारू संस्कृतिविद् तथा रेडियोकर्मी एकराज चौधरीले पनि गुर्वावाको विषयलगायत थारू संस्कृतिका बारेमा उठेका जिज्ञासाका बारेमा जबाफ दिनुभएको थियो । 

टीकापुर क्याम्पसका एसोसिएट प्रोफेसर नाथुराम चौधरीले अस्टिम्की कार्यशालाको छलफलको क्रममा ४० वर्ष मुनिको कसैले जिज्ञासा नराखेको गुनासो गर्दै युवाहरु चित्र बनाउनमा सहभागी भएसंगै यसको महत्वबारे थाहा पाउज.न जरुरी रहेको बताउनु भयो ।

विष्णुप्रसाद चौधरी प्रशिक्षक रहनुभएको कार्यशालामा २२ जनाले सहभागिता जनाएका थिए । समापन समारोहमा उत्कृष्ट (जुना चौधरी प्रथम, सङ्गीता चौधरी÷विनिता चौधरी द्वितीय, सम्झना चौधरी तृतीय र चन्द्रलाल चौधरी चौथो) लाई नगदसहित सम्मान तथा सहभागीलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा  जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार चौधरी, वडा नं १ का वडाध्यक्ष सुरेशकुमार चौधरी, वडा नं ४ का वडाध्यक्ष दीपेन्द्रकुमार कठरिया, वडा नं ७ का वडाध्यक्ष कमल महतो, जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, कार्यपालिका सदस्यहरू पार्वतीदेवी डङ्गौरा थारू, पवित्रा विश्वकर्मालगायतले  अस्टिम्की कलाबारे चर्चा गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेत्रप्रसाद न्यौपानेले गर्नु भएको थियो ।

 

प्रकाशित:

७३७ दिन अगाडि

|

१२ भदौ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९