Above News Title

‘सर्वहारी’लगायत ६ स्रष्टा पुरस्कृत, सम्मानित

‘सर्वहारी’लगायत ६ स्रष्टा पुरस्कृत, सम्मानित

राप्ती साहित्य परिषद् दाङ शाखाले आफ्नो १७औं वार्षिकोत्सवमा विभिन्न ६ जना स्रष्टालाई सम्मान, पुरस्कारका साथै बहुभाषिक काव्य उत्सव गरेको छ । 

चैत १६ गते शनिवार घोराहीमा सम्पन्न कार्यक्रममा कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट स्रस्टा डा कृष्णराज सर्वहारीलाई, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट अर्का स्रस्टा डा कृष्णराज डिसीलाई, वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मीलाई नगद राशीसहित पुरस्कार प्रदान गरिएको थियो । 

त्यस्तै, कार्यक्रममा विनोद पोख्रेल, पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

बहुभाषिक काव्य उत्सव
कार्यक्रममा बहुभाषिक काव्य उत्सवका क्रममा सात भाषाका कविता प्रस्तुत गरिए । जसमा उदय आले र निर्मला कुसुण्डाले कुसुण्डा भाषामा,  छविलाल कोपिला र राजकुमार कान्छाले थारू भाषामा, क्षितिज मगर र कमलप्रसाद गौतमले मगर खाम भाषामा उत्तम खतिवडा र जनक पोखरेलले संस्कृत भाषामा, नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठले नेपाल भाषामा, जगतराम यादव र बसन्तप्रकाश यादवले अवधि भाषामा तथा नारायण नेपाल र शारदा शर्माले नेपाली भाषामा कविता वाचन गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि शर्माले एउटै मञ्चमा विभिन्न भाषाका कविता प्रस्तुती अनुकरणीय रहेको भन्दै भाषा, कला र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । 

कार्यक्रममा साहित्यकार उत्तमकृष्ण मजगैँया, पुरुषोत्तम खनाल, डा टिकाराम उदासी,  दीपक शर्मा ‘समिर’, डा कृष्णराज सर्वहारी, पदमप्रसाद शर्मा, खगराज न्यौपाने, शरद अधिकारी, डिल्लीराज श्रीधर, निमबहादुर थापा, प्रकाश रेग्मीलगायतले शुभमन्तव्यसंगै रचना पनि वाचन गरेका थिए ।

परिषद्को वार्षिक साधारणसभा समेत रहेको उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् दाङ शाखा सचिव घनश्याम केसीले सांगठनिक तथा कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत, सचिव घनश्याम केसीबाट कार्यक्रमको सहजीकरण तथा अध्यक्षता यम रेग्मीबाट भएको थियो । 

प्रकाशित:

५२५ दिन अगाडि

|

१७ चैत २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९